siddhartha
chunaav bises

मर्जर आफैमा चुनौतीपुर्ण छ

परिवर्तन स्विकार हुन समय लाग्छ


Friday, 16 Dec, 2016 2:19 PM




कमर्सियल
बैंकबाट आफ्नो बैकिङ करियर शुरु गरेका झलक प्रसाद खनालले इन्भेष्टमेन्ट ,ज्योती विकास बैंक हुँदै भिवोर सोसाइटी बैंकसम्म आइपुग्दा  बैंकिङ क्षेत्रमा झण्डै २३ बर्षको अनुभव सँगालेका छन् । हाल  भिवोर सोसाइटी डेभलपमेन्ट बैंकमा प्रमुख कार्यकारी अधिकृत रहेका खनालसँग भिवोर सोसाइटीको मर्जरपछिको  पछिल्लो वित्तिय अवस्था ,विकास बैंकको चुनौती​का विषयमा न्यूजसेवाका लागि एलिजा उप्रेतीले गरेको कुराकानीको अंश :

भिवोर सोसाइटीको मर्जरपछिको  वित्तिय  अवस्था कस्तो छ ?

भिवोर सोसाइटी विकास बैंकले २०७३ भदौ १७ गतेबाट मर्ज भएर एकिकृत कारोबार सुरू गरेको हो । मर्जर पछिको एकिकृत कारोबार भएको साढे तीन महिना मात्र भएको छ  ।  यस विचमा हामी दुबै संस्थाका ग्राहक तथा खाता ,व्यवसाय , शाखा कर्मचारीलाई समायोजन गर्ने  काममा लाग्दा पनि हाम्रो वित्तिय अवस्थाको बृद्धिदर स्वभाविक नै छ । चालु आवको पहिलो त्रैमासमा ३ करोड ३४ लाख कमाएको छ ।  गत आवको पहिलो त्रैमासमा ३ करोड ३ लाख २० हजार रुपैयाँ खुद नाफा कमाएको थियो । 

चालु आवको पहिलो त्रैमासलाई हेर्ने हो भने एकिकृत कारोबार पछि खासै प्रगति गरेको देखिएन नी ,किन होला ? 

तपाईले त्यसलाई  खासै प्रगति नभएको भन्न सक्नुहुन्छ तर म भने यसलाई स्वभाविक बृद्धि र राम्रै भएको ठान्छु । किनभने भदौ १७ मा मर्ज भएर भिवोर सोसाइटीले एकिकृत  कारोबार शुरु गर्याे । एकिकृत कारोबार  पछि जम्मा एक महिना जति कारोबार भयो । असोज २२ गतेदेखि त दशै विदानै पर्यो । सामान्यतया सिस्टमलाई स्मुथ्ली दौडाउनै पाएका थिएनौ , मोनिटर गर्ने ,विचार आदान प्रदान गर्ने ,असुली गर्ने जस्ता कुरानै स्पष्ट भएको थिएन । तर पनि हामीले जति नाफा कमायौ त्यसलाई  राम्रो मानेका छौ । 

मर्जपछिको कारोबार कतिको सहज हुने रहेछ ? साढे तीन महिनाको अनुभवले के देखाउँछ ? 

 हेर्नुस् मर्जर आफैमा चुनौती हो । हामी कुनै देशमा भ्रमण गर्न गयौँ भने वा विवाह गरेर नै एउटा महिला श्रीमानको घरमा गइन् भने त्यहँँको संस्कृति र संस्कारलाई ग्रहण गर्न गाह्रैपर्छ । त्यसमाथि पनि व्यत्तिको स्वभाव आफुअनुकुल चल्नुपर्छ अर्थात परिवर्तनलाई सहजै स्विकार गर्न नसक्ने खालका हुन्छन् ।  बोर्ड परिवर्तन गरेर दुई सँस्था मिलेपछि तल्लो तहदेखि माथिल्लो तहसम्मनै सबै नयाँ  हुन्छ । कर्मचारी ,सिइओ, व्यवस्थापन समुह, बोर्ड सबै नयाँ हुने भएकाले एडजस्ट हुन केही समय लाग्छ । तर यो कसैले भुल्नुहुदैन की सबै एउटै उदेश्यको लागि आबद्ध भएका हौँ भनेर । सँस्था राम्रो भयो भने सबै राम्रो हुन्छ भन्ने सोच हुनु जरुरी छ । 
 
मर्जरपछि कर्मचारी व्यवस्थापन भइसकेको हो ?

कुनै पनि सँस्था शत्तप्रतिशत पुर्ण हुदैन  । त्यस्तै कर्मचारी व्यवस्थापन गर्नको लागि पनि समय लाग्छ । हामी कर्मचारीलाई रिवार्ड गर्दैछौ ।
बैंकको कर्जा लगानी सहित अन्य सुचकांक कस्तो छ ? 
हाल बैंकको निक्षेप १४ अर्ब ४० करोड ६० लाख रूपैयाँ र कर्जा प्रवाह ११ अर्ब ६७ करोड ६४ लाख ६८ हजार रुपैयाँ छ । बैंकको व्याज आम्दानी पौने १३ करोडको हाराहारीमा छ । त्यस्तै चुक्तापुँजी १ अर्ब ८१ करोड ४ हजार रूपैयाँ पुगेको छ । पुँजी र शाखाका हिसाबले विकास बैंकमा हामी सबैभन्दा अगाडी छौँ । 

राष्ट्र बैंककले तोकेको चुक्तापूँजी पुर्याउन अझै असार मसान्त नजिकिदै छ , कसरी पुर्याउनुहुन्छ  ?

अझै हामी पाएसम्म एक्वाएर गर्ने नभए मर्जरमा गएर भएपनि तोकिएको चुक्तापुँजी पर्याउछौ । हाम्रो विश्वास भनेको शेयर होल्डरको खल्तीबाट पैसा हालेर बढाउने होइन, कमाएर  दिने हो र मर्ज गरेर जाने हो ।

उत्पादनशील क्षेत्रमा बैंैकको लगानी कस्तो छ ?
हेर्नुस सरकार उत्पादनशिल क्षेत्र भनिरहन्छ तर कस्तो खाले उत्पादन ,कति उत्पादन भन्ने एकिन छैन । तर पनि उत्पादनशिलतामा बैंक तथा वित्तिय क्षेत्र जानुपर्छ भन्ने हाम्रो मान्यता हो । तर उत्पादनशिलताको वाताबरण भने अझै बनेको छैन । सरकार आफैले पुँजीगत खर्च गर्न सकेको अवस्था छैन । हामी कृषि उर्जा,व्यापार ,व्यवसाय र घरजग्गामा लगानी गर्छाँै । 

पछिल्ला दिनमा विकास बैंकका चुनौती के देख्नुहुन्छ ? 

विकास बैंक त दोहोरो चेपुवामा छ । आम्दानी हुने ठाउँमा वाणिज्य बैंक मात्र जान्छ ,सरकारको बजेट खर्चहरु त्यहीँबाट जान्छ  । सरकारी कर्मचारीको बचत सबै कर्मसियलमै हुन्छ तर विकास बैंकले निक्षेप र कर्जामा फेरी पनि तिनै बैंकहरुसँगै प्रतिस्पर्धा गर्नुपर्ने अवस्था छ । वाणिज्य बैंक र विकास वैकको विभेद अझै हट्न सकेन । उनीहरूसँगको प्रतिश्पर्धा नै मुख्य चुनौती हो ।  


Ruslan

paicho

bussewa

राजनीति

जनतासँग गरिएका वाचा पूरा गर्नेछ : नेता नेम्वाङ

२७ मंसिर, इलाम । नेकपा एमालेका नेता एंव इलाम क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य सुवास नेम्वाङले वाम गठबन्धनले जनतासँग गरिएका वाचा पूरा गर्ने बताएका छन् । मतदातालाई धन्यवाद ज्ञापन गर्न आज इलामको फाकफोकथुम गाउँपालिकास्थित कोल्बोटेमा आयोजित कार्यक्रममा उनले भने, “हामी जनतासँग निर्वाचनपूर्व गरिएका वाचा पूरा गर्छौं, जनतालाई आश्वासन होइन, विकास दिन्छौँ ।” 

​वाम गठबन्धन सरकारले आर्थिक क्रान्तितर्फ लैजान्छ : नेता श्रेष्ठ

२७ मंसिर, काठमाडौ । नेकपा एमालेका नेता कृष्णगोपाल श्रेष्ठले वाम गठबन्धन नेतृत्वको सरकारले जनताको चाहना सम्बोधन गरी मुलुकलाई अब आर्थिक क्रान्तितर्फ लैजाने बताएका छन् । काठमाडौ निर्वाचन क्षेत्र नं ९ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि दहचोक तथा त्यस आसपास क्षेत्रका स्थानीयसँगको भेटघाट (घरदैलो) कार्यक्रमपछि आज आयोजित सभामा

​नेतृत्वको राजीनामा समस्याको समाधान होइन : महामन्त्री कोइराला

२७ मंसिर, चितवन । नेपाली काँग्रेसका महामन्त्री प्रा डा शशांक कोइरालाले काँग्रेस नेतृत्वको राजीनामा समस्याको समाधान नभएको बताएका छन् । गैँडाकोटस्थित आफ्नै निवासमा आज बिहान विशेष कुराकानी गर्दै उनले अहिलेको अवस्थामा हामी खण्डित होइन एकीकृत हुनुपर्ने बताए ।केन्द्रमा बृहत् छलफल गरेर पार्टीले रणनीति तयार गरी अघि बढ्ने भन्दै उनले

अन्तर्राष्ट्रिय

न्यूयोर्कमा विस्फोट गराउन खोज्ने बंगलादेशी युवाले दिए ट्रम्पलाई यस्तो चेतावनी

२७ मंसिर । अमेरिकाको न्यूयोर्कस्थित बस टर्मिनलमा बम विस्फोट गराउने बंगलादेशी युवकले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई चेतावनी दिएको खुलासा भएको छ । बम विस्फोट गराउनुपूर्व बंगलादेशी २७ बर्षीय युवक अकायद उल्लाहले फेसबुकमा राष्ट्रपति ट्रम्पलाई चेतावनी दिएको खुलेको हो ।

​भेनेजुयलामा विपक्षी पार्टीहरुलाई राष्ट्रपति निर्वाचनमा भाग लिन प्रतिबन्ध

२५ मंसिर, काठमाडौं ।  भेनेजुयलाका मूख्य विपक्षी पार्टीहरुलाई अर्को वर्षको राष्ट्रपति निर्वाचनमा भाग लिनबाट प्रतिबन्ध लगाइको छ । राष्ट्रपति निकोलस मडुरोले मेयरको निर्वाचनमा भाग लिएका पार्टीले मात्र राष्ट्रपति निर्वाचनमा भाग लिन पाउने बताएका हुन् । उक्त निर्वाचनमा जस्टिस फस्र्ट, पपुलर विल, डेमोक्रेटिक एक्सन पार्टीका नेताहरुले निर्वाचन प्रणाली नै पक्षपात पूर्ण 

​बेलायतमा भारी हिमपात, यातायात सेवा अवरुद्ध

२५ मंसिर, काठमाडौं ।  बेलायतमा भारी हिमपात भएपछि त्यहाँको जनजीवन प्रभावित बनेको छ । हिमपातका कारण बेलायतका अधिकांश विद्यालय र क्याम्पस बन्द भएका छन् । लण्डनको वेल्समा ३० सेन्टिमिटरसम्म हिउँ जम्दा यातायात सेवा अवरुद्ध बनेको छ । अधिकांश सडकमा हिउँ जमेकाले सवारीसाधन बीच बाटोमै अलपत्र परेका छन् ।

विचार / ब्लग

यसकारण खेर जान्छ विकाउ नारा दिएर भोट माग्ने साना दललाई दिएको भोट

नेपाल मजदुर किसान पार्टीका नेता नारायणमान विजुक्छे सधै  सांसद बने तर कहिल्यै सरकारमा गएनन् । उनको दलले सधैं सरकारका खराब काममा खबरदारी गरी रह्यो । संसदमा सधैं निष्ठाको राजनीति गर्ने अर्का पात्र चित्र बहादुर के.सी. पनि जनताले भरोसा गर्न लायक नेता हुन् । एकपटक उपप्रधानमन्त्री भएका यी नेताले देशलाई बेथितिबाट मुक्त गर्न नखोजेका कहाँ हुन र ? स्वच्छ छविका, केही गरौं भन्ने भावना भएका एकदुई सिटे दलले संसदमा

कर्मकाण्डी चुनावी घोषणा पत्रमा भरिएका झुटा आश्वासन

नोपलमा आम मतदातामध्ये कतिले राजनीतिक दलका  चुनावी घोषणा पत्रलाई  आधार मानेर दल वा उमेद्वारलाई मत दिन्छन् होला ? यसको अनुमान सायद राजनीतिक दल र तिनका उमेरद्वारलाई पनि हेक्का छैन  होला । तर यो कुरा सबैलाई थाहा छ कि यदि मतदाताले स्वतन्त्र रुपमा मताधिकारको प्रयोग गर्न पाउँने हो भने उनिहरुको घोषणापत्र होइन उमेद्वारको इमान्दारिता, उसले विकासमा गरेको योगदान, समाज ससंगको घुलमेल

​लोग्ने मान्छे भएर रुनु हुँदैन ?

आइतबार प्रचण्डको मनमा पनि पक्कै पीडा उर्लिएको थियो, धर्ती छाडेर गएको छोरोको शवलाई अंगालो हालेर ग्वाँ–ग्वाँ रोऊँ । तर, उनी सम्हालिए । 
Top