kantipur mall

जिम्निष्टी टण्डनको मृत्यु प्रकरण झन् रहस्यमय बन्दै

न्यायका लागि दैनिकजसो प्रर्दशन


Saturday, 27 Feb, 2016 11:31 AM


भुवन कार्की,१५,फागुन,बुटवल । बुटवल स्थित सीसीटी कलेजकी विद्यार्थी जिम्निष्टी टण्डनको मृत्यु प्रकरण झन् रहस्यमय बनेको छ । उनको हत्या भएको दावी गर्दै आफन्तजनले बुटवलमा दैनिकजसो नाराजुलुस गरिरहेका छन् । आफन्तहरुले विहीबार पनि बुटवलको चौराहामा नाराबाजी गरे । जिम्निष्टीको मृत्यु वा हत्या के हो भन्नेबारे यर्थाथ बाहिर आउन नसक्दा घटना झन् रहस्यमय बनेको हो । 

टण्डन परिवारले प्रहरीले नै घटना लुकाउन खोजेको आरोप लगाएको छ । प्रहरीले किटानी जाहेरी परिर्वतन गर्न आग्रह गरेको भन्दै जिम्निष्टीका पिता इमानसिंह टण्डनले प्रहरीकै भूमिका ‘शंकास्पद’ भएको बताउनुभयो । जिम्निष्टीका पिता इमानसिंहले भन्नुभयो, ‘बुटवलका प्रहरी नायव उपरीक्षक (डीएसपी) महेन्द्र खड्काले मलाई किटानी जाहेरी परिवर्तन गर्न आग्रह गरेका थिए, यहीबाटै हामीले प्रहरीप्रति शंका गरेका थियौं ।’ अञ्चल प्रहरी प्रमुख बरिष्ठ प्रहरी उपरीक्ष (एसएसपी) शेरबहादुर बस्नेतको निर्देशनमा प्रहरीले किटानी जाहेरी परिवर्तन गर्न लागाएको टण्डन परिवारको बुझाई छ । 



एसएसपी शेरबहादुर बस्नेतले भने यो आरोप अस्वीकार गर्नुभयो । गोरखापत्रसंगको जिज्ञासामा बस्नेतले भन्नुभयो, ‘अपराधी नछुटोस् र निरपराधी नफसोस् भनेर हामीले भनेका हौं, यसको अनुसन्धान पाल्पा प्रहरीले गरिरहेको छ ।’ जिम्निष्टीको मृत्युपछि उनका प्रेमी दाङका सन्दीप बस्नेत पक्राउ परेका छन् । गत फागुन १ गते सन्दीपसंगै रात बिताएकी जिम्निष्टीको शव फागुन ४ गते पाल्पा जिल्लामा पर्ने तिनाउ नदीको छेउमा मृत अवस्थामा भेटिएको थियो । तर सन्दीप पहुँचवाला प्रहरी अधिकारीकै आफन्त भएकाले उनलाई निगरानीमा मात्र राखिएको र अनुसन्धानमा वेवस्ता गरिएको भन्ने टण्डन परिवारको दावी छ । 

घटनाको अनुसन्धान गरिरहेको पाल्पाका कामु प्रहरी प्रमुख प्रहरी निरीक्षक रमेश भेटवालले भन्नुभयोे, ‘अनुसन्धान जारी छ, सबै कुरा भन्न मिल्दैन ।’ टण्डनको परिवार र उनका विद्यार्थी साथीहरुले मृत्युको कारण सार्वजनिक गर्न माग गर्दै दिनहुँ प्रहरी कार्यालय र सडकमा आवाज बुलन्द गरिरहेका छन् । जिमिष्टीको पिता इमानसिंहले यसअघि सडकमै पत्रकार सम्मेलन गरेर आफ्नी छोरीको रहस्यमय मृत्यु भएकोले सत्यतथ्य कुरा बाहिर ल्याउन माग गर्नुभएको थियो । 

११ औंं दिन बितिसक्दा पनि प्रहरी प्रशासनले सत्य तथ्य रिर्पाेट बाहिर नल्याएको भन्दै मृतक टण्डनका पिता इमानसिंह टण्डनले अगाडि भन्नुभयोे, ‘घटनाक्रम हेर्दै जाँदा हत्या नै हो भन्ने लागेको छ, होइन भने प्रहरीको भूमिका किन स्पष्ट भएन ?’ समाचार स्रोतका अनुसार प्रहरीले जिम्निष्टीको हत्या नभई आत्महत्या हो भन्ने अनुमान गरेको छ । प्रहरीको निष्कर्ष यदि आत्महत्या नै हो भने पनि त्यसको सत्यता सर्वाजनिक गर्न नसक्नुले प्रहरी प्रशासनमा कमजोरी देखिएको हो । 

जिमिस्टीका विद्यार्थी तथा विद्यार्थी संगठनहरुले पनि घटनाको सत्यतथ्य पत्ता लागाउन दवाव दिइरहेका छन् । बुधबार बुटवल बहुमुखी क्याम्पसका विद्यार्थीले नारा जुलुस गरेका थिए । सत्यतथ्य बाहिर ल्याएर घटनामा संलग्नलाइ कडा कारबाही गर्न र परिविारलाई न्याय दिन विद्यार्थी संगठनहरुले आग्रह गरेका छन् । जिम्निष्टिको शवको फागुन ६ गते काठमाडौंको त्रिवी अस्पतालमा परीक्षण भएको थियो तर यसको पोष्टमार्टम रिर्पोट अझै सार्वजनिक भएको छैन । परिवारजनले पशुपति आर्यघाटमा मृतक टण्डनको दाहसंस्कार गरिसकेका छन् । 


global ime

Ruslan

runner bike

bhatbhateni

राजनीति

नवनियुक्त मन्त्रीहरुले अहिले ११ बजे राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ लिँदै

५ मंसिर, काठमाडौं ।  नवनियुक्त मन्त्रीहरूले बिहीबार  पद तथा गोपनीयताको शपथ लिने भएका छन् । राष्ट्रपति कार्यालयका अुसार नवनियुक्त मन्त्रीहरुले बिहीबार बिहान ११ बजे राष्ट्रपति कार्यालय शीतलनिवासमा शपथ गराउने तय भएको छ । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार मन्त्रिपरिषद् हेरफेर गरेकी छन् । नवनियुक्त मन्त्रीहरूलाई राष्ट्रपतिले शपथ गराउने संवैधानिक व्यवस्था छ । नवनियुक्त मन्त्रीहरूमा नेकपा सांसदहरू

कार्यवाहक वडा अध्यक्ष २१ हजार घुस सहित पक्राउ

४ मंसिर, काठमाडौं । मोरङ जहदा गाउपालिकाका कार्यवाहक वडा अध्यक्ष उमेशकुमार शाहलाई २१ हजार घुस सहित प्रहरीले पक्राउ गरेको छ ।सडक निमार्णको योजनामा घुस लिएको भन्दै  उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार बिहान बुद्धनगरमा रहेको वडा कार्यालयबाट नै नियन्त्रणमा लिएको हो । स्थानीय हरालाल सर्वरियाको घर देखी बाँधसम्मको ग्राभेल सडक निर्माण योजनाको सम्झौता कार्यन्वयन गरी सहजिकरण गरी दिने भन्दै ठेकेदारसँगा घुस मागेको र  सूचनाको आधारमा उनले १२ हजार घुस लिइसेको आधारमा प्रहरीले 

मन्त्रीपरिषद पुनर्गठनअघि राष्ट्रपतिसँग भेट गर्न शितलनिवास निवास पुगे ओली र प्रचण्ड

४ मंसिर काठमाडौ । मन्त्रिपरिषदको पुनर्गठनका विषयमा आपसमा छलफल सकेर नेकपाका दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रपति निवास पुगेका छन्।बुधबार बिहान दुई अध्यक्षले बालुवाटारमा मन्त्रिपरिषद पुनर्गनका विषयमा छलफल गरेका थिए। बालुवाटारको छलफल लगत्तै दुई अध्यक्ष शीतलनिवास पुगेका हुन्। अहिले बालुवाटारमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग दुई अध्यक्षले छलफल गरिरहेको राष्ट्रपति

अन्तर्राष्ट्रिय

ट्रम्पले कुटनीतिज्ञलाई धम्क्याएको आरोप, आलोचनात्मक ट्वीटले तरंग

३० कात्तिक, काठमाडौं  । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई महाअभियोग लगाउने सम्बन्धमा भइरहेको अनुसन्धानको क्रममा सार्वजनिक रुपमा सुनुवाई गरिएको छ । आफूविरुद्ध सार्वजनिक सुनुवाइमा बयान दिने उच्च कूटनीतिक अधिकारीलाई लक्षित गरेर राष्ट्रपति ट्रम्पले गम्भीर आलोचनात्मक ट्वीट गरिरहेका छन् । राष्ट्रपति ट्रम्पले सार्वजनिक सुनुवाइमा उपस्थित भएकी युक्रेनका लागि अमेरिकी पूर्व राजदूत मरी योवानाविचको आलोचना गरेर ट्वीट गरेका हुन् । महाअभियोग अनुसन्धानको क्रममा मरी योवानाविचको सुनुवाइ भइरहेका बेला ट्रम्पले ट्वीट गरेका हुन । 

हङकङ आन्दोलन : शान्तिको कामना गर्दै मुस्लिम समुदायले गरे विशेष प्रार्थना

३० कात्तिक, काठमाडौं । हङकङमा चलिरहेको हिंसात्मक आन्दोलनले जनजीवन अस्तव्यस्त भइरहेको अवस्थामा यहाँका मुस्लिम समुदायले शुक्रबार शान्तिको कामना गर्दै ‘विशेष प्रार्थना ’ गरेका छन् । चिम सा चुई नाथन रोडस्थित काउलुन मस्जिदमा मुसलमानहरुले भेला भएर शान्ति, सामाजिक सद्भाव र मेलमिलापको कामना गर्दै प्रार्थना गरे । आयोजक ईन्कर्पोरेट ट्रष्टी ईस्लामिक कम्युनिटीका अनुसार उक्त प्रार्थनामा ४ हजार भन्दा बढी मुसलमान समुदायका मानिसहरु सहभागी थिए । कम्युनिटिका अध्यक्ष जोहेर तेबखानले भने,‘हङकङ सँधै शान्तिपूर्ण स्थान हो । हामी सोही शान्ति कायम रहिरहोस् भन्ने कामना गर्दछांै, मलाई लाग्छ हङकङबासी सबैले शान्ति चाहन्छन् ।’

​श्रीलंकामा राष्ट्रपति निर्वाचन : पूर्वराष्ट्रपति राजपाक्षेका भाइ पनि उम्मेदवार

३० कात्तिक, काठमाडौं । श्रीलंकामा आज राष्ट्रपति निर्वाचन हुँदैछ। राष्ट्रपति बन्ने होडमा ३५ जनाले उम्मेदवारी दिएका छन्।  यसपटको निर्वाचनमा पूर्व राष्ट्रपति महिन्दा राजपाक्षेका भाइ गोताबाया राजपाक्षे र साजिस प्रेमदासबीच मुख्य प्रतिस्पर्धा हुने अनुमान गरिएको छ। वर्तमान राष्ट्रपति मैत्रीपाला सिरिसेनाले फेरि राष्ट्रपति निर्वाचनमा प्रतिस्पर्धा नगर्ने घोषणा गरेका थिए।

विचार / ब्लग

सी चिनफिङ भन्छन् -हिमालय वारिपारिको मैत्रीलाई नयाँ उचाइमा पुर्याऔँ

सी चिनफिङ
राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको निमन्त्रणामा म छिटै चीनको मैत्रीपूर्ण छिमेकी देश नेपालको राजकीय भ्रमण गर्दैछु । मैले नेपालको भ्रमण गर्न लागेको यो पहिलोपटक हो, तथापि मलाई नेपाल अपरिचित भने लाग्दैन । नेपालमा शानदार पहाड र नदीहरू छन्, विशिष्ट संस्कृति पनि छ । त्यसैले म नेपालको भ्रमण गर्न धेरै पहिलेदेखि लालायित थिएँ । मैले चीनको भ्रमण गर्नुभएका धेरै नेपाली नेताहरूसँग धेरैपटक भेटवार्ता गरेको छु र उहाँहरूसँग गहिरो मित्रता पनि गाँसेको छु ।

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 
Top