नेपाली वजारमा भित्रिदैछ हिमालपारीको स्याउ


Saturday, 2 Jan, 2016 8:30 AM
१८,पुस,मुस्ताङ । हिमालपारिको जिल्ला मुस्ताङ स्याउको राजधानीको रुपमा परिचित छ । मुस्ताङको आधा भन्दा बढि गाविसमा व्यवसायिक स्याउ खेति गरिन्छ । पर्यटन र व्यापार व्यवसाय संगै स्याउ खेति मुस्ताङका स्थानीयको आम्दानीको प्रमुख स्रोत हो । मनमोहक हिमश्रृखला र रमणिय भु–बनोट रहेको मुस्ताङ यतिबेला राताम्मे स्याउँले रंगिएको छ । पछिल्लो समय जिल्लामा उत्पादन भएको स्याउ वोटबाटै विक्रि हुन थालेपछी यहाँका कृषकहरु उत्साहित बनेका छन् । केही बर्ष अगाडि सम्म नांगा र खाली देखीने पाखा र फाँटहरु अहिले स्याउका वोटहरुले भरिएका छन् । मुस्ताङमा कोवाङ, टुकुचे, मार्फा, जोमसोम, कागवेनी लगायतका गाविसमा गोल्डेन, डेलिसीयस, रिचारेड, रेड डेलिसेस र फुजी लगायतका जातका स्याउ उत्पादन हुने गरेको छ ।

कुल ८६७ हेक्टर क्षेत्रफलमा स्याउ खेति विस्तार भएको मुस्ताङमा अहिले ३१५ हेक्टरमा रोपण गरिएको फल दिने गरेको छ । प्रत्येक बर्षजसो स्याउको उत्पादन बढ्दै जाने र उत्पादन भएको स्याउले सजिलैसंग बजार पाउन थालेपछि कृषकहरु स्याउखेति तर्फ आकर्षित भईरहेका छन् । अहिले मुस्ताङको स्याउ बजारमा पुगीसकेको छ । उच्च हिमाली भेगमा फलेको यहाँको स्याउ स्वादिलो र रसीलो हुने भएकाले बजारमा माग उच्च रहेको छ । गत बर्ष थोरै हिउँ परेको कारण स्याउ उत्पादनमा गिरावट हुँदा निरास हुनुपरेनि यो बर्ष उत्पादनमा वृद्धि भएपछि उत्साहित बनाएको जोमसोम–५ का टिक प्रसाद  शेरचनले बताउनुभयो । 
गत बर्ष ३ हजार ५०० मेट्रिक टन स्याउ उत्पादन भएकोमा यो बर्ष करिब ४ हजार २०० मेट्रिक टन स्याउ उत्पादन भएको जिल्ला कृषि विकास कार्यालयले अनुमान गरेको छ । कार्यालयको पक्षेपण अनुसार यो करिब  करिब २९ करोड बरावरको स्याउ उत्पादन भएको छ । उत्पादित ४ हजार २ सय मेट्रिक टन स्याउ निर्यातबाट  रु २९ करोड जिल्लामा भित्रने अनुमान गरिएको बरिष्ट कृषि विकास अधिकृत रेवती रमण पौडेलले बताउनुभयो । गत बर्ष प्रतिकिलो रु ६० देखी ६५ रुपैयाँ सम्ममा बोटबाटै स्याउ विक्रि गरेका किसानले यो बर्ष प्रतिकिलो रु ७० देखी ९० सम्ममा विक्रि गरेका छन् । बजारमा माग बढेपछि कृषकहरुले स्याउको मुल्य बढाएका हुन् । अघिल्लो बर्ष मुस्ताङमा उत्पादन भएको ३ हजार ५०० मेट्रिक टन स्याउ विक्रिबाट करिब २४ करोड रुपैयाँ भित्रिएको थियो । 
अहिले जिल्लामा करिब १ हजार ५०० बढी कृषकहरु व्यवसायीक स्याउ खेतीमा संलग्न छन्  । यो बर्ष मुस्ताङको स्याउ उत्पादन क्षेत्रमा तिन पटक सम्म ठुलो हिमपात, रोग किरा विरुद्धको जैविक औषधिको प्रयोग, बगैँचा व्यवस्थापन जस्ता कुराहरुले स्याउको उत्पादन बढेकोे जिल्ला कृषि विकास कार्यालयका योजना अधिकृत तप्त गुरुङले जानकारी दिनुभयो । 
जिल्लामा उत्पादन भएको करिब ८० प्रतिशत स्याउ म्याग्दी, पर्वत, बाग्लुङ, पोखरा लगायतका ठाउँमा निर्यात हुने गरेको र बाँकी २० प्रतिशतबाट स्थानीय स्तरमा ब्राण्डी, सुकुटी, जुस, जाम लगायतका सामाग्री उत्पादन गरीदैँ आएको छ । यो बर्ष अधिकाँश कृषकहरुले व्यापारिहरुलाई बँगैचामा उत्पादन भएको स्याउ एकमुष्ठ रुपमा विक्रि गरेकाले  विगतका बर्षहरुको तुलनामा धेरै प्रतिशत स्याउ बाहिर निर्यात हुने अनुमान गरिएको छ । 
स्याउ खेती तर्फ किसानको बढ्दो आकर्षणलाई मध्यनजर गर्दै जिल्ला कृषि विकास कार्यालयले समेत स्याउ बगैँचा विस्तार बचैँचा व्यवस्थापनमा सहयोग गर्दै आएको छ । स्याउ खेतिबाट राम्रो आम्दानी हुने भएपछि हरेक बर्ष स्याउको विरुवाको माग उच्च आउने गरेको कार्यालयका बाली संरक्षण अधिकृत  सुर्य वहादुर बोगटीले बताउनुभयो । कार्यालयले अघिल्लो बर्ष शितोष्ण बाग्वानी विकास केन्द्र मार्फामा उत्पादन गरिएका ३३ हजार स्याउका विरुण अनुदान सहुलियतमा वितरण भएको थियो भने स्थानीय स्तरमा स्थापना गरिएका ८ वटा नर्सरीबाट ७ हजार बढि स्याउका बोट किसानले रोपेका छन् ।  जिल्ला कृषि विकास कार्यालयले स्याउ खेति तर्फ कृषकहरुलाई आकर्षित गर्न अनुदाना विरुवा उपलब्ध, मल, कृषि उपकरण र रोग किरा विरुद्धको औषधि देखी स्याउ ढुवानिको लागि कार्टुन छपाईमा समेत अनुदान सहयोग गर्दै आएको छ । 
 सडक सुविधाले उत्पादित स्याउँको सहज बजारको पहुँच  
मुस्ताङका कृषकहरुले उत्पादन गरेका स्याउ लगभग सवै बोटबाटै विक्रि भईसकेको छ । छिमेकी जिल्ला म्याग्दीको सदरमुकाम बेनी हुँदै मुस्ताङमा सडक सञ्जाल पुगेपछि मुस्ताङका कृषकले उत्पादन गरेको स्याउ खरिदको लागि व्यापारीहरुले बगैचा नै एकमुष्ठ रुपमा खरिद गर्न थालेका हुन् । विषेश गरी, म्याग्दी, पर्वत, बाग्लुङ, धादिङ, कास्की  लगायतका क्षेत्रबाट व्यवसायिहरु कृषकको घरदैलोमा पुगेर एकमुष्ठ रुपमा बगैँचाका सवै स्याउ खरिद गर्न थालेपछि कृषकहरु दंग परेका छन् । केही बर्ष अगाडी सम्म बजार नपाएर बोटमै कुहीएर जाने र बस्तुभाउको आहारामा समेत स्याउलाई प्रयोग गर्नुपर्ने अबस्था रहेकोमा अहिले भने बोटबाटै स्याउ विक्रि हुन थालेको धौलागिरी युवा क्लब कोबाङका पूर्व अध्यक्ष कृष्ण कुमार शेरचनले बताउनुभयो । 
सडक पहुँचले ढुवानिमा सहज भएपछी जिल्लाको विभिन्न गाविसमा कृषकहरुले उत्पादन गरेको स्याउ अहिले  खरिदकर्ता वोटमै आएर खरिद गर्न थालेका हुन् । मुस्ताङमा उत्पादित स्याउ स्वादिलो र रसिलो हुने भएकाले बोटबाट टिप्ने सिजन अगाबै व्यापारीहरु आएर स्याउको बगैचानै खरिद गर्न थालेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।  कृषकले ५० बोटमा उत्पादन भएको स्याउ बगैचालाई रु ४ लाख देखी ६ लखा सम्ममा व्यापारीलाई बेच्ने गरेका छन्  ।
यस अगाडि बजार अभाबले उत्पादन भएको स्याउ बोटमै कुहीएर जाने गरेकोमा अहिले भने सडक सुविधाले किसानले उचित मुल्यमा विक्रि गर्न सफल भएको कोबाङका कृषक बसन्त शेरचनले बताउनुभयो । 
वि.स. २०६५ सालदेखी ७६ किलोमिटर बेनी –जोमसोम सडक खण्डमा सवारी साधन सञ्चालनमा आएपछि मुस्ताङको स्याउले बजार लिएको हो । पहिले डोके व्यापारी र खच्चड मार्फत थोरै परिणाममा मात्रै स्याउ विक्रि गर्ने मुस्ताङीले उत्पादन गरेका सवै स्याउले बजार पाएको थिएन् । केही बर्षदेखी भने सडक सञ्जालले सहज रुपमै स्याउ ढुवानी हुन थालेपछी कृर्षकहस थप उत्साहित बनेका छन् । मुस्ताङको स्याउ स्वादिलो र पोषिलो हुने भएकाले ग्राहकको पहिलो रोजाईमा पर्ने हुँदा मुस्ताङबाट स्याउ खरिद गरी बेनी , बाग्लुङ लगायतका बजारमा विक्रि गर्दै आएको स्याउ खरिदको लागि कोबाङ पुगेका पर्वत धाइरिङका धन वहादुर परियारले बताउनुभयो । 
सडक सुविधाले स्याउ संगै मुस्ताङको तल्लो गाविसमा उत्पादन हुने ओखर र आलुले समेत  अहिले बजार पाएको स्थानीय कृषक बताउँछन् । तर मुस्ताङलाई सडक सञ्जाल संग जोड्ने एकमात्रै सडक बेनी–जोमसोम खण्डमा सडकको अवस्था जिर्ण हुँदा र ठाउँ ठाउँमा गएको पहिरोले बर्षातको समयमा जोखीमपूर्ण र खष्टकर यात्रा गर्नुपर्ने बाध्यता रहेको छ । यसको लागी सम्वन्धि निकायले नियमित सडक सूचारु गराउन सडक मर्मतमा ध्यान दिन जरुरी छ । 
 स्याउ बगैचामा रोग किराको समस्या 
स्याउ उत्पादन बढेर उत्साहित बनेका मुस्ताङ जिल्लाका कृषकहरु स्याउ बगैचामा रोग किराको समस्या बढ्न थालेपछि चिन्तित बनेका छन् । केही बर्षदेखि स्याउको वोट र दानामा विभिन्न खालका रोगकिराको समस्या देखिएपछि कृषकहरु समस्यामा परेका हुन् । प्रांगारिक स्याउ उत्पादन गरेका कृषकहरु रोग किराको समस्या देखिएपछि नियन्त्रणको लागी विषादीको प्रयोग गर्नुपर्ने अवस्थामा पुगेका छन् । स्याउको जरा कुहीने, हाँगा सुक्ने र दानामा विभिन्न दागहरु समस्याको रुपमा रहेको कृषकहरु बताउँछन् । रोग नियन्त्रणका लागि बिषादीको प्रयोग गर्नुपर्ने बाध्यता आएपछि मुस्ताङको स्याउ खेतीमा अपनाइएको प्राङगारीक प्रबिधि र गुणस्तरीयता टिकाउने चुनौतीका कारण किसान चिन्तित भएका छन् । स्याउको दानामा दाग लाग्ने, बोटको डाँठमा सेतो ढुसी देखिएकोे कोवाङका किसान बसन्त शेरचनले बताउनुभयो । 
करिब ६ दशकदेखि स्याउ खेती गर्दै आएका शेरचनका अनुसार चार÷पाँच वर्षयता स्याउ खेतीमा रोग किरा देखिन थालेको हो । पहिले रोगकिराको समस्या थिएन, स्वाद र गुणस्तरीयताका हिसावले पनि उत्कृष्ट फल लाग्ने मुस्ताङको स्याउमा अहिले नयाँ रोगकिराको समस्या देखिएको जोमसोमका किसान टिकाप्रसाद शेरचनले बताउनुभयो । 
पछिल्लो समय हिमाली क्षेत्रमा बढ्दो तापक्रम र बर्षासंगै भित्रीएको रोगकिराको समस्या रोकथामका लागि रासायनीक बिषादीको प्रयोग गर्नुपर्ने बाध्यता भएपछि मुस्ताङी स्याउको अर्गानीक ख्याती गुम्ने किसानहरुको चिन्ता छ । रोग किराको समस्या बढ्नुको कारणबारे अध्ययन अनुसन्धान हुनुपर्ने किसानहरुको माग छ । स्याउ बालीमा केही वर्षयता इस्क्याब, कत्लेकिराको संक्रमण जस्ता रोग देखिएको र  जिल्ला कृषि विकास कार्यालयले नियन्त्रणको लागि प्रयास गरिरहेको कार्यालयका बाली संरक्षण अधिकृत सुर्यबहादुर बोगटीले बताउनुभयो ।  प्राङगारीक बिधिबाट उत्पादन गरिने भएकाले रसीलो, स्वादीलो र गुणस्तरीय हुँदा बजारमा मुस्ताङ्गी स्याउको फरक बिषेशता छ । कोवाङ, टुकुचे, मार्फा र जोमसोम क्षेत्रका बगैचामा अहिले रोगकिराको समस्या बढ्दो छ । कार्यालयले गत वर्ष ५० प्रतिशत अनुदानमा स्याउ बगैचामा देखिएको रोगकिरा नियन्त्रणका लागि एक हजार ६०० लिटर विभिन्न नामका रासायनीक औषधि वितरण गरेको थियो । किसानहरुले बगैचा व्यवस्थापनमा ध्यान नदिने एवं तल्लो क्षेत्रमा धेरै बर्षा हुन थालेकाले रोगकिरा बढेको कृषि प्राविधिकहरुको  भनाई छ । रोग किराको कारण स्याउ खेतीमा क्षेती पुग्न थालेपछी मार्फामा रहेको शितोष्ण बाग्वानी विकास केन्द्रले समेत समस्या पहिचान गरी समाधानको लागि प्रयास गर्ने र किसानहरुलाई जनचेतना अभिवृद्धि गर्ने कामगदै आएको कार्यालय प्रमुख बालकृष्ण अधिकारीले बताउनुभयो । धेरै जसो किसानले घरकुरुवा राखेर जिल्लाबाहीर एवं बिदेश जाने गर्नाले बोट विरुवामा राम्रो मलजल नपुग्ने र काँटछाँट राम्रो नहुने तथा बगैचाको राम्रो स्याहार सुसार एवं व्यवस्थापन नहुनाको कारणले पनि रोगकिराको समस्या बढेको छ । रोग नियन्त्रण, क्षत्ती न्युनीकरण र गुणस्तरीयता टिकाई राख्न बगैचा व्यवस्थापनका लागि कृषकसम्म सो सम्बन्धि प्रबिधि प्रसार सम्बन्धि योजनालाई प्राथमिकता दिएको कृषि विकास कार्यालय मुस्ताङले जनाएको छ ।  जिल्लामा प्रमुख निर्यातयोग्य कृषि उपजको रुपमा रहेको स्याउ खेतिमा देखीएको समस्या समाधानको लागी सम्वन्धीत निकायले समयमै पहल थाल्नु जरुरी छ । साथै व्यवसायीक रुपमा स्याउ खेति गरेका कृषकहरुले समेत आफ्नो बंगैँचा व्यवस्थापनमा लाग्नु आवस्यक छ । 
    


global ime

runner bike

https://www.ctznbank.com/

राजनीति

लकडाउनको पालना गर्न र गम्भीर हुन भारतीय प्रधानमन्त्रीको आग्रह

१० चैत, काठमाडौँ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफ्ना नागरिकलाई लकडाउनको पालना गर्न आग्रह गरेका छन् ।  मोदीले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘लकडाउनलाई कतिले अझै पनि गम्भीरतापूर्वक लिइरहेका छैनन् । कृपा गरेर आफूले आफैलाई बचाउनुस्, आफ्नो परिवारलाई बचाउनुस् र निर्देशनलाई

गगन थापाको प्रस्ताव सांसदको १ महिनाको तलब जम्मा गरौं

१० चैत, काठमाडौँ ।
नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले सरकारको कोरोना कोषमा  प्रत्येक सांसदको १ महिनाको तलब जम्मा गर्ने प्रस्ताव गरेका छन् । सामाजिक सञ्जाल मार्फत उनले भनेका छन्   "जसले जहाँबाट जति सक्छौं यो कोषमा सहयोग गरौं र विपदमा श्रोत जुटाउन साथमा छौं भनेर सरकारलाई

देशलाई तुरुन्त लकडाउन गर्न काँग्रेस नेताको माग

१० चैत, काठमाडौँ ।
नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले मुलुकमा तुरुन्त लकडाउन गर्न सरकारसँग माग गरेका छन् । सामाजिक सञ्जाल मार्फत डा कोइरालाले भारतबाट आउने मानिसको लर्कोले कोरोना पनि सँगसँगैं ल्याउन सक्ने भन्दै तुरुन्त लकडाउन गर्नुपर्ने बताएका हुन् । नेता शेखरले विस्वव्यापी रुपमा

अन्तर्राष्ट्रिय

१० लाख मान्छे बस्ने विश्वकै ठूलो शरणार्थी शिविरमा कोरोना संक्रमण, झन् भयावह बन्ने खतरा

२ जेठ, काठमाडौं ।  बांग्लादेशमा रहेको विश्वकै सबैभन्दा ठूलो शरणार्थी शिविरमा कोरोना भाइरसको संक्रमण देखिएको छ। सानो क्षेत्रमा १० लाख जनसंख्याको सघन बसोबास भएको यो शिविरमा संक्रमण फैलियो भने रोक्न गाह्रो हुने विशेषज्ञहरुले बताएका छन्। बर्माबाट विस्थापित रोहिंग्या शरणार्थी रहेको यो शिविरमा अहिले दुई जनामा संक्रमण पुष्टि भएको छ।

प्रश्न सोध्दा पत्रकारसँग ट्रम्प सन्किएको भिडियो हेर्नुहोस्

अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसको रोज गार्डेनमा सोमबार आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले पत्रकारको अपमान गरेका हुन्। अमेरिकी टेलिभिजन नेटवर्क सीबीएस न्युजकी पत्रकारले सोधेको प्रश्नमा ट्रम्पले रुखो जवाफ दिएका हुन्। त्यसैगरी उनले सीएनएनकी पत्रकारलाई त जवाफै नदिई हकारेका हुन्।

चीनमा फर्कियो कोरोना, शुलानमा संक्रमित बढेपछि लकडाउन

२९ वैशाख, काठमाडौं । चीनको शुलान शहरमा कोरोनाभाइरस संक्रमितको संख्या बढेसँगै  लकडाउन लागू गरिएको छ । सरकारी मिडियाका अनुसार अघिल्लो दिन यहाँ ११ जना संक्रमित भेटिएका थिए । यी सबै कपडा धुने एक महिलाको सम्पर्कमा आएपछि संक्रमित भएका हुन् । ४५ वर्षीया महिलाबाट यो संक्रमण उनका श्रीमान्, बहिनी र परिवार अन्य सदस्यबीच फैलियो । महिलाको ट्राभल हिस्ट्री पनि छैन ।

विचार / ब्लग

कोरानाको चेपुवामा नेपालको अर्थतन्त्र : चाल्नुपर्ने कदम

आज विश्व जगत नोवल कोरोना नामक भाइरसबाट आक्रान्त बन्दै गएको छ ।यसको फैलदों गतिलाई दृष्टिगत गर्दा समयमा नियन्त्रणको प्रभावकारी उपाय पत्ता लगाउन नसकेमा विश्वव्यापी रुपमा एक करोडको हाराहारीमा  मानिसहरु यसबाट सङ्क्रमित हुने र  नियन्त्रणको प्रयास गर्दा गर्दै पनि ५ लाखको संख्यामा व्यक्तिले ज्यान गुमाउन सक्ने सम्भावना देखिन्छ । विश्वका शक्तिशाली देशहरु समेत यस भाइरसका सामु आत्मसमर्पण गर्न वाध्य भएका घटनाले गर्दा नेपाल जस्ता सानो अर्थतन्त्र र अल्पविकसित

महान क्रान्तिकारी आमा र सासुआमा

- सुदिप रेग्मी
दुई दशकलाई नियाल्दा नेपाली समाजमा धेरै परिवर्तन आए ।विश्वव्यापीकरणको प्रभाव र बढ्दो आधुनिकिकरणले नेपाली जनजीवन परिवर्तन भयो । खासगरी नेपाली युवाहरूको बढ्दो वैदेशिक यात्राले नेपालीहरूको जनजीवन परिवर्तन गर्न उल्लेख्य भूमिका निर्वाह गर्‍यो । स्वदेशमै रहेका युवाहरू शहर केन्द्रित भए ।

सी चिनफिङ भन्छन् -हिमालय वारिपारिको मैत्रीलाई नयाँ उचाइमा पुर्याऔँ

सी चिनफिङ
राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको निमन्त्रणामा म छिटै चीनको मैत्रीपूर्ण छिमेकी देश नेपालको राजकीय भ्रमण गर्दैछु । मैले नेपालको भ्रमण गर्न लागेको यो पहिलोपटक हो, तथापि मलाई नेपाल अपरिचित भने लाग्दैन । नेपालमा शानदार पहाड र नदीहरू छन्, विशिष्ट संस्कृति पनि छ । त्यसैले म नेपालको भ्रमण गर्न धेरै पहिलेदेखि लालायित थिएँ । मैले चीनको भ्रमण गर्नुभएका धेरै नेपाली नेताहरूसँग धेरैपटक भेटवार्ता गरेको छु र उहाँहरूसँग गहिरो मित्रता पनि गाँसेको छु ।
Top