भोट युद्धको बेला जंगबहादुरले तराईका जनतालाई लेखेको पत्र


Friday, 13 Sep, 2019 9:19 AM
२७ भदौ, काठमाडौं । भोटतिर लडाइँ हुन लागेकाले देश बचाउनुपर्नेमा जोड दिंदै जङ्गबहादुरले विगतमा सरकारको नोक्सान गराएर भए पनि जनतालाई सुख–सुविधाको व्यवस्था गरेको, अब देशलाई परेका बेला सहयोग गर्नुपर्ने भनी आह्वान गरेका थिए।

भोटसँगको युद्धका लागि प्रधानमन्त्री जङ्गबहादुर राणाले पूर्वदेखि सुदूरपश्चिमसम्मका उत्तरी सीमा नाकाहरूमा ठूला खाद्य गोदामघर बनाई अन्नको जोहो र युद्धका खरखजानाको बन्दोबस्त गरेर फौज खटाइसकेका थिए ।

त्यसपछि उनले चितवनदेखि महोत्तरीसम्मका सन्त, महन्त, फौजदार, सुबेदार, चौधरी, कानुगोय (माल अड्डाका कर्मचारी), मोकदम (मुखिया), जिमिदार, गुठियार, बिर्ताकार आदि सबैलाई सम्बोधन गरी आफ्नै दस्तखतमा चिठी पठाए । चिठीमा जङ्गबहादुरले विगतमा सरकारको नोक्सान गराएर भए पनि जनतालाई सुख–सुविधाको व्यवस्था गरेको उल्लेख गर्दै अब देशलाई परेका बेला सहयोग गर्नुपर्ने भनी आह्वान गरेका थिए ।

भोटतिर लडाइँ हुन लागेकाले देश बचाउनुपर्नेमा जोड दिंदै उनले लेखेका थिए, ‘यो राज्य रह्यो भने तिमीहरूलाई यो बन्दोबस्त पनि रहला ।’ अर्थात् तिमीहरूले सम्हाल्दै आएको जिम्मेवारी पनि कायम रहला । राज्य नरहे अहिलेको बन्दोबस्त गुम्ने, सबैले दुःख पाउने, श्री ५ को सरकारको बिग्रिने र आफ्नो पनि बदनामी हुने उनको चिन्ता थियो ।

फौजको भरोसा रैती र रैतीको भरोसा फौज भएको स्मरण गराउँदै प्रधानमन्त्रीले ठूला–साना सबैले मिहिनेत गर्ने बेला यही भएकोमा जोड दिएका थिए ।

युद्ध जस्तो विशेष परिस्थितिमा फौजले जीउ–ज्यान दिनुपर्ने तथा पहाड र मधेशका रैतीले धन दिनुपर्ने उनको निष्कर्ष थियो । तर, सरकारले रैतीसँग धन नमागेको, बरु अन्न खरीद गर्ने उल्लेख गर्दै चलिआएको भाउमा रु.१ को १२ पाथीका दरले खस्रो मसिनो चामल दिनुपर्ने जानकारी गराएका थिए ।

उक्त चामल रैतीले ४–५ दिनको बाटोसम्म बोकेर चाहिं ल्याइदिन उनले सहयोग मागेका थिए । बिर्तावाल र फिकदारहरूले प्रतिबिघा रु.३ का दरले रकम दिनुपर्ने भनिएको थियो ।

अन्न संकलन गर्न काजी डिल्लीसिंह बस्नेत र खजाञ्ची सिद्धिमानसिंह राजभण्डारी आएको र उनीहरूले लगाए–अह्राए अनुसार नगरेर दायाँ–बायाँ गरे सजाय हुने चेतावनी पनि प्रधानमन्त्री जंगबहादुरले दिएका थिए ।

जङ्गबहादुरको आह्वान–

मधेश जिल्ला जिल्लामा भैगयाको दस्खत !

प्रसस्ति श्रीप्राइम्मिनिष्टर जनरलको – आगे जिल्ला महुतरिका संत महंत सुवा फौजदार सुवेदार देवान पेस्कार चौधरी कानुगोये मोकदम जेठरयेत् जैवार जिमिदार रैयत गुठियार विर्तावार फिकदार माना चावल घरवारि मरवट गैह्रका मानिसहरूके प्रनाम सलाम् आसिष. उप्रांत तिमीहरू गैह्रलाई सवादोटकीको अनि पचकटि वेजगहिको वोसिमगनी झरा वेठवेगार हातिसारको टंटा मुलुक इजारामा लाग्दा मुलुकलाई दुख देख्दा येति कुरा सबै मैले घटाई श्री ५ सर्कारका रुपैयाँ गीराई मेरो पटबन सलामि माया मारि तिमीहरूलाई सुख हवस् भनी मुलुक अमानत राख्याको थियो.
आज श्रीदैवले गर्दा उत्तर दिसातिर लडाईको कारखाना हुन लाग्यो. यो राज्य रह्यो भन्या तिमीहरूलाई यो बन्दोबस्त पनि रहला. श्री ५ सरकारको बन्ला. हामीलाई पनि नेकनामी रहला. यो राज्य गयो भन्या बन्दोवस्त पनि रहन्या छैन. तिमीहरूले पनि दुःख पाउला श्री ५ सर्कारको बिग्रला. हामीलाई पनि बदनामि होला. तसर्थ श्री ५ को सरकारको हकमा रैयत् फौजउमराव. छोटाबडाले मेहेनत गर्नेबेला यहि हो, फौजका भरोसा रैयत, रैयतका भरोसा फौज. फौजले ज्यु दिनुपर्दछ. पहाडका मधेशका रैयत्ले धन दिनुपर्दछ. सो वेहोरामा धन श्री ५ सर्कारबाट माग्याको छैन. रुपैयाँ दि अघिदेखि दियाका मोर्हरुपैयाँ १ को सिरा भाउमा खस्रो मसिनोको येकदर गरि पाथी १२ का भाउमा चावल ४ । ५ दिनका बाटोसम्म बोकि ल्याईदेऊ. तिमीहरूसंग सबै उपजनी श्री ५ सर्कारबाट माग्याको छैन. विर्तावार फिकदार गैह्रके विगाहा १ को रुपैयाँ ३ का दरले दिनु. यो रसद उठाउन्या काजिडिल्लीसिंह वस्न्यात खजांचि सिद्धिमान्सिंह राजभंडारी भै आयाका छन्. इनले लाया अह्राया बमोजिमको काम तत्पर भै गर. येसमा कसैले हर्हिमायेत् राख्यो भन्या श्री ५ सर्कारको चारहात जमिन जान्या आउन्या वेलामा काम नगरि हर्हिमायेत् गन्र्यालाई कस्तो सजाये हुन्छ. तिमिहरू जान्यै छौ.

इति संवत् १९११ साल मिति कात्र्तिक सुदि ७ रोज ७ शुभम . अरू जिल्लामा. मालका रैयत्ले विघाहा १ को रुपैयाँ १ का दरले दीनु....... जिल्लावाराका महंत संत सुवा फौजदार सुवेदार देवानपेस्कार चौधरी कानुगोय मुकदम् जेठ रैयतके वेहोरा सदर– ............

जिल्लै पर्साका संतमहंत सुवा देवान् पेस्कार चौधरि कानुगोये मोकदम जेठ रैयत्के वेहोरा सदर– .............प्रंगना चिटन (चितवन) गैह्रका संत महंत सुवा फौजदार सुवेदार देवान् पेस्कार चौधरी कानुगोये मुकदम जेठ रैयत्के वेहोरा सदर ..............प्रगंना सर्ला्हि गैह्रका संतमहंत सुवा फौजदार सुवेदार पेस्कार चौधरि कानुगोये मोकदम जेठ रैयत्के वेहोरा सदर .........तप्पा रौतहटका संत महंत सुवा फौजदार देवान पेस्कार चौधरि कानुगोये मोकदम् जेठ रैयत्के वेहोरा सदर– 


global ime

runner bike

राजनीति

सभामुखमा नेकपाका सापकोटाले दिए उम्मेदवारी, राजपाको समर्थन

७ माघ, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का तर्फबाट संसद अग्नि सापकोटाले सभामुख पदमा उम्मेदवारी दर्ता गराएका छन्। सुवास नेम्वाङको प्रस्ताव तथा देव गुरुङ, लक्ष्मणलाल कर्ण र ओनसरी घर्तीको समर्थनमा सापकोटाले मंगलबार मध्यान्ह सापकोटाले उम्मेदवारी दर्ता गराएका हुन् ।

​कांग्रेसले सभामुखमा उम्मेदवारी नदिने

७ माघ, काठमाडौं । पुष्पा भुसाललाई सभामुखको उम्मेदवार बनाउने तयारीमा रहेको कांग्रेस अन्ततः पछि हटेको छ । पार्टी संसदीय दलको कार्यसमितिको बैठकले सभामुख निर्वाचनमा उम्मेदवारी नदिई तटस्थ बस्ने निर्णय गरेको मीन विश्वकर्माले बताए । 

सभामुखमा पुष्पा भुसाललाई अघि सार्ने काँग्रेसको तयारी

६ माघ, काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले पनि सभामुखमा उमेदवारी दिने भएको छ । यसअघि कृष्णबहादुर महरालाई सभामुख बनाउँदा कांग्रेसले उमेदवारी दिएको थिएन । कांग्रेसले अहिले सभामुखमा कांग्रेस सचेतक पुष्पा भुसाललाई उमेदवार बनाउने तयारी गरेको छ । कांग्रेस स्रोतका अनुसार यस विषयमा पार्टीमा यसअघि पनि छलफल भइसकेको छ । ‘पार्टीमा यस विषयमा छलफल भइसकेको छ,’ कांग्रेसका एकजना नेताले भने,‘व्यक्ति हत्याको आरोप लागेकालाई सभामुख बनाउन हुँदैन ।’नेकपा सचिवालय बैठकले आइतबार स्थायी कमिटी सदस्य अग्नि सापकोटालाई उमेदवार बनाउने निर्णय गरेको थियो ।

अन्तर्राष्ट्रिय

प्रशान्त महासागरमा अचानक तापक्रममा बृद्धि, १० लाख चरा मरे

६ माघ, काठमाडौं । पछिल्लो १२ महिनामा १० लाख भन्दा बढी समुद्री चराहरु मारिएकाबारे वैज्ञानिकहरुले विशेष चिन्ता व्यक्त गरेका छन् । चराहरुको एकसाथ मृत्युको यो इतिहासकै  सबैभन्दा ठूलो रेकर्ड भएको उनीहरुको भनाइ छ ।यसमा प्रशान्त महासागरको एउटा ठूलो सतही भाग अधिक तातो भएकाले नै यस किसिमका घटना भइरहेको अनुसन्धानकर्ताहरुले चेतावनी दिएका हुन् , जसलाई ‘ब्लब’ नाम दिइएको छ । सामान्य अर्थमा ब्लबको परिभाषा समुद्रको सतहबाट १६०० किलोमिटर सम्मको भूभाग ३ देखि ६ डिग्री बढीले तातिनु हो ।

भाजपा नेताको चेतावनी –५० लाख मुसलमानलाई लखेट्छौं

६ माघ, काठमाडौं । भारतको पश्चिम बंगालमा भारतीय जनता पार्टीका प्रमुख दिलीप घोषले मुसलमान घुसपैठियाहरुको पहिचान गरेर आवश्यक परेमा उनीहरुलाई भारतबाट बाहिर लखेटिने जनाएका छन् ।  एक र्यालीलाई आइतबार सम्बोधन गर्दै भाजपाका राज्यका प्रमुख घोषले भनेका छन, ‘५० लाख मुसलमान घुसपैठियाको पहिचान गरिनेछ र जरुरत परेमा उनीहरुलाई देशबाट बाहिर निकालिनेछ ।’ उनले अगाडि भनेका छन, ‘पहिला उनीहरुको नाम मतदाता सूचीबाट हटाइनेछ । जसले नागरिकता संशोधन कानुनको विरोध गरिरहेका छन् उनीहरु कि भारत विरोधी छन् कि बंगाल विरोधी हुन् । त्यसैले उनीहरु हिन्दु शरणार्थीलाई नागरिकता दिने कुराको विरोध गरिरहेका छन् ।’ 

यमनमा क्षेप्यास्त्र आक्रमण, ७० सैनिक मारिए

५ माघ, काठमाडौं । यमनमा भएको क्षेप्यास्त्र आक्रमणमा परी कम्तीमा ७० सैनिक मारिएका छन् । मरिब प्रान्तमा रहेको मस्जिदमा हुथी विद्रोहीहरुले गरेको आक्रमणमा परी शनिबार उनीहरुको मृत्यु भएको अस्पताल र  सैनिक स्रोतले जानकारी दिएको छ । शनिबार भएको यस आक्रमणमा परी ७० सैनिक मारिएका मरिब अस्पताल स्रोतले पुष्टि गरेको छ । यमनी राष्ट्रपति आबेद्राब्बो मानसुर हादीले कायर र आतङ्ककारी आक्रमण भनि निन्दा गरेका छन् । यस घटनामा परी अरु दर्जनौँ घाइते भएका छन् र तीमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ ।  घटनाका बारेमा हुथी विद्रोहीको तर्फबाट अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन । 

विचार / ब्लग

सी चिनफिङ भन्छन् -हिमालय वारिपारिको मैत्रीलाई नयाँ उचाइमा पुर्याऔँ

सी चिनफिङ
राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको निमन्त्रणामा म छिटै चीनको मैत्रीपूर्ण छिमेकी देश नेपालको राजकीय भ्रमण गर्दैछु । मैले नेपालको भ्रमण गर्न लागेको यो पहिलोपटक हो, तथापि मलाई नेपाल अपरिचित भने लाग्दैन । नेपालमा शानदार पहाड र नदीहरू छन्, विशिष्ट संस्कृति पनि छ । त्यसैले म नेपालको भ्रमण गर्न धेरै पहिलेदेखि लालायित थिएँ । मैले चीनको भ्रमण गर्नुभएका धेरै नेपाली नेताहरूसँग धेरैपटक भेटवार्ता गरेको छु र उहाँहरूसँग गहिरो मित्रता पनि गाँसेको छु ।

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 
Top