नेपालकै दर्दनाक इतिहास : जहाँ पलभरमै सयौ मारिए र जंगबहादुर उदाए

कोतपर्व र भण्डारखाल पर्व कसरी घटेको थियो,त्यसपछि के भयो


Saturday, 10 Dec, 2016 2:16 PM

आजभन्दा १७० वर्षअगाडि नेपालको इतिहासमा एउटा हत्याकाण्ड भएको थियो, जुन नेपालको इतिहासमा कोतपर्वको नामले प्रसिद्ध छ । विसं १९०३ आश्विन ९ (सन् १८४६ सेप्टेम्बर १४) को राति भएको उक्त घटनामा देशका मुख्तियारसहित धेरैजसो उच्च ओहदाका भारदारहरू मारिएका थिए भने सोही घटनाबाट नेपालको इतिहासमा जंगबहादुरको उदय भएको थियो ।

यद्यपी जंगबहादुर नायक कि खलनायक भन्ने विवाद कायम छ । सो भयंकर हत्याकाण्ड अचानक र आकस्मिक रूपमा केही घन्टाभित्रै भएको भएपनि नौ वर्षअगाडिदेखि नेपालमा व्याप्त अन्योल र अनिश्चिततालाई यसको पृष्ठभूमिका रूपमा बुझ्न जरुरी छ । 

विसं १८९४ मा राजा राजेन्द्रले भीमसेन थापालाई अपदस्थ गरेपछि नेपालमा अन्योलको वातावरण तयार भएको थियो । राजेन्द्र महत्वाकांक्षी त थिए तर उनको कमजोरी यो थियो कि उनले आफ्नी दुई रानीका क्रियाकलापलाई समेत नियन्त्रण गर्न सकेका थिएनन् । उनका दुवै रानी त्यत्तिकै महत्वाकांक्षी थिए र दुवैले आ–आफ्नै स्वार्थ सिद्धिका लागि भारदारहरूका दुई प्रमुख समूहलाई आफूतर्फ मिलाएका थिए । जेठी रानी साम्राज्यलक्ष्मीले पाण्डेहरूको सहयोग प्राप्त गरेकी थिइन् भने कान्छी रानी लक्ष्मीदेवीलाई थापाहरूको समर्थन थियो । 
भीमसेन थापाको पतनको लगत्तै साम्राज्यलक्ष्मीको दबाबमा रणजंग पाण्डे मुख्तियार त भए तर उनी कहिले गुरु रंगनाथ त कहिले चौतरिया पुष्कर शाहको नेतृत्वमा रही काम गर्न बाध्य हुनुपर्यो । 

केही वर्षपछि रणजंग शक्तिशाली मुख्तियार त बने तर उनको अंग्रेज सरकारप्रतिको नीतिले गर्दा राजेन्द्रले उनलाई पदबाट हटाए,तत्कालीन अंग्रेज सरकारकै दबाबमा ।  विसं १८९८ मा साम्राज्यलक्ष्मीको मृत्युपछि नेपालको राजनीतिमा कान्छी रानी लक्ष्मीदेवीले हस्तक्षेप गर्न थालिन् । उनले भारतमा बस्दै आएका भीमसेन थापाका भतिजा माथवरसिं थापालाई नेपाल फिर्ता बोलाइन् र उनकै दबाबमा राजेन्द्रले माथवरलाई मुख्तियार बनाए । लक्ष्मीदेवीको स्वार्थ थियो युवराज सुरेन्द्र (साम्राज्यलक्ष्मीका छोरा) को अधिकार खोसी आफ्नै छोरा रणेन्द्रलाई राजा घोषित गर्नु । तर माथवर रानीको इच्छाअनुसार काम गर्न तयार भएनन्,किनकि त्यसबाट ठुलो विद्रोह हुने खतरा थियो । 

विकल्पको रूपमा माथवरले राजेन्द्रलाई गद्दी त्यागको सल्लाह दिए, किनकि सुरेन्द्रलाई विधिवत् रूपमा राजा घोषित गरेपछि लक्ष्मीदेवीले आफ्नो छोरालाई राजा बनाउने हठ त्याग्नेछिन् भन्ने उनका बुझाई थियो । तर महत्वाकांक्षी राजेन्द्र राज्यत्याग गर्ने पक्षमा थिएनन् । यसप्रकार माथवरले राजा र रानी दुवैलाई चिढाउने काम गरे । 

परिणामस्वरुप राजा र रानी दुवै मिली माथवरको हत्या गर्न लगाए ।  जसमा प्रमुख भूमिका लक्ष्मीदेवीका प्रिय सहयोगी गगनसिंह र जंगबहादुरले खेलेका थिए । माथवरको अन्तपछि चार महिनासम्म देशको शासन व्यवस्था मुख्तियारबिना नै चल्न पुग्यो । लक्ष्मीदेवी गगनसिंहलाई मुख्तियार बनाउन चाहन्थिन् जबकि राजेन्द्र त्यसो गर्न तयार थिएनन् । 

अन्ततोगत्वा चौतरिया फत्यजंगलाई मुख्तियारको पद त दिइयो तर राज्यपरिषद् (मन्त्रिमण्डल सरह) जसमा गगनसिंह र जंगबहादुरलाई पनि समावेश गरियो । रानीको प्रिय पात्र भएको नाताले गगनसिंह निकै शक्तिशाली थिए र उनको अधीनमा सात पल्टन फौज थियो जबकि फत्यजंगको नियन्त्रण केबल तीन पल्टन फौज मात्रै थियो । गगनसिंहको उदय राजा, मुख्तियार, जंगबहादुर र अन्य भारदारका लागि एउटा चुनौती बन्दै गएको थियो ।  तर गगनसिंहको शासन धेरै समयसम्म चल्न सकेन । विसं १९०३ आश्विन वदी ९ को राति आफ्नै घरमा पूजा गरिरहेका बेला गगनसिहंको पनि हत्या भयो । गगनसिंहको हत्या कसले गर्यो भन्नेबारे अझै विवाद छ । 

तर गगनसिंहको उदय राजा, मुख्तियारलगायत कसैलाई मन परेको थिएन र उनको पतन लक्ष्मीदेवीबाहेक सबैले चाहेका थिए ।  आफ्नो प्रिय पात्रको हत्याबाट लक्ष्मीदेवीलाई ठूलो चोट पुग्यो र उनले हत्यारा पत्ता लगाउन सबै भारदारहरूलाई तुरुन्तै कोतमा हाजिर हुन आदेश जारी गरिन् । 

केही घन्टाभित्रै भारदारहरू कोतमा जम्मा भए । तर हत्यारा पत्ता लगाउनाको साटो भारदारहरूबीच आपसमा मारकाट सुरु भई जंगबहादुर र उनका सहयोगीहरूबाहेक अन्य सबैजसो भारदारहरूले आफ्नो ज्यान गुमाए । कोतभित्र भएको हत्याकाण्ड भएकाले यसलाई कोतपर्व भनिएको हो । 
कोतपर्वको ६ महिनापछि विसं १९०३ चैतमा नेपालस्थित ब्रिटिस रेजिडेन्ट थोरस्वेले घटनाको विस्तृत विवरण अंग्रेज सरकारलाई पाठए । जहाँ हत्याकाण्डको सम्पूर्ण दोष लक्ष्मीदेवीमाथि लगाइयो । गगनसिंहको हत्यारा पत्ता लगाउने रानीको हठकै कारण उक्त हत्याकाण्ड भएको भन्ने रेजिडेन्टको दाबी थियो । सो पत्रमा कुनै निर्णय दिन नसक्ने भनी राजेन्द्रको पनि आलोचना गरिएको छ । किनकि कोतभित्र तनावको वातावरण पैदा भएकै अवस्थामा राजा कोतबाट बाहिर निस्किएका थिए । थोरस्वेको यो भनाइलाई सत्य मान्न सकिदैन त्यो पत्र जंगबहादुरले दिएको विवरणअनुसार तयार गरिएको थियो ।  घटनाको अर्को विवरण स्वयं लक्ष्मीदेवीले आफ्ना पति राजेन्द्रलाई लेखेको पत्रमा दिएकी छन् जसमा हत्याकाण्डको सम्पूर्ण दोष जंगबहादुर र उनका सहयोगी विजयराज पण्डितमाथि लगाइएको छ । 

कोतभित्र भएको हत्याकाण्डमा जंगबहादुर र उनका सहयोगीबाहेक अरू सबैजसो भारदारहरू मारिएका थिए । यसबाट जंगबहादुरले कोतभित्रको स्थिति आफ्नो अनुकूल बनाई हत्यकाण्ड गराएको तथ्य बुझ्न गाह्रो पर्दैन ।  कोतपर्वपछि जंगबहादुर मुख्तियार बने र उनलाई कम्यान्डर इन चिफको पदवी पनि दिइयो । तर उनले आफूलाई सुरक्षित महसुस गर्न सकेनन किनभने बस्नेतहरूको सहयोग लिई लक्ष्मीदेवी जंगबहादुरविरुद्ध षड्यन्त्र गर्दै थिइन् ।

खास कुरा के छ भने आफ्नो परिवारका ज्येष्ठ महिलाको मृत्यु भएकाले बस्नेतहरू कोतमा सामेल भएका थिएनन् र उनीहरू बच्न सफल भएका थिए । आफूविरुद्ध षड्यन्त्र भइरहेको चाल पाई जंगबहादुरले बस्नेतहरूलाई युवराज सुरेन्द्रका शत्रु घोषित गरी राजेन्द्रकै आदेशअनुसार बस्नेत भारदारहरूको हत्या गराए जसलाई भण्डारखाल पर्व मनिन्छ । 

भण्डारखाल पर्व घटना कोतको हत्याकाण्डको ४५ दिनपछि भएको थियो र यस घटनापछि जंगबहादुरले लक्ष्मीदेवीलाई देश निकाला गरे । साथै जंगबहादुरले प्रधानमन्त्रीको पदवी पनि पाए ।  लक्ष्मीदेवीसँगै राजेन्द्र पनि बनारस गएपछि जंगबहादुर झन् शक्तिशाली भए र उनले अनुकूल स्थितिको सिर्जना गरी सुरेन्द्रलाई विधिवत् रूपमा नेपालको नयाँ राजा घोषणा गरे ।  

अर्कोतीर बनारसमा जंगबहादुरद्वारा निकालिएका वा भाग्न सफल भएका भारदारहरूले राजेन्द्रलाई नेपाल फर्की शासन पुनः कब्जा गर्न दबाब दिदै आएका थिए । त्यसमाथि आफू छँदाछँदै आफ्ना छोरा सुरेन्द्रलाई राजा घोषित गरेको खबरले राजा निकै क्रोधित पनि थिए । उनले एउटा सानो फौजको निर्माण गरेर केही भारदारहरूसहित नेपालको सीमाभित्र प्रवेश गरे । सेनाको फौजसहित राजेन्द्र नेपालतर्फ आएको थाहा पाउनेबित्तिकै जंगबहादुरले ठूलो फौज त्यसतर्फ पठाए । नेपालको सीमा नजिकै फौजबीच सामान्य भिडन्त भयो जसमा राजेन्द्रको फौज सजिलै पराजित भयो र राजेन्द्र स्वयं कैदीको रूपमा काठमाडौं ल्याइए ।

उनलाई उकास्ने भारदारहरू त जंगबहादुरले ठूलो फौज पठाएको थाहा पाउनेबित्तिकै राजेन्द्रको साथ छाडी सीमापारि भागिसकेका थिए । विसं १९०४ यो घटनामा भदौ महिनामा घटेको थियो । 

कोत, भण्डारखाल र अलौ पर्वबाट जंगबहादुर शक्तिशाली शासक मात्रै भएनन्, उनले आफ्नो परिवारको सामाजिक स्तर पनि निकै माथि उठाए । राजा सुरेन्द्रको लालमोहरद्वारा उनी र उनको परिवारले ‘राणा’ को दर्जा पाए र त्यसको उपयोग गर्दै जंगबहादुरले राजपरिवारसँग वैवाहिक सम्बन्ध पनि जोड्न पुगे । 

राजासरहको पदवी पाउने लालसाले जंगबहादुरलाई छोडेको थिएन । विसं. १९१३ मा प्रधानमन्त्री पद त्यागेको नाटक मञ्चन गरी उनी महाराज बने । तर अंग्रेज सरकारले उक्त पदलाई राजकीय मान्यता नदिएपछि जंगबहादुरले पुनः प्रधानमन्त्री हत्याए र महाराज प्रधानमन्त्री पदबाट विभूषित भए । 

कोतपर्वबाट सुरु भएको राणाहरूको जहानिया“ नेपालमा शासन १०४ वर्षसम्म कायम रह्यो र विसं. २००७ मा भएको १०४ दिनकै जनआन्दोलनले यसको अन्त गर्यो । त्यसपछि रणबहादुर शाहले आफ्नो जेठो छोराको अधिकार खोसी मन परेकी रानीको अठार महिने छोरालाई राजा बनाएपछि नेपालमा गृहयुद्ध भएको थियो । यस्तो इतिहासको पाठ बिर्सी लक्ष्मीदेवीले युवराज सुरेन्द्रको अधिकार खोसी आफ्नै छोरालाई राजा बनाउन खोज्दा कोतपर्व हुन पुगेको हो । 

शताब्दीको तानाशाही राणा शासन, जुन कोतपर्व पूर्वको नौ वर्षको राजनीतिक अस्थिरताभन्दा कयौ खतरनाक साबित भयो । जसका लागि नेपाली जनताले ठुलो त्याग र बिलदान गर्नुपर्यो । अहिले राजनीतिक स्थायित्वको नाममा एकतन्त्रीय व्यवस्था कहिल्यै स्वीकार्य हुन त सक्दैन तर हामीले विवेक नपुर्याउने हो भने राजनीतिक अस्थिरता÷अनिश्चितताले नेपाललाई जतापनि लैजान सक्छ । इतिहासको यो तितो सत्यबाट दलहरुले पाठ सिक्न जरुरी छ । 


global ime

runner bike

https://esewa.com.np/#/home

राजनीति

लकडाउनको पालना गर्न र गम्भीर हुन भारतीय प्रधानमन्त्रीको आग्रह

१० चैत, काठमाडौँ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफ्ना नागरिकलाई लकडाउनको पालना गर्न आग्रह गरेका छन् ।  मोदीले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘लकडाउनलाई कतिले अझै पनि गम्भीरतापूर्वक लिइरहेका छैनन् । कृपा गरेर आफूले आफैलाई बचाउनुस्, आफ्नो परिवारलाई बचाउनुस् र निर्देशनलाई

गगन थापाको प्रस्ताव सांसदको १ महिनाको तलब जम्मा गरौं

१० चैत, काठमाडौँ ।
नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले सरकारको कोरोना कोषमा  प्रत्येक सांसदको १ महिनाको तलब जम्मा गर्ने प्रस्ताव गरेका छन् । सामाजिक सञ्जाल मार्फत उनले भनेका छन्   "जसले जहाँबाट जति सक्छौं यो कोषमा सहयोग गरौं र विपदमा श्रोत जुटाउन साथमा छौं भनेर सरकारलाई

देशलाई तुरुन्त लकडाउन गर्न काँग्रेस नेताको माग

१० चैत, काठमाडौँ ।
नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले मुलुकमा तुरुन्त लकडाउन गर्न सरकारसँग माग गरेका छन् । सामाजिक सञ्जाल मार्फत डा कोइरालाले भारतबाट आउने मानिसको लर्कोले कोरोना पनि सँगसँगैं ल्याउन सक्ने भन्दै तुरुन्त लकडाउन गर्नुपर्ने बताएका हुन् । नेता शेखरले विस्वव्यापी रुपमा

अन्तर्राष्ट्रिय

देशबासीलाई बेलायती प्रधानमन्त्रीको पत्र– कोरानाका कारण अवस्था थप खराब बन्न सक्छ

१६ चैत, काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण उत्पन्न पस्थिति सुधार हुनुको साटो झन खराब बन्दै जाने जोखिम रहेको बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले बताएका छन् । सेल्फ आइसोलेसनमा रहेका प्रधानमन्त्री जोन्सनले बेलायती नागरिकको नाममा जारी गरेको पत्रमा आउँदा दिनमा अवस्था थप भयावह बन्न सक्ने चेतावनी दिइएको हो । प्रधानमन्त्री जोन्सनको पत्र हरेक बेलायतीको घरमा पठाईँदै छ ।

दिल्ली छोडेर गाउँ फर्किरहेकाहरुलाई मुख्यमन्त्री केजरीवालले गरे यस्तो आग्रह

१६ चैत, काठमाडौं । भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले लकडाउनका बेला लामो दूरी यात्रा गरेर गाउँ फर्किरहेकाहरुलाई यथास्थानमा बस्न आग्रह गरेका छन् । भारत सरकारले देशभर कोरोना भाइरसको संक्रमण फैलिन भन्दै तीन हप्ते लकडाउन लागु गरेपछि दिल्लीमा काम गर्दै आएका मजदूर तथा दैनिक काम गरेर जीविका चलाउँदै आएकाहरु हिँडेर गाउँ फर्किरहेका छन् । गाउँ फर्किनेको भिड अत्याधिक र लामो रहेको छ ।

इटलीमा एकैदिन ९१९ र स्पेनमा ७७७ जनाको मृत्यु, हालसम्म दुई देशमा मात्र करिब १५ हजारको गयो ज्यान

१५ चैत, काठमाडौं । पछिल्लो समय कोरोना महामारीको केन्द्रविन्दु बनेको इटालीमा शुक्रबारमात्रै ९१९ जनाको मृत्यु भएको छ । यो दैनिक मृत्यु हुने संख्यामा अहिलेसम्मकै उच्च हो । मृतकमध्ये ६ सयजना बढी लोम्बार्डी क्षेत्रका हुन् । इटालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ९ हजार १ सय ३४ पुगेको छ । यसैगरी स्पेनमा एकैदिन ७७७ जनाको ज्यान जाँदा कूल मृतकको संख्या ५ हजार १ सय ३८ पुगेको छ । स्पेनमा ७ हजार ९ सय ३३ जना नयाँ संक्रमण पुष्टि भएको छ । 

विचार / ब्लग

महान क्रान्तिकारी आमा र सासुआमा

- सुदिप रेग्मी
दुई दशकलाई नियाल्दा नेपाली समाजमा धेरै परिवर्तन आए ।विश्वव्यापीकरणको प्रभाव र बढ्दो आधुनिकिकरणले नेपाली जनजीवन परिवर्तन भयो । खासगरी नेपाली युवाहरूको बढ्दो वैदेशिक यात्राले नेपालीहरूको जनजीवन परिवर्तन गर्न उल्लेख्य भूमिका निर्वाह गर्‍यो । स्वदेशमै रहेका युवाहरू शहर केन्द्रित भए ।

सी चिनफिङ भन्छन् -हिमालय वारिपारिको मैत्रीलाई नयाँ उचाइमा पुर्याऔँ

सी चिनफिङ
राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको निमन्त्रणामा म छिटै चीनको मैत्रीपूर्ण छिमेकी देश नेपालको राजकीय भ्रमण गर्दैछु । मैले नेपालको भ्रमण गर्न लागेको यो पहिलोपटक हो, तथापि मलाई नेपाल अपरिचित भने लाग्दैन । नेपालमा शानदार पहाड र नदीहरू छन्, विशिष्ट संस्कृति पनि छ । त्यसैले म नेपालको भ्रमण गर्न धेरै पहिलेदेखि लालायित थिएँ । मैले चीनको भ्रमण गर्नुभएका धेरै नेपाली नेताहरूसँग धेरैपटक भेटवार्ता गरेको छु र उहाँहरूसँग गहिरो मित्रता पनि गाँसेको छु ।

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 
Top