syangyong
cg

रात्रीभोजमा सँगै नाचे बेलायती महारानी र जंगबहादुर : रानीले सोधिन म नाचेको कस्तो लाग्यो ?


Saturday, 30 Sep, 2017 9:30 AM
बादसाह भिक्टोरियासित पैल्हे मुलाकात हुँदा बादसाहका हजुरमा रह्याका प्राइम मिनिष्टर, कमाण्डर–इन–चिफ, लाठ, डुक्, कपनी साहेब, चेरमीन्, प्रिन्स आलवट यति मानिस साथ थिया । यति मानिस साथमा ली कुइन बैठकमा खडा रह्याकी थिइन् । तेही बखतमा नेपालमा श्री प्राइम मिनिष्टर साहेब, उनका भाइ कर्णेलहरु, काजी सर्दार, मुसाहेब साथमा ली गया र मुलाकात भयो । नेपालका श्री ५ महाराजबाट पठायाको खरिता बादसाहाका हातमा दिनुभयो र खरिता हातमा ली सिर झुकाइन् । नेपालको खैर मिजाद पुछिन् । चाहिन्या सम्मको बिस्तार गर्नुभयो ।

बाटामा आउँदामा जहाज समुद्रमा कसो भयो, खानपीनामा तकलीफ भयो कि भनी सोधिन् र हजुरका प्रतापले मलाई, मसित आयाको मानिसलाई केही दुःख भएन हजुरका अकबालले आनन्दसित आञ्यौं भन्नुभयो र खुसी भइन् । तिमी आयौ, बढिया भयो, दुई सर्कारको एकचित्त भयो, पछि परन्तुसम्म प्रीति रह्यो, दोस्तीमा खलबल कैल्है हवैन भनी खातीर गरिन् । नेपालका वजिर हुसियार रह्याछन्, देख्नमा पनि गहनाकपडा लायाको सुहायाको पनि, राम्रा जवान रह्याछन् भनी कुरा ग¥या । अब यिनलाई डेराडंडा, साहाबेसाहाको तकीती गर्न होसियार मानिस राखिदेउ, कोनै कुराको तकलीफ हुन नपावस् भनी प्राइम मिनिष्टिरलाई हुकुम दिइन् । दुई कप्तान पुलिसका सिपाही नोकर राखिदिया । पैले मुलाकातको बेहोरा यही भयो । 


दोस्रो मुलाकातको बेहोरोमा ग्यावद् भारदार १५/१६ सय उनका मीमसाहेब भारी गहना पोसाक लाई आयाका थिया । बादसाहा कुइन् सिंङ्गासनमा आड लागी खडा रह्याकी थिइन् । यस्तै बीचमा नेपालका श्री प्राइम मिनिष्टर साहेबहरु आया र कुइन्को सलाम ग¥या र कुइनले बडा आदारसित अगाडी नजीकैमा बस भनिन् र नजीकैमा रह्याका थिया । ताहाँ रह्याका भारदारहरुले कुइन्को दर्शन एक एक गरी गन्र्या । कोही टाढैबाट सलाम गर्दै जांदै गन्र्या, कोही कुइन्का हातमा गुड्माने गन्र्या, कोही लेडीहरु हातमा गुडमाने गरी कुइनका गालामा चुम्बन गरी जान्या ।

अघिबाट कुइनको दर्शन गन्र्या । पछिबाट प्रिन्स आलवट्को सलाम गन्र्या । उहाँको प्राइम मिनिष्टरले नेपालका श्री प्राइम मिनिष्टर साहेबलाई एक एक गरी यो भारदार यो हो, यसलाई काम यो छ भनी, यो फलाना साहेबको लेडी हो । यसको कुइन्सित यो नाता छ भनी चिह्नाइदिन्थ्या । यस्तै रीतसित भारदार लेडीहरुले कुइनको दर्शन गरी गया । यो तमाशा नेपालका मुख्तियार जंङ्गबहादुर कुवर राणाजीलाई देखाया । ती भारादार लेडीहरुले पनि बडो खातिर ग¥या भन्न्या छापा देशदेशमा गयो । 

फेरि तेस्रो मुलाकातमा जति बेलाइत् सहरभरका भारादार, लेडीहरुलाई, नेपालका वजिरलाई कुइन्ले निम्तो गरिन । चार घडी रात जाँदा सब भारादार लेडीहरु सामेल भया । त्यो दरबारका बैठक कस्तो भन्या बयान गरी सक्नु छैन । दुई सय हात लम्बा, पचास हात चाकलो गज भयाको भारी गलैंचा बिछायाको चारै तर्फ अ‍ैना लाग्याको । तसबीरका लयन लाग्याको छ । रंगरंगका झाडबत्तीले झलावर भयाको, लालटेन पानस झैझाड, ग्यासबत्तीले सर्वत्र उज्यालो भयाको, जात–जातका फूल झ्याल–झयालमा टिपीलमा राख्याका छन् । अत्तरका खुरावाईले बहुत सुगंध चल्याको छ । सुनका गीलतीले चित्रकार भयाको । सुन–चाँदिका भाँडाले जगजगायमान भयाको । यस्ता बैठकमा ज्यावद भारदार लालटोप, कुर्थी, पुतली टोप लाई हजार बाह्र सय गोरा सावेहान्हरु बस्याका छन् । हीरा, पन्ना, मानिक, मोतीका गहना पैह्रा भारी गहना पोसाक लायाका मानु इन्द्रका अपसरा जस्ता लेडीहरु हजार–बाह्र सय आई साहेवान् र लेडीहरु खीचो भै बस्याका छन् । पात्साही बाजा बज्न लाग्याको छ । 

नेपालका श्री प्राइम मिनिष्टर साहेब उनका भाइ कर्णेल,काजी, सर्दार, कप्तान, लेपटेन्हरु पनि गयाका थिया । बादसाहबाट श्री प्राइम मिनिष्टरलाई डाकिन र केही मेवाहरु खान्छौ कि भनी सोधिन् र बादसाहका अगाडि हामीले खान हाम्रा रीतले बेमुनासीब हुन्छ भनी श्री मिनिष्टर साहेबले भन्दामा हांसीकन कुर्सीमा बस भनिन् र कुर्सिमा बस्या । ताहाँ बरोबर नाच–तमाशा हुन लाग्याको थियो । सब लेडीहरु साहेवानहरु नाच्दथ्या । थोरा बेरमा आफै कुइन् साहेवानहरुसित बराबर नाच्न लागिन् । मैले नाच्याको नेपालको मिनिष्टर साहेबले राम्रा मान्या कि मानेनन् भनी आपसमा कुरा गर्दै नाच्दै, हाँस्दै साहेवान्हरु, लेडीहरु कोही नाच्दछन् कोही हिडीरहन्छन् । कोही बसिरह्याका छन् । ताहाँ छोटा–बडा कोही नमान्या, बेप्रभापसित रहन्या । यस्तो तमाशा भयो । 

एक दिन अप्सरा जस्ता परीको नाच हेर्न कुइनले मिनिष्टर साहेबलाई डाक्न पठाइन् र पाउलाग्नुभयो । ताहाँ परीको नाच हुन लाग्याको थियो । ती परी कस्ता थिया भन्या तिनका रुपको, नाचको बयान गर्न सकिदैन । इन्द्रका अप्सरा कामकन्दला, उर्वसीको नाच, गाउना, रुपको बयान गर्न सहस्र जिभ्रा भयाको शेषले पनि सक्दैन भनी कोही कथामा सुनिन्छ तस्तै तमाशा भयो । त्यही बीचमा कुइन्ले मिनिष्टर साहेबलाई यो नाच राम्रो लाग्यो कि भनी सोधनी् र बहुत राम्रो लाग्यो भनी मर्जी भयो । फेरि गीदको अर्थ बुझदछौ कि भन्दा गीदका अर्थ ता बुझदिन जस्तै बुलबुल बोल्दामा मानिसहरु राम्रो मानी सुन्दछन् तस्तै राम्रो सुनिन्छ भनी मर्जी हुँदा खुस भइन् । बहुत होसियार रह्याछन् भनी अपसमा भनिन् ।  

साभार ‘जंङ्गबहादुरको वेलायत यात्रा’ पुस्तकबाट


Ruslan

MEGA COLLEGE

ime

bussewa

राजनीति

​धार्मिक सहिष्णुतामा नेपाल संसारकै नमूना :तिमिल्सिना

२८ असोज, बागलुङ । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले धार्मिक सहिष्णुतामा नेपाल संसारकै नमूना देश भएको बताएका छन् । महान् पर्व बडादशैँको अवसरमा बागलुङ नगरपालिकाले आज आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा बोल्दै अध्यक्ष तिमिल्सिनाले नेपालमा अनेक धर्म मान्ने सम्प्रदाय भए पनि धार्मिक सद्भाव रहेको बताए। उनले नेपाल प्राकृतिक तथा धार्मिक हिसाबले धनी हुदाँहुदै पनि उचित व्यवस्थापनको अभावमा

​प्रदेशलाई भ्रष्टाचारमुक्त सुशासनयुक्त बनाउछौँ – मुख्यमन्त्री राई

२६ असोज, विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारले भौतिक पूर्वाधार निर्माणमा यसवर्ष रु छ अर्ब खर्च गर्ने बताएका छन् । प्रदेशको यातायात पूर्वाधार विकास मन्त्रालयअन्तर्गत यातायात पूर्वाधार विकास निर्देशनालय कार्यालयको सुनसरीको इटहरी–४ हलगाँडामा नव स्थापित कार्यालयको आज उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन्। मुख्यमन्त्री राईले प्रदेश सरकारले आफ्नो बजेटको ४० प्रतिशत रकम प्रदेशको पूर्वाधार निर्माणमा खर्च 

​हाम्रो कर्णाली हामी बनाउँछौ : इन्चार्ज शर्मा

२६ असोज, सुर्खेत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कर्णाली प्रदेश इन्चार्ज जनार्दन शर्माले कर्णाली प्रदेशको विकासका लागि डटेर लाग्ने बताएका छन् । प्रदेश सरकार र विज्ञ समूहबीचको चौथो बैठकका लागि सुर्खेत आएका इन्चार्ज शर्माले विजयादशमीको अवसरमा प्रदेश राजधानी सुर्खेत, वीरेन्द्रनगरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा क्षमता र अधिकार प्रयोग गरेर उत्कृष्ट कर्णाली प्रदेश बनाउने बताए। “हाम्रो कर्णाली हामी आफैँ 

अन्तर्राष्ट्रिय

भुटानको अन्तिम चरणको निर्वाचनका लागि आज मतदान हुँदै

थिम्पु । भुटानको अन्तिम चरणको निर्वाचनका लागि आज मतदान हुँदैछ।  भदौ अन्तिम साता भएको पहिलो चरण चुनावमा पहिलो र दोस्रो भएका दुई दलबीच यो निर्णायक प्रतिस्पर्धा हुन गइरहेको हो ।यो निर्वाचनमा विजयी हुने दलले हिमाली अधिराज्य भुटानमा पाँच वर्षका लागि सरकार निर्माण गर्नेछ ।  

निजी विमान दुर्घटना हुँदा एक बालकसहित तीन जनाको मृत्यु

जर्मनी । जर्मनीमा एउटा सानो निजी विमान दुर्घटना हुँदा एक बालकसहित तीन जनाको मृत्यु भएको छ । एउटा इन्जिन मात्र भएको विमान हेसे प्रान्तको वासार्कुपे हिमाल नजिकैको फुल्दा शहरमा दुर्घटना भएको हो । मानिसको भीडभाड भएको ठाउँमा खसेको विमान दुर्घटनामा अन्य पाँच जना घाइते भएका छन् । घाइते हुनेमा चार जना यात्रु र एक पैदल यात्री रहेका छन्

फिलिपिन्सको माओवादी युद्ध : लड्दालड्दै ५० वर्ष

फिलिपिन्समा करीब ४५ हजारको ज्यान लिइसकेको माओवादी विद्रोहले ५० वर्षमा पनि गन्तव्य पहिल्याउन सकेको छैन । अमेरिकाको अन्तरिक्ष कार्यक्रम (नासा) को मानव सहितको यान चन्द्रमामा अवतरण गरेर फर्केको ५० वर्ष पूरा हुँदैछ । चन्द्रमाको सतहमा नील आर्मस्ट्रङले पहिलो मानव पाइला राख्नुभन्दा केही महीना अघि दक्षिण पूर्वी एशियाली मुलुक फिलिपिन्समा माओवादीहरूले सशस्त्र संघर्षबाट सत्ता प्राप्त गर्न ‘जनयुद्ध’ शुरू गरेका थिए । धनी र गरीबबीच अचाक्ली ठूलो खाडल रहेको टापुहरूको यो मुलुकमा निरन्तर युद्ध लडिरहेका माओवादीहरूले ५० वर्षमा न सत्ता–प्राप्तिको लक्ष्य पूरा गर्न

विचार / ब्लग

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 

अनशनको शक्ति जुटाउने सन्त चिकित्सक

► अतृप्त
प्राध्यापक डाक्टर गोबिन्द के.सी. को पन्ध्रौँ अनशन शृंखला भर्खरै अन्त्य भएको छ । जोरजुलूम गर्दा पनि पार नलागेपछि देशकै कार्यकारी प्रमुखको प्रत्यक्ष निगरानीमा पछिल्लो अनशन शृंखला सताइसौं दिनमा आएर टुङ्गोमा पुग्यो । बितेका ६ बर्षमा सन्त चिकित्सकका अनशन शृंखलाले राजधानी काठमाडौंदेखि मोफसलमा अवस्थित जुम्लासम्मको अविस्मरणीय यात्रा तय गरेका छन् । डा. के.सी. को निराहार यात्रा भोग्नेलाईभन्दा देख्नेलाई पट्यारलाग्दो प्रतित हुन्छ । 

लालबाबु पण्डितको ‘सेलिब्रेटी’ मोह, आफ्नै कर्मचारीलाई पागल भन्न मिल्छ ?

कर्मचारी समायोजन अन्र्तगतको स्वेच्छिक अवकाशको विषयलाई लिएर यतिबेला प्रधानमन्त्री, मन्त्री र कर्मचारीबीच जुहारी चलिरहेको छ । अवकाशको विषयलाई लिएर दुवै पक्ष एकअर्काप्रति तिखो टिप्पणीमा उत्रिएका छन् । उनीहरुबीचको आरोप–प्रत्यारोपलाई सुन्दा दुवै पक्ष एकअर्काप्रति पूर्णरुपमा सशंकित् र अविश्वस्त देखिएका छन् ।
Top