syangyong
cg

सबै सकिएपछि अन्तिममा राखे जुवामा श्रीमति दाउ, त्यो पनि हारेपछि भयो यस्तो ..


Friday, 1 Jun, 2018 2:42 PM
भारतको ओडिशाको बालेश्वर जिल्लामा एउटा आश्चर्यजनक घटना भएको छ। एक पुरुषले जुवामा आफ्नी श्रीमतीसमेत हारेका छन् । आरोपअनुसार उनले जुवामा श्रीमती हारेपछि जित्नेलाई जिम्मा लगाएका थिए । जुवामा अर्काकी श्रीमती जितेपछि जित्नेले श्रीमानकै सामु बलात्कारसमेत गरेको बताइएको छ।

ओडिशा प्रहरीले बीबीसीलाई दिएको जानकारीअनुसार पीडितले प्रहरीमा बलात्कारसम्बन्धी उजुरी गरेकी छन् । उजुरीपछि प्रहरीले जुवामा श्रीमती हार्ने श्रीमान र जुवामा जितेकी अर्काकी श्रीमती बलात्कार गर्ने व्यक्तिलाई पक्राउ गरेको छ । घटनामा संलग्न दुई जना भने फरार रहेको प्रहरीले जनाएको छ।

प्रहरीले भनेको छ–पीडितलाई मेडिकल जाँचका लागि बालेश्वर पठाइएको छ। साथै दुई फरार अभियुक्तलाई पक्राउ गर्न अभियान चलाइएको छ। अभियुक्तविरुद्ध प्रहरीले बलात्कारका साथै अन्य कयौ आरोपसहित मुद्दा दर्ता गरेको छ। बीबीसीसँग कुरा गर्दै पीडितले भनिन्–गत २३ तारिखका दिन मेरा श्रीमान करिब ११ बजे घर आए र मसँग हिँड भने । मैले उनलाई सोधेँ कहाँ जाने हो । तर उनले कुनै जवाफ दिएनन् ।
मलाई जबरजस्ती गाउँबाहिर लगियो, जहाँ उनका साथीहरु पहिलादेखि नै उपस्थित थिए । मैले उनीहरुलाई ‘भैया’ भनेर बोलाएँ । उनीहरुले मलाई हात समातेर तान्न थाले । मैले विरोध गरेँ । तर मेरा श्रीमानले स्वयम मेरो सारी खोलेर मलाई उनीहरुको जिम्मा लगाए ।

पीडित महिलाले अगाडि भनिन्–जुवा जित्ने व्यक्तिले मलाई केही पर लगे र मलाई बलात्कार गरे । पछि मलाई थाहा भयो कि मेरा श्रीमानले मलाई जुवामा लगाएर हारेका रहेछन्। भोलिपल्ट बिहान पीडितकी छोरीले आफ्नो हजुरबालाई फोनमा सबै घटना बताइन्। हजुरबा छोरालाई लिएर छोरीको घर पुगे ।

पीडितका पिताले भने–हामीले जब सम्धीजी र ज्वाईसँग घटनाको बारेमा सोध्यो तब उनीहरु दुवैले भने कि यसबारेमा कुनै जानकारी छैन । त्यसपछि मैले गाउँको मुखियासँग कुरा गरेँ । उनले अगाडि भने–उनले गाउँका अन्य पाकाहरुसँग कुरा गरे र त्यसपछि हामीसँग दुई दिनको समय मागे । बाध्य भएर हामीले छोरी र उनका दुवै बच्चा लिएर आफ्नो गाउँ फर्कियौ ।
‘मे २७ तारिखका दिन हामीले स्थानीय प्रहरीमा उजुरी दियौ, तब प्रहरीले उजुरी दर्ता गर्नुको साटो हामीलाई ज्वाईसँग मिलापत्र गर्न सल्लाह दियो । बुधबारका दिन हामीले एसपीलाई भेट्यौ तब उजुरी दर्ता भयो ।

यद्यपि प्रहरीले पीडितको पिताले लगाएको आरोप अस्वीकार गरेको छ। प्रहरी प्रमुखले भने–म स्वयम विदामा थिए । ड्युटीमा आएपछि थाहा भयो कि दुवै पक्षले एउटा सम्झौता याचिका दायर गरेका छन् । तर पछि म जब एसपीले आदेश दिए हामीले तत्काल एफआईआर दर्ता गरेर छानविन थाल्यौ ।

पीडितका पिताको आरोप छ कि उजुरी भएपछि पनि प्रहरीले उनलाई सताइरहेको छ । उनी भन्छन्–आज पनि थानामा तीन चार घण्टा बसालियो र मेरी छोरीसँग अनावश्यक प्रश्न गरियो । मनौ कि दोषी उसकै पिता स्वयम हो । पीडितका पीताले रुँदै न्यायको आशा व्यक्त गरे । बीबीसी हिन्दी


Ruslan

MEGA COLLEGE

ime

bussewa

राजनीति

​धार्मिक सहिष्णुतामा नेपाल संसारकै नमूना :तिमिल्सिना

२८ असोज, बागलुङ । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले धार्मिक सहिष्णुतामा नेपाल संसारकै नमूना देश भएको बताएका छन् । महान् पर्व बडादशैँको अवसरमा बागलुङ नगरपालिकाले आज आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा बोल्दै अध्यक्ष तिमिल्सिनाले नेपालमा अनेक धर्म मान्ने सम्प्रदाय भए पनि धार्मिक सद्भाव रहेको बताए। उनले नेपाल प्राकृतिक तथा धार्मिक हिसाबले धनी हुदाँहुदै पनि उचित व्यवस्थापनको अभावमा

​प्रदेशलाई भ्रष्टाचारमुक्त सुशासनयुक्त बनाउछौँ – मुख्यमन्त्री राई

२६ असोज, विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारले भौतिक पूर्वाधार निर्माणमा यसवर्ष रु छ अर्ब खर्च गर्ने बताएका छन् । प्रदेशको यातायात पूर्वाधार विकास मन्त्रालयअन्तर्गत यातायात पूर्वाधार विकास निर्देशनालय कार्यालयको सुनसरीको इटहरी–४ हलगाँडामा नव स्थापित कार्यालयको आज उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन्। मुख्यमन्त्री राईले प्रदेश सरकारले आफ्नो बजेटको ४० प्रतिशत रकम प्रदेशको पूर्वाधार निर्माणमा खर्च 

​हाम्रो कर्णाली हामी बनाउँछौ : इन्चार्ज शर्मा

२६ असोज, सुर्खेत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कर्णाली प्रदेश इन्चार्ज जनार्दन शर्माले कर्णाली प्रदेशको विकासका लागि डटेर लाग्ने बताएका छन् । प्रदेश सरकार र विज्ञ समूहबीचको चौथो बैठकका लागि सुर्खेत आएका इन्चार्ज शर्माले विजयादशमीको अवसरमा प्रदेश राजधानी सुर्खेत, वीरेन्द्रनगरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा क्षमता र अधिकार प्रयोग गरेर उत्कृष्ट कर्णाली प्रदेश बनाउने बताए। “हाम्रो कर्णाली हामी आफैँ 

अन्तर्राष्ट्रिय

भुटानको अन्तिम चरणको निर्वाचनका लागि आज मतदान हुँदै

थिम्पु । भुटानको अन्तिम चरणको निर्वाचनका लागि आज मतदान हुँदैछ।  भदौ अन्तिम साता भएको पहिलो चरण चुनावमा पहिलो र दोस्रो भएका दुई दलबीच यो निर्णायक प्रतिस्पर्धा हुन गइरहेको हो ।यो निर्वाचनमा विजयी हुने दलले हिमाली अधिराज्य भुटानमा पाँच वर्षका लागि सरकार निर्माण गर्नेछ ।  

निजी विमान दुर्घटना हुँदा एक बालकसहित तीन जनाको मृत्यु

जर्मनी । जर्मनीमा एउटा सानो निजी विमान दुर्घटना हुँदा एक बालकसहित तीन जनाको मृत्यु भएको छ । एउटा इन्जिन मात्र भएको विमान हेसे प्रान्तको वासार्कुपे हिमाल नजिकैको फुल्दा शहरमा दुर्घटना भएको हो । मानिसको भीडभाड भएको ठाउँमा खसेको विमान दुर्घटनामा अन्य पाँच जना घाइते भएका छन् । घाइते हुनेमा चार जना यात्रु र एक पैदल यात्री रहेका छन्

फिलिपिन्सको माओवादी युद्ध : लड्दालड्दै ५० वर्ष

फिलिपिन्समा करीब ४५ हजारको ज्यान लिइसकेको माओवादी विद्रोहले ५० वर्षमा पनि गन्तव्य पहिल्याउन सकेको छैन । अमेरिकाको अन्तरिक्ष कार्यक्रम (नासा) को मानव सहितको यान चन्द्रमामा अवतरण गरेर फर्केको ५० वर्ष पूरा हुँदैछ । चन्द्रमाको सतहमा नील आर्मस्ट्रङले पहिलो मानव पाइला राख्नुभन्दा केही महीना अघि दक्षिण पूर्वी एशियाली मुलुक फिलिपिन्समा माओवादीहरूले सशस्त्र संघर्षबाट सत्ता प्राप्त गर्न ‘जनयुद्ध’ शुरू गरेका थिए । धनी र गरीबबीच अचाक्ली ठूलो खाडल रहेको टापुहरूको यो मुलुकमा निरन्तर युद्ध लडिरहेका माओवादीहरूले ५० वर्षमा न सत्ता–प्राप्तिको लक्ष्य पूरा गर्न

विचार / ब्लग

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 

अनशनको शक्ति जुटाउने सन्त चिकित्सक

► अतृप्त
प्राध्यापक डाक्टर गोबिन्द के.सी. को पन्ध्रौँ अनशन शृंखला भर्खरै अन्त्य भएको छ । जोरजुलूम गर्दा पनि पार नलागेपछि देशकै कार्यकारी प्रमुखको प्रत्यक्ष निगरानीमा पछिल्लो अनशन शृंखला सताइसौं दिनमा आएर टुङ्गोमा पुग्यो । बितेका ६ बर्षमा सन्त चिकित्सकका अनशन शृंखलाले राजधानी काठमाडौंदेखि मोफसलमा अवस्थित जुम्लासम्मको अविस्मरणीय यात्रा तय गरेका छन् । डा. के.सी. को निराहार यात्रा भोग्नेलाईभन्दा देख्नेलाई पट्यारलाग्दो प्रतित हुन्छ । 

लालबाबु पण्डितको ‘सेलिब्रेटी’ मोह, आफ्नै कर्मचारीलाई पागल भन्न मिल्छ ?

कर्मचारी समायोजन अन्र्तगतको स्वेच्छिक अवकाशको विषयलाई लिएर यतिबेला प्रधानमन्त्री, मन्त्री र कर्मचारीबीच जुहारी चलिरहेको छ । अवकाशको विषयलाई लिएर दुवै पक्ष एकअर्काप्रति तिखो टिप्पणीमा उत्रिएका छन् । उनीहरुबीचको आरोप–प्रत्यारोपलाई सुन्दा दुवै पक्ष एकअर्काप्रति पूर्णरुपमा सशंकित् र अविश्वस्त देखिएका छन् ।
Top