​हरेक नेपालीमा बैंकिङ सेवा पुर्याउने हो भने सरकारले नोक्सानीको केही प्रतिशत बेहोर्नुपर्छ


Friday, 21 Oct, 2016 4:06 PM


 

राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाहरूको क्षमता बढाउन तथा वित्तिय संस्थाको संख्या घटाउन पूँजी बृद्धिको निर्देशन दिएपछि यतिबेला बैकहरु पूँजी वृद्धि गर्न कम्मर कसेर लागिरहेका छन् । हकप्रद र बोनस दिएर पूँजी पुर्याउन सक्ने वित्तिय संस्थाहरू बोनस र राइट सेयर घोषणा गरिरहेका छन् भने कतिपयले पूँजी पुर्याउन सँस्था मर्जर र एक्वायर गरिरहेका छन् । २०७४ असार मसान्तसम्ममा विकास बैंकहरुले २ अर्ब  ५० करोड चुक्तापूँजी पुर्याउनु पर्नेछ । चुक्ता पूँजी पुर्याउन दिएको निर्देशनको एक बर्ष पुरा भइसकेको छ । यस्तै रेमिट्यान्स्मा गिरावट, विकास  निर्माणको काम अपेक्षित् नहुँदा बजारमा तरलता केही कम भएको अवस्था छ ।  जसका कारण नै वित्तियसंस्थाहरूले ब्याजदर बढाइरहेका छन् । 
भmण्डै २९ बर्ष अघि नेपाल बैंक लिमिटेडबाट बैंकिङ यात्रा शुरु गरेका कृष्णराज लामिछाने अहिले कैलाश विकास बैंकको प्रमुख कार्यकारी अधिकृत हुन् । उनी विकास बैंकहरुको छाता संगठन विकास बैंक बैंकर्स सँघको अध्यक्ष समेत हुन् । पछिल्ला दिनहरुमा विकास बैंकको अवस्था , ब्याजदर परिवर्तन, तरलताको अवस्था, हरेक नेपालीमा बैंकङ पहुच पुर्याउन विकास बैंकले खेलेको भुमिका, बैंकको पुूँजी बृद्धि योजना लगायतका विषयमा लामिछानेसँग न्यूजसेवाका लागि एलिजा उप्रेतीले गरेकोे कुराकानीको अंश 


यतिबेला  बैंक तथा वित्तिय संस्थाहरूलाई राष्ट्र बैंकको निर्देशन अनुसार पुँजी बृद्धिको चटारो छ, अब एक वर्ष भन्दा पनि कम समय भएको अवस्थामा विकास बैंकहरुको अवस्था कस्तो छ ?

पूँजी बृद्धिकै लागि भनेर पछिल्ला दिनहरुमा धेरै बैंकहरु विशेष गरी विकास बैंकहरु मर्जरमा गएका छन् । केही समय अघि ८६ वटाको संख्यामा रहेका विकास बैंकहरु अहिले मर्जरकै कारण ५०/६० वटामा झरेका छन् । अहिले पनि धेरै विकास बैंकहरू मर्जर तथा एक्वायरकै क्रममा रहेकाले यो संख्यामा गिरावट आएर ३० वटा जति विकास बैंक हुने देखिन्छ । तर तीनका शाखाहरु जहाँ जहाँ थिए त्यहीँ त्यहीँ रहन्छन र डुप्लिकेसन भएको ठाउँमा रिलोकेसन मात्र हुन्छ  । 

धमाधम मर्जर हुदा तपाईले ३० वटा विकास बैक मात्र रहन्छ भन्नु भयो, राष्ट्रबैंकले सिधै मर्जरमा  जान नभनेपनि उसको लक्ष्य भनेको बैंकहरुको संख्या घटाउनुनै हो , शाखा यथावत रहेपनि बैंकहरूकै संख्या कम हुँदा विकास बैंकको भविष्य चाहि कस्तो देख्नुहुन्छ ? 

पूँजी बढाउन भनेपछि मर्जरबाहेक प्राय बैंकको अरु विकल्प पनि छैन । तर विकास बैंकको भविष्यनै धरापमा पर्छ भन्ने चाहिँ होइन । बाणिज्य बैंककै हाराहारीमा विकास बैंक पुग्छ । बाणिज्य बैंकहरु सबै सदरमुकाम केन्द्रित हुदा विकास बैकले आफ्नो भुमिका ग्रामिणस्तरमा पुर्याएको छ । यसकारण पनि सर्भिस डेलिभरीको हिसाबले गाउँ क्षेत्रमा सेवा पुर्याउन पनि विकास बैंकको आवश्यक पर्छ । तर पहिला एकजिल्ले ÷तिन जिल्लेका लागि लक्षित गरेर  खोलिएका विकास बैंकहरु प्जी पुर्याउनकै लागि मर्जरमा जाने भएपछि उनीहरुको संख्या  घट्छ र पूँजीका हिसाबले बलिया पनि बन्छन्  । जहाँ जहाँ जति शाखाहरु पुगेका छन् ती बन्द गर्न पनि पाइदैन र बन्द पनि हुदैन । संख्या घटेपनि नेटवर्क घट्दैन, सँस्था बलिया हुन्छन् । त्यसकारण भविष्य राम्रो छ ।  

तपाईले गाउँ गाउँमा बैंकिङ पहुँच पुग्न विकास बैंकको भुमिका हुन्छ भनिरहदा  यति धेरै विकास बैंक भएपनि  अझै कति जनसंख्या त बैंकिङ पहुँचबाटै टाढा छन् । यस्तो अवस्थामा विकास बैंकको भुमिकालाई कसरी हेर्ने ? 

हेर्नुस कुनै पनि कुरा शुन्यतामा चल्दैन, त्यसका लागि पूर्वाधारको आवश्यक पर्छ । पहिले त ती गाउँहरुमा जनसंख्याको आकार कस्तो छ भन्ने कुरा हुन्छ भने अर्को पूर्वाधार विकासको कुरा हो । नगद बोकेर ल्याउने अवस्था कस्तो छ , सुरक्षाको अवस्था  ,बिद्युतको उपलब्धता जस्ता कुराले पनि महत्व राख्छ ।  निश्चित मापदण्ड पुगेको ठाउँमा यति धेरै प्रतिस्पर्धा छ बैंकहरु आफै पुगिहाल्छन् । जसरी ओरालोमा पानी बग्छ त्यस्तै जहाँ आवाश्यकता र अवसर देख्छन् त्यहा बैंकहरु भागिहाल्छन् । 


हरेक नेपालीमा बैंकिङ सुविधा नपुग्नुमा बैंक होइन सरकारी उदासीनताको कारणले भएको हो भन्न खोज्नुभएको हो ?

सबै नेपालीको पहुँचमा बैकिङ सेवा पुग्न आवश्यक पूर्वाधार पुग्नु पर्छ । त्यसका लागि सरकारले कदम चाल्नै पर्छ । कतिपय अवस्थामा पूर्वाधार पुग्दा पुग्दै नोक्सानी हुन सक्छ बस्ती थोरै छ ,आर्थिक कारोबार कम हुन्छ भने, यस्तो अवस्थामा  सरकारले नोक्सानीको केही प्रतिशत बेहोर्नुपर्छ । यदि सेवा पु्र्याउने हो भने सरकारले पनि केही लगानी गर्नुपर्याे नी । 
बैंक भनेको नगद कारोबार हुने ठाउँ हो जसलाई सुरक्षाको आवाश्यकता पर्छ । त्यो क्षेत्रमा केही उद्यमशीलता भएको व्यक्ति  पनि चाहियो । विशेषगरी ग्रामीण जनतामा वित्तिय साक्षरता छैन् । जस्तै स्वास्थ्य मन्त्रालयले कति धेरै जनचेतनामुलक विज्ञापनमा खर्च गरिरहेको छ तर बैकिंङ क्षेत्रमा अर्थमन्त्रायको त्यो जागरुकता खोइ ? एउटा पनि विज्ञापन निकालेर भनेको छैन की तिमीहरु बैंकमा खाता खोल । बंैकहरुले विज्ञापन  गर्दा आफ्नो स्वार्थका लागि गर्यो भन्छन् तर त्यही कुरालाई अर्थमन्त्रालयद्धारा भन्यो भने जनहितका लागि भन्यो भनेर सर्वसाधारणले विश्वास गर्छन् । 

अहिले  वाणिज्य बैंकमा व्याजदर बृद्धि भइसकेको छ, त्यसले पहिले देखिनै वाणिज्य बैंक भन्दा बढी ब्याज दिँदै आएका विकास बैकलाई धक्का  लाग्दैन ?

अहिले बाणिज्य बैंक र डेभलपमेन्ट बैकमा व्याजदरमा खासै भिन्नता छैन  । दुई तिन महिना अगाडी फरक थियो तर अहिले छैन । हामी पनि साढे ६/ सात प्रतिशत व्याज दिइरहेका छा । बाणिज्य बैंकले पनि सँस्थागमा त्यस्तै दिइरहेको छ । सेभिङमा भने बाणिज्य बैंक भन्दा विकास बैंकले बढी दिन्छन् । 
कर्जाको हकमा पनि अहिले आएर बराबर हुन थालेको छ । सँस्थागत निक्षेपकर्ताहरुले व्याजदर बढाए त्यसले गर्दा वाणिज्य बैंकमा बढेको हो । जस्तै नागरीक लगानी कोष ,आर्मी ,सञ्चय कोष जस्ताले बाणिज्य बैंकमा निक्षेप राख्छन् , विकास बैंकमा राख्दैनन् त्यसले गर्दा खासै ठुलो धक्का लाग्दैन । 

पूँजी वृद्धिसँगै विकास बैंकहरुले   सुधार गर्नुपर्ने पाटा के हुन सक्छन् ? 

पूँजीको साइज बृद्धि गर्नुपर्ने महत्वपूर्ण कुरा छ  । ६०/६५ करोडमा चलेको विकास बैंकलाई साढे २ अर्ब पुर्याउनु आफैमा चूनौती छ । त्यही अनुसारको मेनपावरको क्षमता पनि हुनुपर्यो । आफैले गर्नु परेको भनेको मेनपावरको क्षमता अभिबृद्धि हो । पूँजी बढेपछि सेवामा पनि गुणस्तरता हुनुपर्छ । 

मर्जर राष्ट्रबैंकको संस्था बलियो बनाउने नीति हो कि अधिक संख्याका कारण  अनुगमन गर्न मुस्किल परेर हो जस्तो लाग्छ ? 

म त  भन्छु मर्जर आवश्यकता नै हो । एक करोड ४० लाखको विकास बैंक पनि छ यस्तो अवस्थामा पूँजी बृद्धिको एकदमै आवाश्यकता देखिइसकेको थियो । 
कैलाश विकास बैंकको कुरा गर्ने हो भने १ अर्ब ५८ करोडको विकास बैंक हो । त्यस्तै १ करोड ४० लाखको. पनि विकास  बैंक छन् । तर पनि राष्ट्र बैंकले मर्ज होउ त भनेको छैन नी ।  पुँजी बृद्धि जसरी पनि गर्नु मात्र भनेको हो । विदेशी लगानी ल्याएर हुन्छ या मर्ज गरेर हुन्छ । सँस्थालाई पुँजी पुर्याउन मर्जमा जानैपर्छ यसले संख्या घट्छ र राष्ट्रबैंकलाई सुपरभिजन गर्न पनि सहज हुन्छ । 

कैलाश विकास बैंकले चाहिँ कसरी आफ्नो पुँजी अबको एक बर्षभित्र पूर्याउँछ ? 

कैलाश विकास बैंकको  अहिले १ अर्ब ५८ करोड चुक्तापूँजी  छ ।  २० प्रतिशत राइट शेयरको प्रक्रिया पनि करिब करिब अन्तिम चरणमा छ । बोनस शेयरबाट २ अर्ब ३० करोड हुन्छ । चालुबर्ष २० प्रतिशत नाफा कमाउने लक्ष्य छ ।  साथै मर्जर व्यवस्थापन ,हरेक बर्ष ३÷४ ओटा शाखा खोल्दै जाने हाम्रो बैंकको लक्ष्य हो । हाम्रो पूँजी सजिलै पुग्छ । 


तस्बिर : गगन अर्याल



Nmc

bijuli

paicho

bussewa

राजनीति

एमालेले जितेका सबै स्थानमा काँग्रेस- माओवादीबीच चुनावी तालमेलको घोषणा

१५,वैशाख,म्याग्दी । नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले आसन्न स्थानीय तह निर्वाचनमा म्याग्दीका चारवटा स्थानीय तहमा चुनावी तालमेल गर्ने भएका छन् । काँग्रेस र माओवादी केन्द्रले दुई दुईवटा 

द्वन्द्वपीडितको राहत रकम एमाले नेताको खल्तीमा, पीडितद्धारा उजुरी

१५ वैशाख,काठमाडौं । सशस्त्र द्वन्द्वकालमा १३ वर्षअघि हत्या गरिएका खोटाङ, जन्तेढुंगा–४ का लालबहादुर तामाङकी श्रीमती जमुना राई तामाङले सरकारबाट प्राप्त ५ लाख रकम मध्ये ४ लाख ३० हजार रुपैयाँ 

सुदुरपश्चिमबाट माओवादीले उठायो देशकै ‘कान्छा’२१ वर्षीय युवा डिल्लीराजलाई चुनावी मैदानमा

१५,वैशाख,काठमाडौं । झण्डै २० वर्षपछि हुन लागेको स्थानीय तहको चुनावमा देशको कान्छो उमेदवार कैलालीको धनगढी उप–महानगरपालिका वडा न . ४ को वडा अध्यक्ष पदको उमेदवारमा

प्रवास/अन्तर्राष्ट्रिय

​टर्कीमा नौ हजार प्रहरी अधिकारी निलम्बित

१४ वैशाख, अङ्कारा  । टर्कीमा बुधबार अबेर राति गुलेनिस्ट समूह अर्थात फेतुल्लाहसी आतङ्ककारी सङ्गठन (एफइटिओ)सँग आवद्ध भएको आशङ्कामा नौ हजार १०० प्रहरी अधिकारी निलम्बित भएका राज्यद्वारा सञ्चालित अनाद्लु समाचार समितिले जानकारी दिएको छ । बुधबार

भारत अधिनस्थ काश्मिरमा तीन सैनिकको मृत्यु

 १४ वैशाख, श्रीनगर (भारत अधिनस्थ) । भारतको अधिनस्थ काश्मिरमा बिहीबार संदिग्ध आतङ्ककारी गरेको आक्रमणमा परी कम्तीमा तीन सैनिकको मृत्यु भएको छ । यो घटना सो इलाकामा भारतीय अधिकारीले इन्टरनेट सेवा प्रवन्धकलाई फेसबुक, ट्वीटरलगायतका २२ वटा 

​पाकिस्तानद्वारा २९ भारतीय माझी पक्राउ

१४ वैशाख, इस्लामाबाद  । पाकिस्तानका सरकारी अधिकारीले २९ जना भारतीय माझीलाई बिहीबार नियन्त्रणमा लिएका छन् । देशको सामुद्रीक व्यापारसम्वन्धी नियमहरु उलङ्घन गरेको भन्दै उनीहरुलाई नियन्त्रणमा लिइएको पाकिस्तानी सुरक्षा अधिकारीले जनाएका छन् । 

बिचार

​महिलाहरू कसैका खेत होइनन्, मन लागेको बेला जोत्न पाइने

राजनीतिमा महिलाको भुमिकाको चर्चा सधै भइरहन्छ। राजनीतिमा महिलाको भुमिका कहिले पर्दा पछाडी हुन्छ त कहिले अगाडी । कहिले महिलाले राज्यसत्ताको उपयोग गर्छन त कहिले राजनीतिले महिलालाई बस्तुको रुपमा प्रयोग गरेर राजनीतिलाई प्रभावित गरिन्छ। नेपालको सन्दर्भमा राज्यसत्ताको प्रयोग 

​यसकारण पतन हुनेछ एमाले

सुरुमै प्रस्ट्र भनौं, यो कसैलाइ लक्षित गरि लेखिएको लेख होइन । बस् ,जिम्मेवार दलको चरित्रलाइ केलाउँदै मतदातालाइ सचेत पार्ने एक चेष्टा मात्र हो ।दुई दशकपछि  स्थानीय चुनाब हुन गइरहँदा यो देशमा लाखौं नयाँ निर्णायक मतदाता जन्मिएका छन् । कयौं लामो संक्रमणकाल अन्त्य हुनैलाग्दा भइरहेको निर्वाचनले देशलाइ गतिशिल मात्र बनाउने छैन, दुरदराजका नेपालीले संघियताको आयाम र महत्वबारे बुझ्नेछन् । दैनिक जनजीबनमा आइपर्ने हरेक

आईजीपी प्रकरणः प्रधानमन्त्रीले प्रहरी प्रमुख छान्ने कि अदालतले ?

के एकजना कार्यकारी सरकार प्रमुखले एकजना सेनाप्रमुख, प्रहरी प्रमुख, कर्मचारी प्रमुख वा अन्य कुनै विश्वासिलो अधिकारी कानुुनको जगमा टेकेर छान्न पाउँदैन ? प्रचण्डले नियुुक्त गरेका आईजी जयबहादुर चन्द वाइसियलका प्रमुख पनि थिएन्न, पूर्वडेपुटी कमाण्डर पनि थिएनन् । र, सरकारका लागि अर्का दाबेदार डीआइजी नवराज सिलवाल पनि सौताका छोरा वा दानव थिएनन् । 

Top