siddhartha
chunaav bises

​कलाकारपनि चुनावी अभियानमा व्यस्त


Tuesday, 28 Nov, 2017 5:36 PM
राजनीतिक दलका नेता तथा कार्यकर्तालाई प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनले व्यस्त बनाएजस्तै कलाकारलाई पनि चुनावी अभियानमा खट्न भ्याइनभ्याइ छ ।
 
मुलुकका विभिन्न निर्वाचन क्षेत्रमा चुनावी माहौल बनाउन कलाकार लागेपछि मतदाताले राजनीतिक भाषण र आश्वासनसहित गीत संगीतको समेत मज्जा लिन पाएका छन् । 

वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनमा आबद्ध उम्मेदवारलाई मत माग्दै कलाकार नै निर्वाचन अभियानमा केन्द्रित भएपछि राजनीतिक सरगर्मीसमेत बढेको हो । 

लोक दोहोरी गायक बद्री पंगेनी हालसम्म १०० भन्दा बढी चुनावी अभियानमा सहभागी भइसकेका छन् । गायक तथा संगीतकार चेतन सापकोटाको व्यवस्तता पनि पंगेनीको भन्दा कम्ता छैन । 

हाँस्य कलाकार मनोज गजुरेललाई पनि आजकल फुर्सद छैन । देशव्यापी रुपमा चुनावी अभियानमा संलग्न छन् । यस्तै गायक नवीन खड्का र गायिका टीका पुन पनि चुनावी अभियानमा छन् । गायक झंकार बुढामगर पनि निरन्तर चुनावी अभियानमा छन् । अझै २० भन्दा बढी चुनावी अभियानको निम्तो आएको उनको भनाइ छ । 

लोकदोहोरी गायिका राधिका हमाल गत स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार नै थिए । उनको व्यस्तता पनि लोभलाग्दो नै छ । लोकगायक विमलराज क्षेत्री लोकतान्त्रिक गठबन्धनलाई मत माग्दै चुनावी अभियानमा छन् । 

लोकगायक विष्णु क्षेत्री पहिलो चरणको निर्वाचनमा बाग्लुङमा मतदान सकेपछि दोस्रो चरणमा निर्वाचन हुने जिल्लामा व्यस्त हुनु भएको छ । संविधान कार्यान्वयनका लागि महत्वपूर्ण मानिएको निर्वाचनमा हामी कलाकार हौँ भनेर बस्ने अवस्था भएन, त्यही भएर वाम गठबन्धनका लागि मतदान गर्न आग्रह गर्दै चुनावी अभियानमा लागेको बताउनु हुने लोकगायक पंगेनी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ उम्मेदवार भएको चितवन क्षेत्र नं ३ मा मत माग्न व्यस्त छन् । 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहभागी दुई दर्जनभन्दा बढी चुनावीसभामा गीत गाउनु भएका पंगेनीले एमाले महासचिव ईश्वर पोखरेल, स्वतन्त्र उम्मेदवारी दिनुभएका हृदयेश त्रिपाठीदेखि माओवादी केन्द्रका उम्मेदवार कृष्णबहादुर महराको निर्वाचन क्षेत्रमा समेत आफ्नो प्रस्तुति दिएका छन् । 

पंगेनी भन्छन् “राजनीतिक स्थिरता मुलुकका लागि आवश्यक छ, हामी कलाकारलाई पनि त्यसले फाइदा गर्छ भन्ने लक्ष्यका साथ म चुनावी अभियानमा छु ।” 

हाँस्य कलाकार गजुरेल पनि निरन्तर चुनावी अभियानमा छन् । चितवनमा रहेका गजुरेलले टेलिफोनमा भने “म त गजुरियल अभियानमा छु, जनतामाझ वाम गठबन्धनलाई साथ दिन आग्रह गरिरहेको छु ।” यस्तै गायक तथा संगीतकार सापकोटाले पनि हालसम्म १०० भन्दा बढी चुनावी अभियानमा सहभागी भएको बताए । 

‘उठ युवा हो, जाग युवा हो भन्ने गीत बढी मतदाताले मन पराएका छन्’ संगीतकार सापकोटाले भने । गायिका हमालले रोल्पाको चुनावी अभियानपछि दाङ, नेपालगञ्ज, पाल्पा, बुटवललगायतका स्थानका चुनावी अभियानमा सहभागी हुुने कार्यक्रम तय भएको जानकारी दिइन् । लोकतान्त्रिक गठबन्धन विशेष गरी काँग्रेसलाई मत माग्दै हिँडेको उनको भनाइ छ । 

गायक खड्का पनि १०० भन्दा बढी चुनावी अभियानमा निरन्तर सहभागी छन् । खड्काले गाउनु भएको मध्यपश्चिमको लोकलयमा आधारित ‘सिंगारु टप्पा’ नै गाउँदै हिँडेका छन् । “हामी कलाकार मात्रै होइनौँ, राजनीति पनि राम्ररी बुझ्छौँ । त्यही भएर निरन्तर चुनावी अभियानमा लागेका हौँ” उनले भने । 

लोक गायक प्रकाश कटुवाललाई पनि चुनावी अभियानले राम्रैसँग तानेको छ । ‘काँग्रेसलाई विजयी गराऔँ’ भन्दै दर्जनौँ स्थानमा मत माग्दै हिँडेका छन् । यस्तै लोकगायक राजु ढकालले पनि काँग्रेसलाई मत दिन आग्रह गरेका चुनावी गीत गाए । 

अर्का लोकगायक विमलराज क्षेत्रीलाई पनि आजकल चुनावले राम्रैसँग तानेको छ । क्षेत्री पनि काँग्रेसको दर्जनौँ चुनावी अभियानमा सहभागी भए। उनले ‘भोट हालौ रुखमा’ भन्ने गीत तयार पारेका छन्। 

यस्तै लोकगायक पुरुषोत्तम न्यौपानेले पनि चुनावी गीतमार्फत वाम गठबन्धनलाई मत मागिरहेका छन् । उनको ‘भोट के मा सूर्यमा’ भन्ने चुनावी गीत चर्चामा छ । 

यस्तै जनसांस्कृतिक महासंघ कास्की शाखाले पनि चुनावी गीत तयार पारेको छ । मौलक लोकलयमा तयार पारिएका चुनावी गीत नै बढ्ता चर्चित देखिएको स्वयं कलाकारकै भनाइ छ । 
 


Ruslan

paicho

bussewa

राजनीति

​सरकार गठन र पार्टी एकता सँगसँगै : महासचिव पोखरेल

२९ मंसिर, काठमाडौ । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले नयाँ सरकार गठन र नेकपा माओवादी केन्द्रसँगको पार्टी एकता प्रक्रिया सँगसँगै अघि बढ्ने बताएका छन् । रिपोर्टर्स क्लब नेपालले आज आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता पोखरेलले ताजा जनादेशका आधारमा प्राप्त दलीय हैसियतअनुसार सरकार गठन गर्न कुनै समस्या नरहेको पनि स्पष्ट गरे । 

निर्वाचनसँगै शहीदका सपना पूरा हुँदै : रक्षामन्त्री प्रधान

२९ मंसिर, काठमाडौ । रक्षामन्त्री भीमसेनदास प्रधानले संविधान कार्यान्वयनका लागि भएको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनसँगै शहीदका सपना पूरा हुँदै गएको बताएका छन् । शहीद शुक्रराज शास्त्रीको १२४औँ जन्मजयन्तीका अवसरमा शहीद शुक्र माध्यमिक विद्यालयले आज यहाँ आयोजना गरेको ‘भवन उद्घाटन तथा शृंखला साहित्यिक मासिक

​तराई मधेसमा भएका विभिन्न आन्दोलनबारे गठित छानविन समितिले बुझायो प्रतिवेदन

२९ मंसिर, काठमाडौं ।  तराई, मधेश र थरुहटलगायतका क्षेत्रमा विभिन्न राजनीतिक दलले गरेको आन्दोलनको क्रममा भएका हिंसा, हत्या र तोडफोडसम्बन्धि घटना छानविन गर्न गठित आयोगले आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको छ । सर्वोच्च अदालतका पूर्व न्यायाधीश गिरीशचन्द्र लालको संयोजकत्वमा गठित ६ सदस्यीय आयोगले प्रधानमन्त्री

अन्तर्राष्ट्रिय

​वर्षेनी स्वासप्रस्वासजन्य रोगबाट साढे छ लाखको मृत्यु : विश्व स्वास्थ्य संगठन

२९ मंसिर, काठमाडौं ।  विश्व स्वास्थ्य संगठन, डब्लुएचओले बिहीबार सार्वजनिक गरेको एक प्रतिवेदनमा विश्वमा हरेक वर्ष साढे छ लाख नागरिकको स्वासप्रस्वासजन्य रोगबाट ज्यान जाने गरेको तथ्य सार्वजनिक गरेको छ । विश्व स्वास्थ्य संगठनले बिहीबार जेनेभामा सार्वजनिक गरेको एक प्रतिवेदनमा विश्वमा हरेक वर्ष कम्तीमा पनि साढे छ लाख नागरिकको ज्यान जाने गरेको जनाइएको छ । 

​अष्ट्रेलियामा बाल यौन दुव्र्यवहारको कहालिलाग्दो अवस्था, सेना देखि धार्मिक संस्थासम्म बने अखड

२९ मंसिर, एजेन्सी । अष्ट्रेलियामा बाल यौन दुर्व्यवहार सम्बन्धी एउटा जाँचबुझ संयन्त्रले पाँच वर्ष लगाएर आफ्नो अन्तिम प्रतिवेदन सरकारलाई बुझाएको छ । उक्त प्रतिवेदनमा बालबालिकको सुरक्षाका लागि एउटा अलग्गै राष्ट्रिय निकाय गठन गर्ने सहितका चारसयवटा सुझावहरु समेटिएका छन् । उक्त शाही जाँच आयोगको प्रतिवेदन १७ वटा खण्डमा बाँडिएको थियो ।

भारतको गुजरातमा फेरि भाजपाकै सरकार बन्ने सम्भावना : सर्वेक्षणहरु

२९ मंसिर,गुजरात । भारत गुजरातमा भएको निर्वाचनमा फेरि पनि प्रधानमन्त्री नरेन्द्र मोदीकै पार्टी भारतीय जनता पार्टी भाजपाको विजय हुने प्रारम्भीक चुनावी सर्वेक्षणहरुले देखाएको छ । २२ वर्षदेखि गुजरातको सत्तामा रहेको भाजपालाई सत्ताच्यूत गर्न कंग्रेस आईले यसपटक निकै शक्ति 

विचार / ब्लग

यसकारण खेर जान्छ विकाउ नारा दिएर भोट माग्ने साना दललाई दिएको भोट

नेपाल मजदुर किसान पार्टीका नेता नारायणमान विजुक्छे सधै  सांसद बने तर कहिल्यै सरकारमा गएनन् । उनको दलले सधैं सरकारका खराब काममा खबरदारी गरी रह्यो । संसदमा सधैं निष्ठाको राजनीति गर्ने अर्का पात्र चित्र बहादुर के.सी. पनि जनताले भरोसा गर्न लायक नेता हुन् । एकपटक उपप्रधानमन्त्री भएका यी नेताले देशलाई बेथितिबाट मुक्त गर्न नखोजेका कहाँ हुन र ? स्वच्छ छविका, केही गरौं भन्ने भावना भएका एकदुई सिटे दलले संसदमा

कर्मकाण्डी चुनावी घोषणा पत्रमा भरिएका झुटा आश्वासन

नोपलमा आम मतदातामध्ये कतिले राजनीतिक दलका  चुनावी घोषणा पत्रलाई  आधार मानेर दल वा उमेद्वारलाई मत दिन्छन् होला ? यसको अनुमान सायद राजनीतिक दल र तिनका उमेरद्वारलाई पनि हेक्का छैन  होला । तर यो कुरा सबैलाई थाहा छ कि यदि मतदाताले स्वतन्त्र रुपमा मताधिकारको प्रयोग गर्न पाउँने हो भने उनिहरुको घोषणापत्र होइन उमेद्वारको इमान्दारिता, उसले विकासमा गरेको योगदान, समाज ससंगको घुलमेल

​लोग्ने मान्छे भएर रुनु हुँदैन ?

आइतबार प्रचण्डको मनमा पनि पक्कै पीडा उर्लिएको थियो, धर्ती छाडेर गएको छोरोको शवलाई अंगालो हालेर ग्वाँ–ग्वाँ रोऊँ । तर, उनी सम्हालिए । 
Top