cg electronics
nlic

​यसरी हटाउनुहोस् कुहिना तथा घुँडाकोे कालोपन


Monday, 14 May, 2018 4:56 PM
शरिर र छालाका कैयौँ समस्याको समाधानका लागी हामी घरेलु औषधीहरुको प्रयोग गर्ने गदैछौँ । यसै प्रकार एक समस्या हो, कुहिना तथा घुँडाको कालोपन । यसले छालालाई कडा बनाई दिने गर्दछ र एकदम नराम्रो देखिन्छ । यस समस्याको समाधानको लागी यदि तपाईहरुले बजारिय विभिन्न औषधी तथा क्रिमहरुको प्रयोग गर्दा गर्दै थाक्नु भएको छ वा निको भएको छैन भने तल रहेको घरेलु उपायहरु प्रयोग गरेर समस्याबाट मुक्त हुन सक्नुहुन्छ । जसबाट तपाईहरुको समस्याको समाधान हुन्छ ।

१. काँक्रो एवं इमली

एक चम्चा काक्राको रस र आधा चम्चा इमलीलाई मिलाउनुहोस्  । र यसलाई कुहिना र घुडाँमा लगाउनुहोस् ।  १५ मिनेट पछि यसलाई धुनुहोस् ।

२.भिनेगर र दही 

दहीमा ल्याटिक एसिड प्राप्त हुन्छ । एक कचौरा दही र भिनेगर मिसाई कुहिना र घुडाँमा मालिस गर्नुहोस् । मालिस गरेको १५ मिनेट पछि चिसो पानीले धुनुहोस् । यस उपायको केही दिन सम्म प्रयोग गर्नुहोस्, समस्याको समाधान हुनेछ । 

३.नरिवलको तेल

प्रत्येक रात सत्नु भन्दा पहिले आफ्नो कुहिना र घुडाँमा नरिवलको तेलले मालिस गर्नुहोस् । जसबाट नरिवलमा प्राप्त हुने एसिड र प्रोटिनले छालालाई नरम बनाउछ ।

४.दूध र मह

एउटा कचौँरामा दूध र महलाई मिसाएर यसले कुहिना र घुडाँमा मालिस गर्नुहोस् । त्यसको १० मिनेट पछि चिसो पानीले धुनुहोस्  ।

५.कागतीको रस

प्रत्येक रात सुत्नु भन्दा पहिला कागतीको रस कुहिना र घुडाँमा लगाएर सुत्नुहोस् र बिहान उठेर धुनुहोस् परिणाम आफै देख्नुहुनेछ ।