esewa

कामिरिता शेर्पाको जोश : विश्व कीर्तिमान राखेको एक हप्तामै २४औँ पटक सगरमाथा चढ्ने उद्घोष


Thursday, 16 May, 2019 4:19 PM
२ जेठ, काठमाडौं । कीर्तिमानधारी आरोही कामिरिता शेर्पाले अर्को हप्ता फेरि सगरमाथा चढ्ने बताएका छन् । कामिरिताले मङ्गलवार २३औँ पटक विश्वको सर्वोच्च शिखरमा टेक्दै सबैभन्दा बढी पटक सगरमाथा चढ्ने आफ्नै कीर्तिमान भङ्ग गरेका थिए । ‘तेइसौँ पटक चढ्दा एकदमै खुसी लागेको छ,’ ४९ वर्षीय कामिरिता शेर्पाले भने । सगरमाथा आरोहणका लागि अबको उपयुक्त दिन मे २२ को आसपासमा हुने बताइएको छ । कामिरिता शेर्पाको आरोहण व्यवस्थापन गरिरहेको सेभेन समिट ट्रेक्सका अध्यक्ष मिङ्मा शेर्पाले उनको दोस्रो आरोहणका लागि प्रशासनिक काम भइरहेको बताए ।

मिङ्मा शेर्पाले भने,‘अहिलेसम्म उहाँलाई कुरिरहेका थियौँ । उहाँले आधार शिविरमा आएर फेरि चढ्ने बताउनु भएको छ । हामी अहिले त्यसका लागि आवश्यक कागजी प्रक्रिया गरिरहेका छौँ ।’ ‘उहाँलाई विश्वभरिबाट बधाई आइरहेको छ । उहाँ एकदमै खुसी हुनुहुन्छ, शारीरिक र मानसिक रूपमा तयार हुनुहुन्छ । उहाँ फेरि सगरमाथा चढ्नुहुन्छ ।’

एकै याममा दुई पटक सगरमाथा चढ्नु नौलो कुरो होइन । कामिरिताले यस अगाडी पनि तीन आरोहण याममा दुई दुई पटक सगरमाथा चढिसकेका छन् । उनले चुचुरोसम्म डोरी टाँग्ने जिम्मेवारी पनि पाएकाले सन् २००९, २०१० र २०१३ मा एकै याममा दुई पटक सगरमाथा चढेका थिए । सन् २०१२ मा पनि उनी दुई पटक चुचुरोमा पुगेका थिए तर आधार शिविर नआईकन चौथो शिविरबाटै पुनः माथि लागेकोले त्यसले छुट्टै आरोहणको मान्यता पाएन ।

सोलुखुम्बुको थामे गाउँका कामिरिता शेर्पा मङ्गलवार २३औँ पटक सगरमाथा शिखरमा पुगेका थिए । सन् १९९४ मा पहिलो पटक सगरमाथाको आरोहण गरेका शेर्पाले ५० वर्षको उमेरमा २५ पटक सगरमाथाको चुचुरोमा टेकेपछि विश्राम लिने बताएका छन् ।

उनी अर्को वर्ष ५० वर्षका हुने भएकाले आफ्नो लक्ष्य प्राप्तिका लागि फेरि सगरमाथा चढ्ने प्रयास गर्न लागेको बताइएको छ ।


Ruslan

runner bike

ime

citizens bank

राजनीति

सामाजिक सुरक्षा योजनालाई उद्योगी नेताहरुले नै सहयोग गरेनन् : मन्त्री विष्ट

८ भदौ, काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले उद्योगी नेताहरुको असहयोगका कारण सामाजिक सुरक्षा योजना कार्यान्वनयमा समस्या भएको गुनासो गरेका छन् । संयुक्त ट्रेड युनियन समन्वय केन्द्रले आइतबार ललितपुरमा गरेको कार्यक्रममा मन्त्री विष्टले नेताहरुका प्रतिष्ठान नै सामाजिक सुरक्षा योजनाको सूचीकरणमा आवद्ध नभएको बताए । रोजगारदाता वा श्रमिकले मानेनन् वा प्रविधिमैत्री भएन भन्ने टिप्पणी वाहनामात्रै भएको भन्दै उनले नेताहरुद्वारा सञ्चालित प्रतिष्ठानको सूचिकरण नहुनुले नै कानुन कार्यान्वयनमा समस्या सिर्जना भएको दाबी गरे ।

शीर्ष नेता र उच्च कर्मचारीको सम्पत्ति छानबिन हुनुपर्छ : रवीन्द्र मिश्र

८ भदौ, बुटवल । साझा विवेकशील पार्टीका संयोजक रवीन्द्र मिश्रले शीर्ष नेता र उच्च तहका कर्मचारीहरुको सम्पत्ति छानबिन हुनुपर्ने बताएका छन् । भ्रष्टाचारको जड शीर्ष नेता र उच्च तहका कर्मचारी नै भएको दाबी गर्दै उनले ०४६ सालयता सरकारको नेतृत्वमा पुगेकाहरुको सम्पत्ति छानबिनको माग गरेका हुन् । आइतबार बुटवलमा पत्रकारहरुसँग कुरा गर्दै संयोजक मिश्रले भने, ‘भ्रष्टाचार रोक्न ०४६ सालयता राजनीतिक र प्रशासनिक नेतृत्वमा पुगेका 

सरकार सफल भएमात्र संघीयता सुदृढ हुन्छ : पर्यटनमन्त्री भट्टराई

७ भदौ, फिदिम । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले वर्तमान सरकार सफल हुन सकेमात्रै संघीयता र गणतन्त्र सुदृढ हुने भएकाले अब दलहरुबीच विकास र समृद्धिको एजेण्डामा प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्ला समन्वय समिति पाँचथरको तेस्रो जिल्लासभा उद्घाटन कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै मन्त्री भट्टराईले समृद्ध अर्थतन्त्रका लागि आवश्यक विकासका पूर्वाधार निर्माणको कार्यले फड्को मार्ने बताए । 
 

अन्तर्राष्ट्रिय

उत्तर कोरियाद्वारा दुईवटा ब्यालेस्टिक मिसाइल परीक्षण

८ भदौ, काठमाडौं । उत्तर कोरियाले फेरि दुई वटा ब्यालेस्टिक मिसाइल परीक्षण गरेको छ । अमेरिका र दक्षिण कोरियाको संयुक्त सैन्य अभ्यासको विरोधमा लगातार मिसाइल परीक्षण गर्दै आएको उत्तर कोरियाले शनिबार छोटो दूरीका दुई वटा ब्यालेस्टिक मिलाइल परीक्षण गरेको हो  दक्षिण कोरियाका ‘ज्वाइन्ट चीफ अफ स्टाफ’ ले भनेका छन्, ‘सेनाले दुई अज्ञात प्रक्षेपास्त्रहरु देखेको छ । ती छोटो दूरीका ब्यालेस्टिक मिसाइलहरु हुन सक्ने अनुमान गरिएको छ ।’

कश्मीर पुग्न नपाइ विमानस्थलबाटै फर्काइएपछि के भने राहुल गाधीले ?

भारत सरकारले धारा ३७० खारेज गरेपछि पहिलो पटक जम्मू–कश्मीर भ्रमणमा निस्केका कांग्रेस नेता राहुल गान्धीसहितको विपक्षी दलको प्रतिनिधी मण्डललाई स्थानीय प्रशासनले श्रीनगर विमानस्थलबाटै फर्कायो । गान्धीसहित ११ जना नेताको प्रतिनिधी मण्डललाई स्थानीय प्रशासनले विमानस्थलबाट बाहिर निस्कन प्रतिवन्ध लगाएपछि उनीहरु त्यहाँबाट फर्किए । आफूहरुलाई त्यहाँका नागरिकसँग भेट गर्न नदिएपछि राहुलसहितका नेताहरुले पत्रकार सम्मेलन गरे । 

कश्मीर विवाद : धार्मिक प्रार्थनापछिको विरोध प्रदर्शनमा झडप

७ भदौ, काठमाडौं । भारत प्रशासित कश्मीरका सुरक्षा निकायहरू श्रीनगर शहरमा प्रदर्शनकारीहरूसँग भिडेका छन् । सौरा क्षेत्रमा शुक्रवारको धार्मिक प्रार्थनापछि सयौँ मानिसहरूले प्रदर्शनमा भाग लिएका थिए । शान्तिपूर्ण शुरू भएको विरोध प्रदर्शनकारीहरूले प्रहरीमाथि ढुङ्गा प्रहार गरेपछि हिंसा भएको थियो । प्रहरीले अश्रुग्यास र रबरको गोली प्रयोग गरेको थियो । कम्तीमा दुईजना घाइते भएका छन् । तीन साता अगाडि भारत सरकारले जम्मू(कश्मीरलाई प्रदान गरेको आंशिक स्वायत्तता खारेज गरेपछि त्यहाँको स्थिति तनावपूर्ण छ ।
 

विचार / ब्लग

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 

अनशनको शक्ति जुटाउने सन्त चिकित्सक

► अतृप्त
प्राध्यापक डाक्टर गोबिन्द के.सी. को पन्ध्रौँ अनशन शृंखला भर्खरै अन्त्य भएको छ । जोरजुलूम गर्दा पनि पार नलागेपछि देशकै कार्यकारी प्रमुखको प्रत्यक्ष निगरानीमा पछिल्लो अनशन शृंखला सताइसौं दिनमा आएर टुङ्गोमा पुग्यो । बितेका ६ बर्षमा सन्त चिकित्सकका अनशन शृंखलाले राजधानी काठमाडौंदेखि मोफसलमा अवस्थित जुम्लासम्मको अविस्मरणीय यात्रा तय गरेका छन् । डा. के.सी. को निराहार यात्रा भोग्नेलाईभन्दा देख्नेलाई पट्यारलाग्दो प्रतित हुन्छ । 
Top