syangyong
cg

कर्णाली प्रदेशलाई वार्षिक ४५ करोडको व्ययभार


Tuesday, 10 Jul, 2018 3:41 PM
२६ असार, सुर्खेत । कर्णाली अहिले पनि गरीब प्रदेशका रुपमा चित्रित छ । मानव सूचकाङ्कमा सबैभन्दा पछि तर गरिबीमा सबैभन्दा अघि देखिने यो प्रदेशले मुलुकको २१ प्रतिशत भूभाग ओगटेको छ । विसं २०६८ को जनगणनाअनुसार कूल १५ लाख ७० हजार जनसंख्यामा ५२ प्रतिशत निरपेक्ष गरीब छन् । 

धार्मिक, ऐतिहासिक, प्राकृतिक एवं सांस्कृतिक पर्यटन र स्रोत सम्भाव्यताका हिसाबले धनी मानिने कर्णाली प्रदेशका केही जिल्लामा अहिले पनि मोटरबाटो पुगेको छैन । सबै स्थानीय तहमा सडक सञ्जाल जोडिन पनि समय लाग्ने नै देखिन्छ । 

आर्थिक र सामाजिक दृष्टिकोणले पछि परेको यो प्रदेशको डोल्पा यो वर्षदेखि मोटर बाटोले छुने भनिए पनि हुम्ला त्यसबाट धेरै टाढा छ । यद्यपि कर्णाली प्रदेश सरकारले यो प्रदेशको समृद्धि र विकासका लागि आफ्नो कार्यकालसहित १० देखि ३० वर्षसम्ममा पूरा हुने महत्वाकांक्षी योजना आफ्नो नीति तथा कार्यक्रम र बजेटमा समावेश गरेको छ । 

प्रदेश सरकारले सबै जिल्ला र स्थानीय तहसम्म सडक जोड्नुलाई आधारभूत आवश्यकताका रुपमा अघि सारेको छ । दश जिल्लाका ५४ गाउँपालिका र २५ नगरपालिकामा मोटरबाटो पु¥याउने लक्ष्य राखिएको छ । चवन्न गाउँपालिकाले ४०५ र २५ नगरपालिकाले २७८ वडाको संरचनासहितको विकास गर्ने कार्ययोजना अघि सारेका छन् । 

ऐनको आशामा रहेका यस प्रदेशका स्थानीय तहका जनप्रतिनिधिका लागि कर्णाली प्रदेशसभाको असार १९ को बैठकले ‘कर्णाली प्रदेशका स्थानीय तहका पदाधिकारीहरुले पाउने सेवा सुविधासम्बन्धी व्यवस्था गर्न बनेको विधेयक, २०७५’ सर्वसम्मतले पारित गरेसँगै स्थानीय तहमा उनीहरुले तलब भत्ता पाउने ढोका खुलेको छ । 

संघले स्थानीय पदाधिकारीको सेवा सुविधाका लागि पठाएको ‘सिलिङ’ घटाएर कर्णाली प्रदेशसभाले पारित गरेको ऐनअनुसार यहाँका जिल्ला समन्वय समितिका प्रमुखले रु ३६ हजार, उपप्रमुखले रु ३४ तथा सदस्यले रु १२ हजारका दरले मासिक सेवा सुविधा पाउने छन् । 

यसैगरी, नगरपालिकाका प्रमुखले रु ३४ हजार, उपप्रमुखले रु ३० हजार, वडाध्यक्षले रु २० हजार, नगर कार्यपालिकाका सदस्यले रु ११ हजार तथा वडा सदस्यले रु छ हजार मासिक पारिश्रमिक पाउने छन् । 

गाउँपालिकाका अध्यक्षले रु ३० हजार ५००, उपाध्यक्षले रु २५ हजार, वडाध्यक्षले रु १९ हजार, गाउँ कार्यपालिका सदस्यले रु १० हजार र वडा सदस्यले रु पाँच हजारका दरले मासिक सेवा सुविधा प्राप्त गर्नेछन् । 

समग्रतामा कर्णाली प्रदेश सरकारले तोकेको तलबमानलाई हेर्दा ५४ गाउँपालिकाका अध्यक्षलाई वार्षिक रु एक करोड ९७ लाख ६४ हजार र उपाध्यक्षको रु एक करोड ६२ लाख सेवा सुविधामा खर्चनु पर्ने हुन्छ । गाउँपालिकाअन्तर्गतका ४०५ वडाध्यक्षका लागि रु नौ करोड २३ लाख ४० हजार, एक हजार ३५४ वडा सदस्यका लागि रु आठ करोड सात लाख र गाउँ कार्यपालिका ३२४ सदस्यका लागि रु तीन करोड ८८ लाख ८० हजार तलब भत्तामा खर्च हुनेछ । 

त्यस्तै, २५ नगरपालिकाका प्रमुखका लागि प्रतिवर्ष रु एक करोड दुई लाख र उपप्रमुखका लागि रु ९० लाख बजेट खर्च हुनेछ । नगरपालिकाका २७८ वडाध्यक्षका लागि वार्षिक रु छ करोड ६७ लाख २० हजार, ९४७ वडा सदस्यका लागि रु छ करोड ८१ लाख ८४ हजार र २०० जना नगरकार्यपालिका सदस्यका लागि रु दुई करोड ६४ लाख तलब भत्तामा खर्च हुनेछ । 

कर्णाली प्रदेशका १० जिल्ला समन्वय समितिका प्रमुखको प्रतिवर्षको तलबमान रु ४३ लाख २० हजार र उपप्रमुखको ४० लाख ८० हजार भएको छ। जिससका ७० सदस्यका लागि रु एक करोड ८० हजार तलब भत्ता खर्च हुनेछ । यस हिसाबले यो प्रदेशअन्तर्गत १० जिसस, २५ नगरपालिका र ५४ गाउँपालिकाका कूल तीन हजार ७५६ जनप्रतिनिधिका लागि प्रतिवर्ष रु ४२ करोड ९० लाख ६८ हजार यो प्रदेशलाई व्ययभार थपिनेछ । 

त्यसका साथै कर्णाली प्रदेश सरकारको वैशाख २० गतेको मन्त्रिपरिषद् बैठकबाट स्वीकृत मस्यौदाअनुसार मुख्यमन्त्रीको रु छ लाख ४६ हजार, सभामुखको वार्षिक रु छ लाख ३६ हजार, उपसभामुख रु छ लाख, प्रतिमन्त्रीको रु ५२ हजारका दरले वार्षिक रु ३७ लाख र प्रदेशसभा सदस्यका लागि रु एक करोड ६७ लाख ४० हजार गरी जम्मा रु दुई करोड २३ लाख ६६ हजार बजेट खर्च हुनेछ । 

प्रतिवर्ष कर्णाली प्रदेशको व्ययभार कति ? 

प्रदेश सरकारका पदाधिकारी तथा सभा सदस्यको सेवा सुविधामा रु दुई करोड २३ लाख ६६ हजार र स्थानीय तहका जनप्रतिनिधिका लागि रु ४२ करोड ९० लाख ६८ हजार गरी कूल रु ४५ करोड १४ लाख ३४ हजारको व्ययभार यो प्रदेशले थेग्नुपर्नेछ । 

यसरी नियाल्दा प्रदेश सरकारका जनप्रतिनिधिको पाँच वर्षमा रु ११ करोड १८ लाख ३० हजार र स्थानीय सरकारका जनप्रतिनिधिका लागि रु दुई अर्ब १४ करोड ५३ लाख ४० हजार बजेट सेवा सुविधामा खर्च हुन जाने देखिन्छ । यद्यपि वार्षिकरुपमा तलबमानमा वृद्धि भएको खण्डमा बजेट खर्च बढ्नेमा कुनै द्विविधा छैन । 

बेथिति उब्जने डर 

कोही रहलान् या नरहलान्, तर पनि कामबाटै उनीहरुको मूल्याँकन हुनेछ । सरकारले जनप्रतिनिधिका लागि तोकेको तलब भत्ता र चुनाव जित्दा पाइने सुविधाले जनसेवाको सुखभोग, उद्दण्डता, र गुण्डागर्दीजस्तो बेथितियुक्त राजनीति मौलाउने आजभोलि कर्णाली प्रदेशमा चल्न थालेको छ। 

सामाजिक सेवा र साझा चिन्तन हराउने र सेवा सुविधा, मान सम्मानका साथै शासन गर्न पाइने लोभले चुनाव भड्किलो र हिंस्रक हुने कुरा पनि अथ्र्याइएको पाइन्छ । संघीयताको शुरुआतमै तल्लो तहका जनप्रतिनिधिले तलब खाने व्यवस्थाले कर्मचारी र जनप्रतिनिधिबीच तात्विक भिन्नता नहुने विज्ञहरु बताउँछन् । 

राजनीतिक द्वन्द्व व्यवस्थापन क्षेत्रका विज्ञ डा दीपेन्द्र रोकायाले राजनीतिककर्मी जोगी र जागिरे दुवै नभएको तर्क गरे । “आधिकारिकरुपमा जनताको कर लिएर काम गर्नेहरु जनताप्रति जिम्मेवार भएर पर्दा पछाडि हुने कालो धन्दा रोक्ने अर्थमा सेवा सुविधा तोकिनु तर्कसंगत छ, यद्यपि नियन्त्रक संयन्त्र बन्नुपर्छ,” डा रोकायाले भने । 

सेवा सुविधाका कारण विकृति आउने कुरामा सन्देह रहेको औँल्याउँदै उनले केही कमजोर निर्णयका सवालमा प्रदेश तथा स्थानीय सरकारले सच्याएर जान सुझाएका छन् । यता मध्यपश्चिम विश्वविद्यालय सुर्खेतका पूर्व डीन पिताम्बर ढकालले जनप्रतिनिधि जागिरवाला नभएको टिप्पणी गर्दै प्रमुख÷उपप्रमुख, अध्यक्ष÷उपाध्यक्षसम्म सेवा सुविधा तोक्नु तर्कसंगत हुने बताए । 

“केही वर्षमै यो पद्धतिले मुलुक टाट पल्टिन्छ जसले गर्दा संघीयता खतरामा जाने देखिन्छ,” पूर्व डीन ढकालले भने। निजामती कर्मचारीजस्तो तलब पाउने भएपछि लोकसेवा आयोग किन लड्नु प¥यो भन्ने सोच हावी भएर समाजसेवामा समर्पितहरु लखेटिनुपर्ने अवस्था आउन नदिन सरकारले अबको बैठकबाट सेवा सुविधाको संशोधन गर्दा उपयुक्त हुने उनको सुझाव छ । 

अन्तमा, महत्वाकाङ्क्षी योजनाबाट अघि बढेको कर्णाली सरकारले विकासको खडेरीमा बाँचिरहेका जनतालाई न्याय दिनुपर्नेछ । सीमित स्रोतमा असीमित आवश्यकता परिपूर्तिका लागि गर्नुपर्ने विकास र जनतासामु दिलाउनुपर्ने विश्वास चानचुने कदापि छैन । यी सबै चुनौतीको सामना गर्दै प्रदेश सरकारले सुशासनको प्रत्याभूति जनतालाई गराउन सकेमात्र समृद्धि र विकासको नाराले सार्थकता पाउनेछ । 
 


Ruslan

machha bank

ime

MEGA COLLEGE

राजनीति

​गुणस्तरीय शिक्षा प्रवद्र्धनमा लागिपरेका छौँ : मन्त्री पोखरेल

३० कात्तिक, काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सूचना तथा सञ्चार प्रविधिको अधिकतम उपयोग गरी गुणस्तरीय शिक्षा प्रवद्र्धनमा नेपाल सरकार लागिपरेको बताएका छन् । दक्षिण कोरियाको राजधानी सोलमा भएको सूचना तथा सञ्चार प्रविधि नेतृत्वसम्बन्धी कार्यशालालाई बिहीबार सम्बोधन गर्दै उनले शैक्षिक उन्नयनका निम्ति सरकारले सूचना तथा सञ्चार प्रविधिको अधिकतम उपयोग गरिरहेको बताए।मन्त्री पोखरलले गुणस्तरीय

​राष्ट्रिय गौरवका आयोजना स्थानीय तहले अनुगमन गर्नुपर्छ : नेता शर्मा

३० कात्तिक, बागलुङ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य जनार्दन शर्माले राष्ट्रिय गौरवका आयोजनामा स्थानीय तहले नै अनुगमन गर्नुपर्नेमा जोड दिएका छन् । मध्यपहाडी लोकमार्गको अनुगमनका क्रममा बागलुङ गएका उनले राष्ट्रिय गौरवका आयोजनाले पहिलो फाइदा स्थानीय तहलाई हुने भएकाले आफ्नो क्षेत्रभित्र पर्ने आयोजनाहरु अनुगमन गर्न सुझाव दिएका हुन् । नेकपा बागलुङका नेता तथा जनप्रतिनिधिसँगको छलफलमा 

​कोलम्बो प्रोसेस उच्च अधिकारीस्तरीय बैठक शुरु

२९ कात्तिक, काठमाडौँ । श्रम, आप्रवासन र सुशासनको महत्वपूर्ण क्षेत्रीय संयन्त्रका रुपमा रहेको ‘कोलम्बो प्रोसेस’को उच्च अधिकारीस्तरीय बैठक आजदेखि काठमाडौँमा शुरु भएको छ । प्रोसेस सदस्य मुलुकका उच्च अधिकारी सहभागी बैठकले सुरक्षित आप्रवासनका अवसर तथा चुनौतीको बारेमा गहन छलफल गरी कोलम्बो प्रोसेसको भविश्यलाई ठोस आकार दिन प्रस्ताव गर्नेछ । बैठकको उद्घाटन सत्रलाई सम्बोधन गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री 

अन्तर्राष्ट्रिय

बेलायती प्रधानमन्त्रीद्धारा राजीना दिन अस्वीकार

लण्डन ।  बेलायती प्रधानमन्त्री टेरेजा मेले ब्रेक्जिट मुद्धालाई लिएर आफुले पदबाट राजीनामा दिन अस्विकार गरेकी छन् । ईयूबाट बेलायतको बहिर्गमनसम्बन्धी सम्झौताको मस्यौदालाई मन्त्रिपरिषद् बैठकले अनुमोदन गरेसँगै उत्पन्न विवादपछि राजनीतिक बृत्तमा राजीनामाको चर्चा चले पनि प्रधानमन्त्री मेले यसलाई ठाडै अस्वीकार गरेकी हुन् ।

​संसद भवनभित्रै सांसदहरुबीच गोदागोद

२९ कार्तिक, काठमाडौं । श्रीलंकामा संसद भवनभित्रै सांसदहरुबीच हात हालाहाल भएको छ। बिहीबार दिउँसो बसेको संसद बैठकमा विरोधी दलका सांसदहरुबीच कुटाकुट भएको हो। राष्ट्रपति मैत्रिपाला सिरिसेनाले प्रधानमन्त्रीमा नियुक्त गरेका महिन्दा राजपक्षले आफूलाई ध्वनीमतबाट हटाउने अधिकार सभामुखसँग नभएको बताएलगत्तै सांसदहरुबीच हात हालाहाल र धक्कामुक्की भएको हो।

​पर्खाल नाघेर अमेरिका : १९ वर्षीया गर्भवतीले पनि नाघिन् यति अग्लो पर्खाल !

२९ कार्तिक, काठमाडौं । संयुक्तराज्य अमेरिका प्रवेश गर्ने उद्देश्यले सयौं मध्य–अमेरिकीहरु अमेरिकाको दक्षिणी सीमामा बुधबार आइपुगेका छन् । अमेरिकी रक्षामन्त्री जिम म्याटिस स्थलगत अवलोकन भ्रमणमा रहे पनि अरु आप्रवासीको ठूलो समूह पनि अमेरिकी सीमातर्फ अघि बढिरहेको छ । 

विचार / ब्लग

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 

अनशनको शक्ति जुटाउने सन्त चिकित्सक

► अतृप्त
प्राध्यापक डाक्टर गोबिन्द के.सी. को पन्ध्रौँ अनशन शृंखला भर्खरै अन्त्य भएको छ । जोरजुलूम गर्दा पनि पार नलागेपछि देशकै कार्यकारी प्रमुखको प्रत्यक्ष निगरानीमा पछिल्लो अनशन शृंखला सताइसौं दिनमा आएर टुङ्गोमा पुग्यो । बितेका ६ बर्षमा सन्त चिकित्सकका अनशन शृंखलाले राजधानी काठमाडौंदेखि मोफसलमा अवस्थित जुम्लासम्मको अविस्मरणीय यात्रा तय गरेका छन् । डा. के.सी. को निराहार यात्रा भोग्नेलाईभन्दा देख्नेलाई पट्यारलाग्दो प्रतित हुन्छ । 

लालबाबु पण्डितको ‘सेलिब्रेटी’ मोह, आफ्नै कर्मचारीलाई पागल भन्न मिल्छ ?

कर्मचारी समायोजन अन्र्तगतको स्वेच्छिक अवकाशको विषयलाई लिएर यतिबेला प्रधानमन्त्री, मन्त्री र कर्मचारीबीच जुहारी चलिरहेको छ । अवकाशको विषयलाई लिएर दुवै पक्ष एकअर्काप्रति तिखो टिप्पणीमा उत्रिएका छन् । उनीहरुबीचको आरोप–प्रत्यारोपलाई सुन्दा दुवै पक्ष एकअर्काप्रति पूर्णरुपमा सशंकित् र अविश्वस्त देखिएका छन् ।
Top