syangyong
nlic

​हाम्रो कर्णाली हामी बनाउँछौ : इन्चार्ज शर्मा


Friday, 12 Oct, 2018 11:27 AM
२६ असोज, सुर्खेत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कर्णाली प्रदेश इन्चार्ज जनार्दन शर्माले कर्णाली प्रदेशको विकासका लागि डटेर लाग्ने बताएका छन् । 

प्रदेश सरकार र विज्ञ समूहबीचको चौथो बैठकका लागि सुर्खेत आएका इन्चार्ज शर्माले विजयादशमीको अवसरमा प्रदेश राजधानी सुर्खेत, वीरेन्द्रनगरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा क्षमता र अधिकार प्रयोग गरेर उत्कृष्ट कर्णाली प्रदेश बनाउने बताए। 

“हाम्रो कर्णाली हामी आफैँ बनाउँछौँ”, उनले भने, “यसका लागि यहाँ स्थित सबैले योगदान पु¥याउनु पर्दछ ।” उनले कर्णाली प्रदेश सरकारसँगको बैठकमा सरकारको आवश्यकतामा मद्दत गर्ने, प्रदेशको सरकारको संरचना निर्माणमा सहयोग पु¥याउने, कर्णाली विकासको ५–१५–५० वर्षीय रणनीति तथा व्यवस्थित योजना निर्माण गर्ने निर्णय भएको बताए। योजनाभन्दा कार्यान्वयन र परिणामसमेत महत्वाकाङ्क्षी हुनुपर्नेमा शर्माले जोड दिए। 

“कर्णाली प्रदेशमा हाल पूर्वाधारका साथै जनशक्ति अभाव छ । कर्मचारीको पुनःसंरचना हुनसकेको छैन”, उनले भने, “सङ्घर्ष र छलफलका बीचबाट रुपान्तरणको अभियान थाल्छौँ ।” कर्णालीमा ३३ प्रतिशत मात्र कर्मचारी आएको बताउँदै उनले अब प्रदेश सरकारले आफैँले कर्मचारी भर्ना गर्ने बताए। फरक प्रसङ्गमा उनले नेकपाको कमिटीले तल्लोस्तरसम्म पूर्णता नपाएको र पार्टी स्थायी कमिटीको आगामी कात्तिक ४ गते बस्ने बैठकले सबै टुङ्गो लगाउने जानकारी दिए।

कार्यक्रममा उनले अब पार्टीभित्र कुनै गुट नहुने र यो विधि विधानसँग चल्ने बताएका छन्। कार्यक्रममा पूर्वमहान्यायाधिवक्ता मुक्ति प्रधान, डा पूण्य रेग्मी, डा कुशेन्द्र महत र डा गोविन्द वियोगीको सहभागिता रहेको थियो ।
 


Ruslan

machha bank

ime

samajik surachhya

राजनीति

भूमि समस्या निराकरणका लागि योजनाबद्ध काम हुँदै : मन्त्री अर्याल

२७ मंसिर, काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्मा अर्यालले सरकार भूमिसम्बन्धी सबै समस्या निराकरण गर्न योजनाबद्ध काममा लागेको बताईन् । आज महोत्तरीको बर्दिवास नगरपालिका–३ गौरीडाँडामा आयोजित अव्यवस्थित बसोबास व्यवस्थापनसम्बन्धी संवाद कार्यक्रममा मन्त्री अर्यालले अहिले भूमिबारे नीति निर्माण र कानूनसम्बन्धी काम भइरहेको बताईन । महोत्तरी जिल्लाका बर्दिवास र भङ्गाहा एवम् धनुषा जिल्लाको मिथिला नगरपालिकाका 

भूमि समस्या निराकरणका लागि योजनाबद्ध काम हुँदै : मन्त्री अर्याल

२७ मंसिर, काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्मा अर्यालले सरकार भूमिसम्बन्धी सबै समस्या निराकरण गर्न योजनाबद्ध काममा लागेको बताईन् । आज महोत्तरीको बर्दिवास नगरपालिका–३ गौरीडाँडामा आयोजित अव्यवस्थित बसोबास व्यवस्थापनसम्बन्धी संवाद कार्यक्रममा मन्त्री अर्यालले अहिले भूमिबारे नीति निर्माण र कानूनसम्बन्धी काम भइरहेको बताईन । महोत्तरी जिल्लाका बर्दिवास र भङ्गाहा एवम् धनुषा जिल्लाको मिथिला नगरपालिकाका 

शहीदको सपना पूरा गराउन लागिपरेका छौँ : अध्यक्ष दाहाल

२७ मंसिर, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली जनक्रान्तिका शहीदको सपना पूरा गराउन आफ्नो पार्टी प्रयासरत रहेको बताएका छन् । थारू भाषाको पत्रिका ‘मुक्तिक डगर’(मुक्तिको बाटो) को आज काठमाडौंमा आयोजित कार्यक्रममा विमोचन गर्दै उनले शहीद, बेपत्ता तथा घाइते योद्धाको सपना पूरा गराउन आफूले कोही कसैसँग पनि सम्झौता गर्न नसक्ने बताएका हुन् । नेपालको समग्र परिवर्तनका लागि शहीदले बगाएको रगत

अन्तर्राष्ट्रिय

ब्रेक्जिट सम्झौता बचाउन बेलायती प्रधानमन्त्रीको दौडधुप

२७ मंसिर, ब्रसेल्स । बेलायतको सत्तारुढ कन्जरभेटिभ पार्टीको नेतृत्वविरुद्ध ल्याइएको अविश्वास प्रस्ताव बिफल भएसँगै ब्रेक्जिट सम्झौता र आफ्नो करिअर जोगाउन सङ्घर्षरत बेलायती प्रधानमन्त्री थेरेसा मे तीन दिनको बीचमा दोस्रो पटक ब्रसेल्स आइपुगेकी छिन् । युरोपेली युनियनको मुख्यालयमा हुने वार्तामा युरोपेली मध्यस्थकर्ताहरुले प्रधानमन्त्री मेका पछिल्ला धारणाहरुका बारेमा विचारविमर्श गर्नेछन् । तर, यसअघि नै युरोपेली युनियनसँग भएको ५८५ पृष्ठको बहिर्गमनसम्बन्धी सम्झौतामा 

भियतनाममा बाढीका कारण १३ जनाको मृत्यु

२७ मंसिर, हनोइ ।  भियतनाममा यसैसाता आएको भारी वर्षा र त्यसपछिको बाढीमा परी कम्तीमा १३ जनाको मृत्यु भएको छ । देशको मध्य भूभागमा आएको बाढीका कारण ठूलो भौतिक क्षति पुगेको भियतनामको प्राकृतिक प्रकोप नियन्त्रण समितिले जानकारी दिएको छ । मध्य भियतनामका पाँच ओटा प्रान्तमा बाढीले १४ जना व्यक्तिलाई बगाएर लगेको र तीमध्ये १३ जनाको शव भेटिएको तथा एकजना अझै बेपत्ता रहेको समितिले जनाएको छ । सो बाढीले करिब १२ हजार 

पपुआ विद्रोहीबाट आत्मसमर्पणको प्रस्ताव अस्वीकार

२६ मंसिर, जकार्ता ।  इन्डोनेसियाली सेनाले आत्मसमर्पण गर्न गरेको आग्रहलाई पृथकतावादी पपुआ विद्रोही समूहले बुधबार अस्वीकार गरेको छ । पपुआ विद्रोहीले गत साता निर्माण कार्यमा संलग्न कम्तीमा १६ जना कामदारको नृशंस हत्या गरेका थिए । कामदारको हत्यापछि सेनाले गरेको कारबाहीमा निर्दोष गाउँले मारिएको विवरण सार्वजनिक भएको छ । पपुआ विद्रोही समूह र सेनाबीच पछिल्लो एक दशकदेखि सङ्घर्ष जारी छ । यद्यपी दुबै पक्षबाट मानव अधिकारको गम्भीर 

विचार / ब्लग

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 

अनशनको शक्ति जुटाउने सन्त चिकित्सक

► अतृप्त
प्राध्यापक डाक्टर गोबिन्द के.सी. को पन्ध्रौँ अनशन शृंखला भर्खरै अन्त्य भएको छ । जोरजुलूम गर्दा पनि पार नलागेपछि देशकै कार्यकारी प्रमुखको प्रत्यक्ष निगरानीमा पछिल्लो अनशन शृंखला सताइसौं दिनमा आएर टुङ्गोमा पुग्यो । बितेका ६ बर्षमा सन्त चिकित्सकका अनशन शृंखलाले राजधानी काठमाडौंदेखि मोफसलमा अवस्थित जुम्लासम्मको अविस्मरणीय यात्रा तय गरेका छन् । डा. के.सी. को निराहार यात्रा भोग्नेलाईभन्दा देख्नेलाई पट्यारलाग्दो प्रतित हुन्छ । 

लालबाबु पण्डितको ‘सेलिब्रेटी’ मोह, आफ्नै कर्मचारीलाई पागल भन्न मिल्छ ?

कर्मचारी समायोजन अन्र्तगतको स्वेच्छिक अवकाशको विषयलाई लिएर यतिबेला प्रधानमन्त्री, मन्त्री र कर्मचारीबीच जुहारी चलिरहेको छ । अवकाशको विषयलाई लिएर दुवै पक्ष एकअर्काप्रति तिखो टिप्पणीमा उत्रिएका छन् । उनीहरुबीचको आरोप–प्रत्यारोपलाई सुन्दा दुवै पक्ष एकअर्काप्रति पूर्णरुपमा सशंकित् र अविश्वस्त देखिएका छन् ।
Top