अधिकारबाट बंचित रमिलालाई कुन विद्यार्थी संगठनले दिलाउँछ न्याय ?


Saturday, 27 Feb, 2016 4:24 PM


मनिसा श्रेष्ठ, १५,फागुन, रोल्पा ।  शिक्षाबाट कसैलाई बंचित गरिनुहुँदैन भन्ने कुराको चौतर्फि नियमत लागू भइरहेकोबेला रोल्पामा एक छात्रा भने एसएलसि दिनबाट बंचित भएकि छिन् । 
जनता माबि इरिबांग ९ रोल्पामा अध्ययनरत  रमिला डाँगीलाई बिद्यालयले जिल्ला निस्काशन गरेपछि उनको नैसर्गिक अधिकार खोसिएको छ भने यो बर्ष एसएलसि दिन नपाउने लगभग निश्चित भएको छ । असोज ४ गते बिद्यालयबाट निस्कासित भएकि डाँगीले प्रधानाध्यापक खीमबिक्रम चन्द्रबाट जसरी पनि एसएलसि परिक्षा दिन पाउने आश्वासन पाएपछि दांगमा कोचिंग पढेर तयारी गर्दै आएकि थिइन् । तर अन्तिम समयमा आएर प्रअ चन्दले नसकिने बताएपछि एसएलसि दिने ठुलो सपना बुनेकि बालिका अहिले सदरमुकाम लिबांगमा एसएलसि दिन पाउने आफ्नो अधिकार सुरक्षित गरिदिन बिभिन्न सरोकारवाला निकायमा धाइरहेकि छिन् ।


बिद्यालय, अभिभावक, स्थानीय राजनैतिक दल लगायतले आफूलाई लगाइएको झुठो आरोप स्वीकार्न दबाब दिँदा नमानेपछि बिद्यालयबाट निस्कासन गरेको पिडित बालिका डाँगीले बताइन् । तर अन्तिम अवस्थासम्म पनि एसएलसि दिन पाउँछु भन्ने झिनो आशा बोकेर बिगत एक सातादेखि सदरमुकाम लिबांगमा बसेर बिभिन्न निकायमा पढ्न पाउने अधिकार दिलाइदिन आग्रह गर्दै भौँतारिरहेकि छिन् ।

सामान्य परिवारकि उनि महिला तथा बालबालिका कार्यालय, जिल्ला प्रशासन, जिल्ला शिक्षा कार्यालयमा धाएर जसरीलाई पनि आफूलाई एसएलसि दिने वाताबरण मिलाइदिन आग्रह गरिरहेकिछिन् । कक्षा प्रथम हुँदै आएकि बालिका डाँगीको पढाई राम्रो भएको स्थानीय बिश्वकुमार चन्दले बताए । तर सबैको उपस्थिति र हस्ताक्षरसहितको निर्णय अन्तिम अबस्थामा मिलाउन मुश्किल भएको उनको भनाई छ । आफूसँगै पढ्ने साथीको महिनावारी भएको कपडा कक्षा कोठामा लगेर फालिएको आरोप आफूमाथि लगाइएको र त्यो आरोप नस्वीकारेपछि आफूमाथि यस्तो अन्याय गरिउको उनको भनाई छ ।

“म नै हेड लिडर थिएँ, बिद्यालयमा अनुसान र इमान्दारीताको कुरा म नै बढी उठाउँथे, म कसरी त्यसो गर्न सक्छु ?” उनले आँखाबाट आशु झार्दै “भनिन् गल्ती स्वीकार्न दबाब दिँदा रुँदै नगरेको गल्ती सुकार्न सक्दैन भन्ने अडान लिएपछि निकास्कासित भएँ ।” तर बिद्यालयका प्रअ खीमबिक्रम चन्दले भने पिडित बालिकाले गल्ती स्वीकारेपछि सबैको अभिभावक, राजनैतिकदल, स्थानीयको निर्णयमा निस्काशन गरेको बताए ।

बच्चाले पढ्न पाउने अधिकारबाट बञ्चित गर्न नहुने कुरा आफूले स्थानीयलाई सम्झाउने प्रयास गरे पनि जागिरबाट हटाउने दबाब अभिभावकबाट आएपछि आफूले शिक्षा नियमावलि अनुसार बालिकालाई निस्कासन गरेको प्रअ चन्दको भनाई छ । एसएलसि दिने ठूलो रहर बोकेकि रमिला डाँगी जिल्ला शिक्षा कार्यालयमा पनि धाइरहेकि छिन् परिक्षा दिन पाउने आशामा ।

शिक्षा नियमावलि अनुसार कार्बाहि गर्ने अधिकार प्रअलाई भएको भन्दै जिल्ला शिक्षा अधिकारी चिरन्जीबि पौडेलले तर छात्रा पिडित हुनु हुँदैन भन्ने आफ्नो मान्यता रहेको बताए । गल्ती नै गरेको खण्डमा सुधार गर्ने अवसर कुनै पनि ब्यक्तिलाई मिल्नुपर्ने ठाउँमा बालिकाको भबिष्यमै असर पर्ने खालको निर्णय गरिन नहुने नागरिक अगुवा तिर्था आचार्यको भनाई छ । गल्ती गरे पनि सिकाई र सुधारको पाठ सिक्ने थलो नै  बिद्यालय भएको भन्दै आचार्यले बिद्यालयबाटै शिक्षाको अधिकारबाट बञ्चित गर्ने कार्य आपत्तिजनक भएको बताइन् ।


global ime

runner bike

https://www.ctznbank.com/

राजनीति

भारतीय मिडियालाई नेकपा प्रवक्ता श्रेष्ठको चेतावनीः हद भयो, बकवास बन्द गर

२५ असार, काठमाडौँ । 
नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता तथा सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले भारतीय सञ्चार माध्यमहरूले प्रधानमन्त्री केपी शर्मा ओली र नेपालको सरकारबारे अनर्गल प्रचार गरेको बताउँदै त्यस्ता कार्य रोक्न चेतावनी दिएका छन् ।  उनले बिहीबार ट्वीट गर्दै नेपालको राष्ट्रिय सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षाका निम्ति नेपाली एकढिक्का रहेको उल्लेख गरेका छन्। उनले प्रधानमन्त्रीका बारेमा अनर्गल प्रचार बन्द गर्न पनि आग्रह गरेका छन्।

 

उद्धार र राहतमा खटिन प्रचण्डको निर्देशन

२५ असार, काठमाडौँ । 
नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका कार्यकर्तालाई उद्धारमा निर्देश दिएका छन् ।  सिन्धुपाल्चोक लगायत देशका विभिन्न भागमा बाढी र पहिरोले जनधनको क्षती गरेपछि उनले उद्धार र राहतमा खटिन सबैलाई आग्रह गरेका छन् ।  प्रचण्डले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अहिले पनि कतिपय व्यक्ति बेपत्ता हुनु भएको र घरबारविहीन भएर बिचल्लीमा परेको अवस्था रहेकाले केन्द्र, प्रदेश, स्थानीय तहका सरकार

उद्धारकार्यमा खटिन कांग्रेस कार्यकर्तालाई देउवाको निर्देशन

२५ असार, काठमाडौँ । 
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सिन्धुपाल्चोकको बाह्रविसे क्षेत्रमा उद्धारकार्यमा खटिन कांग्रेस कार्यकर्ताहरुलाई निर्देशन दिएका छन्। देउवाले ट्वीटर मार्फत उद्धारकार्यमा खटिन निर्देशन दिएका हुन् ।  उनले ट्वीटरमा लेखेका छन्, ‘म सिन्धुपाल्चोकका कांग्रेसका साथिहरुलाई तत्काल उद्धारमा खटिन निर्देशन गर्दछु । सरकारलाई छिटोभन्दा छिटो त्यो क्षेत्रमा उद्धार टोली खटाएर थप मानविय र भौतिक क्षेत्र हुन जोगाउन अनुरोध गर्दछु ।’
 

अन्तर्राष्ट्रिय

प्रहरी इन्काउन्टरमा श्रीमान् मारिएकोमा श्रीमती नै खुसी !

२७ असार, काठमाडौं । भारतको कानपुरमा डीएसपीसहित आठ प्रहरी हत्याका मुख्य अभियुक्त विकास दुबेको दाहसंस्कार शुक्रबार साँझ भैरोंघाटस्थित विद्युत् शवदाह गृहमा गरियो । उनको अन्त्येष्टिमा उनका पत्नी ऋचा र छोरो पनि सहभागी थिए। त्यहाँ पत्रकार तथा प्रहरीको जमघट बाक्लो थियो। त्यस क्रममा पत्रकारले दुबेकी पत्नी ऋचालाई आफ्ना पतिको इन्काउटर गरिएकोबारे जिज्ञासा राखेका थिए।

८ प्रहरीको हत्या गर्ने भारतका गुण्डा नाइके विकास दुवे प्रहरी कारबाहीमा मारिए

२६ असार, काठमाडौं । भारतका गुण्डा नाइके विकास दुवे प्रहरी कारवाहीमा मारिएका छन् । प्रहरीको हतियार खोसेपछि जवाफी कारबाहीमा उनी मारिएको भारतीय प्रहरीको दाबी छ । दुवे बिहीबार उज्जैन भन्ने स्थानको महांकाल मन्दिरबाट पक्राउ परेका थिए । उनलाई प्रहरीले शुक्रबार बिहान कानपुर लग्दै थियो । भारतीय प्रहरीको दाबी अनुसार उनी सवार गाडी शुक्रबार बिहान साढे ६ बजे सडक किनारमा पल्टियो । 

मन्त्रीपरिषद् बैठक सकिने बितिकै आइभरीकोस्टका प्रधानमन्त्रीको निधन

२५ असार, काठमाडौँ । 
आइभरीकोस्टका प्रधानमन्त्री एमाडोउ गन कोलाबालीको ६१ बर्षको निधन भएको छ ।  मन्त्रीपरिषद् बैठकको क्रममा एक्कासी छाती दुख्यो भन्ने संकेत गरेका कोलावालीलाइ बैठक लगत्तै अस्पताल लगिएकोमा अस्पतालमा निधन भएको हो । कोलाबाली फ्रान्समा दुई महिना लगाएर मुटुको उपचार गरी हालै स्वदेश फर्केका थिए । प्रधानमन्त्री कोलाबालीलाई सत्तारुढ पार्टीले आउँदो अक्टोबरमा हुने राष्ट्रपति चुनावका लागि आफ्नो उम्मेदवार 

विचार / ब्लग

यो जन्म तिमीमा समर्पित

मेरो यो अमूल्य जीवनका 
लागि
तिमीले आफ्नो जीवनको ख्याल 
राखेनौ।
मेरो आगमनको खुसी सँगै 
तिमीले आफ्नो सबै पीडा भुलायौ 

राष्ट्रिय धान दिवस र यसको शास्त्रीय महत्त्व

-प.ज्यो.बिष्णु प्रसाद उपाध्याय
नेपालको अर्थतन्त्रमा कृषिको योगदान ठूलो रहेको छ। हाम्रो जस्तो मुलुकले बढदो व्यापार घाटा न्युनीकरण गर्ने हो भने कृषि जन्य उत्पादन बढाउनै पर्छ । यसको विकल्प छैन। सोही कारण  किसानको मनोबल उच्च राख्न र उनिहरुको श्रमको सम्मान गर्ने उदेश्यले कृषि तथा सहकारी मन्त्रालयले मुलुकभरी असार १५ गतेलाई राष्ट्रिय धान दिवसका रुपमा २०६१ साल देखि  अनवरत रुपमा मनाउँदै आएको छ। जुन सराहनीय छ। यसो भनी रहदा यहाँ भन्दा

कोरानाको चेपुवामा नेपालको अर्थतन्त्र : चाल्नुपर्ने कदम

आज विश्व जगत नोवल कोरोना नामक भाइरसबाट आक्रान्त बन्दै गएको छ ।यसको फैलदों गतिलाई दृष्टिगत गर्दा समयमा नियन्त्रणको प्रभावकारी उपाय पत्ता लगाउन नसकेमा विश्वव्यापी रुपमा एक करोडको हाराहारीमा  मानिसहरु यसबाट सङ्क्रमित हुने र  नियन्त्रणको प्रयास गर्दा गर्दै पनि ५ लाखको संख्यामा व्यक्तिले ज्यान गुमाउन सक्ने सम्भावना देखिन्छ । विश्वका शक्तिशाली देशहरु समेत यस भाइरसका सामु आत्मसमर्पण गर्न वाध्य भएका घटनाले गर्दा नेपाल जस्ता सानो अर्थतन्त्र र अल्पविकसित
Top