भाँजो हाल्ने साथीहरु बाहिरिए, अब विवेकशील साझा पार्टीले गति लिन्छ : केशव दाहाल


Wednesday, 16 Jan, 2019 11:33 AM
नेपालमा पुरानो शोच र शैली भएका पार्टीबाट मुलुकमा परिवर्तन सम्भव छैन भन्ने उद्घोषका साथ गठन भएको विवेकशील साझा पार्टी केहीदिन अघि बिभाजित भयो । एकताको दुई बर्ष नपुग्दै आफुलाई वैकल्पिक धार ठान्ने पार्टीको विभाजनले धेरैलाई आश्चर्यचकित तुल्याएको छ । आफुलाई आदर्श र निष्ठाको पर्याय ठान्ने नेताहरुको बाहुल्य भएको पार्टीभित्र यति चाँडै विभाजनको विउ कसरी रोपियो ? यसै विषयमा विवेकशील साझा पार्टीका योजना तथा अनुगमम प्रमुख केशव दाहालसँग न्यूजसेवाले गरेको कुराकानी  :

विवेकशील  साझा पार्टीमा यति चाँडै विभाजन कसरी आयो ?
म विवेकशील नेपाली दल र साझा पार्टी मिलेर विवेकशील साझा पार्टी बनेपछि यो पार्टीमा प्रवेश गरेको हुँ  । मेरो अनुभव के रह्यो भने दुईवटा पार्टी मिलेको प्राविधि रुपमा त देखियो तर बैचारिक, सांगठनिक, सांस्कृतिक रुपमा खासमा यि दुईवटा पार्टी मिलेकै थिएनन्  । त्यसको पछिल्लो उदाहारण तपाईँ देख्न सक्नुहुन्छ । विवेकशील दलबाट १६ जना साथीहरु थिए केन्द्रीय समितिमा । बाहिरिँदा पनि १६ जना नै संगै जानुभयो  । यदि एकीकरण जीवन्त थियो भने कि त १३ जना कि त २० जना साथीहरु बाहिरिन्थे होलान नि ? जति हुनुहुन्थ्यो स्वाट्टै जानुभयो । १७ महिना, उहाँहरु दुईवटा पार्टीकै रुपमा सँगसँगै हिँड्नुभयो । अहिले वाहिरिनुभयो । यसले के पुष्टि गर्छ भने उहाँहरु वैचारिक, सांगठनिक र मनोवैज्ञानिक रुपमा पनि एकीकृत हुनुभएको थिएन ।
 

 यति धेरै मतभेद सुरुमै रहेछ । त्यस्तो हो भने यि दुई दलको एकीकरण सुरुदेखि नै औचित्यहिन थियो ?

एकीकरण औचित्यहिन थियोजस्तो मलाई लाग्दैन । एउटा  नयाँ राजनीतिक अभिष्ट प्राप्त गर्नको लागि उस्तै–उस्तै दृष्टिकोण राख्ने पार्टीहरु एकीकृत हुन आवश्यक छ । अझै पनि वैकल्पिक पार्टी भन्नेहरु, समुहहरु, नयाँ,सफा र पछिल्लो पुस्ताको राजनीति चाहिन्छ  भन्नेहरु एकीकृत हुनै पर्दछ । तर मूल प्रश्न के हो भने, दुईवटा पार्टी एकीकृत हुँदा त्यो एकीकरणलाई साँच्ची जीवन्त एकीकरणको रुपमा लैजानको लागि कति संवाद भयो ?  कति वैचारिक, राजनीति र सांगठनिक काम भयो भन्ने कुरा महत्वपूर्ण हुन्छ । उहाँहरु एकीकृत त हुनुभयो । दुईवटा पार्टी एउटा बन्यो । विवेकशील साझा पार्टी । त्यो राजनीतिक हिसावले एउटा ऐतिहासिक आवश्यकता थियो । त्यसैले त्यो सही थियो । तर, त्यो सही चिज र परिघटनालाई राजनीति, वैचारिक, सांस्कृतिक हिसावले सुदृढ गर्नको लागि नेतृत्वले जुन किसिमको योगदान गर्नु पर्दथ्यो त्यो गरेको देखिएन । दुईवटा पार्टी त मिले आखिर दुई धारको रुपमा सँगसँगै अगाडि बढिरहे । मिसिएन । 

 उज्वल थापाहरु अहिले के भन्दै हुनुहुन्छ भने पार्टीलाई एकलौटी ढंगले चलाउन खोजियो । आन्तरिक प्रजातन्त्र भएन । निर्णयहरु थोपर्ने काम भयो । त्यसैले बाध्य भएर अलग्गिनु पर्यो भन्नु हुन्छ । त्यस्तो अवस्थामा पार्टीलाई तपाईहरुले किन  पुर्याउनु भएको ?

मलाई त्यस्तो लाग्दैन । एकलौटी ढंगले संचालन गर्ने भनेको के ? पार्टीमा दुईवटा संयोजक हुनुहुन्थ्यो । दुइवटै संयोजकको जिम्मेवारी विधानले र दुईवटा पार्टी एकीकरण हुँदा बनाइएको  संम्झौतापत्रले निर्देशित गरेको छ । त्यसपछि पार्टीमा संयोजन समिति थियो जसले केन्द्रीय समितिको बैठक नबस्दा पार्टीका नियमित कामहरु र पार्टीको राजनीतिक गतिविधि बढाउन निर्णय लिने गर्दथ्यो । त्यसपछि  हरेक महिनाको पहिलो बिहिबार नियमित रुपमा केन्द्रीय समितिको बैठक बस्दथ्यो जुन बैठकमा नयाँ निर्णयहरु पनि हुन सक्थ्यो । संयोजन समितिले गरेका निर्णयहरु पनि जान सक्थे । त्यो समग्र पार्टी निर्माण र निर्णय प्रक्रियामा खुला छलफल हुन्थ्यो । एजेन्डाहरु पहिले नै सार्वजनिक हुन्थ्यो । बैठक सुरु हुनुभन्दा अगाडि सदस्यहरुलाई पहिले नै उपलब्ध गराइन्थ्यो । बैठकमा साथीहरुले आफ्नो मत राख्नु हुन्थ्यो र निर्णय गरिन्थ्यो । हरेक निर्णय हुँदाखेरी बैठकमा सहभागी हुने अनि एउटा खास प्रक्रियाबाट निर्णय हुँदा त्यो मेरो निर्णय होइन भनेर भन्नुहुन्छ र अहिले बहुमतको आधारमा निर्णय हुन्थ्यो, हामीलाई पेलिन्थ्यो भन्ने ? त्यो त राजनीतिक कुरा भएन । 

निर्णय त कुनै न कुनै हिसाबले छलफलबाट हुनै पर्छ । निर्णयको हलो अड्कियो भने त्यसलाई निष्कर्षमा लैजाने भनेको बहुमतकै कुरा होला । र त्यो लोकतन्त्रको एउटा कडी पनि हो । मलाई जहाँसम्म लाग्छ पार्टीभित्र हरेक एजेन्डामा चुनावै हुने । अल्पमत र बहुमतको आधारमा निर्णय हुने अवस्था थिएन । कतिपय निर्णयहरु सहमतिमा एकमतको साथ गरिएका छन् । त्यसैले अल्पमत र बहुमत । फलानोले पेल्यो र ‘मार्जिनलाइज’ भयौं भन्ने होइन । योसँगै जोडिएको अर्को विषय के हो भने पार्टीमा को कति गतिशील थियो भन्ने कुरा महत्वपूर्ण छ । स्वभाविक हिसावले पार्टी संचालनमा, निर्णय प्रक्रियामा गतिशील मानिसहरु प्रभावि हुन्छन् । 

अब पार्टी बैठकमा नआउने । पार्टीका कार्यक्रममा सहभागी नहुने । पार्टी बैठकमा आउँदा पनि एक घण्टाको समय लिएर आउने र पुरा बैठकमा नबस्ने । बैठकमा बोल्दै नबोलेर चुपचाप सबै सिनहरु हेरेर बाहिर निस्की आफ्ना टिप्पणीहरु सार्वजनिक गर्ने अनि बैठकमा मेरो सहभागिता भएन । कुरा राख्न पाइन भनेर भन्ने हो भने त त्यसको के अर्थ हुन्छ र ?

 पुरानो सोच र शैलीका दलहरुबाट परिवर्तन सम्भव छैन भन्नु हुन्थ्यो । तर तपाईहरुको पार्टीभित्र पनि अवस्था त त्यस्तै रहेछ ?

पुरानो सोच, शैलीका पार्टीहरुबाट अब नेपाली जनताका पछिल्ला सपनाहरु पुरा हुँदैनन् त्यो कुरा स्पष्ट छ । त्यो के भनेको भन्ने कुरा फरक छ । एउटा राजनीतिक पार्टीले पुराना सोच, शैली र ढाँचाहरुबाट नेपाली जनताका पछिल्ला समस्याहरु सम्बोधन हुँदैनन् भन्नुको अर्थ पुराना विचारबाट सक्दैनन् भनेको हो । पुराना संगठन, शैली, एजेन्डा र नेतृत्वबाट हुँदैन भनेको हो । पुरानो संस्कृति र कार्यप्रक्रियाबाट हुँदै भनेको हो ।  हामी विवेकशील साझा पार्टी निर्माण र आजसम्म आइपुग्दा हामीले बैचारिक र सांगठनिक हिसावले जे भन्यौ एजेन्डको हिसावले जे भन्यो त्यसले के पुष्टि गर्छ भने पुरानले हु्ँदैन हामी नयाँ राजनीतिक धार र पार्टी बनाएर जानको लागि एकदमै स्पष्ट त प्रतिवद्ध छौं ।
 

 दुई बर्ष नवित्दै पार्टी विभाजित भएको छ । जाने साथीहरुले पनि तपाईहरुमाथि आरोप लगाइराख्नु भएको छ । तपाईहरुको पनि त्यस्तै आरोप सुनियो । एक अर्कोको कमी–कमजोरी खोतलिँदै छ । अब त जनताले तपाईँहरु माथि कसरी विश्वास गर्ने ?
हामी  आरोप–प्रत्यारोपमा जान चाहँदैनौं । हामीले स्पष्ट भनेको छौं, एउटा दुःखद घटना भयो । यो घटनाले नेपाली जनता, नेपाली युवाहरु र एउटा नयाँ राजनीतिक धार  बनोस्  सफा राजनीतिको अभियान चलोस, बैकल्पिक राजनीति स्थापित होस् भनेर चाहने हाम्रा शुभेच्छुक र मतदाताहरुमा निश्चय नै दुःख छाएको छ । यो दुःखद अवस्था हो । तर यो सबै भइरहँदा पनि हामीले के भनेका छौं भने इतिहासले भोलि मुल्याँकन गर्ला को ठीक थियो को बेठिक थियो भनेर । यहि घटनालाई लिएर हामी एकअर्काप्रति आरोप–प्रत्यारोप, हिलो छ्यापाछ्याप गर्ने पक्षमा छैनौं । 

हामी संस्थापनको हिसावले अगाडि बढिरहेका छौं । उहाँहरुलाई शुभकामना दिन चाहन्छौं । तर शुभकामना दिइरहँदा हामीले भन्ने कुरा के हो भने राजनीतिक दल र धार निर्माण गर्ने कुरा अहिले बृहत्तर राजनीति अभियान हो । यो वैचारिक अभियान हो । संगठनमा नयाँ प्रयोग गर्ने अभियान हो । यो नेपाली जनताका पछिल्ला सपनाहरुलाई सम्बोधन गर्नका लागि सही एजेन्डा बनाउने अभियान हो । त्यसैले गर्दा यो अभियानमा उहाँहरु जसरी हिँड्दै हुनुहुन्छ । सानो क्लब जस्तो मोडलमा । थोरै मान्छेहरु संगठित हुने । आफुआफुबीचमा सिमित घेराभन्दा बाहिर नजाने । अथवा सहर र राजधानी केन्द्रीत हुने । यो भन्दा बृहत्तर सोच बनाउनुहोस् । बृहत्तर राजनीति हस्तक्षेपको सोच बनाउनुहोस् । र एउटा सुन्दर पार्टी बन्यो भने अहिलका यि असन्तुष्टि र हिलो छ्यापाछ्याप भन्दा अगाडि बढेर काम गर्नुभयो भने हाम्रो शुभकाना छ । 

 पछिल्लो  समयमा त तपाईहरुको राजनीति गतिविधि पनि निकै सुस्त देखियो । राष्ट्रिय राजनीतिमा पनि हस्तक्षेप गर्ने कुनै भूमिका देखिएन । यति साह्रै किन सुस्ताउनुभएको ?
एकीकृत हुँदाको अवस्थामा हामीलाई अलिकति अफ्ठेरो थियो । निर्णय गर्ने र संगठनको गति हाँक्ने कुरामा । केही नयाँ मान्छेलाई पार्टीमा आमन्त्रण गर्ने र जिम्मेवारी दिन संकट थियो । छुट्टिएर जाने साथीहरुले जहिले पनि अफ्ठेरो पार्नुहुन्थ्यो । खासगरी हरेक विषयमा भाँजो हाल्ने । संगठन विस्तार अभियानमा हामीहरु ले हरेक केन्द्रीय सदस्यहरुले ९० दिनको जिम्मेवारी लिएर जनताको बीचमा जाउँ भन्यौं । त्यो काम गर्नको लागि केन्द्रीय साथीहरु क–कस्ले कति समय उपलब्ध गराउनु हुन्छ । भनेर सोध्यौं कोही साथीहरुले पनि ९० दिनको समय दिनलाई तयार हुनुहुन्नथ्यो । हामीले भन्यौ, पार्टीमा एक नम्बर प्रदेशमा संयोजक नियुक्त गरौं । किनभने प्रदेश संयोजक नियुक्त भइसकेपछि त्यहाँ एउटा केन्द्र बन्छ र  हाम्रो राजनीतिक अभियानलाई अगाडि बढाउन सहयोग पुग्छ भन्यौ । उहाँहरुले हरके पटक त्यो निर्णय गर्नका लागि भाँजो हाल्नुभयो । हामीले भन्यौ, केही साथीहरु केन्द्रीय समिति थपौं । त्यसमा उहाँहरु कहिल्यै पनि उत्साहित हुनु भएन । 

एउटा गतिमा अगाडि बढ्यौँ। ठ्याक्क एउटा विषय आउने अनि सोचेको गति नै रोकिने । त्यही विषयको वरिपरी फेरी बहस चल्छ । स्वयम् उज्वल थापा अथवा अरु साथीहरु जसलाई विश्वास गरिएको थियो । आशा थियो । उहाँहरु पार्टीको निर्णयलाई कार्यान्वयन गर्नको लागि पटक्कै अग्रसर हुनु भएन । त्यसैले यो पार्टी अलि सुस्ताएको हो कि भन्ने देखियो तर कहिलेकाँही फुटले पनि शक्ति दिन्छ । यो फुट दुःखद हो । यद्यपि यो फुटले शक्ति दिनुपर्छ । यो घटना पछि पार्टीलाई जीवन्त बनाउन खोज्नेहरुलाई बाटो खुलेको छ । जो साथीहरुले पार्टीमा गाँठो पार्नुभएको थियो । गाँठो पार्ने र फुकाउनेहरुको बीचमा पार्टीभित्र जुन द्वन्द्व थियो त्यो सकिएको छ । गाँठो खोलेर अगाडि जाने साथीहरुले उत्साहाका साथ एउटा नयाँ जोश, उमंग र शक्तिका साथ अगाडि जाने प्रतिवद्धता गर्नुभएको छ । 

 तपाईहरुको पार्टी विवेकशील साझा पार्टीकै रुपमा रहन्छ या भोलि अन्य कुनै राजनीतिक दलसँग पनि एकीकृत हुने संभावना छ ?
नेपाली जनताका पछिल्ला एजेन्डा सम्बोधन गर्न चाहने वैकल्पि पार्टी, समुह अथवा यस्ता व्यक्तिसँग सहकार्य गरेरै नेपालमा वैकल्पिक राजनीति आन्दोलनलाई एउटा उचाइमा पु¥याउने हो । त्यसैले हामी एकीकरणको कुरा गर्दा संवाद, सहयकार्य र अन्ततः सबै कुरा मिल्यो भने एकीकरण गर्नको लागि तयार छौं । तर तयार छौं भनिरहँदा हामीले एकदमै हतार गरेर । एउटा राजनीतिक पार्टीले विचार गर्नुपर्ने विचारको पक्ष , संगठन, इतिहासमा विचारै नगरिकन एकीकरण गर्छौ भन्ने चाँही होइन । 


global ime

runner bike

राजनीति

सभामुखमा पुष्पा भुसाललाई अघि सार्ने काँग्रेसको तयारी

६ माघ, काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले पनि सभामुखमा उमेदवारी दिने भएको छ । यसअघि कृष्णबहादुर महरालाई सभामुख बनाउँदा कांग्रेसले उमेदवारी दिएको थिएन । कांग्रेसले अहिले सभामुखमा कांग्रेस सचेतक पुष्पा भुसाललाई उमेदवार बनाउने तयारी गरेको छ । कांग्रेस स्रोतका अनुसार यस विषयमा पार्टीमा यसअघि पनि छलफल भइसकेको छ । ‘पार्टीमा यस विषयमा छलफल भइसकेको छ,’ कांग्रेसका एकजना नेताले भने,‘व्यक्ति हत्याको आरोप लागेकालाई सभामुख बनाउन हुँदैन ।’नेकपा सचिवालय बैठकले आइतबार स्थायी कमिटी सदस्य अग्नि सापकोटालाई उमेदवार बनाउने निर्णय गरेको थियो ।

राष्ट्रिय सभा चुनाव : आज राति १२ बजेदेखि मौन अवधि सुरु हुँदै

६ माघ काठमाण्डौ । आउँदो बिहीबार हुने राष्ट्रिय सभाको चुनावका लागि मौन अवधि आज रातिदेखि सुरु हुँदैछ ।आज राति १२ बजेदेखि मौन अवधि सुरु हुने भएकाले आज दिनभर मात्रै चुनावको प्रचारप्रसार गर्न पाइने निर्वाचन आयोगले जनाएको छ ।निर्वाचन आचारसंहिताअनुसार चुनाव हुनुभन्दा ४८ घण्टा अगाडिदेखि मौन अवधि सुरु हुन्छ । मौन अवधिमा आफ्ना वेबसाइट, ट्विटर, फेसबुक, भाइबर वा एसएमएसजस्ता सामाजिक सञ्जाल वा विद्युतीय माध्यमको प्रयोग 

एमसीसी देशको हितमा छ, स्वार्थीहरुले विरोध गरे : मन्त्री गुरुङ

५ माघ, डोटी । संघीय सरकारका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङले अहिले चर्चामा रहेको अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदबाट पारित हुने बताएका छन् । छाउपडी प्रथाको अवस्थाबारे बुझ्न सुदूरपश्चिमको भ्रमणमा रहेका मन्त्री गुरुङले एमसीसीमा अनावश्यक विवाद भइरहेको बताए । आइतबार डोटी जिल्ला सदरमुकाममा सञ्चारकर्मीहरूसँग संक्षिप्त कुरा गर्दै मन्त्री गुरुङले एमसीसीबारे बहस हुनु राम्रो भए पनि अहिले देखिएको कतिपय विवाद अनुचित भएको दाबी गरे । ‘विषयले संसदमा प्रवेश पाएपछि बहस, छलफल हुन्छ,’ मन्त्री गुरुङले भने, ‘यो प्रस्ताव संसदले सहजै अनुमोदन गर्छ ।’

अन्तर्राष्ट्रिय

प्रशान्त महासागरमा अचानक तापक्रममा बृद्धि, १० लाख चरा मरे

६ माघ, काठमाडौं । पछिल्लो १२ महिनामा १० लाख भन्दा बढी समुद्री चराहरु मारिएकाबारे वैज्ञानिकहरुले विशेष चिन्ता व्यक्त गरेका छन् । चराहरुको एकसाथ मृत्युको यो इतिहासकै  सबैभन्दा ठूलो रेकर्ड भएको उनीहरुको भनाइ छ ।यसमा प्रशान्त महासागरको एउटा ठूलो सतही भाग अधिक तातो भएकाले नै यस किसिमका घटना भइरहेको अनुसन्धानकर्ताहरुले चेतावनी दिएका हुन् , जसलाई ‘ब्लब’ नाम दिइएको छ । सामान्य अर्थमा ब्लबको परिभाषा समुद्रको सतहबाट १६०० किलोमिटर सम्मको भूभाग ३ देखि ६ डिग्री बढीले तातिनु हो ।

भाजपा नेताको चेतावनी –५० लाख मुसलमानलाई लखेट्छौं

६ माघ, काठमाडौं । भारतको पश्चिम बंगालमा भारतीय जनता पार्टीका प्रमुख दिलीप घोषले मुसलमान घुसपैठियाहरुको पहिचान गरेर आवश्यक परेमा उनीहरुलाई भारतबाट बाहिर लखेटिने जनाएका छन् ।  एक र्यालीलाई आइतबार सम्बोधन गर्दै भाजपाका राज्यका प्रमुख घोषले भनेका छन, ‘५० लाख मुसलमान घुसपैठियाको पहिचान गरिनेछ र जरुरत परेमा उनीहरुलाई देशबाट बाहिर निकालिनेछ ।’ उनले अगाडि भनेका छन, ‘पहिला उनीहरुको नाम मतदाता सूचीबाट हटाइनेछ । जसले नागरिकता संशोधन कानुनको विरोध गरिरहेका छन् उनीहरु कि भारत विरोधी छन् कि बंगाल विरोधी हुन् । त्यसैले उनीहरु हिन्दु शरणार्थीलाई नागरिकता दिने कुराको विरोध गरिरहेका छन् ।’ 

यमनमा क्षेप्यास्त्र आक्रमण, ७० सैनिक मारिए

५ माघ, काठमाडौं । यमनमा भएको क्षेप्यास्त्र आक्रमणमा परी कम्तीमा ७० सैनिक मारिएका छन् । मरिब प्रान्तमा रहेको मस्जिदमा हुथी विद्रोहीहरुले गरेको आक्रमणमा परी शनिबार उनीहरुको मृत्यु भएको अस्पताल र  सैनिक स्रोतले जानकारी दिएको छ । शनिबार भएको यस आक्रमणमा परी ७० सैनिक मारिएका मरिब अस्पताल स्रोतले पुष्टि गरेको छ । यमनी राष्ट्रपति आबेद्राब्बो मानसुर हादीले कायर र आतङ्ककारी आक्रमण भनि निन्दा गरेका छन् । यस घटनामा परी अरु दर्जनौँ घाइते भएका छन् र तीमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ ।  घटनाका बारेमा हुथी विद्रोहीको तर्फबाट अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन । 

विचार / ब्लग

सी चिनफिङ भन्छन् -हिमालय वारिपारिको मैत्रीलाई नयाँ उचाइमा पुर्याऔँ

सी चिनफिङ
राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको निमन्त्रणामा म छिटै चीनको मैत्रीपूर्ण छिमेकी देश नेपालको राजकीय भ्रमण गर्दैछु । मैले नेपालको भ्रमण गर्न लागेको यो पहिलोपटक हो, तथापि मलाई नेपाल अपरिचित भने लाग्दैन । नेपालमा शानदार पहाड र नदीहरू छन्, विशिष्ट संस्कृति पनि छ । त्यसैले म नेपालको भ्रमण गर्न धेरै पहिलेदेखि लालायित थिएँ । मैले चीनको भ्रमण गर्नुभएका धेरै नेपाली नेताहरूसँग धेरैपटक भेटवार्ता गरेको छु र उहाँहरूसँग गहिरो मित्रता पनि गाँसेको छु ।

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 
Top