syangyong

मेसी र रोनाल्डो मात्र होइन यी ६ महान फुटबलरले पनि उचाल्न पाएनन् विश्वकप ट्रफी !


Sunday, 8 Jul, 2018 11:46 AM
रुसमा जारी विश्वकपलाई अत्प्रत्याशिलो खालको विश्वकप भन्दा शायद गलत नहोला । विश्वकपको पहिलो दौडबाटै साविक विजेता जर्मनी बाहिरियो । नकआउट चरण सुरु हुनासाथ अर्जेन्टिना, पोर्चुगल र स्पेन जस्तो टिमको घरफिर्ती सुरु भयो । 
यसका साथसाथै यी टिमसँग जोडिएका कयौं ‘स्टार’हरुको विश्वकप जित्ने सपना पनि अधुरो रह्यो । लियोनल मेसी र क्रिस्टियानो रोनाल्डोजस्ता नामी फुटबलरले यो विश्वकपमा पनि ट्रफी उचाल्ने मौका गुमाए । उनीहरुको अर्को विश्वकप खेल्ने संभावनाबारे अहिल्यै नै केही भन्न सक्ने अवस्था छैन । 

यी दुई खेलाडीले कुल चार विश्वकम खेलेका छन् । तर दुबै खेलाडी अन्तिम १६ को राउन्डमा गोल गर्न असफल रहे । यदि अब चार बर्षपछि सन् २०२२ मा कतारमा हुन लागेको विश्वकप उनीहरुले खेल्न पाए भने शायद आफ्नो भाग्य चम्काउन जरुर कोशिश गर्नेछन् । 
तर यस्तो र्दुभाग्य केवल यी दुई खेलाडीसँग मात्र भएको छैन । यसभन्दा पहिले पनि उनीहरु जस्तै कयौं चर्चित खेलाडीहरु थिए जसले आफ्नो खेल जीवनभर वाहवाही कमाए तर विश्वकपको जित आफ्नो नाममा लेखाउन सकेनन् । 

जोहान क्रूफ –हल्यान्ड) : सुन्तले रंगको जर्सी लगाउने हल्यान्डका जोहान क्रूफलाई युरोपको इतिहासमा सबैभन्दा उत्कृष्ट फुटबलर मानिन्छ । सन् १९७४ मा पश्चिम जर्मनीमा खेलिएको विश्वकपमा उनले आफ्नो टिमको नेतृत्व गरेका थिए । र, टिमलाई फाइनलसम्म पुर्याएका थिए । तर यो ऐतिहासिक म्याचमा उनको टिम जर्मनीसँग २–१ ले पाराजित भयो ।

क्रूफले तीनपटक गोल्डेन बलको उपाधि जिते । फेरी पनि विश्वकप जित्न सकेनन् । 

फेरेंस पुस्कास ( हंगेरी–स्पेन) : पुस्कासलाई एक सर्वकालीन चर्चित फरवार्ड खेलाडीको रुपमा चिनिन्छ । सन् १९५२ को ओलम्पिक खेलमा उनले आफ्नो टिमलाई स्वर्ण पदक दिलाए ।

दुई बर्षपछि सन् १९५४ मा स्विटजरल्यान्डमा भएको विश्वकपमा उनको टिम फाइनलसम्म पुग्यो । यो भिड्न्तमा उनको टिम जितको प्रबल दाबेदार थियो तर पश्चिम जर्मनीसँग पराजित हुन पर्यो । सन् १९६२ मा पुस्कासले स्पेनको नागरिकता लिए र यसै बर्ष चिलीमा भएको विश्वकपमा पनि उनी खेले । यो खेलमा पनि उनी सफल हुन सकेनन । 

अल्फ्रेडो डि स्टेफनो : ( अर्जेन्टिना–स्पेन) : फिफाले डि स्टेफनोलाई २० औं शताब्दीको पाँच सबैभन्दा राम्रा फुटबलरमा सामेल गरेको छ । यो सूचीमा पेले, म्याराडोना, क्रूफ र बैकनोर सूचीकृत थिए । पहिला उनी अर्जेन्टिनाको तर्फबाट खेल्ने गर्थे तर यसै दौरान सन् १९५० र १९५४ मा अर्जेन्टिनाले विश्वकपमा भाग लिएन ।

यसपछि डी स्टेफनोले अर्जेन्टिना छोडेर स्पेनको नागरिकता लिए । फेरी पनि र्दुभाग्यले उनको पिछा छोडेन । सन् १९५८ को विश्वकपमा स्पेन क्वालिफाइनै हुन सकेन । यसको चार बर्षपछि चिलीमा भएको विश्वकपमा डी स्टेफेनो चोटका कारण खेल्न सकेनन् । 

यूसेबियो ( पोर्चुगल) : यूसेबियोको जन्म मोजाम्बिकमा भएको थियो । त्यसबखत त्यहाँ पोर्चुगलको शासन थियो । यूसेबियोलाई पोर्चुगलको पहिलो महान फुटबलर मानिन्छ । सन् १९६५ मा उनलाई यूरोपको सर्बश्रेष्ठ खेलाडी घोषित गरिएको थियो । यसको एक बर्षपछि इङ्ल्यान्डमा भएको विश्वकपमा यूसेबियोको खेलका कारण पोर्चुगल सेमिफाइनलसम्मको यात्रा गर्न सफल भएको थियो तर यहाँ उनको टिम इङ्ल्यान्डसँग १–२ ले हार्नु पर्यो । 

जोर्ज बेस्ट ( उत्तरी आयरल्यान्ड ) : उत्तरी आयरल्यान्डका यी महान फुटबलरले कहिल्यै पनि विश्वकपमा भाग लिन पाएनन् । यद्यपि उनले डेनिस लावी बाबी चाल्र्टनको साथ मिलेर सन् १९६८ मा यूरोपियन कपमा आफ्नो टिम म्यानचेस्टर यूनाइटेडलाई च्याम्पियन बनाएका थिए । यसैबर्ष उनी यूरोपको सर्बश्रेष्ठ खेलाडी चुनिएका थिए । 

म्याक्रो वैन बैस्टन ( हल्यान्ड ) : म्याक्रोले केबल एकपटक मात्र विश्वकपमा भाग लिए । यो विश्वकप सन् १९९० मा इटलीमा खेलिएको थियो । योभन्दा पहिले सन् १९८८ मा वैन बैस्टनले आफ्नो टिमलाई यूरोपियन च्याम्पियनको ताज पहि¥याइसकेका थिए । सन् १९९२ मा उनलाई विश्वको सर्वश्रेष्ठ खेलाडी घोषित गरिएको थियो ।

बैस्टनले तीनपटक गोल्डेन बल पनि जितेका थिए । तर १९९३ मा जब उनी केबल २८ बर्षका मात्र थिए तब खुट्टामा लागेको गम्भीर चोटले उनको करियर समाप्त गरिदियो । यी तमाम खेलाडीको अलावा अन्य कयौं राम्रा खेलाडी पनि थिए जसले विश्वकम जित्न सकेनन् । जसमा पाउलो मेल्डिनी– इटली, लुइस फिगो– पोर्चुगल, जिको–ब्राजिल, रोबर्टो बैगियो– इटली र माइकल प्लेटिनी– फ्रान्स रहेका छन् । 
 


Ruslan

acme college

bussewa

राजनीति

​संविधान कार्यान्वयनका लागि कानून निर्माण आवश्यक :सभामुख महरा

४ साउन, काठमाडौँ । सभामुख कृष्णबहादुर महराले संविधान कार्यान्वयनका लागि कानून निर्माण आवश्यक रहेको बताएका छन् । जनसंख्या तथा विकासका लागि सांसदहरुको राष्ट्रिय मञ्चले  आयोजना गरेको ‘संविधान कार्यान्वयन संघ र प्रदेशबीचको अन्तरसम्बन्ध र दिगो विकास’ सम्बन्धी अन्तक्र्रियामा उनले संविधान कार्यान्वयनका लागि संघीय संसद्ले धेरै कानूनहरु बनाउनुपर्ने दायित्व रहेको बताएका हुन् ।“संविधान कार्यान्वयनका लागि 

​नेपालको ऊर्जा क्षेत्रमा सहयोग गर्न अष्ट्रेलिया इच्छुक

४ साउन, काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन र नेपालका लागि अष्ट्रेलियाका राजदूत पिटर बडबीच ऊर्जा क्षेत्रमा सहकार्य गर्ने विषयमा छलफल भएको छ । ऊर्जामन्त्रालयमा शुक्रबार भएको शिष्टाचार भेटमा ऊर्जा र जलविद्युत् क्षेत्रमा सहकार्य गर्ने विषयमा छलफल भएको हो । भेटमा मन्त्री पुनले आफु ऊर्जा मन्त्रीको रुपमा कार्यभार सम्हालेसँगै ऊर्जा र जलविद्युत् क्षेत्रको समग्र विकासका लागि श्वेतपत्र जारी गरेको जानकारी दिँदै

​अमेरिकी राजदूत टेप्लिज र प्रचण्ड बिच भेटवार्ता

४ साउन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (ने क पा) का अध्यक्ष प्रचण्ड र अमेरिकी राजदूत एलाइना बी—टेप्लिजका बिच शुक्रबार विहान खुमलाटार निवासमा भेटवार्ता भएको छ ।भेटमा अध्यक्ष प्रचण्डले टेप्लिलाई उनको कार्यकाल सफल भएको बताउदैँ उनले खेलेको भूमिकाले नेपालको विकास र प्रगति सकारात्मक रहेको बताए ।प्रचण्डले भने,“नेपालको शान्ति प्रत्रिया र समग्र राजनीतिक स्थायीत्वमा अमेरिकी सरकारको सहयोग र सद्भाव

अन्तर्राष्ट्रिय

५ वर्षका बालक, जसले आफैँ लेखे आफ्नै मृत्युको सन्देश

२ साउन, काठमाडौं । पूर्वजानकारी पाएर मृत्युलाई स्विकार्न जोकसैको आँटले सक्दैन । उमेरले जीवनको उत्तरार्धतिर लागेकाहरु पनि यस्तो क्षण सहज रुपमा बिताउन सक्दैनन् । तर, अमेरिकाका एक पाँच वर्षीय बालकले आफ्नो मृत्युको पूर्व जानकारी पछिको यात्रा सजिलोसँग पार गरेका छन् । उनी हुन् ग्यारेट मिथायस । 

प्रधानमन्त्री छँदा चढेको हेलिकोप्टरमै चढेर १० वर्षका लागि जेल जाँदै शरीफ, फर्किए पाकिस्तान

समाचार सूत्रका अनुसार न्याबले नवाज र मरियमलाई अदियाला जेल लैजानका लागि गृह मन्त्रालयसँग हेलिकोप्टर मागेको थियो । मन्त्रालयले संस्थालाई त्यही हेलिकोप्टर दियो, जुन प्रधानमन्त्रीका लागि रिजर्भ राखिन्छ । अर्थात् नवाज कुनै बेला जुन हेलिकोप्टरमा प्रधानमन्त्रीका रुपमा देशभरी घुमिरहन्थे अहिले त्यही हेलिकोप्टरमा चढेर उनी जेल जाने भएका छन् । 

चीनमा विष्फोट, १९ जनाको मृत्यु

२९ असार, काठमाडौं । चीनको सिचुवान प्रान्तमा रहेको एक औद्योगिक पार्कमा विस्फोट हुँदा १९ जनाको मृत्यु भएको छ । १२ जना घाइते छन् । चीनको सरकारी समाचार संस्था सिन्हृवालाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले यिविन हेन्दा टेक्नोलोजीले सञ्चालन गरेको रसायनिक भट्टी विस्फोट भएको जनाएका छन् । तर विस्फोट के कारणले भयो भन्नेबारे भने केही पनि खुलाइएको छैन । विष्फोटपछि ठूलो आगलागी भएको र आकाशमा फैलिएको धुँवाको 

विचार / ब्लग

लालबाबु पण्डितको ‘सेलिब्रेटी’ मोह, आफ्नै कर्मचारीलाई पागल भन्न मिल्छ ?

कर्मचारी समायोजन अन्र्तगतको स्वेच्छिक अवकाशको विषयलाई लिएर यतिबेला प्रधानमन्त्री, मन्त्री र कर्मचारीबीच जुहारी चलिरहेको छ । अवकाशको विषयलाई लिएर दुवै पक्ष एकअर्काप्रति तिखो टिप्पणीमा उत्रिएका छन् । उनीहरुबीचको आरोप–प्रत्यारोपलाई सुन्दा दुवै पक्ष एकअर्काप्रति पूर्णरुपमा सशंकित् र अविश्वस्त देखिएका छन् ।

माइत जाने चेलीलाई ५ सय ८० शब्दको सुझाव

माइत भन्ने बित्तिकै हरेक महिलाको अनुहारमा रौनक आउँछ । माइतको मोह महिलाले जीवनभर भुल्दैनन् । पतिले घरमा जतिसुकै सुख दिएको होस्, माइतमा पाइने सुखका अगाडि ती सबै कम लाग्छन् । माइतबाट सानो बोलावट मात्रै आउनुपर्छ, जानका लागि तुरुन्त तयार नहुने को नै होला र ? माइत जानु नराम्रो होइन । तर, प्रायः के पनि देखिन्छ भने जुन खुसी र उत्साहले महिलाहरु माइत जान्छन्, त्यति नै खुसी लिएर भने फर्कदैनन् ।

अध्यक्ष पद नै एमाले–माओवादी एकताको बाधक ! ओली र दाहालको आ–आफ्नै रणनीति

निर्वाचनलगत्तै पार्टी एकीकरण गर्ने बताएका दुई नेताले एकता प्रयास ठोस रुपमा अघि नबढेको बेला यस्तो कुरा बताउँदा दुबै पार्टीको एकता चाहनेलाई हौसला मिलेको थियो । आशा जागेको थियो । तर, एतिका दिन बितिसक्दा पनि पार्टी एकताले गति लिन सकेको छैन । 
Top