esewa
kantipur mall

सबै महामहिमहरूलाई खुला पत्र


Wednesday, 30 Sep, 2015 11:31 PM

एलपी अर्याल
हात्तीगौंडा काठमाडौ । 
प्रिय महामहिम ज्यू हरु,
म र म जस्तै कुनै एउटा नेपाली जनता,  चाहे त्यो तराईको तराइको होस्, पहाडको होस या हिमालको नै किन नहोस् , जुन एक सच्चा नेपाली हो । एक नेपालीकै यात्रामा बन्दले बाटो छेकेको छ, हड्तालले चुलो बाल्ने कमाइ खोसेको छ, द्वन्द्ले क, ख,ग....  सिकाउने चक स्कुलको भोटे तल्चाले थुनिदिएको छ । यतिमात्र कहाँहोर धर्नाले उपचार गराउन जाने अस्पत्ताल रोकेको छ, महंगीले ढाड सेकेको छ र बोल्ने गला थिचेको छ । यहि थिचोमिचोको बिचमा जो अशान्तिको बिचमा शान्ति खोजिरहेछ, अनि भोको पेटमा प्यारो मातृभुमी को माया पालिरहेछ र सदभाबको छाँया खोजी रहेछ  म र मजस्तै गरिदाने आम नेपालीहरूको मन । यहि पिडित अनि स्वाभिमानी नेपाली मेरो तर्फबाट न्यानो नेपाली अभिबादन ।
केहि आशा जगाउने खालको एकता, दृढता,गतिशिल अडान र नयाँ संबिधानको घोषणाको लागी तीनदलिय नेतृत्व सगै भिभीआपीहरुलाई र यो संबिधानमा दबिएका वा छुटेका अवाज हरुलाई सकारात्माक उद्देश्य सहित बुलन्द गर्ने धेरै आन्दोलनकारी महामहिमहरु र राष्ट्रियता माथी धाबा बोल्ने दुस्साहास गरेर झन नेपाली एकता र नेपाली राष्ट्रियता लाई उर्जा प्रदान गर्न भूमिका खेल्ने केहि आन्दोलन कारी महाममहिम हरु, नेपाली राष्ट्रियता लाई अझै उँचो र एकताबद्द हुने वातावरण निर्माण गरेर आत्मनिर्भरताको भावनालाई उजागर गर्न महत्व पुर्ण भूमिका खेल्ने नाकाबन्दी तथा अन्य लाज हिन भारतीय कर्म गर्ने भारतीय महामहिमहरु तपाइँहरु सबैको भूमिका प्रती झनै धेरैधेरै धन्यबाद ...........
विश्व कहाँबाट कहाँ पुगिसक्यो, हामी भन्दा शताब्दिऔँ पछीका देशहरु बिकासको उच्चतम बिन्दुमा रमाइरहेका छन । हामी भने हरेक एक दुइ  दशकमा आमुल परिवर्तनका आन्दोलन र यसका उपलब्धीहरु भन्दै ओठे भाषणमा ताली ठोकिरहनमै धेरै समय बिताइरहेका छौं । फगत कागजी परिवर्तन र समान्ती संरचनाको नबिकरणको लागी र बाँकी समय निरर्थक बन्द हड्ताल मै । जस्तासुकै आमुल भनिएका  हरेक आन्दोलन हुन्, बन्द र हड्ताल हुन्, युद्ध हुन् तीनमा पिसिने त हामी साधाराण जनता नै हौँ । तिमी तिम्रो हरेक स्वार्थमा  अनबरत पिसिइ रहका छौँ । तर प्रश्न यत्ति हो कहिले सम्म ?
छिमेकीहरु कहाँबाट कहाँ पुगिसके । दश बर्षमा चिनले थ्री गर्जेज आयोजना सम्पन्न गर्न सक्छ, भारतको आइटी उधोगले विस्व बजार कब्जा गर्न सक्छ, हामीलाई  १० बर्ष सम्म एउटा संविधान बनाउन  धौधौ पर्यो । अझ यहि संविधान बनेपछि कुन कष्ट भोगिरहेका छों यो सबै जनजनले भोगेको पिडा हो । यहि संविधानमाथी थुप्रिएका अनेकन चुनौतीहरुको कठिन मोड हरुको घुम्तीमा कती समय हामी घुमी रहनुपर्ने हो थाहा छैन । तसर्थ सबै महामहिम हरुले यो बिषम परिस्थितीमा जिम्मेवारीपुर्ण भएर यो देशको खाका कोर्ने झिनो आशा अझै बाँकी राखेको जानकारी गराउंछु । आन्दोलन्कारीको उग्रता र राज्य पक्षको ब्यापक दमनलाई तत्काल  नियन्त्रण गरी बार्ता संबाद र छलफलका माध्यमबाट समस्याको समाधानका लागी सबै पक्ष गम्भिर भएर लाग्नुहुने छ भन्ने आशा बाँकी छ ।
जती परिवर्तनहरु भएपनि साधारण जनताले महसुस गर्न सकेका छैनन् । तसर्थ अबका हरेक परिवर्तनकारी निर्णयहरु जनताले महसुस गर्ने खालका र जनपक्षिय हुनु पर्दछ । नयाँ नेपाल निर्माणको दिशामा लक्षित हुनु पर्छ । तर बिडंबना अहिलेको यो परिस्थिती हेर्दा लाग्छ अझै हामी दसकौं पछी धकेलिरहेका छौं । यो एक नेपालीको लागि अपाच्य र पिडादायी पनि लागिरहको छ  । यहि सिलसिलामा भैरहेका अनियन्त्रीत र अबैज्ञानिक आन्दोलन तथा सत्ताधारी असंवेदनशीलताले ब्याप्त चिन्ता र असन्तुस्टी सृजना गरीरहेको छ । अशा गरौं भयानक दुर्घटनाहरु नहोउन । 
के राजतन्त्रकालिन भरियाले यो लोकतन्त्र कालिन गणतन्त्रमा कुनै नयाँ अबसर पायो या उहि कांधले भारी बोकिरहेछ ? यो मुख्य प्रश्न हो । कागजीतन्त्र धेरै आए यो देशमा तर जनताले त्यसको महशुस गर्न पाउने कैले ? अस्ती  टिकापुरमा  आन्दोलनकारीहरुले जिउँदै प्रहरी जलाएर आन्दोलन लाई हिंस्रक बनाए, के त्यो गरीब थारुहरुको लागि थियोे या केहि मान्छेहरु आफु कसरी मन्त्री मुख्य मन्त्री हुन सकिन्छ भन्ने प्रपन्च हो ? अवसरवादीहरूको फाइदाको लागि हो भने यो जालझेल मात्र हो । होईन भने स्रोत साधनबिनाका केही जिल्लालाई समेटेर बनाउने थारुहट तराइ प्रदेश को औँचित्य कसरी पुष्ट्री हुन्छ र ? यसले एकखालको असहजता र चिन्ता सृजना गर्नुका साथसाथै आन्दोलन हरुलाई हिंस्रक बनाउने संस्कार र राज्यलाई दमन को उर्जा प्रदान गर्यो मात्र ।
प्रिय थारु,मधेशी र जनजाती खण्ड र अखण्डकारी महामहिमहरु,
तपाईहरु निर्देशित आन्दोलनले  केहि कुरा स्थापित गर्यो या गरेन जनताको मनमा प्रश्न उठेको छ र यसको गहन विश्लेषण गर्ने जिम्मा तपाईहरुको हातमा छ । स्रोत र साधन बिनाका केही जिल्ला लाई छुट्याउदैमा सबै थारु, मधेशी र जनजातीको रातारात उन्नती हुने र पहिचान हुने थोत्रो तर्कमा किन सोझा सिधा गरीब बस्तीहरुमा सम्प्रदायिकताको रुख चढेर सत्ताको पिङमा झुल्न खोज्दै हुनुहुन्छ ? के गरीब बस्तीहरुमा बिकास र अबसरको प्रकाश छर्ने कुनै योजना देखाउन सक्नु हुन्छ ? सबैभन्दा धेरै अशिक्षा तराईमा छ, सबैभन्दा धेरै बेरोजगारी मधेसमा छ, दाइजो प्रथाले गाँजेको छ, कुनै महिलाले दाइजो ल्याइनन् भने जिउदै जलाइन्छ, दास प्रथा त्यहिँ छ, सबैभन्दा धेरै अपराध पनि त्यहि छ, के यसको कारण कहिल्यै खोज्नु भएको छ ? तपाईले कहिले उठाउनुभयो यी मुद्धा । पटक पटक सरकारमा सामेल हुFदा र तपाईहरू सत्तामा हुँदा यी र यस्ता मुद्धा किन उठ्दैनन् ? सत्ता बाहिर रह“दा मधेसी शोसित पिडत जनतलाई बलिको बोको बनाएर तपाईहरूले राजनीति गर्न मिल्छ ? 
राष्ट्रसेवक कर्मचारिलाई जिउँदै जलाउने, भाला घापेर मार्ने, मकै बारीमा लुकेर गोली चलाउने र निहत्था डेढ बर्र्षिय बालकलाई गोली ठोकेर हत्या गर्ने ,एम्बुलेन्स बाट घाइते निकालेर मार्ने , मध्य रातमा सरकारी कार्यालय जलाउने, बिहान तीन बजे ट्रकमा आगजनी गर्ने, आफ्नो देशमा नाकाबन्दी गर्न अरुलाई गुहार्ने, सिमापारी भातभान्सा गर्ने अनि सिमावारी आएर धर्ना दिने र ढुङ्गाा हान्ने जस्ता क्रुर र मानवता बिरोधी काम जस्ता कुराहरु के आन्दोलनको नाममा स्विकार्य छन ? के यि कुराहरु योजनाबद्ध आन्दोलनका रुप हुन् रुके अग्रगामी माग हरु राखेर शान्तिपुर्ण आन्दोलन को बिगुल फुक्न सकिदैन ? के तपाइहरुमा आँट छ बानेश्वरमा आमरण अनशन बस्ने ? यस्तै प्रश्न खण्ड अखण्ड सबै महामीमहरुलाई गर्न चाहन्छु ।  
कति बर्ष भयो सुदुर पश्चिम अखण्ड भएको रु बिकासको स्तर कहाँ  छ ? अझै अखण्ड सुदुर पश्चिमको नाममा कर्णालीलाई कैले सम्म भोकमरीको सिकार बनाइरहने ? कृपया अब जात,धर्म्,क्षेत्रको नाममा राजनीति गर्न छाडौं । तपाईहरुको आन्दोलन बिभाजित तर गोल भाँडोमा पाकेकोे खिचडी जस्तो भैइसक्यो । माग उस्तै उस्तै तर आन्दोलनको मोर्चा र त्यसकोे नेतृत्व फरक फरक र केहि अनियन्त्रीत जस्तो । तसर्थ यो निरर्थक नहोस भन्ने शुभकामना दिन चाहान्छु । अझ तपाईहरुको नियन्त्रण बहिर जान सक्ने कुरा प्रती चिन्ता ब्यक्त गर्दछु । यसलाई वर्गीयता र राष्ट्रियता को जगमा टेकेर बैज्ञानिक र जनपक्षिय बनाउनु भयो भने यो आन्दोलनमा सहयोग को बाचा पनि गर्दछु ।
प्रिय मधेशी, जनजाती र थारु बुद्धिजिवीहरु,
तपाईंहरु कहिलेसम्म चुप लागेर बस्ने हो ? कहिलेसम्म यि टाठा बाठाहरुको वरिपरी लम्फु लन्ठक भोटर भएर बस्ने हो ? खुलेर अगाडी आउने आँट गर्नुस । त्यो क्षेत्रको बिस्तृत अध्ययन गर्नुस । गरीब थारु, मधेशी र जनजाती बस्ती हरुका समस्यालाई पहिचान गर्नुस अनि नयाँ मागहरु तय गरेर यो देशका नबराजघरानाका ढोका थुन्ने आट गर्नुस अनि मात्र त्यो समुदायको हक र अधिकार सुनिश्चित हुन्छन् । गौर नरसंहारको जगमा उपेन्द्र यादव र उपेन्द्र यादवको जगमा बिजय गच्छदार यो देशको उपप्रधानमन्त्रीसम्म बने र उनीहरु यो देशको राजनैतिक खेलाडीमा आफ्नो  सिट सुरक्षित गरिरहेका छन । अब फेरी टिकापुर नरसंहारकोे जगमा धनीराम अनि राजकुमार लेखीहरु जसरी भएपनि कुनै प्रदेशको नयाँ राजघराना बन्ने बाटोमा अग्रसर छन् । यसले धनीराम एण्ड लेखी कम्पनीलाई फाइदा त पुग्ला तर तराइका गरीब थारु बस्तीहरुमा चुलोमा माम सजिलै पाक्ला या नपाक्ला यो मुख्य प्रश्न हो । के योत्रो आन्दोलन केही जिल्लालाई यताउता पार्न मात्र गरिएको हो ? के बडिमालीका र खप्तड बिनाको सुदुर प्रदेश या थारु प्रदेश या खप्तड थारु प्रदेश सम्पन्न बन्न सक्छ ? के भुगोलको बाडफाडले मात्र देश बिकास हुन्छ ? अनि गरीबको झुपडीमा बिकासको प्रकाश जान्छ रु कहिलेसम्म गरीब मधेशी थारुहरुे सामन्ती संरचनाका अबसेशको आदेशमा निरर्थ आन्दोलित भैरहने ? के यसको नेतृत्व सच्चा बुद्धिजिबीहरुले लिने बेला आएन र ? तसर्थ पुरातनबादी सोचले ग्रस्त नेता हरुले माग गरेको माग भन्दा युग सुहाउदा मागहरु राखेर आन्दोलन गर्दा उत्तम हुन्छ होला । उदाहरणका लागी सुदुर पश्चिमको थारु आन्दोलनका मुद्दाहरु यि हुन सक्छन ।
१ त्यो क्षेत्रका थारु जाती र थारु संस्कृतकिोे जगेर्ना र राष्ट्रियकरणको लागी सक्तिशाली थारु आयोगको स्थापना ।
२ थारु बाहुल्य जिल्ला,क्षेत्र,वा गाउ जुन प्रदेशमा भएपनी समग्र थारुहरुको पहिचान र अधिकार को सुनिश्चितता ।
३ त्यो प्रदेशको स्रोत, साधन,अवसर, सेवासुबिधा र भुमिमा समान र सहज पहुचको ज्ञारेन्टी । 
४ हरेक थारु बाहुल्य वस्तिमा सामाजिक सेवा केन्द्र, स्वास्थ्य केन्द्र, बिद्यालय, सहकारी लगायत भौतिक पूर्वाधारको निर्माणको संबैधानिक ब्यबस्था ।
५ त्यो प्रदेशको थारु बाहुल्य जिल्लाका ग्रामिण बस्तिमा उध्योग हरुको स्थापना र ति उद्योगमा अधिकतम थारु रोजगारिको  ज्ञारेन्टी ।
६ हरेक अवसरहरुमा आरक्षण को व्यवस्था । (जस्तै लोकसेवा आरक्षण तथा अध्ययन अध्यापन कोटा । तर यी कोटाको लागी सरकारी बिद्यालयमा अध्यन गरेका थारुहरुले मात्र प्रतिस्प्राधा गर्न पाउने)।
७ थारु बाहुल्य क्षेत्रमा कम्तिमा एउटा पर्यटकिय केन्द्र स्थापनाको ज्ञारेन्टी ।
८ त्यो प्रदेशमा स्थापना हुने बिश्वविद्यालयमा अनिबार्य थारु सन्स्कृतीको अध्ययन अध्यापन हुने अध्ययन संस्थान स्थापनाको सुनिश्चितता ।
९ प्रस्तावित पूर्व– पश्चिम रेलमार्ग टिकापुर या धनगढी होईन थारु बाहुल्ल क्षेत्र हुँदै हँदै 
जानु पर्ने ।
१०  त्यो प्रदेशमा बन्ने अन्तर्रायटिय विमानस्थल धनगढीमा  होईन थारु बाहुल्य ठाउँमा हुनु पर्ने ।
११ बिद्यालय स्तरमा थारु संस्कृतकिोे अध्ययन अध्यापन को ज्ञारेन्टी
१२ कमैया वा हलिया प्रथा जस्ता सामाजिक कुरिती हरुको उन्मुलन को ज्ञारेन्टी जस्ता 
दर्जनौ मागहरुलाई उठान गरेर सर्वस्विकार्य आन्दोलन गर्नु पर्ने बेला आएको छ र यस्तै प्रकारका मागहरुले मात्र गरीब थारु बस्तीहरुको उन्नती हुन सक्छ । 
माथी उल्लेखित मागहरुलाई त्यो क्षेत्रका जनताको समस्या पहिचान गरी थप गर्न सकिन्छ र यसको लागि त्यो क्षेत्रका सच्चा बुद्धिजिबीहरुले भूमिका खेल्न सक्नु पर्छ । 
र यस्स्तै प्रकारका मुक्तिकामी र बैज्ञानीक मागहरु हरेक मधेसी,जनजाती, दलित, मुस्लिम र 
पिछडिएका क्षेत्रका जनता लगायत सबै बर्गका लागी उठान गर्नु जरुरी छ । कसैको रोटी नखोसिने गरी र कसैको अधिकार हनन नहुने गरी बालुवाटारर्, सिंहदरबार, संबिधान सभा भवन र नवराजघरानीया हरुका मुकाम घेर्नु छ । अनि मात्र सर्बपक्षिय सामुहिक मोर्चा बन्न सक्छ । 
पुर्बी मधेशका मधेशी ठेकेदारहरु जो सिङो तराईलाई आफ्नोे बिर्ता ठान्छन र अनबरत छुट्टै प्रदेश मागी रहेकाछन । औंला भाचेर गन्नु पर्ने यि नवसमान्तहरु यो देशको मन्त्री उपप्रधानमन्त्री भएका छन । तर मधेसी शोसित बर्गको लागि केही गर्ने आ“ट गरे रु
मधेश एक प्रदेश रु मधेश कसैको बिर्ता होईन । त्यहाँका आदीबासी, मधेसी ,थारु र उर्बर (उब्जनी हुने) जमिनको खोजिमा पहाडको भोकमरी बाट बच्न झरेका पहाडी हिमाली हरुको हो । पहाड बिनाको तराई या तराई  बिनाको पहाड र  पहाड बिनाको हिमालको अस्थित्व छैन भन्ने कुरा सबैलाई राम्ररी थाह छ । पथिभरा ,इलाम, कन्चन्जङ्गा बिनाको सुदुर पूर्व प्रदेश या पूर्व मधेश प्रदेश या कन्चन्जङ्गा प्रदेश या लिम्बुवान प्रदेश पूर्ण हुन्छ ? लुम्बिनी,मुक्तिनाथ, स्वर्गद्वारी र पोखरा बिना के पश्चिम प्रदेश या लुम्बिनी प्रदेश या मगरात प्रदेश सम्पन्न हुन सक्छ ? कालीगन्डकी बिना तौलिहावा मा बिजुली बल्ला ? श्रीनगर बिना भैरहबामा र  हिले बिना बिराटनगरमा शितल हावा चल्ला ? मकालु बिना धरान बाच्न सक्छ ? नेपालगन्ज, धनगढी र टिकापुर बिना कर्णाली बा“च्न सक्छ ?के सगरमाथा बिना कुनै प्रदेश को उचाइ चुलिन्छ ?  तसर्थ सोचौ“ संघिएता लहडको कुरा होईन । यो त अधिकार र पहिचान को बिषय मात्र नभएर स्रोत ,साधन, अवसर र सेवाको समान बितरण संगसगै  बिकास र साशन को बिकेन्द्रीकरण हो । समुन्नत समाज निर्माणको मार्ग हो । पिछडिएका र शोषित बर्गको अवाज हो नकि केही नवजमिनदारहरु लाई मुख्यमन्त्री या मन्त्री बनाउने नारा हो ।
७ प्रदेश सहितको संविधान जारी त भयो, तर अब आयोगमार्फत् यस्ता कुरा ध्यानमा राखि पुनरसंरचना गरिनुपर्दछ । एक मधेश प्रदेश भित्र भोली भित्री मधेश अर्को एक प्रदेश, चुरे छेत्र अर्को प्रदेश ,अनी सारा हिमाल को रक्षा गरेका सेर्पाहरुको लागी हिमाली क्षेत्र, अर्को प्रदेशको नारा उठ्न थाल्यो भने रु देशको नक्सा काट्न बसेका नवमहिम भुगोलबिद्हरुले सोच्नु जरूरी छ । स्रोत साधान सम्पन्न प्रदेशहरु निर्माण गर्ने हो भने उत्तर दक्षिण मिलाएर बनाउनु पर्छ । किनकी संघियता अबको आवश्यकता हो । तसर्थ सुझबुझपूर्ण  र बैज्ञानीक नक्सांकन हुनु पर्छ । धर्मिक, जातिय, सांस्कृतिक र भौगोलिक एकता झाल्किने नामन्कन हुनु पर्छ । सबै हामी नेपालीको चाहाना पनि यही हो ।
प्रिय नागरिक समाज र बुद्दिजिबी हरु, 
प्रजातन्त्र,लोकतन्त्र र अब संघिय नेपालपनि यिनै दलहरुले ल्याइदेलान् अनि कुनै अनुकुल परिस्थिती आउला र नयाँ शक्तिकोे नाममा नबराजघरानीया बन्ने  दाउमा बस्ने तपाँई नागरिक समाज र केही बुद्धिजिबी हरुले नयाँ सक्तीको नारा लगाउन छाडिदिंदा हुन्छ । हिम्मत छ भने यही प्रतिकुलताको बेलामा अगाडी आउन सक्नु पर्छ । प्रत्यक्ष वा अप्रत्यक्ष यिनै दलको छातामुनी बसेर नया“ शक्तिकोे डम्फु बजाउनुको कुनै तुक छैन । एका बिहानै बिदेशी प्रभुहरु खुलेआम महामहिम दरबारहरुका ढोका ढक्ढकाउन पुगी सक्छन् तर तपाईहरू कुम्भकर्ण जस्तो निद्रामा हुनुहुन्छ । सायद भरै बैंक खातामा डलर आउने भए निद्रा खुल्थ्यो होला । यसको हिसाब किताब पनि हामीहरुले राखीरहेकै छौं । सही समयमा सही भूमिका खेल्न सकिदैन भने त्यो नागरिक समाजबाला पगरी छोडिदिनुस् र  अझ राष्ट्र सेबक प्रहरी जिउदै जलाउदा ,आन्दोलनमा सरीक सोझा मधेसी सर्बसधाराण गोलीको सिकार हुँदा अनि एम्बुलेन्सबाट घाइते थुतेर हत्या गरिदा पनि मौन बस्ने मानबाधिकार वाला डलरबादीहरुको तैचुप मैचुप कहिले पनि क्षम्य हुने छैन । 
सबै आन्दोलित महामहिम हरुले कसरी त्यो क्षेत्र वा समुदायको नेता बन्ने भन्दा पनि कसरी त्यो समुदायको शोषित बर्गको मुक्ती हुन्छ भन्ने सोच्नुहुन बिनम्र अनुरोध गर्दछु , र सत्ता धारी हरुले आफ्नोे पार्टीको अडानदार नेता बन्ने भन्दा पनि देशका सबै तह तप्काको साझा नेता बन्ने सोच राख्नु पर्दछ । संविधान निर्माणको अन्तिम समयमा जुन अडान, रफ्तार र कठोरता यि प्रमुख नेताहरुले प्रर्दशन गरिरहेका थिए यही कुरा देश निर्माणमा देखाइदिएको भए आज यो अबस्था अबश्य आउने थिएन । झिनो आशा गरौ यो रफ्तार देश निर्माणमा पनि प्रयोग हुने छ । सकारात्मक कुरालाई सकारात्मक भन्न सक्ने आ“ट गर्न सक्नु पर्दछ । जनताले दिएको जिम्मेवारी पुरागर्ने हेतुले यो रफ्तार  आइरहेको हो भने यसलाई केहि हद्सम्म सकारात्मक मान्न सकिन्छ । र तीन दलिय महामहिम हरुले बिबादित कुरा हरुलाई सक्तिशाली आयोगले छिनो फानो गर्ने र संविधानमा लेखिएका बिबादित धाराहरु लाई भोलीका दिनमा जनप्रतीनिधीहरुद्वारा परिवर्तन गर्न सक्ने गरी वातावरण निर्माण गरिदिनु या त्यसकोे अभिभावकत्व ग्रहण गर्नु बुद्धिमानीपुर्ण हुनेछ । 
 सबैले आफ्ना उत्ताउला ब्यबहारहरु मा नियन्त्रण राख्नु जरुरी छ  चाहे त्यो राष्ट्रियता को सबालामा होस या सम्प्रदायिकता होस । केहि जायज मागहरु पनि पुरा नहुनुमा तीनदलिय जिद्धि र आन्दोलनकारी नेतृत्वको नियत माथी संका र आन्दोलनको चरित्रका साथसाथै दुइ पक्ष बिचको अबिस्वासले मुख्य  भूमिका खेलेको कुरा सबैले बुझ्नु पर्दछ ।
यो अवस्थाको पूर्वनुमान गर्न नसक्नु र केही तयारी पनि नगर्नु हामा सरकारी संरचना हरुको असफलता हो । बिदेश मन्त्रालय मार्फत अरबौ खर्च हुने हाम्रो बिदेश मन्त्रालएले कुनै एक देशलाई पनि नेपालको पक्षमा बोल्न लगाउन नसक्नु दुखको कुरा हो, हाम्रा कुट्नितिक नियोग र डलरमा तलबमात्र थाप्ने जागिर वाला राजदुत,सैन्य सहचारी तथा मिसन प्रमुख हरुको यो हद सम्मको असफलतालाई त कुनै तुक्छ शब्द नै लायक छैन ।  पिछडियका  सबैपक्षको मागलाई सम्बोधन गरेर जाने सक्षमता त यि तीनदलिय महामहिम हरुले देखाउन सकेनन यो निर्बिबादित छ । तर यि महामहिम हरुको असक्षमताका कारण सिङ्गो देशलाई सजाय दिन मिल्दैन । किनकी यि महामहिमहरु नै सधै भरी यो देशको  हर्ताकर्ता हुने छैनन । तसर्थ जस्तो भएनी नयाँ सम्बिधान आउनु  धेरै राहतपूर्ण कुरा हो किनकी यो संबिधान ले अनिस्चितता र ब्यापक आश्ंका लाई चिर्दै धेरै उपलब्धी हरुलाई संस्थागत गर्ने काम गरेको छ  र यो घोषणा सबै अतिबाद र एथास्थिती बाद को सेफ ल्यान्डिङ पनि हो । तसर्थ केइ धैर्यता केहि आशा र अठोठ सगै सही रुपले सम्बोधित कुराहरु प्रती सकरात्मक हुँदै दबिएका मुद्धाको  उठानमा गोलबद्द हुनु जरुरी छ ।
र अन्त्य मा, 
नजिकिदो दशै,भूकम्पले सिथिल अर्थतन्त्र र उत्तरी नाकाहरु सबै बन्द भएको बेलामा नाकाबन्दी जस्तो निकृस्ठ भारतीय कदम नाङ्गो हस्तछेप हो ।नाकाबन्दी र अनैतिक दबाबले केहि नेता तथा इन्डियन स्वार्थ त पुरा होला तर सगसगै यसले मलजल गरिरहेको मधेस अतिबाद र एन्टीइन्डियन अतिबादलाई बिर्सिनु हुँदैन । यदी यि कुनै आतिबादमा  अन्तरास्ट्रीय आतंकबादले खुट्टा टेक्यो भने तेस्ले नेपाल इन्डिया मात्र होईन पुरै साउथ एसियामानै गम्भिर असर गर्ने कुरालाई बेलामा सोचिएन भने पश्चाताप बाहेक केहि बाँकी रह्ने छैन । र यो पश्चातापको भुमरीमा नेपाल भन्दा अमेरिका र युरोपसग मिलेर  आतंकबाद सग लड्ने घोषणा गरेको  भारत नै बढी रुमल्लिनु पर्ने छ । तसर्थ भारतीय महमहिमहरुले नकारत्मक भूमिका लाई छाडेर सहयोग र सकारात्मक भूमिका निर्बाह गर्नु मै भारतको भलो हुनेछ । 
आन्दोलनरत केहि नेताहरु जसले जोडजोडले चिच्याइरहेछन कि उनिहरु नै त्यो क्षेत्र र समुदायका मुक्तदेब हुन जसले बास्तबमा कयौं पटक मन्त्री र उपप्रधानमन्त्री पदको बाजी मारेका छन र यिनीहरुले आफ्नो क्षेत्र र समुदाएको लागी के गरे रु अनि यो देशको ठेकेदारी गर्ने नब अशिर्पेची कोईराला,ओलि,गच्छदार  अनि बाबुराम रुपी प्रचण्डिय राजघरानीया हरुले यो देशकोलागि कती न्याय वा अन्याय के गरे रु अब प्रश्न गर्ने बेला भयिसक्यो । विश्वकहाँ बाट कहाँ पुगिसक्दा हामी भने यिनै नबसमान्त हरुको जेलजालमै लट्ठु लम्पट औठाछापे भोटर हुने या यिनी हरुलाई नयाँ, सार्बभौम, सम्पन्न ,सक्तिसाली र स्वनिर्भर नेपाल निर्माणको बाटोमा डोर्याउने वा पुरै नेतृत्व आफै गर्ने यो गम्भिर बहस को बिषय हो । र यो बिषयमा युबा बर्ग बिचमा ज्यादा बहस हुनु जरुरी छ । अब बिकास र बिजयको इतिहाँस कोर्ने सङ्घिन घढीमा हामी छौँ ।
 


Ruslan

runner bike

furniture expo

राजनीति

देशहरुबीच फाटो ल्याउने गतिविधि स्वीकार्य छैनः परराष्ट्रमन्त्री

२९ भदौ, ललितपुर । परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले देशहरुबीच फाटो ल्याउने कुनै पनि खालको सैन्य गतिविधि सरकारलाई स्वीकार्य नहुने बताएका छन् । नेपालले कुनै पनि देशसँग वैरभाव नराख्ने विदेश नीति लिएको पनि उनले स्पष्ट पारे।  आईतबार ललितपुरमा आयोजित ‘रोड एण्ड बेल्ट इनिसिएटिभ डाइलग’ विषयक विचार गोष्ठीमा बोल्दै उनले राष्ट्रिय हितलाई केन्द्रमा राखेर नेपालले आफ्नो विदेशी नीतिलाई अघि बढाएको उल्लेख गरे। उनले त्यसमा दायाँबायाँ हुन नदिने दृढता पनि जनाए ।
 

विमान ढिलाइ भएको विषयमा ज्ञानेन्द्र शाहीले गरेको पत्रकार सम्मेलनमा हात हालाहाल

२९ भदौ, ललितपुर । भ्रष्टाचार विरोधी अभियानमा लागेको भन्ने ज्ञानेन्द्र शाहीले आयोजना गरेको पत्रकार सम्मेलनमा हात हालाहाल भएको छ । ललितपुरको पुल्चोकमा शाहीले आयोजना गरेको पत्रकार सम्मेलनमा हात हालाहाल भएको हो । शाहीले शनिबार साँझ नेपालगञ्ज विमानस्थलमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईका कारण विमान उडान एक घण्टा ढिलो भएको भन्दै मन्त्री भट्टराईविरुद्ध प्रदर्शन गरेका थिए । सोही विषयलाई लिएर उनले आइतबार दिउँसो १ बजे पुल्चोकमा पत्रकार सम्मेलन आयोजना गरेका थिए । 

तरुण दलको विवाद उत्कर्षमा : अध्यक्ष र महासचिवले एकअर्कालाई कारबाही गरे

२९ भदौ काठमाण्डौ । नेपाल तरुण दलमा अध्यक्ष जीतजंग बस्नेत र महासचिव भुपेन्द्रजंग शाही बीचको विवाद उत्कर्षमा पुगेको छ । उनीहरुले एकअर्कालाई कारबाही गरेको दाबी गरेका छन् । दुवैले शनिबार एकअर्कालाई पदबाट बर्खास्त गरेको भन्दै छुट्टाछुट्टै विज्ञप्ति निकालेका छन् ।
अध्यक्ष बस्नेतले शाहीलाई महासचिवसहित कुनै पनि सदस्य नरहने गरी हटाएको पत्र पठाएलगत्तै शाहीले पनि महासचिवको हैसियतमा विज्ञप्ति निकालेर अध्यक्ष बस्नेतलाई नै तरुण 

अन्तर्राष्ट्रिय

अमेरिकी राष्ट्रपति ट्रमले गरे राष्ट्रिय सुरक्षा सल्लाहाकार बोल्नटलाई बर्खास्त

२५ भदौ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनलाई आफूले पदमुक्त गरेको घोषणा गरेका छन् । उनले आफू बोल्टनसँग असहमत रहेका कारण राजीनामा माग गरेको ट्वीटमार्फत् बताएका हुन् । बोल्टनले भने आफूले नै राजीनामा गरेको बताउँदै उचित समयमा आफ्नो भनाइ सार्वजनिक गर्ने प्रतिक्रिया दिएका छन् । उनले अफगानिस्तानदेखि इरानसम्मका विभिन्न विषयका चुनौतीबारे राष्ट्रपति ट्रम्पसँग फरक मत राखेका थिए ।
 

चन्द्रयान–२ को ल्याण्डर विक्रमसँग सम्पर्कको आशा सकिएको छैन : इसरो प्रमुख सिवन

२२ भदौ, काठमाडौं । भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) प्रमुख डाक्टर कैलासावडिवू सिवनले चन्द्रयान–२ को ल्याण्डर विक्रमसँगको सम्पर्कको आश अझै समाप्त नभएको बताएका छन् ।  डा. सिवनका अनुसार वैज्ञानिकहरु अझै पनि विक्रमसँग सम्पर्क जोड्ने कोसिस गरिरहेका छन, जसको जीवन पृथ्वीको १४ दिनको बराबर छ ।  डा. सिवनले सञ्चारमाध्यमसँग भने, ‘हामी चन्द्रायान–२ को विक्रमसँग सम्पर्क जोड्ने कोसिस गरिरहेका छौँ । हामी बाँकी १४ दिनसम्म कोसिस जारी राख्नेछौँ ।’ 
 

विचार / ब्लग

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 

अनशनको शक्ति जुटाउने सन्त चिकित्सक

► अतृप्त
प्राध्यापक डाक्टर गोबिन्द के.सी. को पन्ध्रौँ अनशन शृंखला भर्खरै अन्त्य भएको छ । जोरजुलूम गर्दा पनि पार नलागेपछि देशकै कार्यकारी प्रमुखको प्रत्यक्ष निगरानीमा पछिल्लो अनशन शृंखला सताइसौं दिनमा आएर टुङ्गोमा पुग्यो । बितेका ६ बर्षमा सन्त चिकित्सकका अनशन शृंखलाले राजधानी काठमाडौंदेखि मोफसलमा अवस्थित जुम्लासम्मको अविस्मरणीय यात्रा तय गरेका छन् । डा. के.सी. को निराहार यात्रा भोग्नेलाईभन्दा देख्नेलाई पट्यारलाग्दो प्रतित हुन्छ । 
Top