norvic
global ime bank

किमको त्यो छोटो अभिव्यक्ति जसले दक्षिण कोरिया र अमेरिकाको धारणा एकाएक बदलिदियो

दक्षिणमा हुने ओलम्पिकमा उत्तर कोरिया सहभागी हुने पक्का


Tuesday, 9 Jan, 2018 12:21 PM
२५ पुस, काठमाडौ। सन् २०१८ मा दक्षिण कोरियामा हुने शीतकालिन ओलम्पिकमा उत्तर कोरियाली टोलीले सहभागिता जनाउने पक्का भएको छ । 

उत्तर कोरियाका अनुसार फेव्रुअरीमा हुने ओलिम्पिकमा सहभागी हुन खेलाडीहरुसँगै समर्थक र डेलिगेसन पनि दक्षिण कोरिया जानेछन् । पछिल्लो दुई वर्षमा पहिलो पटक दुई देश वार्ताका लागि टेवुलमा बसिरहेका छन्  । उत्तर कोरिया र दक्षिण कोरियाको अन्तर्राष्ट्रिय सीमामा रहेको पनमुनजोम गाउँको पीस हाउसमा यो वार्ता भएको हो । 

१९५३ को कोरियाली युद्ध समाप्तिपछि पनमुनजोमलाई  दुवै देशका अधिकारी वार्तामा बस्न सक्ने ठाउँको रुपमा निर्धारण गरिएको थियो ।पनमुनजोमलाई युद्धविराम वाला गाउँ पनि भनिन्छ । 

यस गाँउलाई सेनाले दुई हिस्सामा बाँडेर राखेका छन्, जसको एक भाग उत्तर कोरिया र अर्को भाग दक्षिण कोरियामा छ । 

विशेष गरेर ओलम्पिक खेलमा सहभागिताको विषय यस वार्ताको प्रमुख एजेन्डा भए पनि दक्षिण कोरियाले यो बैठकमा दुई देशबीच सम्बन्ध सुधारका विषयमा पनि कुरा गर्ने बताइएको छ । 

दुई देशबीच पछिल्लो पटक सन् २०१५ मा छलफल भएको थियो । त्यसपछि दुई देशबीच तनाव बढिरहेको थियो । 

उत्तर कोरियाले निरन्तर रुपमा क्षेप्यास्त्र परिक्षण गर्नुका साथै परमाणु परिक्षण गरेपछि दुई देशबीच तनाव बढेको थियो । त्यसपछि दक्षिण कोरियाले कायसाङ औद्योगिक क्षेत्रमा रहेको संयुक्त आर्थिक परियोजना रद्द गरिदियो । 

प्रतिक्रियास्वरुप, उत्तर कोरियाले दक्षिण कोरियासँगको सवै सम्बन्ध तोडिदियो । यति मात्र होइन, उत्तर कोरियाले टेलिफोन लाइन पनि काटिदियो । 

पछिल्लो बर्षदेखि उत्तर कोरियाले लगातार प्रतिवन्धित हतियारको परीक्षण गर्दै आएको छ । यसले दुई देशबीचको तनाव बढाइरहेको थियो । 

गत साता किम जोङ उनले आफ्नो टिम शीतकालीन ओलम्पिकमा भाग लिने विषयमा पुर्नविचार गर्न सक्ने बताएका थिए । त्यसपछि दक्षिण कोरियाले उच्चस्तरीय संवादको प्रस्ताव राखेको थियो । 

वार्ता अगाडी दुवै पक्षले मिडियासँग कुराकानी गर्दै वार्ता सफल हुने विश्वास व्यक्त गरेका छन् । 

किमको एक अभिव्यक्तिले उत्तर  र दक्षिणको सम्बन्ध सुधारतर्फ लम्किने सम्भावना मात्रै देखिएको छैन, अमेरिकाले पनि उत्तरलाई हेर्ने दृष्टिकोण फरक बनाइसकेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तरको सक्रियता सकारात्मक भएको प्रतिक्रिया दिइसकेका छन् । किमले दक्षिण कोरियामा हुने ओलम्पिकमा उत्तरका खेलाडी सहभागी हुने भन्दै दिएको एउटै अभिव्यक्तिले राजनीतिक वातावरण नै शितल बनाइदियो । 
 


global ime

fonepay

https://www.prabhubank.com/

राजनीति

सरकार अपूर्णः ५ मन्त्रीको टेको, मन्त्रालयका कामकाज ठप्प

१३ भदौ, काठमाडौं । गत साउन ३ मा संसदमा विश्वासको मत लिँदै गर्दा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सहमतिको सरकारको आह्वान गरे। सबै दल एकजुट भएर कोरोना महामारीसँगै मुलुकका जल्दाबल्दा समस्या समाधान गर्नुपर्ने देउवाको जोड थियो। तर, राष्ट्रिय सरकार त परै जाओस्, आफूलाई मत दिएका दललाई समेत समेटेर प्रधानमन्त्री देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिन सकेनन्।

नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)बाट को को बन्दैछन् मन्त्री ?

१२ भदौं, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) पार्टी सरकारमा सहभागी हुने निर्णय गरेको छ । शुक्रबार बसेको स्थायी कमिटी बैठकले सरकारमा जाने निर्णय गरेको हो । तर, मन्त्रीको नामावली पछि टुंगो लगाउने एकीकृत समाजवादी पार्टीका एक नेताले बताए । मन्त्रालयको टुंगो अहिले लागि नसकेकाले मन्त्रीको नाम पनि पछि टुंगो लगाउने उनले बताए ।

सुदूरपश्चिम प्रदेशमा भीम रावललाई धक्का

१२ भदौं, काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रभावशाली नेता मानिएका भीम रावलको सुदूरपश्चिम प्रदेशसभामा बलियो पकड थियो । रावलको रोजाइअनुसार प्रदेश सरकारमा एमालेका तर्फबाट मन्त्री बन्ने र हट्ने हुन्थ्यो । यसैगरी, एमाले संसदीय दलको जिम्मेवारी बाँडफाँट पनि उनकै चाहना बमोजिम हुँदै आएको थियो ।

अन्तर्राष्ट्रिय

फाइजर र बायोएनटेक खोप बालबालिका दिन अमेरिकी विज्ञको स्वीकृति

१० कात्तिक, न्युयोर्क । अमेरिकी सरकारको एउटा प्यानलले फाइजर र बायोएनटेक खोप ५ देखि ११ वर्षका बालबालिकालाई दिनुपर्ने सिफारिस गरेको छ । अमेरिकाको खाद्य तथा औषधिसम्बन्धी प्रशासन (एफडीए) का विज्ञहरूले हिजो उक्त कदमको समर्थन गरेपछि केही साताभित्रै अनुमति दिने बाटो खुलेको बीबीसीले उल्लेख गरेको छ ।  

​चीनमा ४० लाख जनसंख्या भएको एउटा शहर पुनः लकडाउन

९ कात्तिक, काठमाडौं । चीनमा ४० लाखको जनसंख्या भएको एउटा शहरमा मंगलबार पुनः लकडाउन लागू गरिएको छ । शहरमा कोरोनाको बढ्दो संक्रमणपछि यस्तो कदम उठाइएको हो । त्यहाँका जनतालाई आपतकालीन स्थितिमा मात्रै बाहिर निस्कन अपिल गरिएको छ । यद्यपि, चीनमा संक्रमितको संख्या निकै कम छ तर गाँसू प्रान्तको राजधानी लानजूमा सावधानी स्वरुप लकडाउन लागू गरिएको छ । सोमबार चीनमा २९ नयाँ संक्रमित भेटिएका

​ पाकिस्तानमा एउटै आमाबाट जन्मिएका सात बच्चामध्ये ६ को मृत्यु

९ कात्तिक, काठमाडौं । पाकिस्तानको एबटाबाद शहरमा एकसाथ  जन्मिएका सात बच्चामध्ये ६ को मृत्यु भएको छ । अर्को एउटा बच्चा भेन्टिलेटरमा छन् । अघिल्लो हप्ता एबटाबादको जिन्ना इन्टरनेशनल अस्पतालमा एक महिलाले सात बच्चालाई जन्म दिएकी थिइन् । यीमध्ये पाँच बच्चाको यसै अस्पतालमा र एक बच्चाको अयूब टिचिङ अस्पतालको चिल्ड्रन्स नर्सरीमा मृत्यु भएको थियो । बच्चाका पिता कारी यार मोहम्मदले एउटा बच्चाको जन्मिएको २४ घण्टा पछि नै मृत्यु भएको 

विचार / ब्लग

नारितादेखि काठमाडौंसम्म : नेपाल वायुसेवा निगममा मेरो यात्रा

पुदिनाको चट्नीसॅंग र खुदोसँग कोदाको रोटी खाएको सपना देखिरहेको थिएँ । संगै छोरी सुतेकी थिइन्, म भन्दा पहिले जागेकी रहेछिन् । मेरो कुनै रेस्पन्स नपाएर होला नबुझिने भाषामा बोलाइरहेकी रहिछन् कोट्याउदै बोलाउँदै गर्दा  झल्यास्स जागेँ । छोरीकी मामु चाँजोपाँजो मिलाउँदा मिलाउँदै सुतेको २ घण्टा पनि भएको थिएन । त्यसैले होला अझै मस्त निन्द्रामै थिइन् ।

प्रेमिकाको लिलामी

आउनुस हजुर आउनुस
बजारमा नयाँ अफर आएको छ
अफर सिमित
समयको लागि लाएको छ
आफ्नो लागि आफै
कमाउन सक्ने
दुइचार जनाको हात

सिडियोहरुले के को आधारमा निषेधाज्ञा जारी सम्बन्धी धारणा दिदै हुनुहुन्छ ?

गगन थापा
काठमाडौं उपत्यकाका प्र.जि.अ. हरूले कसैले दशैंसम्म निषेधाज्ञा जारी राख्नुपर्ने र कसैले नाकामा सेना परिचालन गर्नुपर्ने जस्ता धारणा दिएको कुरा सञ्चार माध्यममा आइरहेको छ । सिडियोहरुले के को आधारमा यो धारणा दिदै हुनुहुन्छ ? सरकारले जिल्ला स्तरमा निषेधाज्ञा जारी गर्ने जिम्मेवारी जिल्ला प्रशासन कार्यलयलाई सुम्पिएकाले  सिडियोहरूले पनि यस विषयको जानकार र निर्णय गर्ने आफूनै हो भन्ने ठानेर धारणा राख्नु भएको होला ।
Top