ghaderi
esewa

उत्तर कोरियाली नेता किम रुसमा


Wednesday, 24 Apr, 2019 3:50 PM
११ वैशाख, भ्लादिभोस्तक । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको मैत्रीपूर्ण निमन्त्रणमा उत्तर कोरियाली नेता किम जङ–अन बुधबार सीमा क्षेत्र पार गरी भ्लादिभोस्तक पुगेका छन् । 

राष्ट्रपति पुटिन र नेता किमबीच रूसको सुदूरपूर्वी शहर भ्लादिभोस्तकमा भेटवार्ता हुने क्रेमलिनले यसअघिनै घोषणा गरिसकेको छ । 

यस भेटवार्तामा दुई नेताबीच कोरियाली प्रायःद्वीपमा आणविक निःशस्त्रीकरणका लागि राजनीतिक तथा कुटनीतिक समाधानको पहलका विषयमा छलफल हुने कार्यक्रम तय भएको क्रेमलिनका विदेश नीति हेर्ने युरी उसाकोभले बताएका छन् ।  तर उनले दुई देशको संयुक्त वक्तव्य वा कुनै सम्झौतामा हस्ताक्षर गर्ने कार्यक्रम नरहेको बताए ।

गत फेबु्रअरीमा भियतनामको हनोईमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भएको दोस्रो शिखर बैठकपछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग उत्तर कोरियाली नेता किमको यो पहिलो भेटवार्ता हो ।

किमले बुधबार बिहान सबेरै निजी रेलबाट भ्लादिभोस्तकतर्फ लागेको उत्तर कोरियाली समाचार समिति केसीएनएले जानकारी दिएको थियो ।

किमलाई रुसी सीमा शहर खसानमा स्थानीय नागरिकले परम्परागत शैलीमा भव्य स्वागत गरेको रुसी समाचार समितिले जानकारी दिएको छ । देशमाथि लागेका आर्थिक प्रतिबन्धका कारण सङ्कटमा परेका किमले गत वर्षदेखि कुटनीतिक गतिविधिलाई तिब्रता दिएका छन् । रुसी राष्ट्रपति पुटिनले नेता किमलाई रुस भ्रमणका लागि निम्ता गरेका थिए ।

नेता किमका हजुरबुबा एवं उत्तर कोरियाका संस्थापक किम इल–सुङ र बुबा किम जोङ–इलले पनि विगतमा रुस भ्रमणका क्रममा भ्लादिभोस्तकको भ्रमण गरेका थिए । रुस र चीनको सहयोगमा उत्तर कोरियाली कम्युनिष्टहरुले कोरियालाई जापानको उपनिवेशबाट मुक्त गराएका थिए । 

सोभियत युनियनले उत्तर कोरियाले दक्षिण कोरियासँग सम्बन्ध बढाउन थालेको भन्दै उत्तर कोरियालाई प्रदान गर्ने वार्षिक सहायतामा सन् १९८० को दशकबाटै कटौती गर्न थालेको थियो । तर सन् १९९० को दशकमा सोभियत सङ्घको बिघटनपछि यस्तो सहायता लगभग बन्द भएको थियो ।

विश्व समुदायबाट अलग्गिएको उत्तर कोरियाका धेरै नागरिक रुसका पूर्वी शहरहरुमा रोजगारीका लागि पुग्ने गरेका छन् । 

रुसको राष्ट्रपतिमा पहिलो पटक निर्वाचित भएलगत्तै राष्ट्रपति पुटिनले दुबै देशबीचको सम्बन्धलाई सामान्यीकरण गर्न तत्कालीन उत्तर कोरियाली नेता किम जोङ–इलसँग तीन पटक भेट गरेका थिए । उनीहरुबीचको पहिलो भेट सन् २००० मा उत्तर कोरियाको राजधानी प्योङयाङमा भएको थियो । राष्ट्रपति पुटिन उत्तर कोरिया भ्रमण गर्ने पहिलो रुसी राष्ट्रपति पनि भएका थिए । 

रुसी सहायता रोकिएपछि एक्लो भएको उत्तर कोरियालाई चीनले मद्दत गर्न थालेको थियो । पछिल्ला वर्षहरुमा उत्तर कोरियाको सबैभन्दा ठूलो दाता, व्यापारिक साझेदार र इन्धनको मुख्य आपूर्तिकर्ता चीन नै भएको छ । विश्लेषकहरुले किमले बेइजिङको बढ्दो प्रभावलाई सन्तुलनमा ल्याउने प्रयास थालेका थिए ।

सियोलस्थित उत्तर कोरियाली अध्ययन केन्द्रका विश्लेषक जियोङ योङ–ताईका अनुसार उत्तर कोरियाको जुछे सिद्धान्तमा नै एउटा शक्तिसँग मात्र निर्भर हुनु हुँदैन भनेकाले उत्तर कोरियाले अरु देशसँग सम्बन्ध बढाउनु स्वाभाविक हो ।

नेता किमका बुबा किम जोङ–इलले सन् २०११ मा रुसी राष्ट्रपति डिमित्री मेडभेडेभसँगको भेटवार्तामा रुस र उत्तर कोरियाबीचको सम्बन्ध सुमधुर हुने बताएका थिए । नेता किम जोङ–इलले रुसी राष्ट्रपतिलाई रुसी सहयोग प्राप्त गरे आणविक परीक्षण बन्द गर्ने घोषणा गरेका थिए ।

तर नेता किमको नेतृत्वले मुलुककै शक्तिशाली आणविक परीक्षण गर्नुका साथै अमेरिकी भूमिमा समेत मार हान्न सक्ने उच्च क्षमताका क्षेप्यास्त्र परीक्षण गरेका छन् ।

यसपटक रुसी राष्ट्रपति पुटिन चीनमा आयोजना हुने बिआरआई सहयोगसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिने सिलसिलामा रुसको पूर्वी क्षेत्र भ्लादिभोस्तक आउँदै छन्  । 

सन् २०१८ को मार्च महिनादेखि हालसम्म उत्तरी कोरियाली नेता किमले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग चार पटक, दक्षिण कोरियाका राष्ट्रपति मून जाय–इनसँग तीन पटक, अमेरिकी राष्ट्रपति ट्रम्पसँग दुई पटक र भियतनामका राष्ट्रपतिसँग एक पटक भेटवार्ता गरेका छन् ।


Ruslan

runner bike

ime

citizens bank

राजनीति

प्रकाशमान सिंहको आरोप-वर्तमान सरकार संघीयता असफल बनाउन लागिपरेको छ

१२ जेठ, काठमाडौं। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले वर्तमान सरकार संघीयता असफल बनाउन लागिपरेको आरोप लगाएका छन्। नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर १ द्वारा आयोजित राष्ट्रिय जागरण अभियान कार्यक्रमलाई आइतबार संवोधन गर्दै नेता सिंहले प्रधानमन्त्री केपी ओलीका अभिव्यक्ति संविधानको मर्म र भावना विपरित आउन थालेको उल्लेख गर्दै मुलुकमा संवैधानिक संटक निम्तिन सक्ने दाबी गरे। प्रधानमन्त्रीमा अंहकार र दम्भ बढेको संविधान केही होइन अब म जे बोल्छु त्यही नै सबैले मान्नु पर्छ भन्ने जसरी प्रस्तुत हुनु असोभनीय 

जनताको शिर झुक्ने काम गर्दिन् र गर्न दिन्न : बिष्णु पौडेल

१२ जेठ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका महासचिव बिष्णु पौडेलले आफुले रुपन्देहीका जनताको शिर झुक्ने काम नगर्ने र शिर झुक्ने काम पनि गर्न नदिने बताएका छन् । जिल्लाका अगुवा कार्यकर्ताहरुलाई नेकपाको प्रदेश ५ कार्यालय बुटवलमा सम्बोधन गर्दै महासचिव पौडेलले आफुले नैतिक मर्यादा कानुनी मर्यादा र अभिभारालाई नभुल्ने स्पष्ट पारे । उनले जनताको जगबाट खारिँदै आएको बिष्णु पौडेल जनमतलाई सधैँ सम्मान गर्दै आगाडी बढने बताउँदै प्रयोजित प्रचारबाट बिचलित नहुन कार्यकर्ताहरुलाई आग्रह गरे । बालुवाटार जग्गा प्रकरण पछि पहिलो

समाजवादी पार्टिको चेतावनी-संविधान संशोधन नभए सडकमा जान्छौँ

१२ जेठ, विराटनगर । समाजवादी पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मुलुकमा समानता स्थापना गर्न अझै संघर्ष चाहिने बताएका छन् । संविधानले जातीय र क्षेत्रीय भौगोलिक विविधता समेट्न नसकेको भन्दै उनले संविधानलाई पूर्ण बनाउन संघर्ष गर्नुपर्ने जिकिर गरेका हुन् । समाजवादी पार्टीले विराटनगरमा गरेको प्रादेशिक अभिमुखीकरण कार्यक्रममा बोल्दै उनले मुलुकमा असमानता र विभेद अन्त्य नभएसम्म समृद्धि नआउने दाबी गरे । उनले जनअपेक्षाअनुसार संविधान संशोधन नभए मुलुकका लागि दुर्भाग्य हुने बताए । कार्यक्रममा बोल्दै

अन्तर्राष्ट्रिय

चीनमा कार्गो जहाजमा ग्यास चुहिएर दुर्घटना, मृतकको संख्या १० पुग्यो

१२ जेठ, जिनान । चीनको शानदोङ प्रान्तको लोङयान बन्दरगाहमा शनिबार एउटा सामान बोक्ने पानीजहाजबाट कार्बन डाइअक्साइड ग्यास चुहिएका कारण दश जनाको मृत्यु भएको छ । स्थानीय अधिकारीहरुका अनुसार फुजियान सिपिङ कम्पनीको जहाज मर्मतका क्रममा ग्यास चुहिएको हो । उक्त दुर्घटनामा अरु १९ जना घाइते भएका छन् । घाइतेको स्थानीय अस्पतालहरुमा उपचार भइरहेको र उनीहरुको स्वास्थ्य अवस्था स्थिर रहेको छ । ग्यास चुहिएको सम्बन्धमा जिम्मेवार केही व्यक्तिलाई प्रहरीले गिरफ्तार गरेको छ । उक्त घटनाका बारेमा अनुसन्धान 

मतदातासँग मोदीको प्रतिज्ञा : खराब नियतले केही पनि गर्ने छैन

१० जेठ, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफूलाई थप पाँच वर्षको कार्यकालका निम्ति ‘ऐतिहासिक जनादेश’ दिएको भन्दै भारतीय जनतालाई धन्यवाद भनेका छन् । बिहीवार साँझ दिल्लीस्थित पार्टी मुख्यालयमा प्रवेश गर्दा उनलाई समर्थकहरूले गुलाफको फूल वर्षाएर स्वागत गरेका थिए । ‘हामी सबै एक नयाँ भारत चाहन्छौँ । म नतमस्तक भई धन्यवाद भन्न चाहन्छु,’ भारतीय जनता पार्टी (भाजपा) का समर्थकहरूलाई सम्बोधन गर्दै उनले भने । ‘आउने दिनहरूमा म नराम्रो अभिप्राय वा उद्देश्यले कुनै काम गर्नेछैन । काम गर्दैगर्दा गल्ती पनि हुन 

​अमेठीमा राहुल गान्धी पतनको संकेत, मतान्तर बढाउँदै स्मृति इरानी

९ जेठ, काठमाडौं । रोमाञ्चक प्रतिस्पर्धा भइरहेको अमेठी सिट राहुल गान्धीका लागि खतरामा परेको छ । अमेठीको सुरुवाति मतगणनादेखि राहुल पछि परेका छन् । राहुलले केहीबेर अग्रता लिएपनि भाजपा उम्मेदवार तथा केन्द्रीय मन्त्री स्मृति इरानीले उनलाई फेरि पछि पारेकी छन् । 

विचार / ब्लग

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 

अनशनको शक्ति जुटाउने सन्त चिकित्सक

► अतृप्त
प्राध्यापक डाक्टर गोबिन्द के.सी. को पन्ध्रौँ अनशन शृंखला भर्खरै अन्त्य भएको छ । जोरजुलूम गर्दा पनि पार नलागेपछि देशकै कार्यकारी प्रमुखको प्रत्यक्ष निगरानीमा पछिल्लो अनशन शृंखला सताइसौं दिनमा आएर टुङ्गोमा पुग्यो । बितेका ६ बर्षमा सन्त चिकित्सकका अनशन शृंखलाले राजधानी काठमाडौंदेखि मोफसलमा अवस्थित जुम्लासम्मको अविस्मरणीय यात्रा तय गरेका छन् । डा. के.सी. को निराहार यात्रा भोग्नेलाईभन्दा देख्नेलाई पट्यारलाग्दो प्रतित हुन्छ । 
Top