जीवनमा हरेस र चरेश खानु हुदैनः किरण अधिकारी


Monday, 26 Oct, 2015 3:08 PM
किरण अधिकारी नुवाकोटको तुप्चेमा जन्मेका हुन् । सानैदेखि गीतसंगीत भनेपछि हुरुक्क हुने उनको रहर बल्ल पुरा हुदै छ। दशैँ पछी उनको संगीतमा रोईला गीति एल्बम बजारमा आउदैछ । त्यसैको तयारीमा उनि अहिले व्यस्त छन । उनि हाल रास्ट्रीय लोक तथा दोहोरि गित प्रतिस्ठान बागमती अंचलको अध्यक्ष, एभरेस्ट नेपाल कल्चरल ग्रुपको निर्देशक ,वर्ल्ड एसोसियसन अफ प्रफमिंग आर्ट्सको नेपाल सेक्सनको उपाध्यक्ष,नेपाल सास्कृतिक संघ नुवाकोटको महाधिबेशन प्रतिनिधि ,नेपाल प्रेस युनियन नुवाकोटको अध्यक्ष लगायत धेरै संघ सस्थामा आबद्द छन् ।  प्रस्तुत छ उनै अधिकारीसंग गरिएको भालाकुसारीः 

के गर्दै हुनुहुन्छ ? 
म अहिले पत्रकारितामा नै व्यस्त छु ,साथै दशैको अबसरमा जिल्लामा हुने कार्यक्रममा सहभागी भईरहेको छु । त्यसको अलावा मेरो र पुस्कर अर्यालको संयुक्त प्रस्तुति रहेको रोइला गीति एल्बम बजारमा ल्याउने तरखरमा छु । 

कहिले सम्म आउछ एल्बम ?
अब थोरै मात्र काम बाकि छ । रेकर्ड गर्ने कार्य सकिएको छ । जसमा स्वर कृस्न रेउले ,सम्झना लामिछाने मगर , शब्द कमला क्षेत्रि अनि लय मेरो आफ्नै रहेको छ । देशमा उत्पन्न भएको विषम परिस्थितिले गर्दा ढिला हुन पुगेको हो दशैँ पछी बजारमा आउछ । 

गित कस्तो छ ?
गित समय सापेक्ष छ अनि देशको समय अनुसारको छ  । रोईला गित हो अत्यन्त रमाइलो खालको छ  । 

के देखेर लाग्नु भयो गायन यात्रामा ?
सबै को आ आफ्नो रुची हुन्छ त्यहि अनुसार मेरो पनि रुची थियो । तर रहर गरेर मात्र हुदो रहेनछ समय पनि आउन पर्ने रहेछ बल्ल आयो । फेरी पत्रकारिता पनि एक किसिमको कलाकारिता नै हो र यो पेसाले पनि सहयोग गर्यो अनि सानैदेखिको ईच्छा पुरा गर्न यो क्षेत्रमा लागेको हु । 



आगामी योजना के छ ?
पत्रकारितामा अझै धेरै काम गर्ने अनि नया नया कलाकारको खोजि गर्ने नेपाली गीत संगीतमा नया गीत बजारमा ल्याउने एउटा सफल कलाकार बन्ने । 

लोक संगीतमा बिकृति आयो भन्छन् नि ?
आको नै हो मेरो बिचारमा पनि तर यसो हुनु राम्रो होइन नेपाली लोक गीत संगीत भनेको नेपाली समाज सापक्ष्य हुनुप र्छ । तर यसरी संगितमा विकृति अगाडी बढ्दै जाने हो भने लोकसंगीत भोलि गएर ईतिहासमा सिमित हुन्छ । 

बिकृति रोक्न के गर्न पर्ला ?
यो बिकृति रोक्न सबप्रथम त सष्ठा सर्जकले नै सोचेर गीतसंगीत बजारमा ल्याउन पर्छ । अनि यो कुरामा नेपाल सरकारले लोक संगीत बिकास बोर्ड स्थापना गर्नुपर्छ । 

पछिल्लो एल्बमबाट कतिको आशाबादी हुनुहुन्छ ?
संगीत क्षेत्रमा लागेपछि यो मेरो नया र पहिलो एल्बम हो ,यसमा मेरा मित्र पुस्कर अर्यालले साथ दिनु  भएको छ । गित अत्यन्त राम्रो भएको छ यो एल्बमबाट अत्यन्तै आशाबादी छु । 

धेरै क्षेत्रमा हुनुहुन्छ कसरि मिलाउनु हुन्छ समय ?
हेर्नुहोस काम गर्न इच्छा हुनुपर्छ समय मिलाउन सकिन्छ । काम गर्न जागर हुनुपर्छ समय भनेको मिल्छ । 

अलि फरक प्रसंगमा कुरा गरौ ,मोफसलमा काम गर्न कतिको गाह्रो हुन्छ ?
मोफसलमा अत्यन्तै गार्हो छ किनकि सिमित स्रोत साधनको प्रयोग गरेर गर्नुपर्छ साथै प्रतिस्पर्धा गरेर अगाडी बढ्न गाह्रो छ । 

कत्तिको सजिलो हुन्छ त्यस्तो नया काम गर्दा ?
काम गर्दा कुनै पनि सजिलो हुदैन अनि हल्का पनि ,खट्नुपर्छ सफल होइन्छ अनि अर्को कुरा सबै काममा सफल होइन्छ भन्ने हैन असफल पनि भईन्छ तर हरेश खानु हुदैन । 
 


global ime

runner bike

https://esewa.com.np/#/home

राजनीति

लकडाउनको पालना गर्न र गम्भीर हुन भारतीय प्रधानमन्त्रीको आग्रह

१० चैत, काठमाडौँ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफ्ना नागरिकलाई लकडाउनको पालना गर्न आग्रह गरेका छन् ।  मोदीले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘लकडाउनलाई कतिले अझै पनि गम्भीरतापूर्वक लिइरहेका छैनन् । कृपा गरेर आफूले आफैलाई बचाउनुस्, आफ्नो परिवारलाई बचाउनुस् र निर्देशनलाई

गगन थापाको प्रस्ताव सांसदको १ महिनाको तलब जम्मा गरौं

१० चैत, काठमाडौँ ।
नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले सरकारको कोरोना कोषमा  प्रत्येक सांसदको १ महिनाको तलब जम्मा गर्ने प्रस्ताव गरेका छन् । सामाजिक सञ्जाल मार्फत उनले भनेका छन्   "जसले जहाँबाट जति सक्छौं यो कोषमा सहयोग गरौं र विपदमा श्रोत जुटाउन साथमा छौं भनेर सरकारलाई

देशलाई तुरुन्त लकडाउन गर्न काँग्रेस नेताको माग

१० चैत, काठमाडौँ ।
नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले मुलुकमा तुरुन्त लकडाउन गर्न सरकारसँग माग गरेका छन् । सामाजिक सञ्जाल मार्फत डा कोइरालाले भारतबाट आउने मानिसको लर्कोले कोरोना पनि सँगसँगैं ल्याउन सक्ने भन्दै तुरुन्त लकडाउन गर्नुपर्ने बताएका हुन् । नेता शेखरले विस्वव्यापी रुपमा

अन्तर्राष्ट्रिय

चीनमा २ हजार ४ सय मात्र कोरोना संक्रमित, ७६ हजार २ सय निको भए, जनजीवन सामान्य बन्दै

एजेन्सी । चीनमा कोरोना भाइरसका संक्रमित जम्मा २ हजार ४ मात्र रहेका छन् । ७६ हजार २ सय ३८ जना उपचारपछि घर फर्किएका छन् । ४ सय ६६ जना संक्रमित गम्भीर अवस्थामा रहेका छन् । चीनमा ८१ हजार ५ सय ५४ जना संक्रमित भएकामा ३ हजार ३ सय १२ जनाले ज्यान गुमाएका छन् ।यी बिरामी पनि धेरै विदेशमा संक्रमित भएका वा विदेशबाट आएर चीनमा नयाँ संक्रमण देखिएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् । चीनमा नयाँ बिरामी नदेखिए पनि विदेशमा 

कोरोनाका कारण युरोपकै सबैभन्दा कम उमेरका किशोरको पोर्चुगलमा निधन

१७ चैत काठमाडौ । कोरोना भाइरसका कारण युरोपमै सबैभन्दा कम उमेरका १४ वर्षीय एक किशोर भिक्टर राफेल बास्टोस गोडिन्होको पोर्चुगलमा ज्यान गएको छ।  दक्षिणी पोर्टोको ओभर शहरका यी किशोरको  सान्टा मारिया डे फेइरास्थित साओ सेबास्टिओ अस्पतालमा निधन भएको स्थानीय पत्रपत्रिकाले जनाएका छन्। उनको निधन आइतबार भएको थियो। उनी फुटसलका उदयमान खेलाडी भएको बताइन्छ। पोर्चुगाली फुटबल संघले पनि उनको निधनमा संवेदना जनाएको छ। 

देशबासीलाई बेलायती प्रधानमन्त्रीको पत्र– कोरानाका कारण अवस्था थप खराब बन्न सक्छ

१६ चैत, काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण उत्पन्न पस्थिति सुधार हुनुको साटो झन खराब बन्दै जाने जोखिम रहेको बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले बताएका छन् । सेल्फ आइसोलेसनमा रहेका प्रधानमन्त्री जोन्सनले बेलायती नागरिकको नाममा जारी गरेको पत्रमा आउँदा दिनमा अवस्था थप भयावह बन्न सक्ने चेतावनी दिइएको हो । प्रधानमन्त्री जोन्सनको पत्र हरेक बेलायतीको घरमा पठाईँदै छ ।

विचार / ब्लग

महान क्रान्तिकारी आमा र सासुआमा

- सुदिप रेग्मी
दुई दशकलाई नियाल्दा नेपाली समाजमा धेरै परिवर्तन आए ।विश्वव्यापीकरणको प्रभाव र बढ्दो आधुनिकिकरणले नेपाली जनजीवन परिवर्तन भयो । खासगरी नेपाली युवाहरूको बढ्दो वैदेशिक यात्राले नेपालीहरूको जनजीवन परिवर्तन गर्न उल्लेख्य भूमिका निर्वाह गर्‍यो । स्वदेशमै रहेका युवाहरू शहर केन्द्रित भए ।

सी चिनफिङ भन्छन् -हिमालय वारिपारिको मैत्रीलाई नयाँ उचाइमा पुर्याऔँ

सी चिनफिङ
राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको निमन्त्रणामा म छिटै चीनको मैत्रीपूर्ण छिमेकी देश नेपालको राजकीय भ्रमण गर्दैछु । मैले नेपालको भ्रमण गर्न लागेको यो पहिलोपटक हो, तथापि मलाई नेपाल अपरिचित भने लाग्दैन । नेपालमा शानदार पहाड र नदीहरू छन्, विशिष्ट संस्कृति पनि छ । त्यसैले म नेपालको भ्रमण गर्न धेरै पहिलेदेखि लालायित थिएँ । मैले चीनको भ्रमण गर्नुभएका धेरै नेपाली नेताहरूसँग धेरैपटक भेटवार्ता गरेको छु र उहाँहरूसँग गहिरो मित्रता पनि गाँसेको छु ।

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 
Top