siddhartha

चुम्बन गर्नुस् तनाव भगाउनुस्


Friday, 1 Sep, 2017 7:25 AM

आदिमकालदेखि नै मानव समाजमा प्रेमपूर्ण व्यवहारलाई महत्वपूर्ण मान्ने गरिएको छ। समाजशास्त्रीहरुले यसलाई मानिसको तीन मूलभूत आवश्यकतामध्ये एक मानेका छन् ।

हालै रोमान्टिक पार्टनर्सबीच हुने चम्बनमाथि एउटा शोध भएको थियो । जसमा चुम्बनको माध्यमबाट व्यक्त गरिने भावनाको असर दुवैमा सकारात्मक ढंगले पर्ने पाइएको छ। त्यसैले तनावमा भएको अवस्थामा आफ्नो पार्टनरको चुम्बन लिएर समस्या समाधान गर्न सकिने अध्ययनको ठहर छ ।

एरिजोना स्टेट अमेरिकाका कोरी फ्लायड र उनका सहयोगीहरुले शोध अध्ययनलाई दुई पार्टनरबीच चुम्बनको फ्रीक्वेन्सी र तनाव कम हुनेमा केन्द्रित राखेका थिए । अध्ययनमा विवाहित एवं एकसाथ रहेका जोडीलाई सहभागी गराइएको थियो । उनीहरुलाई ६ सातासम्म आफ्नो पार्टनरलाई सामान्यभन्दा अधिक चुम्बन गर्न भनिएको थियो ।

६ हप्तापछि जुन जोडीले सामान्यभन्दा अधिक पटक लामो समयसम्म चुम्बन गरे, उनीहरुको रगतमा कोलेस्ट्रोलको मात्रा कम पाइएयो । उनीहरुले आफ्नो सम्बन्धमा अधिक सन्तुष्टिको अनुभव गरे । उनीहरुको तनाव पनि कम भयो ।

शोधका अनुसार चुम्बनले कुनै पनि रिलेशनसिपलाई सुदृढ गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्दछ । अनौठो कुरा त रगतमा कोलेस्ट्रोलको काम कम भयो, जुन कि शारीरिक स्वास्थ्यको स्तर दर्शाउने एउटा महत्वपूर्ण इन्डिकेटर हो । धेरै विशेषज्ञहरुले कोलेस्ट्रोल नियन्त्रण गर्न डाइट र शारीरिक व्यायम गर्न कयौ प्रकारका सल्लाह दिने गर्दछन् । चुम्बन यो सबैको तुलनामा अधिक महत्वपूर्ण र सहज तरिका भएको विशेषज्ञहरुको भनाइ छ। एजेन्सी
 


Ruslan

jagadamba srawan 18

paicho

bussewa

राजनीति

​चौतर्फी घेराबन्दीमा पनि एमालेको नतिजा सन्तोषजनकः नेता खनाल

८ असोज, भक्तपुर । नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले एमालेलाई चौतर्फी घेराबन्दीमा पारे पनि २ नं प्रदेशको स्थानीय तहको निर्वाचनमा एमालेले सन्तोषजनक नतिजा हासिल गरेको बताए । 

​महोत्तरीमा मतगणना सकियो, राजपा पहिलो

८ असोज, महोत्तरी । महोत्तरी जिल्लाको १५ वटै स्थानीय तहको मतगणना सकिएको छ । यस जिल्लामा स्थानीय तह निर्वाचनमा राजपा नेपालले सात स्थान हासिल गर्दै पहिलो भएको मुख्य निर्वाचन अधिकृत किरणकुमार पोखरेलले बताए । 

राजपा सहमहामन्त्री मिर्जा एमाले प्रवेश, मधेसमा जनमत बढेको ओलीको दावी

८ असोज, काठमाडौं । २ नम्बर प्रदेशको स्थानीय तह चुनावमा दोस्रो पार्टी बन्न प्रयासरत राजपाका सहमहामन्त्री मिर्जा अल्साद बेग एमालेमा प्रवेश गरेका छन् । एमाले केन्द्रीय कमिटी बैठक चलिरहेका बेला आइबार केन्द्रीय कार्यालय धुम्बाराहीमै बेग आफ्ना सहयोगी सहित एमाले प्रवेश गरेका हुन् ।

अन्तर्राष्ट्रिय

रहिनन् संसारकै धनी महिला

सौन्दर्य प्रसाधन बनाउने कम्पनी फ्रान्सीसी कम्पनी लरियलकी उत्तराधिकारी ललियन बेटनकोर्टको ९४ वर्षको उमेरमा निधन भएको छ । बेटनकोर्टको परिवारले यसको पुष्टि गरेको छ। लिलियन बेटनकोर्ट संसारको सबैभन्दा धनी महिला हुन् । सन् २०१७ मा उनको कुल सम्पत्ति ३३ बिलियन युरो आँकलन गरिएको थियो ।

मेक्सिकोमा भूकम्पमा परेर मर्नेको संख्या २ सय ४८ पुग्यो

मेक्सिको । मेक्सिकोमा मङ्गलबार राति गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या २४८ पुगेको समाचार छ । भूकम्पको मापन ७.१ म्याग्निच्युडको गरिएको अमेरिकी भौगार्भिक संस्थाले जनाएको छ । य

प्युर्टो रिकोमा ३५ लाख नागरिक बिजुली र पानीबिना अन्धकारमा

चक्रवातीय आँधी मारियाले क्यारेवयन टापु प्यूर्टो रिकोमा गम्भीर असर पारेको छ। आपतकालीन सेवासँग सम्बन्धित अधिकारीहरुले टापुमा बिजुली आपुर्तिसमेत बन्द भएको बताएका छन् ।

विचार / ब्लग

पूर्वनिर्वाचन आयुक्त गुरुङ भन्छन् – मधेशमा उमेद्वारले फकाउँछन्, धक्याउँछन, नमाने दन्काउँछन्

पहिले उनीहरुले फकाउँछन्, बोलाउँछन्, धम्क्याउँछन्, अनि तर्साउँछन्, भएन भने दन्काउँछन् । संविधानसभा निर्वाचनमा पनि जनकपुरमा ठूला–ठूला गेटहरु बनाए । त्यतिबेला आयोगले सारा गेटहरु भत्काइ दियो ।  दण्ड–जरिवाना गरियो । मोटरहरु ‘सिज’ गर्ने काम भयो । अब उनीहरुले खुल्लमखुल्ला आचारसंहिताको उल्लंघन गरिसकेका छन् । सबैको अगाडि, आफ्नै नाकमुनि त्यस्तो हर्कत हुँदा पनि मुख्य निर्वाचन अधिकृतले के ग-यो ? 

मैले आफैँ बलात्कार भएको मोबाइलमा रेकर्ड गरेँ

यो समयमा यस्तो लाग्थ्यो कि म एक ल्याबका लागि प्रयोग हुने मुसा हुँ । म गन्न सक्दिन, कतिपटक मैले डाक्टरलाई बलात्कारको कुरा भनेँ । एक पटक उनले बलात्कारको अन्तरंग विवरण नै मागे । उनले सोधे, ‘उसले तिम्रो स्कर्ट माथि सार्यो वा तल तान्यो । उसले यो साइडमा घोच्यो वा त्यो साइडमा ? मलाई यी प्रश्नहरुको आशा थिएन । म पागलजस्तै रोएकी थिएँ । 

के हाम्रो बुद्धि घुच्चुकमै छ ?

म पुरुषहरुमाथि मात्रै होइन, मैमाथि (अर्थात् महिलामाथि) प्रश्न गर्छु आजकाल । म मान्दछु, पुरुषप्रधान देशमा महिलामाथि ‘कथित पुरुषत्व’ लादिएको छ । तर म मान्दिन, एउटी महिलाले अर्की महिलामाथि ‘कथित नारित्व’ लादेकी छैन । 
Top