प्रचण्डको नेतृत्वमा बसेको बैठकद्वारा गठित एमसिसी कार्यदललाई ओलीले भने ‘फाल्तू’


Friday, 14 Feb, 2020 11:23 AM
२ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी ओलीले अमेरिकी परियोजना एमसिसीबारे बुझ्न गठन गरेको कार्यदललाई ‘फाल्तु’ र ‘अनावश्यक’ भनेका छन्। एमसिसी पारित नगर्नका लागि ध्यानाकर्षण गराउन गएको नेकपा माले क्रान्तीकारी र माओवादी सहितको ९ दलीय टोलीसँग कुराकानी गर्दै प्रधानमन्त्री ओलीले कार्यदल असान्दर्भिक समेत रहेको बताए।

‘हामीले त प्रधानमन्त्री एमसिसीको पक्षमा १ सय १० प्रतिशत प्रतिबद्ध रहेको पायौ,’ प्रधानमन्त्रीको भनाई उदृत गर्दै नेकपा मालेका महासचिव सिपी मैनालीले भने, ‘आफ्नै पार्टीले बनाएको कार्यदललाई समेत उहाँले खिल्ली उडाउने र फाल्तु भन्ने काम गर्नुभयो। उहाँले अमेरीकी रणनीति र राजनीतिलाई भन्दा पनि पैसालाई महत्व दिएको हामीले पाएका छौं।’

केहि दिनअघि प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्रीले नबुझेका कुरालाई स्पष्ट पार्नका लागि मात्रै कार्यदल बनाइएको धारणा राखेको क्रान्तीकारी माओवादीका नेता सिपी गजुरेलले बताए। भेटमा प्रधानमन्त्रीले सन् २०१७ मा सम्झौता गर्ने अनि अढाई बर्ष पछि सन् २०२० मा कार्यदल गठन गर्नुको कुनै औचित्य नरहेको धारणा राखेको समेत गजुरेलले बताए।

एमसिसी इण्डोप्यासिफिक रणनीतिको अंग भए÷नभएको विषयमा अध्ययन गर्न पूर्वप्रधानमन्त्री एवम् नेकपा वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा माघ १९ गते तीन सदस्यीय कार्यदल गठन भएको थियो। कार्यदलमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र स्थायी समिति सदस्य भीम रावल सदस्य छन्। कार्यदललाई १० दिनको समय दिइएको थियो। १० दिनमा काम नसकेपछि खनालले थप १० दिन म्याद थप्नुपर्ने बताएका छन्। 


global ime

runner bike

https://www.ctznbank.com/

राजनीति

प्रधानमन्त्रीले बोलाएको बैठकमा देउवाले दिए यस्ता सुझाव

२०  साउन, काठमाडौँ । 
प्रधानमन्त्री केपीशर्मा ओलीले बालुवाटारमा मंगलबार राखेको बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले  कोरोनाभाइरस महामारीबारे अहिलेसम्म भएका कमीकमजोरी सरकारले समीक्षा गर्नुपर्ने बताएका छन् ।  कोरोना संक्रमित बढेपछि प्रधानमन्त्रीले दलका नेताहरू तथा विज्ञसँग गरेको कुराकानीमा  कांग्रेस सभापति देउवाले स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितता ढाकछोप नगरी छानविन गरेर कारबाही गर्न माग गरे ।

मिर्गौला प्रत्यारोपणपछि पहिलोपटक बालकोट घर पुगे ओली

१९ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली दोस्रोपटक गरिएको मिर्गौला प्रत्यारोपणपछि पहिलोपटक भक्तपुरको बालकोटस्थित निवास पुगेका छन्।प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री मिर्गौला प्रत्यारोपणपछि पहिलोपटक बालकोट गएको जानकारी दिएका हुन्।

​सचिवालयबाट सहमति खोजौँः ओली, स्थायी कमिटी अलपत्र पारेर सचिवालयमा जान सकिन्नः प्रचण्ड

१९ साउन, काठमाडौं । सत्तारुढ नेकपा पार्टी भित्रको विवादको समाधान खोज्न निरन्तर असफल हुँदै आएको छ। सोमबार बालुवाटारमा भएको भेटमा पनि आ–आफ्ना अडान राखेपछि अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहमतिमा पुगन सकेनन्।

अन्तर्राष्ट्रिय

जम्मु र कस्मिरसहितको भूभाग समेटेर पाकिस्तानले जारी गर्‍यो नयाँ नक्सा

२१ साउन, काठमाडौं । पाकिस्तानले भारतीय नियन्त्रणमा रहेका जम्मु र कस्मिरसहितका क्षेत्रलाई समेटेर नयाँ नक्सा जारी गरेको छ। भारतसँग विवादमा रहेका जम्मु, काश्मिर र गुजरातको जुनागढ क्षेत्र समेत समेटेर पाकिस्तानी प्रधानमन्त्री इमरान खानले आफ्नो मुलुकको नयाँ नक्सा जारी गरेका हुन्।

लेबनानमा नाइट्रेट भण्डारमा भयंकर विस्फोट, कम्तीमा ७८ जनाको मृत्यु, चार हजार बढि घाइते

२१ साउन, काठमाडौं । लेबनानको राजधानी बेरुतस्थित एक गोदाममा बुधबार ठूलो विस्फोट हुँदा कम्तीमा ७८ जनाको मृत्यु भएको छ। सयौं घाइते भएका छन्। लेबनानका स्वास्थ्यमन्त्रीले अहिलेसम्म ७० जनाको मृत्यु पुष्टि गरेका छन्। झन्डै चार हजार बढि मानिस घाइते भएको उनले बताएका छन्। लेबनानाका प्रधानमन्त्री हसन दिआबले बुधबार राष्ट्रिय शोक घोषणा गरेका छन्।

भारतको उत्तर प्रदेशमा कोरोनाबाट मन्त्रीको मृत्यु

१८ साउन, काठमाडौँ ।
भारतको उत्तर प्रदेशकमा क्याबिनेट मन्त्री कमला रानी वरुणको कोरोना भाइरस संक्रमणको कारण मृत्यु भएको छ । उनी गत जुलाई १८ मा कोरोना भाइरसबाट संक्रमित भएकी थिइन् । संक्रमण भएपछि उनलाई उपचारको लागि लखनऊको एसजीपीजीआई अस्पतालमा भर्ना गरिएको थियो । उनको आइतबार बिहान मृत्यु भएको हो । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले मन्त्री कमला रानीको निधनमा दुःख व्यक्त गर्दै आइतबार आयोध्या

विचार / ब्लग

यो जन्म तिमीमा समर्पित

मेरो यो अमूल्य जीवनका 
लागि
तिमीले आफ्नो जीवनको ख्याल 
राखेनौ।
मेरो आगमनको खुसी सँगै 
तिमीले आफ्नो सबै पीडा भुलायौ 

राष्ट्रिय धान दिवस र यसको शास्त्रीय महत्त्व

-प.ज्यो.बिष्णु प्रसाद उपाध्याय
नेपालको अर्थतन्त्रमा कृषिको योगदान ठूलो रहेको छ। हाम्रो जस्तो मुलुकले बढदो व्यापार घाटा न्युनीकरण गर्ने हो भने कृषि जन्य उत्पादन बढाउनै पर्छ । यसको विकल्प छैन। सोही कारण  किसानको मनोबल उच्च राख्न र उनिहरुको श्रमको सम्मान गर्ने उदेश्यले कृषि तथा सहकारी मन्त्रालयले मुलुकभरी असार १५ गतेलाई राष्ट्रिय धान दिवसका रुपमा २०६१ साल देखि  अनवरत रुपमा मनाउँदै आएको छ। जुन सराहनीय छ। यसो भनी रहदा यहाँ भन्दा

कोरानाको चेपुवामा नेपालको अर्थतन्त्र : चाल्नुपर्ने कदम

आज विश्व जगत नोवल कोरोना नामक भाइरसबाट आक्रान्त बन्दै गएको छ ।यसको फैलदों गतिलाई दृष्टिगत गर्दा समयमा नियन्त्रणको प्रभावकारी उपाय पत्ता लगाउन नसकेमा विश्वव्यापी रुपमा एक करोडको हाराहारीमा  मानिसहरु यसबाट सङ्क्रमित हुने र  नियन्त्रणको प्रयास गर्दा गर्दै पनि ५ लाखको संख्यामा व्यक्तिले ज्यान गुमाउन सक्ने सम्भावना देखिन्छ । विश्वका शक्तिशाली देशहरु समेत यस भाइरसका सामु आत्मसमर्पण गर्न वाध्य भएका घटनाले गर्दा नेपाल जस्ता सानो अर्थतन्त्र र अल्पविकसित
Top