kantipur mall

जन्मदिनमा प्रधानमन्त्री ओलीको अन्तर्वार्ता : म न बहादुर हुँ, न त कायर, घमण्डी पनि होइन


Saturday, 23 Feb, 2019 1:52 PM
११ फागुन, काठमाडौं । तेह्रथुमको इवामा बिसं २००८ फागुन ११ मा जन्मेका प्रधानमन्त्री केपी शर्मा ओलीको आज  (शनिबार) जन्मदिन हो। उनी आज ६८ औँ बर्षमा प्रवेश गरेका छन्। बिसं २०२८–२९ को झापा संघर्षमा सहभागी, १४ बर्ष जेलजीवन, ०६४ को संविधान सभा निर्वाचनबाहेक ०४८ यताका सबै निर्वाचनहरुमा झापाबाट विजयी, मनमोहन अधिकारीको प्रधानमन्त्रित्वको सरकार (२०५१–०५२) मा गृहमन्त्री, ०६३ मा उपप्रधान र परराष्ट्रमन्त्री, अनि २०७२–०७३ र अहिले गरी दुई पटक प्रधानमन्त्री बने। नेकपाको अध्यक्ष, नेकपा बन्नुअघि तत्कालिन एमालेको अध्यक्ष। यसबाहेक प्रधानमन्त्री केपी शर्मा ओलीको राजनीतिक विगतबारे सायद धेरैलाई उतिसाह्रो जानकारी छैन। तेह्रथुममा जन्मेका ओली कसरी झापाली हुन पुगे, पक्राउ परेका झापा आन्दोलनकारीलाई तत्कालिन सत्ताले धमाधम हत्या गरिरहेका बेला मोहनचन्द्र अधिकारीसँगै रौतहटमा पक्राउ परेका ओली के कसरी बाँच्न सफल भए ? उनको जेल जीवन कसरी बित्यो र, १४ बर्ष जेलमा बिताएर उनी कसरी रिहा भए ? आफ्नो राजनीतिक जीवनको यिनै आरोह–अवरोहका बारेमा प्रधानमन्त्री ओली आफैले हालसालै खुलाशा गरेका छन्। प्रस्तुत छ– प्रधानमन्त्री ओलीको सचिवालयले उपलब्ध गराएको सो कुराकानीको सम्पादित अंशः


♦ तेह्रथुममा तपाईं जन्मँदाको परिवेश कस्तो थियो ? तेह्रथुमबाट कसरी झापा सर्नु भयो ?
म तेह्रथुमको एउटा सामान्य परिवारमा जन्मेको हुँ। खान लगाउन नपुग्ने हैन र फालाफाल हुने वा अरुलाई शोषण गर्न सक्ने तहको शोषणकारी पनि होइन। आफै श्रम गरेर, आफै जीविका चलाउने सामान्य परिवारमा जन्मिएँ। ३ बर्ष पूरा भएर २–३ महिना मात्रै भएको थिएँ, आमाको निधन भयो। मलाई परेको एउटा ठूलो मानसिक झट्का, धक्का थियो त्यो। त्यो पीडा, वेदना सहन धेरै गाह्रो भयो। अझै पनि म सम्झन्छु, कति गाह्रो भएको थियो भन्ने। तर त्यो सम्झिरहेर मात्रपनि जिन्दगी चलेन। तर मैले त्यो घटना कहिल्यै बिर्सन सकिनँ।

म बढ्दै, हुर्किंदै गएँ, स्कुल भर्ना भएँ। नजिकै थियो भन्नुपर्छ स्कूल। ४ बर्षको हुने बेलादेखि नै म स्कूल जान थालेँ। तर म एक्लै जाँदैनथेँ। घरका म भन्दा ठूला मान्छे वा साथीहरुले पु¥याइदिन्थे। त्यसबेलादेखि म पढ्न र घरका मसिना कामहरु गर्न थालेँ। हाम्रो परिवारमा त्यसबेला अरु कोही पनि छोराछोरी थिएनन्। म मात्रै थिएँ। ९आमा बितेपछि० हजुरआमा मात्र रहनु भयो। त्यस्तो अवस्थामा हजुरआमाले बढारेको देखेपछि मलाई पनि बढार्नुपर्छ भन्ने लाग्यो। मैले त्यही सिकेँ। उहाँले घर पोतेको देखेपछि घर पोत्नुपर्छ भन्ने लाग्यो। अनि पोत्न सिकेँ, घर लिपेँ। भाँडा माझेको देखेपछि मलाई पनि भाँडा माझ्न हुन्छ भन्ने भयो। गर्दागर्दै मैले हजुरआमाले गर्ने घरायसी सबै कामहरु सिकेँ।

८ बर्षको उमेरमा ब्रतबन्ध भयो। त्यसबेला ब्रतबन्ध नगरेको मानिसले चुलो छुन नहुने। ब्रतबन्ध भएपछि मैले पनि चुलो छुन पाउने भएँ। आगो कम बलेका बेला आगो फुक्न पाउने भएँ। ब्रतबन्ध भएपछि मैले खाना पकाउन पनि सिकेँ। खाना पकाउने, भाँडा माझ्ने, तरकारी काट्ने, मसला पिन्ने, धागो काट्ने जस्ता कामहरु मैले सिकेँ। मलाई घरका कामहरू गर्न एकदम आनन्द आउँथ्यो। र, पढ्न पनि आनन्द लाग्थ्यो।

म जुनसुकै काम पनि आनन्दले गर्थेँ। श्रम गर्नु नराम्रो हो वा श्रमलाई घृणा गर्ने भावना कहिल्यै भएन। मैले नसक्ने, थकित हुने वा बढी बोझ पर्नेगरी काम गरेको भए सायद कामप्रति घृणा हुन्थ्यो होला। मलाई त्यस्तो बोझ पर्ने गरी काम गर्नु परेन। आनन्दकै सीमासम्म मैले काम गरेँ। मलाई हल्का थकाई लाग्नेसम्म आनन्द आउँछ। र, हल्का थकाई लाग्नेसम्मकै कामहरु गर्थेँ म।

बुबा घरमा हुनुहुन्थ्यो। मैले खुसीसाथ घरायसी कामहरु सिक्दै गएँ। ०७ सम्म गाउँमा स्कूलहरु थिएनन्। त्यही बेलातिर ‘हिउँदे स्कूल’ भनेर आवधिक स्कुलहरु चलाउन थालिएको थियो। एक ठाउँमा विद्यार्थी जम्मा गरेर स्कुल चलाउने, जहाँ गणित, ज्योतिष, रुद्री, चन्डी र संस्कृत पढ्ने गरिन्थ्यो। मेरो बुबाले नजिकै त्यही स्कुल खोलेर सञ्चालन गर्नु भएको थियो। म जन्मँदा पनि बुबा घरमा होइन, स्कुलमै हुनुहुन्थ्यो।

त्यसैले, मेरो बुबाले घरको काम अलि कम गर्नु हुन्थ्यो। पछि बुबाले स्कुल छोड्नुभयो। आधुनिक स्कूल स्थापना भयो, २००८ सालबाट। त्यसपछि नौ सालदेखि उहाँले हिउँदे स्कूलको काम गर्नुपरेन। त्यसपछि बल्ल घरका कामहरू गर्न थाल्नु भयो।

म जान्ने हुँदा, थाहा पाउने हुँदासम्म बुबा घरका काम र खेतिपाती गर्नु हुन्थ्यो। पछि बुबाले नाता पर्ने व्यक्तिसँग मिलेर कपडा पसल चलाउनु भएको थियो। मैले थाहा पाएको बेला कपडा पसल चलाइरहनु भएको थियो। पछि कपडा पसल पनि छोड्नु भयो र खेतिमै बढी केन्द्रित हुनुभयो। अनि मैले खेतिका काम पनि बढी सिकेँ।

♦ तेह्रथुमदेखि झापा सर्दाको सम्झना छ ?
झापा सर्ने भरेर मैले तेह्रथुममा एक वर्ष स्कूल नै छोडिदिएँ। तर झापा सर्ने फेरि चाँजोपाचो नमिलेपछि अर्को साल तेह्रथुममै पढेँ। झापा जाने भनेर फेरि अर्को पटक स्कुल छोडेँ। तर झापा जान ढिलो भयो। यताको स्कुल पनि छोडेँ, उताको पनि ढिलो भयो। त्यहाँ पनि छुट्यो। यसरी समय समयमा स्कुल छुट्ने भयो। पछि त हाम्रो आर्थिक अवस्था त्यति राम्रो भएन।

♦ झापा आएपछि ?
तेह्रथुममै रहँदा बुबाहरुले सोच्नुभयो, ‘पहाडमा जीवन अलि कष्टकर भयो।’ तराई झरेमा ठीक होला। त्यसरी तराई बसाई सर्ने काम भयो। तर तराई झरेपछि पनि सोचेजस्तो सजिलो भएन। त्यसका पछाडि थुप्रै कारणहरु छन्। हामीले जमीन बेच्यौँ। तर पैसा दिनेले समयमा दिएन।

झापा झरेपछि जग्गा किनेर बस्नु भयो कि सार्वजनिक जग्गा फँडानी गरेर ?
फडानी गरेर बस्ने नीति थियो। तर बुबाको नीति ‘जग्गा किनेर मात्र प्रयोग गर्नुपर्छ, सार्वजनिक, सरकारीमा बस्ने होइन’ भन्ने भयो। त्यतिबेला मालपोत मात्रै तिर्दा पनि जमिन पाइन्थ्यो। एकदमै सस्तोमा पाइन्थ्यो– तीनसय, चारसय रुपैयाँ बिघा थियो जमिन। हामी तराई झरेका बेला झापा बिर्तामोडको जमिनको भाउ बिघाको तीनसय रुपैयाँ थियो। तर, हामीले त्यतापट्टि ध्यान दिएनौँ।

हाम्रो आफ्नै स्कूलको जमिन धेरै उर्भर थियो। हामी त्यही जमीनमा गएर बस्यौँ। जसमा १० मन ठेक्का दिए पुग्ने, दश बिघा जति जमीन लियो भने १२ सय मन जति धान हुने। त्यसो भएर जमिन किनिरहनु परेन। किन्दा भन्दा नकिन्दा नै फाइदा भयो। त्यसैमा लगानी बढाउँदै गइयो। त्यही कामलाई बढाउँदै गइयो।

♦ तर तपाईंको स्कूल चालु थियो ?
स्कुल चालु थियो। म पढिरहेको थिएँ, काम पनि गरिरहेको थिएँ। मैले नसक्ने भनेको भारी बोक्न हो। भारी बोक्न मलाई कहिल्यै ‘इन्ट्रेष्ट’ भएन, बोक्न सकिनँ।

पछि खोलाले जमीन लिएपछि हामीले अलिअलि किन्न सुरु ग¥यौँ। नत्र नकिन्नु नाफा थियो, लाभ थियो। जमीन नकिन्दा र स्कूलको जमीन ठेक्कामा कमाउँदा हाम्रो आर्थिक अवस्था धेरै सुदृढ भएको थियो। त्यसबेला हामी धनी किसानको हैसियतमा थियौँ। पछि गरिब किसान र एकपटक त सुकुम्बासीकै स्थितिमा झर्नुप-यो।

त्यो स्थिति मैले सम्हाल्नु पर्ने थियो। तर म राजनीतितिर लागिसकेको थिएँ। मैले त्यता हेरिनँ। अनि बुबालाई अलिकति असहज, अप्ठेरो भयो।

‘मरिएन, त्यसैले जति यातना दिएपनि कमै यातना पाएको छु भन्ने लाग्थ्यो’

♦ पञ्चायतको जगजगी चलेकोे बेला घरबार छोडेर राजनीतिको नशामा कसरी सल्किनु भयो ?
म परिवारका सबै सदस्यलाई अत्यन्तैै आदर गर्छु, सम्मान गर्छु। माया गर्नु पर्नेहरुलाई माया गर्छु। मेरो परिवारका सदस्यमध्ये कसैले मेरो सम्बन्धमा कुनै नकारात्मक टिप्पणी गर्छन् भन्ने म विश्वास गर्दिनँ। त्यस्तै, मेरा नाता–गोताहरुले पनि मेरो सम्बन्धमा नकारात्मक टिप्पणी गर्छन् भन्ने म विश्वास गर्दिनँ। मैले ६७ बर्ष उमेर पार गरेँ। यस बेलासम्म मेरो निकट कोही साथीले मेरो विरोध गर्छन् भन्ने म ठान्दिनँ। राजनीतिक स्वार्थ प्रेरित भएर कसैले विरोध गर्छन् भने बेग्लै कुरा हो।

♦ अहिले पदमा रहँदा त तपाईंको विरोध गरिनु स्वाभाविक नै हो। त्यसबेला राजनीतिमा लाग्दा ठूलो जोखिम पनि उठाउनु पर्छ भन्ने कुरा दिमागमा थियो ?
म अलि अगाडिदेखि नै राजनीतिमा लागिसकेको थिएँ। २०२५ सालमा म पूर्णकालिन कार्यकर्ता भएको थिएँ। मेरो उमेर १७ बर्ष मात्र थियो। एसएलसी पास गरेको थिइनँ त्यसबेला। तर पूर्णकालिन कार्यकर्ताको रुपमा तोकिएर राजनीतिक काममा लागेँ। त्यसपछि मैले जे गर्छु, तुफानी ढंगले गर्छु। व्यक्तिगत काम ढिलो गर्छु, खाना खाँदा ढिलो खान्छु। तर जिम्मेवारी पूरा गर्ने र कामको प्रश्नमा भन्नुपर्दा तुफानी ढंगले गर्छु।

♦ तपाईं त्यसरी राजनीतिमा लागेको बुबा वा परिवारका अरुलाई थाहा थियो ?
एकदमै राम्ररी थाहा थियो।

♦ अनि, ‘यस्तोमा लाग्नु हुन्न’ भनेर बुबाले केही भन्नु भयो ?
‘सफल हुन सकौला ररु’ भनेर शंका व्यक्त गर्नुभयो। तर ‘नलाग्नु’ भन्नु भएन। मैले राजाको विरोध गरेको कुरामा धार्मिक प्रवृतिकी मेरो हजुर आमालाई अलि चित्त बुझेन। ‘राजाको विरोध गर्नु हुन्छ र ?’ भन्ने उहाँको प्रश्न थियो। मैले धर्म, राजाबारे थाहा पाउँदै गएपछि हजुरआमा र मबीच रामै्र बहस चल्यो। किनभने, हाम्रो घरमा धर्म र धर्मशास्त्रका प्रसंगको सन्दर्भमा बालबालिका बाहेक अरु सदस्यहरु जानकार थिए।

त्यसकारण, महाभारतका पात्रहरुसँग मेरो परिचय थियो। महाभारत अथवा देवी भागवतका पात्रहरुबारे मेरो हजुरआमालाई थाहा थियो। भानुभक्त रामायणका कथ्यहरु कण्ठै आउँथ्यो हजुरआमालाई।

♦ हजुरआमा पढ्न पनि सक्नुहुन्थ्यो ?
सक्नु हुन्थ्यो। मेरो हजुरबुबा त राम्रै जजमानी गर्ने व्यक्ति हो। पुरानो शास्त्रको कहलिएकै विद्धान् हो। हजुरआमाले पनि शास्त्रबारे आफै अध्ययन गर्नुभएको थियो। त्यसबेला सुत्नु अगाडि केही समय कुनै एउटा ग्रन्थ पढ्नै पर्ने मेरो ड्युटी थियो। स्वस्थानी ब्रतकथा चलेको बेला नियमित नै पढिन्थ्यो। स्वस्थानी ब्रतकथा सुरु गर्दाको सम्झना अहिले पनि छ। मन्त्रदेखि र कथाका प्रसंगहरु पनि याद छ।

हाम्रो परिवारमा शास्त्रार्थबारे बढी चर्चा हुन्थ्यो। मैले ‘राजाको उदय कसरी भयो, त्यो कसरी बढ्दै गयो’ भनेर राजतन्त्रबारे बताएपछि हजुरआमा पनि मसँग सहमत हुनुभयो। शास्त्रअनुसार थुप्रै राजाहरु नासिन्छन्, कस्ता राजाहरु नाश भए भन्ने बताएपछि हजुरआमा मसँग सहमत हुनुभयो। त्यसपछि मेरो परिवारमा राजनीतिक रुपमा मसँग कसैको असहमति रहेन।

♦ विद्यार्थी आन्दोलनका क्रममा पटक पटक गिरफ्तार हुनुभयो र २०३० पछि त लगातार १४ बर्ष जेल बस्नु भयो। राजनीतिमा लाग्दा यति लामो काराबासमा बस्नु पर्ला भन्ने अनुमान थियो ?
२०२५ पछि मैले राजतन्त्रलाई राम्ररी बुझिसकेको थिएँ, निरंकुशतन्त्र राम्ररी बुझिसकेको थिएँ। शासन राम्ररी बुझिसकेको थिएँ। नेपालको सत्ता झन् राम्ररी बुझिसकेको थिएँ। त्यसकारण कुनैपनि समय केही पनि हुनसक्छ भन्ने थियो। गिरफ्तार गरेर लामो समय जेल हालिन सक्छु वा बढी सम्भावना मारिन सक्छु भन्ने थियो। त्यसैले म अलिकति सावधानीका साथ नै चल्ने गर्थेँ।

♦ २०–२२ वर्षको उमेरमा आउँदा मृत्यु पनि रोज्न थालिसक्नु भएको थियो ?
२०३० सालमा म २१ बर्ष उमेर पूरा भएर २२ बर्षमा हिड्दै थिएँ। त्यहीबेला म जेल परेर लगातार १४ बर्ष बसेँ २१ बर्ष अगाडि नै म त्यो सबै परिस्थितिका लागि मानसिक रुपमा तयार थिएँ।

♦ एक हिसावले भन्दा त्यो बेलाको राजनीति त मृत्यु रोजेजस्तै थियो नि ? होइन ।
मृत्यु नै रोज्ने त म भन्दिनँ। जैविक प्रवृतिभित्र यसलाई स्वीकार गर्नुपर्छ। जैविक प्रवृति भनेको के हो भने, मान्छे वा अल्प ज्ञान भएको जुनसुकै जीवले पनि कुनै हालतमा मृत्यु रोज्दैन। सानो फट्याङ्ग्रोले पनि रोज्दैन। हिडिरहेको एउटा कमिलोलाई अगाडिपट्टि छेकबार लगाइदियो भने खतरा महसुस गरेर फनक्क बाटो बदलेर अर्कोपट्टि हिडिहाल्छ।

♦ भन्नुको अर्थ, राजनीतिमा मृत्यु रोजाई नभएर कहिलेकाहीँ बाध्यता भएर आउँछ ?
मृत्यु कसैको रोजाई हुँदैन। जबसम्म मर्ने निश्चित छ वा बाँच्नु अत्यन्त कष्टकर छ, मर्ने निश्चित छ। बाँच्नु कष्टकर छ। र, त्यो कष्ट सहेर अलि समयपछि मर्नुभन्दा बरु पहिले नै मर्नु राम्रो भन्ने लागेको अवस्थामा मात्रै मान्छेले सचेत भएर मृत्यु रोज्न सक्छ। अन्यथा मृत्यु रोज्दैन। तर मृत्यु स्वीकार गर्न सक्छ। मर्नु छँदैछ भने देश, जनता, समूह वा धेरैका लागि मर्नु नराम्रो होइन। त्यस्तो अवस्थामा मान्छे राम्रो उद्देश्य छोड्नु भन्दा मर्न तयार हुन्छ। मान्छे चुप लागेर बस्न पनि सक्छ, राम्रोको विरुद्ध जानु पर्दैन। त्यसो गर्दा ऊ बाँच्न सक्छ। तर उसले नराम्रो नगरे पनि राम्रो काम गर्न र राम्रो परिवर्तन ल्याउन सक्दैन। त्यस्तो अवस्थामा उसले राम्रो परिवर्तन ल्याउन जोखिम मोल्छ। त्यसलाई जोखिम भन्नुपर्छ।

जोखिमपूर्ण बाटो रोजेकै बाटो हो, छानेकै बाटो हो। तर त्यसमा मृत्यु निश्चित हुँदैन। त्यसमा पनि मृत्युबाट जोगिएर मोलिने जोखिम भनेको जोगिन सकिने ठाउँ भएर हो। यो एउटा भवितव्य जस्तो हो। आकस्मिकताको कुरा हो। सबैै भएका, सबैै हिडिरहेका साथी समातिनु, मारिनु, म त्यहाँबाट उम्किनु, भाग्नु र अनेक परिस्थिति सिर्जना हुने रहेछन्।

मार्न भनेर लाँदै गर्दा र एकातिर गोली ठोक्नका लागि ‘स्मार्ट’ हटाइएको छ। तर एक जना अफिसरका मनमा ‘किन मार्ने यस्ता देशभक्तलाई ?’ भन्ने प-यो। उसले गाडीमा राखेर अर्कोतिर लगिदियो। जानी–बुझिकन अर्कोतिर लगिदयो। मैले उसलाई भनेँ, ‘सरकारले मार्नै खोजे पछि मार्छ, अहिले तपाईंहरुले एकछिन बचाएर के गर्नु, फेरि मार्छ। अहिले बचाए बापत तपाईंलाई अप्ठ्यारो हुन्छ।’

उनले भने, ‘अहिले बचाए वापत मलाई अप्ठ्यारो परेपनि थोरै अप्ठ्यारो पर्छ। मलाई मारिहाल्ने होईन। थोरै अप्ठ्यारो पर्छ, जागिर जाला। मेरा बाउ–बाजेले कमाएर राखेको सम्पत्तिले हलो जोतेर खान पुग्छ। त्यसकारण म यो जागिरका पछाडि तपाईंहरु जस्ता मान्छेहरुको हत्या गर्ने कुरामा म सहमत हुन्न।’

♦ त्यो अधिकारीको नाम थाहा छ ?
थाहा छ, मोहनप्रसाद अधिकारी। उहाँ वीरगञ्ज बस्नुहुन्छ अहिले पनि।

♦ त्यो बेला के पदमा हुनुहुन्थ्यो ?
सव–इस्पेक्टर। उहाँले भनेपछि रौतहटबाट, गौरबाट अड्डासार गरी माथि पठाउने भन्ने आदेश थियो। अड्डा सार गरी माथि पठाउने आदेशलाई उहाँले अड्डासार गरी माथि पठाउनु भयो। तर उहाँले विरगञ्ज पठाईदिनु भयो।

उहाँले भन्नुभएको थियो, ‘विरगञ्जमा त्यहाँका टाठा–बाठाहरुलाई म यहाँ संयोगवस आइपुगेँ भनेर भनिदिनू।’

हामी पक्राउ परेको कुरा सार्वजनिक होस् भनेर उहाँले यसो भन्नुभएको थियो। हामी पक्राउ परेको कुरा सार्वजनिक भएपछि हामीलाई त्यहाँको थाना वा जेलमा राख्नु पर्दथ्यो। त्यहाँबाट निकालेर मार्न अप्ठ्यारो हुन्थ्यो। अड्डासार गर्दा कसरी गर्ने भन्ने समस्या थियो। यसरी त्यस्ता प्रसंगहबाट बाँचियो।

♦ शुरुको वर्ष त्यति धेरै लामो जेल समय अथवा पञ्चायत झण्डै नजाँदासम्म जेल बस्नुपर्ला भन्ने सुरुमा लागेको थियो ?
मैले सधैँ आफूलाई अधिकतम प्रतिकूलताका लागि समेत तयार राखेँ। मलाई जब शारीरिक यातना दिन थालियो, पिट्न थालियो, मैले चरम यातना र चरम यातनाबाट मारिने तहसम्मको यातनाको परिकल्पना गरेँ। जति पिट्दापनि म अझै जिउँदै छु, मैले सोचेजति यातना पाएको छैन भन्ने ढंगले सोचेँ। मलाई सधैँ होलो–खुकुलै जस्तो भयो। किनभने, म त्यो भन्दा अझ बढी पीडाका लागि तयार थिएँ। बढ्तै यातनाका लागि मानसिक रुपमा म तयार थिएँ– पिट्दापिट्दै असैह्य बनाउने, बेहोस बनाउने, मार्ने तहसम्मको यातनाका लागि। यस्तो यातना दिन सक्छन् भन्ने मलाई थियो।

म सोच्थेँ, म अझै जिउँदै छु। फेरि कठिन हुन्थ्यो र म सोच्थेँ। कठिन भएको त म थाहा पाउँदै छु, बुझ्दै छु, म सचेतै छु। त्यसकारण मलाई यो होलो–खुकुलै लाग्थ्यो। ‘यात्रा बाँकी नै छ, अहिले नै हरेस खान्न’ भन्ने थियो। आशा छ भन्दा पनि यात्रा त बाँकी छ भन्ने लाग्थ्यो। यात्रा बाँकी हुँदै हरेस खान त भएन। त्यस कारण, म त पिट्दापिट्दै मारिने तहसम्मको लागि तयार भएको मान्छे। ‘म जिउँदै छु, म बाँची रहेको छु, म सचेतै छु भने यो त होलै छ’ भन्ने लाग्थ्यो।


मैले जति यातना पाएको हुन्थेँ, त्यो भन्दा धेरै यातनाको अपेक्षा गरेको थिएँ। यातना दिएपछि म विचार गर्थेँ, ‘आजको यातना मामुली हो, किनभने, म सचेत छु, म जिउँदै छु। भोलि मारिने गरी यातनाका लागि पनि म तयार हुनुपर्छ। आखिर यो ज्यान दुख्ने न हो। सहन सकिन भने मर्ने हो। हुने त त्यति हो। नमरुन्जेल दुख्छ, सहन सकिएन भने मरिन्छ।’

त्यस स्थितिमा म भोलिका लागि त्यो तयारी गर्थेँ। भोलिपल्टको यातनापछि म विचार गर्थें, ‘आज पनि त्यस्तो यातना दिएन। किनभने, म अझै जिउँदै छु, अझै होसमै छु।’ अर्को दिनका लागि म फेरि पिट्दापिट्दै मारिने गरीको यातनालाई तयारी हुन्थेँ मानसिक रुपले। तर फेरि बेलुका फर्किदा सोच्थेँ, ‘आजपनि मैले सोचेको तहसम्म यातना भएन।’ एवं रितले यातनाको सिलसिला टुङ्गियो, म जिउँदै रहेँ।

♦ सेन्ट्रल जेल, भद्रपुर जेल, कास्कीजेल र स्याङ्गजा जेलस यी जेलबाट तपाईंको राजनीतिक सम्बन्ध स्थापित भयो पार्टीसँग ?
हिरासत आदि गरेर१४ वर्षमा म २५ पल्ट जेल सारिएँ। कहिले यहाँ, कहिले त्यहाँ, कहिले यहाँ, कहिले त्यहाँ गरी गरी २५ पल्ट सारिएँ। भाडाकुँडा, ओढ्ने–ओच्छ्याउने लत्ताकपडा जे छ, त्यो पोको पा¥यो, काँधमा हाल्यो, हिँड्योको स्थिति। त्यसो त गरिएन होला। तर त्यही अवस्था २५ पल्ट हो।

बीचमा धोकादिएर मार्छन् या मार्ने प्रतीक्षामा जेलमा राखिरहन्छन् या मर्ने प्रतीक्षामा जेलमा राखिरहन्छन् भन्ने मलाई लाग्थ्यो। त्यस्तै भयो, मार्ने र मर्ने प्रतीक्षामा जेलमा राखिरहने कुरा भयो। विभिन्न समयमा षडयन्त्रपूर्ण ढंगले मार्ने चेष्टाहरु पनि भए। तर विभिन्न राजनीतिक घटनाक्रमहरुले त्यसलाई तर्कायो। मर्ने प्रतीक्षामा म विरामी भएँ, औषधी–उपचार भएन। ती परिस्थिति पनि मैले झेलेँ। उनीहरुको मर्ने प्रतीक्षापनि सफल भएन। फेरि बाँचिरहेँ म विरामी भएरपनि। १० वर्षसम्म उनीहरुले तोकेको सजायँ– जो झुटो आरोपमा थियो, झुटो फैसला थियो, त्यो झुटा आरोप, झुट्टामुद्दा, झुट्टा फैसला र आपराधिक मनसायका साथ विभिन्न मुद्दाहरु लगाइएको थियो।

तर कानूनले मलाई १० वर्ष भन्दा बढी जेल बस्नु नपर्ने, थुन्न नमिल्ने बतायो।सुरुमा उनीहरुलाई के लाग्यो भने १० बर्ष भनेको त लामो समय हो। तर १० वर्ष भनेको त, म ३२ वर्षको हुँदा पुरा भयो। ‘यो त ठिटै छ, अझै धेरै गर्न सक्छ, त्यसकारण छोड्नहुन्न’ भन्ने लाग्यो उनीहरुलाई। फेरि विना मुद्दा म थप ४ वर्ष बसेँ। कहिले पनि छुटिन, छोडिएन। निरन्तर राखियो जेलमा ४ वर्ष विना मुद्दा। विना मुद्दा ४ वर्ष राखेपछि मैले सर्वोच्च अदालत गुहारेँ।

मलाई अन्यायपूर्ण ढंगले पहिले मुद्दा–मामिला लगाईयो। त्यसपछि त्यो पनि सकिएपछि यत्तिकै राखेको छ। मैले पहिले पनि केही ग¥या’ थिएन, मुद्दा लगाइयो। मुद्दा लाग्ने खालको केही ग¥या’ थिएन। जे अपराध मलाई थोपारियो, त्यस्तो मैले कुनै अपराध गरेको छैन। जुन घटनाहरुमा मेरो संलग्नता भनियो, मेरो कुनैमा संलग्न छैन। अब अहिले लगाइएको मुद्दामा केही भन्नै परेन। एक पानाको कागजमा चार लाईन लेखेर एउटा प्रमुख जिल्ला अधिकारीले छ्यास्स सही गरिदिएपछि यत्तिले म नौ महिना थुनिन्छु। फेरि अर्को चार लाईन लेखेर अर्को सही गरेपछि नौ महिना थपिन्छ। यस हिसाबले अन्यायपूर्ण हिसाबले थुनेको छ, थुनेको छ।

‘मेरो स्वास्थ्य पनि राम्रो छैन, सम्मानित सर्वोच्च अदालतले हेर्दिनु प-यो’ भनेँ, गुहारेँ। सर्वोच्च अदालतले मलाई झिकायो, ‘छोड्नू’ भन्ने आदेश दियो– २०४१ सालमा। ‘छोड्नू’ भन्ने आदेश दिएपछि मलाई हतकडी नलगाई ल्याएको थियो। ‘छोड्नू’ भन्ने आदेश दिँदा म कठघरामै थिएँ। त्यहीँ हतकडी लिएर प्रहरी आयो। न्यायाधीश बेञ्चमा बसेको छ, हेरिराखेको छ। मैले सोधेँ, ‘श्रीमान्, यो के हो ?’

श्रीमान्ले उतापट्टि हेरे, मुन्टो फर्काए। हेरेको हे-यै जुरुक्क उठे, उतैबाट आफ्नो कोठामा गए। मलाई हत्कडी लगाएर घिस्याएर लग्यो। पहिले हतकडी नलगाइ ल्याएको थियो, जबकी ‘थुन्नू’ भन्ने सिडिओको आदेश कायम थियो। त्यसबेला हत्कडी नलगाई ल्याएको थियो, अदालतसम्म। अदालतले ‘छोड्नू’ भन्ने आदेश दिएपछि हतकडी लगायो।

अर्कोपल्ट मैले फेरि मुद्दा हालेँ, ‘यो त अचाक्ली भयो’ भने। अर्कोपल्ट पनि त्यस्तै भयो। ‘छोड्नू’ भन्ने आदेश भयो। अनि पुलिसले मुन्टाएर फेरि पक्रियो। त्यसपछि हनुमानढोका लग्यो र थुन्यो। अनि, मलाई फेरि त्यसैगरी जेल पठाइयो। यस प्रकारले १४ वर्ष बिते। ‘राजा वीरेन्द्रले कुराकानी गर्न बोलाए, कैदीले राजालाई भेट्नु राम्रो हुन्न भनेँ ।’

♦ ०४४ सालमा छोड्ने बेलामा चाहिँ अदालतको आदेशले छोड्यो कि के भनेर छोड्यो ?
अदालतको आदेशले छोडेन। तत्कालिन राजा वीरेन्द्रले मसँग एउटा प्रस्ताव पठाए, पोखरा भ्रमणमा गएका बेला। म पोखरामा थिएँ। राजा ४ भ्रमणमा गएका थिए। ‘भेटेर कुरा गरौँ, म झिकाउँछु’ भन्ने सन्देश पठाए।

मैले भनेँ, ‘राजाले एउटा कैदीलाई भेट्नु वाञ्छनीय हुँदैन। राजाले जेलमा बसिराखेको कैदीलाई किन भेट्नेरु त्यो राम्रो हुँदैन। म छुटेपछि मौसुफलाई भेट्ने विचार गरौँला। त्यो इच्छा गर्छु। अहिले मैले भेट्नु वाञ्छनीय हुँदैन। यसो गर्दा अनावश्यक तिक्तता हुन सक्छ। मौसुफले केही कुरा भनिबक्सेला, मलाई मान्य नहोला। किनभने, म धेरै वर्ष अकारण थुनिसकेको छु। र, मसँग एक प्रकारको ‘इरिटेशन’ छ। त्यो ‘इरिटेशन’ भेटमा व्यक्त होला। त्यसकारण छुट्न भन्दा अगाडि राम्रो नहोला। त्यसमा पनि महाराजधिराजले कैदीलाई भेट्नु म त्यति राम्रो ठान्दिन।’

मैले यसो भनेर पठाएँ। त्यसपछि उहाँहरु जानुभयो।

♦ लिखित पठाउनु भयो कि मौखिक ?
मौखिक। जसले जवाफ लिएर आएको थियो उसैलाई। त्यसपछि यत्तिकै भयो। अञ्चलाधीश खड्गबहादुर जिसीले ‘छुट्ने बेला केही कुरा चलाऊँ कि’ भन्ने प्रस्ताव ल्याउनु भएको थियो। मैले भनेँ, ‘त्यो कष्ट नगरौँ। कुरा चलाउनुपर्ने कुनै विषय छैन। छोड्नमात्र बाँकी हो। अरु कुनै आवश्यकता छैन, कष्ट नगरौँ।’ यसो भनेपछि उहाँले त्यो कष्ट भएन।

त्यसपछि ८ मंसिर २०४३ मा मलाई स्याङ्जाबाट हनुमानढोका झिकाइयो। राधाकृष्ण मैनालीलाई पनि १० मंसिरमा भैरहवाबाट हनुमानढोका झिकाइयो। र, कागज गर्न, पञ्चायत मान्न, राजा मान्न दबाव दिइयो। त्यो नमानेपछि हामी दुईजनासँग संयुक्त कुराकानी हुन छोड्यो। राधाकृष्णसँग छुट्टै कुराकानी हुने, अरुसँग पनि छुट्टै कुरा गर्ने हुन थाल्यो। उहाँसँग के कुरा भयो, मलाई त्यति जानकारी भएन। उहाँ अलि गम्भिर देखिन थाल्नु भयो। किन गम्भिर मुद्रामा देखिनु भयो, त्यो उहाँकै कुरा भयो।

राजा र पञ्चायती व्यवस्था मान्नु पर्ने भन्ने कुराले मलाई अत्यन्त चिड भयो र ‘अब कुरा गर्दिनँ’ भनेँ। ‘अब कुरा नगरौँ, गल्ती व्यवस्थाले महशुस गर्छ कि गर्दैन, गल्ती त ग¥यो, अुनचित ढंगले थुन्यो, यो कुरा महशुस गर्छ कि गर्दैनरु’ मेरो यो प्रश्नले उनीहरुमा पनि चिड पैदा हुने कुरा भयो। मैले यो कुरा वार्ता बन्द गर्नका लागि भनेको थिएँ। १८ मंसिर ९०४३० मा राधाकृष्ण मैनाली बाहिर लगिनुभयो।

त्यसको २ घण्टा जतिपछि मलाई बोलाउन आए, ‘तपाईंलाई तल गेटमा बोलाइएको छ’ भनेर।

म गएँ। गेट बाहिर राधाकृष्ण मैनाली हुनुहुन्छ, हनुमानढोकामा। २ घण्टा अगाडि मसँग भित्रै हुनुहुन्थ्यो। दुई घण्टा पछाडि गेट बाहिर। उहाँले भन्नुभयो, ‘म छुटेँ, मलाई छोडिदिए, अब तिमीलाई पनि छोड्छन् होला।’

मैले सोधेँ, ‘तपाईंलाई किन छोडे ? कसरी छोडे ? उनीहरुका सर्तहरु मान्नुभयो तपाईंले ?’

उहाँले भन्नुभयो, ‘होइन, पछि तपाईंसँग उनीहरुले कुरा गर्छन नि। त्यस्तो होइन, मलाई छोडिदिए।’

मैले भनेँ, ‘तपाईंको ‘सफ्टनेश’ देखेर अलिकति छोडौँ भन्ने ठाने हुन् कि।’ उहाँले ‘मलाई यो कुरा थाहा भएन’ भन्नुभयो।

जे होस्, उहाँ छुट्नुभयो। उहाँको भएको ‘बेड–विस्तारा’ हटाइयो। मैले ‘बधाइ’ र ‘शुभकामना’ भन्दै उहाँलाई पठाएँ। त्यसपछि उनीहरुले उहाँ कसरी छुट्नु भयो भन्ने कुरा मलाई बताए, देखाए, बेहोरा सुनाए– ‘यो बेहोरामा उहाँ छुट्नु भएको हो’ भनेर।

मैले भनेँ, ‘मेरो हातमा चाहिँ नआओस् त्यो बेहोरा, म टुक्राटुक्रा पारिदिन्छु।’

उहाँ (मैनाली) अलि पछि मलाई भेट्न आउनु भयो, दुईचार दिन पछि हो कि। ‘झापा जान लागेँ’ भनेर भेट्न आउनु भएको थियो। मलाई भन्नु भयो, ‘नेपालमा अहिलेसम्म छुटेका सबै राजवन्दीहरु कागज गरेरै छुटेका हुन्। बीपी कोइरालादेखि मनमोहन अधिकारी– सबै कागज गरेर छुटेका हुन्। त्यसकारण यो कुनै नयाँ अनौठो कुरा होइन। कागज गरेरै छुट्ने हो।

मैले भनेँ, ‘अब मसँग यो व्यवहार हुँदैन, म चाहिँ यो कुरा कहिलेपनि मञ्जुर गर्दिनँ।’

उहाँ जानु भयो। त्यसपछि मलाई निकै दबाव दिइयो। अन्तिममा भने, ‘संविधान मान्छु भन्ने चाहिँ कागज गर्नुस् न त। संविधान मान्नु त नागरिकको कर्तव्य पनि त हो।’

मैले भनेँ, ‘हो, संविधान मान्नु नागरिकको कर्तव्य हो। तर यो संविधानभित्र के छरु निरंकुशतन्त्र छ, पञ्चायत छ, यस्तै–यस्तै कुरा छ। त्यसकारण यो घुमाउरो बाटो हो, संविधान मान्छु भन्नु निरंकुशतन्त्र मान्छु भन्नु हो, पञ्चायत मान्छु भन्नु हो। यस्ता कुरा संविधानको त्यही डालोमा छ, त्यही डोकोमा छ। त्यसकारण संविधान मान्छु भनेपछि त्यसभित्रको एउटा कुरा मान्दिन भन्ने हुँदैन। त्यसकारण म ‘संविधान मान्दिन’ भन्ने, तर ‘शब्द मान्छु’ भन्ने कुरा आवश्यकता म देख्दिन। हाम्रो असहमति संविधान भन्ने पुस्तकसँग होइन। ‘निरङ्कुश राजतन्त्र हुनुहुँदैन र निर्दलीय पञ्चायती व्यवस्था हुनुहुँदैन’ भन्ने हाम्रो मान्यता हो। यदि यस संविधानबाट निरङ्कुश राजतन्त्र हटाइनेछ, निर्दलीय पञ्चायती व्यवस्था हटाइने छ भन्ने कागज सरकारले पनि गर्छ भने यस्तो अवस्थामा ‘म पनि संविधान मान्छु’ भनेर त्यो कागजको वरतिर लेख्छु र सही गर्छु।’

त्यसमा कुरा मिलेन। उहाँहरुले मलाई ‘दम्भी, घमण्डी, अझै नचेतेको’ भन्नुभयो।

आजित भएर, मेरो हातखुट्टा सुन्निएर, अति नै भएपछि २ माघ माघ ०४३ मैले भनेँ, ‘अब म या चुप लागेर मर्न तयार हुनुप¥यो, या उग्र हुनुप¥यो। जेलमा मर्नु भन्दा उग्र हुनुपर्छ। तपाईंहरुले मलाई हिरासतमा राखेर, यस ढंगले प्रहरी हिरासतमा लिएर, महिनौँसम्म चिसो छिँडीमा राखेर मार्न पाउनु हुन्न। यो अतिरिक्त अत्याचार हो।’

उनीहरुले सोधे, ‘के गर्नु हुन्छ त ? जेलमा जानुहुन्छ त ?’

‘अँ, म जेलमा जान्छु, ठीक छ’ मैले भनेँ, ‘यहाँ भन्दा जेल पठाऊ।’

यसरी ३ माघ ०४३ सालमा हिरासतबाट फेरि जेलमा लगिएँ।

राधाकृष्ण मैनाली छुटिसक्नु भएको थियो। त्यसबेला म मात्रै त्यहाँ थिए। भैरव रिसाल, बाबुराम भट्टराई पनि त्यहाँ थिए। भट्टराई विद्यार्थी आन्दोलन कारण जेल परेका थिए। राजधानी पत्रिकाका तत्कालिन प्रोपाइटर पनि त्यहाँ थिए। तत्कालिन सम्पादक केशवराज पिँडाली पनि जेलमा थिए। उनको कविताको विषयलाई लिएर मुद्दा लागेको थियो। रुपचन्द्र विष्ट पनि त्यहाँ थिए। केमा रिस उठेर हो, उहाँहरुलाई पनि थुनेको थियो। जाली मुद्दा, नचाहिने मुद्दामा थुनिएका मान्छेहरु पनि हामीसँग थिए।

पछि ११ असार ०४४ मा मात्र म जेलबाट छुटेँ।

♦ के भनेर तपाईंलाई छोडे ?
राती ९विहान हुन लागेको थियो० नै ‘एकछिन गेटमा बोलाएको छ’ भने। म ‘स्लिपिङ ड्रेस’ मा थिएँ। भर्खर उठेको थिएँ। व्यायाम गर्दै थिएँ। ‘गेटमा बोलाएको छ’ भनेपछि गएँ, त्यही ड्रेसमा।

त्यहाँ पुगेपछि ‘एकछिन बाहिर आउनुस् न’ भन्यो। गेटबाट बाहिर निकाल्यो। ‘यता बोलाएको छ’ भन्यो। अलि पर लग्यो। गाडी ठीक पारेर राखेको रहेछ। पुलिसहरु रहेछन्। अनि मलाई घेरेर, गाडीमा हाले।

मैले भनेँ, ‘के को तमासा होरु म चौध वर्ष जेल बसिसकेँ। जेसुकै आएपनि म भाग्ने मान्छे होइन। यति धेरै तमासा गर्नुपर्दैन, जहाँ लैजाने हो, लैजाऊ।’

उनीहरुले गाडी ‘ड्राइभ’ गरे। कहाँ लगेका हुन्, थाहा भएन। एकैपटक बालुवाटार ल्याए। बालुवाटारमा ल्याएर, यो बीचको सानो कोठा छ, निलगिरी कोठा– त्यो कोठामा मलाई लगे। मरिचमानजी ९तत्कालिन प्रधानमन्त्री० बाहिर कार्पेटबाट भित्र पस्ने ठाउँनिर उभिनु भएको रहेछ। उहाँले मलाई कहिल्यै देख्नु भएको थिएन। मैले त फोटोमा कतै देखेको थिएँ, त्यसैले चिन्न सजिलो भयो। अचानक गेटमा भेट भयो।

उहाँले हात अगाडि बढाउनु भयो, ‘स्वागत छ।’ मेरो थर उच्चारण गरेर यस्तो भन्नुभयो। मैले ‘नमस्कार प्रधानमन्त्रीज्यू’ भनेँ। उहाँले पनि ‘नमस्कार’ भन्नुभयो। मैले उहाँसँग हात मिलाएँ। उहाँले पनि हात अगाडि बढाउनु भयो। मलाई निलगिरी कक्षमा लैजानुभयो। परतिरको सोफामा दुई जना बस्यौँ। अलिकति छड्के परेर उहाँपनि बस्नुभयो, म पनि अलिकति छड्के परेर बसेँ।

हामीले अलिक लामै कुराकानी ग¥यौँ। देशको राजनीति, राजनीतिक परिस्थिति आदिको बारेमा कसरी जानुपर्छ, कता जान्छ भन्ने कुरा भयो।

त्यो लामो कुराकानीको अन्त्यतिर उहाँले के भन्नु भयो भने, ‘तपाईं एउटा इमान्दार मान्छे हो, देशभक्त मान्छे हो। अडान भएको मान्छे हो। तपाईं छुट्न नमानेको मान्छे हो। तपाईंलाई मन्त्री बनाउने अनेक ‘अफर’ आए। तपाईं छुट्न मान्नु भएन। यो साधारण कुरा होइन। यी सबै कुरालाई महाराजधिराजले नजिकैबाट हेरिबक्सिएको छ। तपाईंले महाराजधिराजलाई सहयोग गर्नुप-यो।’

मैले भनेँ, ‘प्रधानमन्त्रीजी, तपाईंले भनेको कुरा मैले राम्ररी बुझिन। म देशप्रति समर्पित छु, जनताप्रति समर्पित छु। इमानदारीताका साथ काम गर्छु। देशको भलाईको निम्ति काम गर्छु। भलाईको निम्ति म ज्यान दिन तयार छु। एउटा राष्ट्रप्रमुखलाई यसबाट सहयोग पुग्छ कि पुग्दैन ? पुग्छ भने म गरिराखेको छु। यो कुरा तपाईंहरुले बुझ्नु–नबुझ्नु बेग्लै कुरा हो। यत्तिले पुग्दैन, यसभन्दा पृथक केही छ भने त्यो त म गर्न सक्दिन।’

मैले यो पनि भनेँ, ‘राष्ट्रप्रमुखको हित देश र जनतासँग जोडिएको हुनुपर्छ। देश र जनताको हितका निम्ति काम गर्दा राष्ट्र प्रमुखलाई सहयोग पुग्नु पर्छ। यसमा खुसी मान्नु पर्छ। तपाईंले जे भन्नुभयो, त्यो महाराजधिराजको कुरा हो कि तपाईंको आफ्नो कुरा होरु मबाट महाराजधिराजले कस्तो सहयोग खोजेको होरु मलाई त महाराजधिराजको जस्तो लागेन, तपाईंको कुरा जस्तो लाग्यो। महाराजाधिराजलाई खुसी पार्न तपाईंले यस्ता कुरा मसँग गर्नु भएको छ।’

उनले भने, ‘यो मेरै कुरा हो। महाराजधिराको कुरा होइन।’

मैले भनेँ, ‘मेरो त कुरा त्यही हो, जुन अघि भनिसकेँ। अब केही कुरा उठाउन बाँकी छ भने नउठाउन आग्रह गर्छु। पोलिटिकल कुराहरु हामीले गरिसक्यौँ। फेरि अर्को कुरा छ्यास्स भन्नुभयो भने मलाई बेकार रिस उठ्छ। कुनै एजेण्डा बाँकी छ भने त्यतापट्टि नजाऔँ अब।’

उनले भने, ‘सबै पोलिटिकल एजेण्डा सकियो भने अब त्यस्तो बाँकी कुरा छैन। तपाईंले कागज गर्नु हुन्न भन्ने कुरा थाहा भइसक्यो।’

मैले रासनको कागजमा पनि सही गर्न छोडेको थिएँ, ‘सिग्नेचर गर्दिन जेल बसिन्जेल’ भनेर।

♦ त्यसैलाई अर्को कागज गर्दिएको थियो भन्देला भनेर हो कि !
भन्दिएला। सही गर्न छोडिदिने भनेपछि मरिचमानले त्यही भन्नुभयो, ‘कागज गर्नुहुन्न भन्ने थाहा भइसकेको छ। हामी त्यता जाँदैनौँ। तपाईंलाई छोडिदिने भन्ने महाराजधिराजको हुकुम पनि छ, इच्छा पनि छ। अहिले तपाईंलाई जेल पठाइन्छ। अञ्चलाधीस ९धर्मबहादुर थापा० ले तपाईंलाई कुनै बेला बोलाउनु हुन्छ। त्यहाँबाट छोड्नु हुन्छ।’

अनि धर्मबहादुर आए, ‘किन चाहियो मरिचमानरु महाराजधिराजको इच्छा छ, हुकुम छ।’

मैले भनेँ, ‘प्रधानमन्त्रीले कुरा गरेको छ भने अञ्चलाधीस चाहियो किन ?’

‘होइन, रित पु-याउनलाई।’

‘रित पु-याउँदा फेरि कहीँ गडबड नहोस्, झमेला नहोस्’

‘हुँदैन’, मरिचमानजीले भन्नु भयो। मसँग ‘ठीक छ, बधाई’ भनेर हात मिलाएर पठाउनु भयो। म जेल गएँ। तर उहाँले यो पनि भन्नुभयो, ‘कसैलाई नभन्नुस् है अहिले यो कुरा।’

त्यो कुरालाई मैले कसरी बुझेँ भने, ‘यिनीहरुले धर्मबहादुर थापाका केही नयाँ कुरा गर्न निकाल्न सक्छन् र नमिल्न सक्छन्। कसैलाई नभन्नु भनेको कुरा मिलेन भने ‘महाराजधिराजको हुकुम र इच्छा’ भनिसकेको छ, त्यो कुरा के भयो तरु भन्ने प्रश्न आउँछ। त्यसैले कसैलाई नभन्नुस् भनेको होला।’

केही बाँकी छ जस्तो लाग्यो मलाई। म गएँ। ऋनि, मैले साथीहरुलाई गोप्य रुपमा भनेँ, ‘हल्ला नगर्ने, तर मरिचमानजीले बोलाएको रहेछ। उहाँसँग भेट भयो, कुराकानी भयो, लामै कुराकानी भयो। मैले सबै कुराहरु छर्लङ्ग गरेको छु। साधारणतया छुट्ने सम्भावना छ।’

दिउसोतिर धर्मबहादुर थापाले बोलाउनु भयो, एकछिन कुरा गर्नुभयो। अलि हड्बडाउनु भयो उहाँ। मरिचमानजस्तो ‘पोलिटिकल्ली’ अलि व्यापक सम्झदारी अलि रहेनछ उहाँको। अञ्चालाधीशजस्तो लाग्यो। अलि उहाँ ‘पोलिटिकल’ कुरा गर्न हच्किनु भयो। के गर्न खोज्नु भएको थियो, के गर्न इच्छा गर्नु भएको थियो, त्यो भन्न सक्नु भएन। अनि, मैले ‘महाराजधिराजमा मलाई रिहाइ गरिबक्सिएकोमा मेरो तर्फबाट धन्यवाद भन्दिनुस्’ भनेँ। उनले ‘आफै दर्शन भेट खोजेर भन्नुस्। काठमाडौं धेरै नबस्नुस्, धेरै हल्लाखल्ला हुन्छ, झापा जानुस्।’

मैले सोधेँ, ‘हल्लाखल्ला भयो भने के हुन्छ ?’

उनले भने, ‘अप्ठ्यारो हुन्छ।’

त्यहाँ (झापा) गएपछि त्यहाँको अञ्चालाधीशलाई अप्ठ्यारो हुन्छ। म कहाँ जाने ? अलिअलि त हल्लाखल्ला त हुने नै भयो नि छुटेपछि– परिवार, नातागोता, आफन्त, राजनीतिमा। म अहिले नै भन्छु, तपाईंहरुको खटनपटन हो भने त (जेल) भित्रै राख्नुस् है। छुट्न पाएको छैन, फेरि तपाईंहको खटनपटन त म मान्दिन। अञ्चालाधीशको आदेशमा हिड्ने भए म किन छुटिरहनु पर्दथ्यो ?’

उनले भने, ‘तपाईंको त जेल बसेर एकदम निहुँ खोज्ने बानी बसेछ।’

मैले भनेँ, ‘तपाईंले किन छिटै जान भनेको त ?’

उनले भने, ‘त्यसरी भनेको होइन मैले। परिवार यत्रो वर्षदेखि अलग भइराखेको छ।’

‘ए, मेरो परिवार, आफन्त यतिविधि, यति लामो समयदेखि भेटघाट भएको छैन भन्ने चिन्ता तपाईंहरुलाईरु’ मैले भनेँ, ‘परिवारसँग छिट्टै भेट गराऊँ भन्ने तपाईंको कुरा राम्रो लाग्यो।’

उनले भने, ‘ल, तपाईं छुट्नु भयो, जानुस्।’

मलाई गाडीमा लिएर आएका थिए। ‘छुट्नुभयो’ भनेपछि तल ओर्लिन्छु त, गाडीपनि छैन, पुलिसपनि छैन, केही पनि छैन।

♦ तपाईं कहाँ हुनुहुन्थ्यो ?
अञ्चलाधीश कार्यालय अगाडि– रानीपोखरी। तल ल्याउँदा त मलाई ल्याउने कोही पनि छैनन्।

♦ लिन आउने पनि छैन ?
छैन। पुलिसले हालेर ल्याएको गाडीमा, पुलिस गयो। अरु कोही पनि छैन, अञ्चलाधीशले पु¥याउने कुरा पनि भएन।

♦ तपाईं बटुवा–तमासे जस्तो बन्नु भयो ?
अँ। यताउति हेरेँ। अनि, लुखर–लुखर घण्टाघर हेर्नतिर लागेँ। वरतिर आएर घण्टाघर हेर्न, त्रिचन्द्र हेर्नतिर लागेँ। किनभने, त्यो ९त्रिचन्द्र र घण्टाघर० म २७ सालमा एकपटक आएर हेरेको थिएँ, चस्स दुई दिन। फेरि आएर हेरेँ। अनि, अब कता जाने, के गर्ने भन्ने भयो।

त्यहाँबाट टुँडिखेलको पूर्वी भेगबाट राष्ट्रिय सभागृह, विद्युत प्राधिकरणको अगाडि हुँदैहुँदै गएँ। तलबाट शहीद गेट घुमेर सुन्धारा गएँ। धरहरा एकछिन हेरेँ। सुन्धारा एकछिन हेरेँ। अनि, वीर हस्पिटलतिर घुम्न जाउँ कि जस्तो लाग्यो। तर, पारितिर नघुमौँ भनेर फेरि फर्किएँ।

जेलमा गएँ। जेलको ढोकामा शुशिल प्याकुरेलजी आइपुग्नु भयो। मैले कसैलाई भन्न लगाएको थिएँ, ‘शुशील प्याकुरेललाई खबर गदिर्नू’ भनेर। शुशील प्याकुरेल आउनु भयो। उहाँसँग बाइक थियो, लिएर आउनु भयो। म उहाँको पछाडि चढेर हिडेँ।

छुटकरा पुर्जीमा सही गर्न भन्दै थिए जेलरहरुले, पहिले निस्कने बेलामा। ‘छुटेपछि गरौँला’ भनेको, फर्किएर आएपछि गर्दिएको भएपनि हुन्थ्यो नि। त्यतिबेला गर्दिएको भए पनि हुन्थ्यो नि। त्यतिबेला मानेको भए हुन्थ्यो। टुडिखेल घुमेकै थिएँ, पछि गरौँला भनेको, त्यो पनि नगरिकन शुशीलजीकोमा गएँ। त्यहीँ बसेँ त्यो दिन। त्यसपछि कहिले शुशीलजीको तिर, कहिले जीवन मानन्धरकोतिर बस्ने गरेँ।

मेरो राम्रै दोस्ती रुपचन्द्र विष्ट (थाहा अभियानका संस्थापक, मकवानपुरका पूर्व रापंस) सँग पनि थियो। सुनकोशी छापाखानामा एउटा बस्ने अड्डा छँदै थियो। प्रकाश काफ्ले, मानव अधिकारकर्मीहरुको त्यहाँ कालिमाटीमा माथितिर एउटा डेरा थियो। लालबहादुर खाती ९स्व गायक० को घर थियो। लालबहादुर खातीको परिवार तल बस्थे। माथि चाहिँ मानव अधिकारकर्मीहरु बस्थे। त्यसपछि हामी भिमफालतिर स¥यौँ। जे होस् जेल बसाइँ त्यसरी टुङ्गियो।

♦ ठीक ठाउँमा ल्याएर छोडेछ, होइन त ?
अँ, ठीक ठाउँमा छोडेछ।

‘मरेको भए पार्टीकै साथीहरुले मलाई पार्टीविरोधी, बदमास भन्थे होलान्’

♦ तपाईं जेलभित्र रहेका बेला ‘पार्टीप्रति गद्दारी ग-यो, बेइमानी ग-यो’ भन्ने खालका कुनै अभियोग लगाएको थियो ?
जेल परेका बेला म पार्टी सदस्यताबाट निस्कासित थिएँ। झापा आन्दोलन सुरु गर्ने कुराको अगुवाई गरियो। आज ज–जसले जे–जे श्रेय लिन खोज्छन्, त्यसमा मलाई केही भन्नु छैन। तर अलिकति पछाडि त्यसलाई ‘ओभरटेक’ गर्ने साथीहरु थुप्रै निस्किए। नक्सलपन्थीहरुको त्यसमा प्रभाव प-यो, जसले गर्दा मसँग थुप्रै मतभेद पैदा भए। ती मतभेदले परिस्थिति अलिक तनावपूर्ण भयो। नक्सलपन्थीको लाइनमा हिडेन भने नक्सलपन्थीको समेत आक्रोश, त्यो आक्रोशमा हाम्रा साथीहरुको महत्वाकांक्षा मिसिएर एउटा षडयन्त्र मविरुद्ध पार्टीबाट भयो। म पार्टी प्रमुख थिएँ। पार्टी प्रमुखबाट, कमिटीबाट र सदस्यताबाट पनि हटाउने खेल भयो।

♦ कति सालमा ?
२०२९ सालमा।

♦ तपाईं पक्राउ पर्नुभन्दा पहिलेको कुरा हो यो ?
हो। पहिले नै म पार्टी सदस्यताबाट, कमिटीबाट हटाइएको थिएँ। यो कुरा म आफैले भन्न मिलेन। त्यसले गर्दा पक्राउ पर्दा म झापाली नेताकै प्रक्राउ परेँ। र, गोल घरमा हालिएँ। जतिबेला म झापाली पार्टीबाट निस्कासित थिएँ तर मलाई त्यस्तो अरु कुनै आरोप लागेको थिएन। लाग्ने स्थिति पनि थिएन। किनभने, मैले कुनै नचाहिने कुनै काम गरेको थिइन। म कहिल्यै कुनै नराम्रो काम पनि गर्दिनँ।

♦ तपाईं पार्टीसँग कति सालमा जोडिनु भयो, जेल बसेका बेला ?
म पार्टीको लगातार सम्पर्कमा नै थिएँ। म साथीहरुलाई भन्थेँ, ‘तिमीहरु जसले मलाई निकाल्यौ, तिमीहरु भर्खर सिक्दैछौ, बुझेका छैनौ। त्यसकारण आवेशमा, उत्तेजनामा छौ। आन्दोलन भनेको आवेश, उत्तेजना होइन। तिमीहरु दुई–चार जनालाई हेरेर कुरा गर्छौ। तिमीहरु अहिले अगाडिको थाल हेरेर कुरा गर्छौ, म भविष्य हेरेर कुरा गर्छु– के हुन्छ, के हुने वाला छरु त्यसकारण मलाई तिमीहरुले पार्टीबाट निस्कासन गर्ने जुन फैसला ग¥यौ, त्यो धोका हो, भ्रम हो। म पार्टीबाट निस्कासित हुन्न। तिमीहरुले सदस्यताबाट हटायौ। तर म पार्टीको प्रमुख नै छु। यथार्थमा म नै पार्टीको प्रमुख हो। किनभने पदको हिसाबले एकछिनलाई कसैले कसैलाई हटायो होला। तर यथार्थमा जसले विचारले त्यस आन्दोलनको सिर्जना ग¥यो, त्यस आन्दोलनलाई ठीक बाटोमा लानुपर्छ भन्यो, त्यो नै प्रमुख हो।’

♦ यदि कुनै कारणले तपाईंलाई ‘तल–माथि’ भएको भए के.पी. ओलीका बारेमा अर्कै इतिहास लेखिन सक्ने थियो होला। होइन ?
हो।

♦ एकजना ‘क्रान्तिकारी राजवन्दी’ वा ‘क्रान्तिकारी राजनेता’ नभनिकन...अर्कै...?
अँ। ‘अत्यन्त जनविरोधी, पार्टी विरोधी, बदमास’ भनेर लेखिन सक्थ्यो।

♦ कहिलेकाहीँ जेलभित्र बस्दा त्यस्तो सम्झना हुन्थ्यो ?
मलाई मतलब नै हुँदैन।

♦ अहिले कि त्यसबेला ?
त्यसबेला। मेरो बानी जस्तो भन्नुस्, मान्छेको एउटा प्रवृति हो। तपाईं जस्तो भन्नुस्, सुन्दर ठूलो फोटो राख्यो भने तपाईंलाई आनन्द लाग्छ। तपाईं हुनुहुन्छ र तपाईंलाई आनन्द लाग्छ। तर तपाईं कति सय वर्ष हुनुहुन्छ तरु सय वर्षको आसपास हुनुहोला। अर्को सय वर्ष त तपाईं हुनुहुन्न। तपाईंको छोराले चिन्ला– बाबुको फोटो। छोराले नातीलाई भन्ला, ‘हजुरबाको फोटो।’ त्यस पछिकाले चिन्दा पनि चिन्दैनन्।

फोटो अथवा समय यस्तो निर्मम हुन्छ, कागजमा बनाउनुस्, पुरानो हुन्छ। ताम्रपत्रमा बनाउनुस्, त्यसलाई पनि समयले खान्छ। फलाममा बनाउनुस्, त्यसलाई पनि समयले खान्छ। र, कुनै हिसाबले कसैको शालिक बनाएर को अमर भएको छ ? शालिक त धेरै बने नि१ को अमर बन्यो ?

मानव सचेत प्राणी भएकोले आफ्नो बारेमा प्रिय कुरा भन्न रुचाउने उसको स्वभावै हो। ‘नराम्रा कुरा सुन्न नपाए हुन्थ्यो आफ्नो बारेमा’ भन्ने चाहन्छ मान्छे। तर त्यसको आयु चाहिँ कति छ त ? त्यस प्रबृतिले थेग्ने युग, समय वा कालखण्ड कति हो ? कालखण्डमा हामीले कर्तव्य गर्ने हो। राम्रो काम गर्ने हो मानिसहरुका लागि, धर्तीका लागि, सन्ततीका लागि।

‘सत्य त्यो मात्रै हो’, ‘राम्रो काम त्यो मात्रै हो’ र ‘मलामी धेरै भए हुन्थ्यो’ भन्छन्, केही फरक पर्दैन। मान्छेले सम्मानले फूल चढाउन् कि जुत्ताले हानुन्, के फरक गइसकेपछिरु मैले राम्रो काम गर्न प्रेरित नगर्न खोजेको होइन। तर राम्रो काम गर्दा यस्ता कुराहरुको पनि लोभ छोडिदिनु पर्छ। लोभलेपनि हो मान्छेलाई ढोगी बनाउने। मान्छेलाई छद्मभेषी बनाउने। प्रसंशा रुचाएपछि आफ्ना कमी–कमजोरी भन्न भएन, कमी लुकाउनु प¥योर्, अनि नराम्रा कुरा सुन्न नरुचाउने भएपछि, प्रशंसामात्रै रुचाउने भएपछि अलिकति देखावटी कुरा गर्नुप¥यो।

एउटा चलन हुन्छ, मान्छे मरेका ठाउँमा जाँदा अलिकति नजिक आइसकेपछि ‘वाँ...हाँ...’ गरेर रुने। रुने नै हुन्छ। यहाँ काठमाडौँमा त झन् चलनै छ। रुनै पर्छ त्यो चलन। म त्यस पक्षमा छैन। रुन आयो भने रुनु, नआए नरुनु। रुन आयो भने रुनु स्वभाविक नै हो। आरामले रोए हुन्छ। रुन आएन भने अभिनय नगर्नू। राम्रो काम गर्न सकिन्छ भने राम्रो काम गर्नू। प्रेमभाव छ भने प्रकट गर्नू। प्रकट भइहाल्छ। बनावटी...। त्यसका लागि त नाटक मञ्चन भइहाल्छन् नि। कलाकार छन्, फिल्म छन्। अनि वास्तविक जीवनमा पनि फिल्म नै खेल्ने ? वास्तविक जीवनमा पनि नाटक नै रच्ने ? म त्यस पक्षमा छैन।

त्यसो भइसकेपछि ‘सुकृतिको, कृति–नाम रहोस् भनेर, एकपटक भएपनि देखाऔँ’ भन्ने उद्देश्यबाट पनि काम गर्नु वाञ्छनीय छैन।

♦ ०५१ सालमा मनमोहन अधिकारीकोे नेतृत्वमा अत्पमतको सरकार बन्यो र त्यो सरकारको गृहमन्त्री बन्ने अवसर यहाँले प्राप्त गर्नु भयो। अहिले जुन कुरा ग¥यौँ नि, त्यो बेलाको ‘रिल’ एकपटक घुम्यो ?
म धेरै अतितमुखी हुन्न। अतित त वेथिति भइसक्यो। आगत कस्तो बनाउने र कसरी स्वागत गर्ने ? वर्तमानलाई कसरी व्यवहार गर्ने भन्ने कुरा हो। यद्यपी, अतितप्रति बेखबर भएर कसैले भन्छ नि, ‘दुख पाएको अतित बिर्सियो।’ दुख पाएको अतितमा पनि धेरै अल्झिनु हुदैन। सुख पाएको अतितमा पनि धेरै अल्झिनु हुँदैन। ‘म संभ्रान्त परिवारको थिएँ’, त्यो दम्भ पनि गर्नु हुँदैन। ‘मैले दुख पाएको थिए’, यस्तो हिनताबोध पनि राख्नु हुँदैन। अतितमा जे भएको भएपनि ‘मैले दुख पाएको थिएँ’ भनेपनि त्यो इतिहास हो। त्यसलाई सम्झिनु पर्छ। तर हिनतावोधबाट ग्रसित हुनु हुँदैन। र, इतिहासको वा विगतको अनुकूलता केही सम्झिएर पनि दुखित हुनुहुँदैन। त्यो पनि अर्को दुखित हुने मेलो हो। त्यसकारण हामीले एउटा परिस्कृत मानव हुने हो, सभ्य परिस्कृत मानव हुने हो– जो नैतिकवान छ, जो समाजप्रति र यस धर्तीप्रति समर्पित छ।

♦ नेपाली जनताले केपी शर्मा ओलीलाई कसरी स्मरण गरुन् भन्ने चाहनु हुन्छ ?
मेरो काम नेपाली जनतालाई सुख दिने हो। नेपाली जनताले मेरो स्मरण गरेर समय खेर फाल्ने भन्दा आफ्ना सन्तानको स्याहार–सम्भार गरुन् र देश बनाउन् भन्ने चाहन्छु। मेरो स्मरणमा समय किन खेर फाल्ने ?

♦ तपार्ईं जुन शिखरमा बसेर कुरा गर्दै हुनुहुन्छ, तपाईं आफैले भन्नुपर्दा के चाहिँ स्मरणीय लाग्छ ?
म जुन काममा लागेँ, त्यसमा म निष्ठासाथ लागेँ। सांसद हुँदा सांसदको हिसाबले, गृहमन्त्री हुँदा गृह मन्त्रीको हिसाबले देशमा शान्ति सुरक्षा कामय गर्नु मेरो कर्तव्य थियो। मैले त्यसलाई सफलताका साथ सम्पन्न गराएँ। पराराष्ट्रमन्त्री हुँदा मैले परराष्ट्र मन्त्रीको हिसाबले गर्नुपर्ने कामहरु सफलतापूर्वक गरेँ। त्यसबेला भुटानी शरणार्थीहरुको समस्या समाधान गर्नु थियो। त्यो मैले सफलतापूर्वक अगाडि बढाएँ। र, त्यो आज करिब–करिब समाधान भइसक्यो। मान्छेले भन्ने गर्छन्, प्रधानमन्त्री हुँदा राष्ट्रवादी अडान देखायो, यो ग-यो, त्यो ग-यो। भारत विरोधी अडान लियो। मैले भारत विरोधी अडान लिएकै होइन, नेपालको पक्षमा अडान मात्र लिएको हो।

♦ अर्थात् एक जना नेपाली नागरिकले जे कर्तव्य गर्नु पथ्र्यो, प्रधानमन्त्रीको कुर्सीमा बसेको मान्छेले जे काम गर्नु पथ्र्यो, त्यही काम गर्नु भयो ?
त्यही काम गरेको। भारत विरोधी भावना, चीन विरोधी भावना, अर्को विरोधी भावना होइन– नेपाल पक्षीय। नेपाली जनतालाई अनुचित ढंगले पीडा परेको थियो, पीडा भोग्नु परेको थियो। त्यो बेला मैले विल्कुलै स्वतन्त्र मानसिकताका साथ, नेपाली मानसिकताका साथ, नेपाली हितलाई ध्यानमा राखेर र नेपालको गौरवपूर्ण परम्परालाई पनि ध्यानमा राखेर सत्यको पक्षमा उभिनु पर्दथ्यो। त्यो बेला म त्यसरी उभिएको हुँ। सत्यको पक्ष भनेको नेपालको पक्ष हो, नेपालीको पक्ष हो। त्यतिबेला नाकावन्दी गर्ने भारत प¥यो, त्यो अलग कुरा हो। तर मैले भारतको विरोध होइन, नाकावन्दीको विरोध गरेको हुँ। म निष्ठासाथ काम गर्छु। संविधान कार्यान्वयनका सन्दर्भमा पनि जे गर्नुपर्छ, निष्ठासाथ गरेको छु। सुशासनको सन्दर्भमा, भ्रष्टाचार नियन्त्रणको सन्र्दभमा जे पर्छ, निष्ठासाथ गर्छु।

♦ एक शब्दमा भन्नुपर्दा ओली सचेततापूर्वक भित्रैबाट सोचेर काम गर्छन् भन्नु सही हुन्छ ?
हो, के।पी। ओलीले घमण्ड गर्दैन् डर्फी हुँदैन। के गर्नुपर्छ, के।पी। ओलीलाई राम्ररी थाहा छ।

♦ तर मानिसहरुले तपाईंका बारेमा धेरै कुरा भन्छन्। थाहा छ ?
भन्छन्। दबाउन खोज्यो भने के.पी. ओली अलि दब्दैन। फेरि, दब्नु मानवीयता होइन। दब्नु, कायरतालाई शालिनता भनिदैन। त्यसकारण म कायरता रुचाउन्न। यसको अर्थ म बहादुर छु भनेको पनि होइन। मलाई बहादुर हुनुपनि छैन। तर, म कायर हुन मान्दिन। मलाई प्रशंसा गरुन् भनेर म केही काम गर्दिन।

 


global ime

Ruslan

runner bike

bhatbhateni

राजनीति

अहिलेको उपनिर्वाचनले हाम्रो जनमतको नमूना देखाउँछ : रामचन्द्र पौडेल

२७ कात्तिक, निजगढ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्थिर सरकार भएको बेलामा प्रतिपक्षको समेत साथ पाएको दुईतिहाइको बलियो कम्युनिस्ट सरकारलाई सीमा सम्बन्धी सबै समस्या समाधान गर्न उत्तम समय भएको बताएका छन् । बारा जिल्लाको निजगढमा बुधबार आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा पौडेलले सीमा समस्या विगतदेखि कै भएपनि बर्तमानमा जस्तो स्थिर सरकार र सबै राजनीति शक्तिको साथ कहिल्यै नपाएको बताए । पौडेलले भने– ‘सीमाको समस्या धेरै पहिले देखि हो । यो पटक हामी चुक्न हुँदैन । हामीले प्रधानमन्त्रीलाई भनेका छौँ । तपाईले कुटनीतिक पहल गरेर समाधान गर्नु जरुरी छ ।’

मोरङको स्थानीयत तहको उपचुनावमा कांग्रेस र समावजादीबीच तालमेल

२७कात्तिक, विराटनगर ।  मोरङको धनपालथान गाउँपालिकाको उपचुनावमा नेपाली कांगेस र समाजवादी पार्टीले तालमेल गरेका छन् ।  धनपालथान वडा नम्बर २ को वडाध्यक्षमा कांग्रेसले नारायणप्रसाद साहलाई उमेदवार बनाएको छ ।  समाजवादी पार्टीले साहलाई समर्थन गर्दै आफ्ना उमेदवारी नहुने कांग्रेससंग सहमति गरेको छ । समाजवादीले डम्बरलाल मण्डलले वडाअध्यक्षमा उमेदवार बनाउने निर्णय गरेको थियो । दुबै पार्टीले आज बिहान विराटनगरमा पत्रकार सम्मेलन आयोजना गरी चुनावमा तालमेल गरिएको जनाएका छन् ।

सिके राउतको पार्टीले पनि उपनिर्वाचनमा उम्मेदवारी दिँदै

२७ कात्तिक, काठमाडौं । मंसीर १४ मा हुन लागेको उपनिर्वाचनमा सिके राउत नेतृत्वको जनमत पार्टी पनि सहभागी हुने भएको छ । गएको फागुनमा प्रधानमन्त्रीसँग सहमति गरेर मूलधारको राजनीतिमा आएका राउतले वैशाखमा आफ्नो नेतृत्वमा जनमत पार्टी निर्वाचन आयोगमा दर्ता गराएका थिए । त्यसअघि उनले स्वतन्त्र मधेस गठबन्धनको नाममा छुट्टै मधेस राष्ट्रको अभियान चलाउँदै आएका थिए । जनमत पार्टीका नेता चन्दन सिंहका अनुसार उपनिर्वाचनका लागि २७ गतेको स्थानीय तहको उम्मेदवारी दर्तामा पार्टीले तराई मधेसमा उम्मेदवारी दिन लागेको छ ।

अन्तर्राष्ट्रिय

​किन रक्ताम्य भयो दक्षिण कोरियाको नदी ?

२७ कात्तिक, काठमाडौं । उत्तर कोरिया तथा दक्षिण कोरियाको सीमा नजिकै रहेको एक नदी सुँगुरको रगतका कारण पूर्ण रुपमा रातो भएको छ ।
देशमा अफ्रिकन स्वाइन फिवर फैलिने जोखिम बढेपछि दक्षिण कोरिया प्रशासनले सावधानीका लागि ४७ हजार सुँगुर मार्न आदेश दिएको थियो ।मारिएका सुँगुरलाई सीमा नजिकैको डम्पिङ्ग साइडमा गाडिएको थियो । तर पानी परेकाले त्यहाँबाट रगत बगेर नजिकै रहेको सानो नदी इमजिनमा मिसियो । त्यसपछि नदीको पानी पूर्ण रुपमा रातो भएको हो । अफ्रिकन स्वाइन फिवर अति संक्रामक र उपचार सम्भव नभएको रोग हो । 

बोलिभियामा राजनीतिक युटर्न : राष्ट्रपतिमा निर्वाचित भएको दुई सातामै इभोले दिए राजीनामा

२५ कात्तिक, काठमाडौं । बोलिभियामा १४ वर्षदेखि सत्तामा रहँदै आएका राष्ट्रपति इभो मोरालेसले पदबाट राजीनामा दिएका छन् । अघिल्लो महिना भएको निर्वाचनबाट उनी पुनः राष्ट्रपतिमा निर्वाचित भएपनि धाँधली भएको प्रमाण फेला पारेको अन्तर्राष्ट्रिय पर्यवेक्षकहरुले दाबी गरेपछि उनले पदबाट राजीनामा दिएका हुन् 

कोरियामा जीवनबारे पाठ सिक्न नक्कली दाह संस्कार !

२४ कात्तिक, काठमाडौं  । दक्षिण कोरियामा एउटा कम्पनीले निःशुल्क दाह संस्कारको सेवा प्रदान गरिरहेको छ । तर आश्चर्यजनक सो सेवा मृतका लागि नभएर जिवित मानिसहरुलाई जीवनबारे पाठ सिकाउनका निम्ति रहेको बताइएको छ । मृत्युलाई नजिकबाट अनुभूति गर्नुले व्यक्तिलाई धेरै कुरा सिकाउने विश्वास सहित यस्तो सेवा प्रदान गरिँदै आएको छ । हालसम्म यस जिवित दाहसंस्कार कार्यक्रममा २५ हजार भन्दा धेरैले सहभागिता जनाइसकेका छन् ।  हालै मात्र कार्यक्रममा सहभागी भएकी ७५ वर्षीया छो जे ही भन्छिन,‘मृत्युका बारेमा हामी सचेत हुन थालेपछि जीवनप्रतिको हाम्रो धारणा बदलिन्छ र हामीले यो संसारलाई नयाँ दृष्टिले हेर्न सुरु गर्छौँ ।’  

विचार / ब्लग

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 
Top