राष्ट्रपतिमाथि गरिएको व्यवहार असभ्य र उद्दण्ड भयो – प्रम


Sunday, 20 Dec, 2015 2:52 PM
 ५ पुस,काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विवाहपञ्चमीका अवसरमा जनकपुर भ्रमणमा जानुभएकी राष्ट्रपति विद्यादेवी भण्डारीमाथि गरिएको व्यवहार असभ्य र उद्दण्ड भएको बताउनुभएको छ ।

नेकपा ९एमाले०प्रदेश नं ४ ले आज केन्द्रीय कार्यालय धूम्रबाराहीमा आयोजना गरेको कार्यक्रममा पार्टी अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले प्रदेशको विकास निर्माणका लागि मुस्ताङको कोरला नाका खोलिनुपर्ने माग गर्दै बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै भौगोलिक अखण्डताविरुद्ध कतिपय पक्ष हिंसात्मक ढङ्गले प्रस्तुत हुन थालेकाले सरकारले त्यसलाई कानुन बमोजिम नियन्त्रणमा लिने बताउनुभयो ।

प्रदेश नं ४का एमालेका केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य, सांसद र जिल्लाका पार्टी अध्यक्ष सहितको टोलीले आज प्रधानमन्त्रीलाई भेटी चीनसँग जोडिएको कोरला नाका सञ्चालन गर्न एवम् पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

“स्वार्थपूर्तिका लागि केही मानिसले देशलाई बन्धक बनाउन हुन्न, जायज माग सबैका पूरा हुन्छन्, अनुचित माग जोसुकैको पनि पूरा हुन सक्दैन, सभ्य रुपमा माग राख्न सकिन्छ, मागका नाममा गैरजिम्मेवार असभ्य व्यवहार प्रदर्शन गर्नेलाई सरकारले नियन्त्रण गर्छ,” प्रधानमन्त्रीले भन्नुभयो ।

तराईमा देखिएका समस्या समाधानका लागि सरकार गम्भीर गृहकार्यमा लागेकाले केही दिनमा वातावरण सङ्लिने विश्वाससमेत उहाँले व्यक्त गर्नुभएको थियो । आपूर्ति व्यवस्थालाई बिगारेर फाइदा लिन पल्केकाहरुले वातावरण सप्रिन नदिने प्रयत्न गरेको सूचना आफूले पाएको प्रधानमन्त्री ओलीले जानकारी दिनुभयो ।

“संविधासभाबाट जारी भएको संविधानले नेपाली नागरिकले विवाह गरेकी भारतीय छोरीले अङ्गीकृत नागरिकता पाउने व्यवस्था हटाइएको भनी तराई क्षेत्रमा दुष्प्रचार गरिएको रहेछ, असोज ३ पछि आजसम्म ५९६ महिलाले अङ्गीकृत नागरिकता पाएका छन्,” उहाँले भन्नुभयो ।

पर्यटकीय क्षेत्रले भरिएको चार नं प्रदेशको विकास निर्माणमा सरकारले ध्यान दिने प्रतिबद्धता समेत प्रधानमन्त्री ओलीले व्यक्त गर्नुभएको थियो ।

कोरला नाका शीघ्र सञ्चालन गर्न माग
सो प्रदेशमा पर्ने उपल्लो मुस्ताङको छोन्हुप गाविसमा रहेको कोरला नाका ९नेचुङ भन्सार० शीघ्र सञ्चालनमा ल्याउनका लागि चीनसँग कूटनीतिक पहल गर्न आग्रह गरिएको थियो । सो नाका पोखरा, बेनी, जोमसोम, लोमन्थाङ कोरला सडक उत्तरको तिब्बत र दक्षिणको सुनौली जोड्ने सबैभन्दा छोटो दूरीको नाका हो ।

ज्ञापनपत्र पेस गर्दै एमालेका पोलिटब्युरो सदस्य एवम् धवलागिरि इञ्चार्ज गणेश तिमल्सिनाले म्याग्दीको सदरमुकाम बेनीबाट १७६ किमी दूरीमा रहेको कोरला नाका सञ्चालनमा ल्याउन सरकारले छिटो पहल गर्नुपर्ने माग गर्नुभएको थियो । “यो नाका ४ नं प्रदेशको विकासका लागि कोसेढुङ्गा साबित हुनेछ, समग्र राष्ट्रिय विकासमा पनि यो नाका खुलेपछि उल्लेखनीय योगदान मिल्नेछ,” उहाँले भन्नुभयो ।

जोमसोमबाट कोरला नाकासम्म करिब १०० किमी सडक चार लेनको बनाउन र बेनीसम्मको ७६ किमी सडकको स्तरोन्नति गर्न सकेमा नाका छिटो सञ्चालनमा ल्याउन सकिने ४ नं प्रदेशवासीको विश्वास छ ।

पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि विसं २०३१ मा तीन हजार १०६ रोपनी जग्गा अधिग्रहण गरिएकामा अहिलेसम्म निर्माण सुरु नभएकाले छिटो निर्माणको व्यवस्था मिलाउन पनि प्रधानमन्त्री ओलीसमक्ष सो अवसरमा माग गरिएको थियो । 


global ime

runner bike

https://esewa.com.np/#/home

राजनीति

लकडाउनको पालना गर्न र गम्भीर हुन भारतीय प्रधानमन्त्रीको आग्रह

१० चैत, काठमाडौँ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफ्ना नागरिकलाई लकडाउनको पालना गर्न आग्रह गरेका छन् ।  मोदीले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘लकडाउनलाई कतिले अझै पनि गम्भीरतापूर्वक लिइरहेका छैनन् । कृपा गरेर आफूले आफैलाई बचाउनुस्, आफ्नो परिवारलाई बचाउनुस् र निर्देशनलाई

गगन थापाको प्रस्ताव सांसदको १ महिनाको तलब जम्मा गरौं

१० चैत, काठमाडौँ ।
नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले सरकारको कोरोना कोषमा  प्रत्येक सांसदको १ महिनाको तलब जम्मा गर्ने प्रस्ताव गरेका छन् । सामाजिक सञ्जाल मार्फत उनले भनेका छन्   "जसले जहाँबाट जति सक्छौं यो कोषमा सहयोग गरौं र विपदमा श्रोत जुटाउन साथमा छौं भनेर सरकारलाई

देशलाई तुरुन्त लकडाउन गर्न काँग्रेस नेताको माग

१० चैत, काठमाडौँ ।
नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले मुलुकमा तुरुन्त लकडाउन गर्न सरकारसँग माग गरेका छन् । सामाजिक सञ्जाल मार्फत डा कोइरालाले भारतबाट आउने मानिसको लर्कोले कोरोना पनि सँगसँगैं ल्याउन सक्ने भन्दै तुरुन्त लकडाउन गर्नुपर्ने बताएका हुन् । नेता शेखरले विस्वव्यापी रुपमा

अन्तर्राष्ट्रिय

कोरोनाका कारण युरोपकै सबैभन्दा कम उमेरका किशोरको पोर्चुगलमा निधन

१७ चैत काठमाडौ । कोरोना भाइरसका कारण युरोपमै सबैभन्दा कम उमेरका १४ वर्षीय एक किशोर भिक्टर राफेल बास्टोस गोडिन्होको पोर्चुगलमा ज्यान गएको छ।  दक्षिणी पोर्टोको ओभर शहरका यी किशोरको  सान्टा मारिया डे फेइरास्थित साओ सेबास्टिओ अस्पतालमा निधन भएको स्थानीय पत्रपत्रिकाले जनाएका छन्। उनको निधन आइतबार भएको थियो। उनी फुटसलका उदयमान खेलाडी भएको बताइन्छ। पोर्चुगाली फुटबल संघले पनि उनको निधनमा संवेदना जनाएको छ। 

देशबासीलाई बेलायती प्रधानमन्त्रीको पत्र– कोरानाका कारण अवस्था थप खराब बन्न सक्छ

१६ चैत, काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण उत्पन्न पस्थिति सुधार हुनुको साटो झन खराब बन्दै जाने जोखिम रहेको बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले बताएका छन् । सेल्फ आइसोलेसनमा रहेका प्रधानमन्त्री जोन्सनले बेलायती नागरिकको नाममा जारी गरेको पत्रमा आउँदा दिनमा अवस्था थप भयावह बन्न सक्ने चेतावनी दिइएको हो । प्रधानमन्त्री जोन्सनको पत्र हरेक बेलायतीको घरमा पठाईँदै छ ।

दिल्ली छोडेर गाउँ फर्किरहेकाहरुलाई मुख्यमन्त्री केजरीवालले गरे यस्तो आग्रह

१६ चैत, काठमाडौं । भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले लकडाउनका बेला लामो दूरी यात्रा गरेर गाउँ फर्किरहेकाहरुलाई यथास्थानमा बस्न आग्रह गरेका छन् । भारत सरकारले देशभर कोरोना भाइरसको संक्रमण फैलिन भन्दै तीन हप्ते लकडाउन लागु गरेपछि दिल्लीमा काम गर्दै आएका मजदूर तथा दैनिक काम गरेर जीविका चलाउँदै आएकाहरु हिँडेर गाउँ फर्किरहेका छन् । गाउँ फर्किनेको भिड अत्याधिक र लामो रहेको छ ।

विचार / ब्लग

महान क्रान्तिकारी आमा र सासुआमा

- सुदिप रेग्मी
दुई दशकलाई नियाल्दा नेपाली समाजमा धेरै परिवर्तन आए ।विश्वव्यापीकरणको प्रभाव र बढ्दो आधुनिकिकरणले नेपाली जनजीवन परिवर्तन भयो । खासगरी नेपाली युवाहरूको बढ्दो वैदेशिक यात्राले नेपालीहरूको जनजीवन परिवर्तन गर्न उल्लेख्य भूमिका निर्वाह गर्‍यो । स्वदेशमै रहेका युवाहरू शहर केन्द्रित भए ।

सी चिनफिङ भन्छन् -हिमालय वारिपारिको मैत्रीलाई नयाँ उचाइमा पुर्याऔँ

सी चिनफिङ
राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको निमन्त्रणामा म छिटै चीनको मैत्रीपूर्ण छिमेकी देश नेपालको राजकीय भ्रमण गर्दैछु । मैले नेपालको भ्रमण गर्न लागेको यो पहिलोपटक हो, तथापि मलाई नेपाल अपरिचित भने लाग्दैन । नेपालमा शानदार पहाड र नदीहरू छन्, विशिष्ट संस्कृति पनि छ । त्यसैले म नेपालको भ्रमण गर्न धेरै पहिलेदेखि लालायित थिएँ । मैले चीनको भ्रमण गर्नुभएका धेरै नेपाली नेताहरूसँग धेरैपटक भेटवार्ता गरेको छु र उहाँहरूसँग गहिरो मित्रता पनि गाँसेको छु ।

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 
Top