एउटा यस्तो गाउँ : ११ महिना पानीमुनी हुन्छ, एक महिनामात्रै सर्लक्क देखिन्छ
Monday, 10 Jun, 2019 12:47 PM
२७ जेठ, काठमाडौं । भारतको पश्चिमी राज्य गोवामा रहेको कुर्डी गाउँ प्रत्येक वर्ष एक महिनामात्र देखा पर्छ, बाँकी समय पानीमा डुब्छ। एक महिनाको अवधिमा सो स्थानबाट बसाइँ सरेका स्थानीय बासिन्दा जम्मा हुन्छन् र आफ्नो पुरानो थातथलोमा रमाउँछन्।
भारतको पश्चिमी घाटमा दुईवटा पहाडबीच अवस्थित कुर्डी गाउँको बीचबाट सलाउलिम नदी बग्छ। कुनै बेला यो दक्षिणपूर्वी गोवाको एउटा जीवन्त गाउँ थियो। कुर्डीका बासिन्दाहरूका अनुसार यसको अस्तित्व सन् १९८६ मा मेटिएको हो।
.jpg)
राज्यमा बनेको पहिलो बाँधका कारण कुर्डी पूर्ण रूपमा पानीमा डुब्न पुग्यो। तर, प्रत्येक वर्ष मे महिनामा पानीको सतह घट्दै जान्छ र गाउँको भग्नावशेष देखिन्छ। चिरिएको भुइँ, रूखका मुढा, त्यस गाउँका घर र धार्मिक संरचनाका अवशेष, पुराना घरेलु सामान र ठाउँठाउँमा पानी जमेको बाँझो भूमि।
झन्डै तीन हजार जनसङ्ख्या रहेको उक्त गाउँको भूमि उर्वर थियो। धानबालीवरिपरि नरिवल, काजु र आँपजस्ता फलफूल लगाइन्थ्यो र गाउँलेहरूको जीविका समान्य रूपमै चलिरहेको थियो। उक्त गाउँमा हिन्दू, मुसलमान र इसाई धर्मावलम्बीहरू बस्ने गर्थे। गाउँमा एउटा ठूलो मन्दिर पनि थियो। सबै धर्म मान्नेका लागि आआफ्नै प्रार्थना तथा पूजा गर्ने स्थान थिए।
तर सन् १९६१ मा गोवा पोर्चुगलबाट मुक्त भएपछि भने निकै परिवर्तन हुन पुग्यो। स्वतन्त्र भएपछि गोवाका प्रथम मुख्यमन्त्री दयानन्द बान्दोडकरले कुर्डीको भ्रमण गरे र राज्यको पहिलो बाँध निर्माणबारे समाचार सुनाए।
सबै स्थानीय बासिन्दाहरूलाई बोलाएर उक्त परियोजनाबाट सबै जना लाभान्वित हुने बताए। ‘गाउँ पूर्ण रूपमा डुब्ने भए पनि हाम्रो त्यागका कारण बृहत्तर हित हुने कुरा उनले हामीलाई बताए,’ उक्त छलफलको धमिलो सम्झना रहेका बताउने ७५ वर्षीय गजानन कुर्डीकरले बताए। छ सय परिवारसहित उनको परिवार पनि अन्यत्र बसाईँ सर्न बाध्य भयो। क्षतिपूर्तिस्वरूप विस्थापित गाउँलेहरूलाई नजिकैको गाउँमा जमिन दिइयो।

सलाउलिम नदीको तटीय क्षेत्रमा बनेको उक्त परियोजनालाई सलाउलिम सिँचाइ परियोजना भनिन्छ। निकै महत्त्वाकाङ्क्षी मानिएको उक्त परियोजनाबाट सिँचाइ गर्न तथा घरायसी र औद्योगिक प्रयोजनका लागि पानी उपलब्ध गराउने प्रस्ताव गरिएको थियो। सर्वसाधारणका लागि दैनिक ४० करोड लिटर पानी उपलब्ध गराउने बताइएको थियो।
‘नयाँ गाउँमा आउँदा हामीसँग केही पनि थिएन,’ इनासियो रोड्रिगेसले स्मरण गरे। सन् १९८२ मा बसाइँ सर्ने पहिलो केही परिवारमध्ये उनको पनि थियो। घर निर्माण नहुँदासम्म उनीहरू अस्थायी आश्रयस्थलमा बस्न बाध्य भएका थिए। कतिलाई घर बनाउन पाँच वर्षसम्म लाग्यो।
सन् १९८६ मा बसाइँसराइ गर्दा गुरुचरण कुर्डीकर १० वर्षका थिए। ‘सामान ओसारपसार गर्ने गाडीमा आमाबुवाले सबै सरसामान राखेको म अलिअलि सम्झन्छु। बाजेबजैसँगै मलाई पनि गाडीमा राखिएको थियो। आमाबुवा भने मोपेडमा पछिपछि आउनु भएको थियो,’ ४२ वर्षीय कुर्डीकरले भने। राज्यको बृहत्तर विकासका लागि बसाइँ सरेका उनीहरूको नयाँ गाउँमा भने कहिल्यै पनि पानी पुगेन।
‘दक्षिण गोवाका सबै स्थानमा वाचा गरिएअनुरूप खानेपानीका धारा जडान गरिएन,’ गजानन कुर्डीकर भन्छन्, ‘जस कारण हामीले पिउने पानी उक्त बाँधबाट आउँदैन।’ अहिले कुर्डीकर बस्ने स्थानमा दुईवटा ठूला इनार छन्। तर एप्रिल र मे महिनामा इनार सुक्न सुरु हुन्छ। त्यसपछि उनीहरू सरकारी ट्याङ्करमा भर पर्न बाध्य हुन्छन्।
पानीको तह घटेपछि कुर्डीका स्थानीय बासिन्दाहरू आफ्नो पुरानो वासस्थानको अवलोकन गर्न जान्छन्।उक्त महिनामा हिन्दूहरूले पूजाआजा गर्छन् भने इसाईहरू वार्षिक रूपमा गरिने प्रार्थनाका लागि भेला हुन्छन्। ‘हिजोआज हामीलाई झोला बोकेर बसाइँ सर्न निकै सहज छ,’ गोवास्थित समाजशास्त्री भेनिसा फर्नान्डेसले भनिन्न।
‘तर कुर्डीका मानिसहरूको परिचय नै उनीहरूको भूमिमा आधारित थियो। उनीहरू भावनात्मक रूपमै जोडिएका थिए। त्यसैले होला उनीहरू त्यस स्थानलाई उत्साहपूर्ण रूपमा सम्झन्छन् र फर्किरहन्छन्।’
गोवाकी स्वतन्त्र पत्रकार सुप्रिया वोहराको रिपोर्ट÷विविसी ।

राजनीति
बूढीगण्डकीको मुआब्जाबारे सरकारसँग वार्ता गर्ने जिम्मा बाबुराम र नारायणकाजीलाई

२ मंसिर, काठमाडौं । बूढीगण्डकी जलविद्युत आयोजनाका प्रभावित क्षेत्र गोरखातर्फ आरूघाट र धादिङतर्फ खहरेको मुआब्जा पुनरावलोकन गर्न समिति बनाइएको छ । गोरखा र धादिङ जिल्लाबाट प्रतिनिधित्व गर्ने सांसद, पूर्वसांसद, पूर्वमन्त्री, जनप्रतिनिधिहरू र सरोकारवाला समितिका प्रतिनिधि सम्मिलित वार्ता टोली बनाइएको हो । मंसिर १६ गते जिल्ला प्रशासन कार्यालय र बूढीगण्डकी आयोजनाले प्रति रोपनी ५० हजारदेखि सात लाख रूपैयाँसम्म दिने गरी मुआब्जा निर्धारण गरेपछि प्रभावित क्षेत्रका बासिन्दाले विरोध गर्दै आएका थिए ।
विश्व युवा संगठनको उपाध्यक्षमा युवा संघ नेपाल निर्वाचित

२२ मंसिर, काठमाडौं । विश्व प्रजातान्त्रिक युवा संगठन (डब्लुएफडीवाई)को उपाध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट राष्ट्रिय युवा संघ नेपाल निर्वाचित भएको छ । साइप्रसमा भएको संगठनको २० औँ अन्तरराष्ट्रिय सम्मेलनले संघलाई उपाध्यक्षमा निर्वाचित गरेको संघका केन्द्रीय सदस्य नरेश शाहीले जानकारी दिए । संघको प्रतिनिधित्व गर्दै सुन्दर भुसाललाई उपाध्यक्षको जिम्मेवारी बहन गर्न प्रतिनिधिको रूपमा पठाइएको छ । भुसाल यसअघि संगठनको एशिया प्यासिफिकको उपाध्यक्षसमेत थिए । यही डिसेम्बर २ देखि ७ गतेसम्म चलेको सम्मेलनमा विश्वका ६३ देशका ९५ युवा संगठन सहभागी थिए ।
सार्क स्थापनाको पैँतीऔँ वर्ष : १९ औँ शिखर सम्मेलन अन्योलमा

२२ मंसिर, काठमाडौं । दक्षिण एशियाको गरिबी निवारण, क्षेत्रीय सुरक्षा र आर्थिक विकासको मुख्य लक्ष्य लिएर सन् १९८५ डिसेम्बर ८ मा स्थापना भएको ‘दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन’ (सार्क) विभिन्न आरोहअवरोह पार गरी ३५ औँ वार्षिकोत्सव मनाउँदैछ । सन् १९८५ डिसेम्बर ७ र ८ मा बङ्गलादेशको ढाकामा प्रथम सम्मेलन गरी सार्कको यात्रा सुरु भएको हो । सार्कको स्थापनाका समयमा भूमिका निर्वाह गर्ने तत्कालीन राष्ट्ररसरकार प्रमुख नेपालका तत्कालीन राजा वीरेन्द्र वीरविक्रम शाहदेव, बङ्गलादेशका राष्ट्रपति हुसेन मोहम्मद एर्शाद, भूटानका राजा जिग्मेसिङ्गे वाङचुक, भारतका प्रधानमन्त्री राजीव गान्धी,
अन्तर्राष्ट्रिय
इराकमा भएको सरकार विरोधी आन्दोलनमा मर्नेको संख्या चार सय नाघ्यो

२२ मंसिर, काठमाडौं । इराकको राजधानी बगदादमा अज्ञात व्यक्तिको गोली प्रहारबाट सात जनाको मृत्यु भएको छ । बन्दुकधारीको गोली लागेर कयौं घाइते भएको बताइएको छ । घाइतेको अवस्था गम्भीर रहेकाले मृतकको संख्या अझै बढ्न सक्ने बताइएको छ । ट्रकमा आएका बन्दुकधारीहरुले अल सिनाक पुल नजिकै एउटा व्यापारीक भवनमा गोली प्रहार गरेको प्रत्यक्षदर्शीलाई उध्रित गर्दै बीबीसीले जनाएको छ । सरकार विरोधी प्रदर्शनहरु जारी रहेका बेला बन्दुकधारीहरुले जथाभावी गोली चलाएर सर्वसाधारणलाई त्रसित पार्न खोजेको आन्दोलनकारीहरुले आरोप लगाएका छन् ।
इरान र अमेरिकाले कैदीबन्दी साटासाट गर्ने !

२२ मंसिर, काठमाडौं । इरान र अमेरिकाले पछिल्लो समय बढ्दै गएको एक अर्काबीचको तनाव अन्त्य गर्न कैदीबन्दी साटासाट गर्ने निर्णय गरेका छन् । तेहरानले अमेरिकाबाट इरानी वैज्ञानिक मसुद सोलिमानीलाई रिहा गर्ने घोषणा गरेको छ । केही दिनअघि अमेरिकाले प्रिस्टनमा अध्ययनरत एक इरानी विद्यार्थी घर फर्किएको बताएको थियो । इरानी विदेशमन्त्री मोहम्मद जावेद जरीफले बन्दी बनाइएको चिनियाँ मुलका अमेरिकी नागरिक झियु वाङलाई चाँडै नै परिवारको जिम्मा लगाइने बताएका छन् । उक्त कदमको पुष्टि गर्दै राष्ट्रपति डोनाल्ड ट्रपलेसमेत आफ्ना नागरिकलाई स्वागत गर्न आतुर रहेको बताएको ह्वाइट हाउसले जनाएको छ ।
राष्ट्रपति ट्रम्पविरुद्व महाअभियोग लगाउन प्रसस्त प्रमाण : अनुसन्धान समिति

१८ मंसिर, काठमाडौं । अमेरिकामा राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध महाभियोगको अनुसन्धान गरिरहेको एउटा टोलीले उनलाई पदको दुरुपयोगमा महाभियोग लगाउन प्रशस्त प्रमाण रहेको जनाएको छ । ट्रम्प–युक्रेन महाभियोग अनुसन्धान नामक प्रतिवेदनलाई मङ्गलवार संसद्को तल्लो सदनको गुप्तचरीसम्बन्धी विषय हेर्ने समितिले सार्वजनिक गरेको छ । समितिले राष्ट्रपतिले व्यक्तिगत लाभका लागि पदको दुरुपयोग गरेको आरोप लगाउँदै महाभियोगसम्बन्धी उक्त प्रतिवेदन सार्वजनिक गरेको हो । प्रतिवेदनमा ट्रम्पमाथि न्यायमा अवरोध र्पुयाएको तथा आगामी चुनावमा आफ्नो हितका लागि यूक्रेनलाई मुछ्न खोजेको आरोप लगाइएका छन् ।
विचार / ब्लग
सी चिनफिङ भन्छन् -हिमालय वारिपारिको मैत्रीलाई नयाँ उचाइमा पुर्याऔँ

सी चिनफिङ
राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको निमन्त्रणामा म छिटै चीनको मैत्रीपूर्ण छिमेकी देश नेपालको राजकीय भ्रमण गर्दैछु । मैले नेपालको भ्रमण गर्न लागेको यो पहिलोपटक हो, तथापि मलाई नेपाल अपरिचित भने लाग्दैन । नेपालमा शानदार पहाड र नदीहरू छन्, विशिष्ट संस्कृति पनि छ । त्यसैले म नेपालको भ्रमण गर्न धेरै पहिलेदेखि लालायित थिएँ । मैले चीनको भ्रमण गर्नुभएका धेरै नेपाली नेताहरूसँग धेरैपटक भेटवार्ता गरेको छु र उहाँहरूसँग गहिरो मित्रता पनि गाँसेको छु ।

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन्