kantipur mall

होटल क्षेत्रमा वैदेशिक लगानी बढ्यो, चिनियाँ अग्रपंक्तिमा


Friday, 8 Nov, 2019 10:27 AM
२२ कात्तिक, काठमाण्डौ । नेपाल भ्रमण वर्ष २०२० अभियान प्रारम्भ हुनै लाग्दा देशको होटल क्षेत्रमा वैदेशिक लगानी उल्लेख्य मात्रामा वृद्धि भएको पाइएको छ ।

चालू आर्थिक वर्षको पहिलो तीन महिनामा ३९ वटा पर्यटन उद्योग (होटल तथा रेष्टुराँ) मार्फत पाँच अर्ब ७७ करोड रुपैयाँ वैदेशिक लगानी भित्रिएको उद्योग विभागले जनाएको छ । विभागका अनुसार चालू आवको पहिलो तीन महिनामा अघिल्लो वर्षको यही अवधिको तुलनामा शत्प्रतिशत लगानी वृद्धि भएको छ । 

विदेशी लगानीतर्फ चालू आवको तीन महिनामा ७७ उद्योगले स्वीकृति पाएका छन् । यसमा सबैभन्दा बढी ३९ वटा पर्यटन उद्योगसँग सम्बन्धित छन् । सेवातर्फ २५, उत्पादनका सात, सूचना प्रविधिसम्बन्धी छ र कृषि, वन पैदावारका एक उद्योग रहेका छन् । उपयुक्त परियोजनाका लागि ११ अर्ब ३६ करोड रुपैयाँको प्रतिबद्धता आएको विभागले जनाएको छ । यसबाट चार हजार २९२ रोजगारी सिर्जना हुने प्रक्षेपण गरिएको छ । गएको वर्षको यही अवधिमा  चार अर्ब ८३ करोड ५२ लाख रुपैयाँ विदेशी लगानी प्रतिबद्धता आएको थियो ।

विभागका निर्देशक एवं प्रवक्ता विनोद खड्काले चालू आवको पहिलो तीन महिनामा उत्साहवर्द्धक रुपमा विदेशी लगानी प्रतिबद्धता आएको बताए  । अघिल्लो आवको यही अवधिको तुलनामा अहिले शत्प्रतिशत लगानी बढेको उनको भनाइ छ । निर्देशक खड्काका अनुसार चालू आवको तीन महिना (साउन १ देखि असोज मसान्तसम्म) विभागमा मा ८२ उद्योग दर्ता भएका छन् ।

तीमध्ये सबैभन्दा बढी ३० वटा पर्यटन उद्योग (होटल तथा रेष्टुराँ) छन् ।  उत्पादनतर्फ २०, ऊर्जाका १५, सेवामूलक १२  र कृषि, वन पैदावारमा आधारित जम्मा तीन उद्योग दर्ता भएका छन् । ती उद्योगबाट आर्थिक प्रतिबद्धताअनुरुप ४८ अर्ब ९१ करोड ३६ लाख रुपैयँ लगानी हुन आउँछ । यसबाट पाँच हजार ६१ रोजगारी सिर्जना गर्ने लक्ष्य छ । 

विभागको आँकडाअनुसार अघिल्लो आव २०७५र७६ मा कूल २३ अर्ब ६९ करोड विदेशी लगानी प्रतिबद्धता आएको थियो ।

चिनियाँको आकर्षण

उद्योग विभागको आँकडाअनुसार नेपालमा होटल तथा रेष्टुराँ क्षेत्रमा चिनियाँ लगानीकर्ताको आकर्षण बढेको देखिएको छ । चालू आवको पहिलो तीन महिना विभागमा दर्ता भएका ३९ वटा होटल तथा रेष्टुराँमध्ये ३६ वटा होटल तथा रेष्टुराँमा चिनियाँ लगानी प्रतिबद्धता आएको छ । आर्थिक रुपमा करिब सात अर्ब रुपैयाँ चिनियाँ व्यवसायीले लगानी गर्नेछन् ।

यस्तै भारतका दुई र एक जापानिज लगानीकर्ताले होटल तथा रेष्टुरेन्टमा लगानी गर्ने प्रतिबद्धता जनाएका छन् ।

विभागको विवरणमा चिनियाँ लगानीका दुई तारे होटल तथा रेष्टुराँ काठमाडौँ र पोखरामा सञ्चालन गर्ने इच्छा जनाएका छन् । भ्रमण वर्षलाई सार्थक तुल्याउन महत्वपूर्ण पर्यटकीय पूर्वाधारको रुपमा रहेको होटल क्षेत्रको विशेष योगदान रहन्छ । समग्रतामा नेपालको पर्यटन क्षेत्रमा विदेशी लगानीकर्ताको आकर्षण देखिएको विभागका निर्देशक खड्काले बताउनुभयो । उहाँले मुलुकमा लगानीको वातावरण सिर्जना भएको र नीतिगत सुधारका कारण पनि लगानी बढेको उल्लेख गरे । 

होटल एसोसिएशन अफ नेपाल (हान) का प्रथम उपाध्यक्ष विनायक शाहले नेपाललाई पर्यटकीय गन्तव्यका रुपमा लिएर विदेशी लगानीकर्ता आकर्षण भएको र यसले देशको अर्थतन्त्रलाई गतिशील बनाउने विश्वास व्यक्त गरे । पर्यटन क्षेत्रमा आएको लगानी उत्साहवद्र्धक रहे पनि लगानीको प्रतिफलको सुनिश्चितताका लागि सरकारले आधारभूत पूर्वाधार विकासमा जोड दिनुपर्ने खाँचो औँल्याए ।

हानसँग आबद्ध पर्यटकस्तरदेखि पाँचतारे होटलसम्म गरी दुई हजार हाराहारी होटल छन् । हानका १५ क्षेत्रीय च्याप्टर छन् । ती होटलमा झण्डै ४८ हजार श्यया रहेको व्यवसायीको दाबी छ । अहिलेकै अवस्थामा २० लाख पर्यटकलाई व्यवस्थापन गर्न सकिने व्यवसायीले जनाएका छन् । सरकारले भ्रमण वर्ष मनाएर २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य राखेको छ । होटलपछि हवाई यातायात र सडक यातायात पनि महत्वपूर्ण हुन् ।


global ime

Ruslan

runner bike

bhatbhateni

राजनीति

नेविसंघका कार्यकर्ता पक्राउ

२ मंसिर, काठमाडौं । भारतीय दुतावास नजिक लौनचौरस्थित प्रदर्शन गर्ने नेपालि विधार्थी संघका कार्यकर्तालाई  प्रहरीले पक्राउ गरेको छ । भारतले जारी गरेको नयाँ नक्सामा नेपालको भूमि समावेश भएको विरोधमा नेविसंघका विधार्थीहरुले प्रदर्शन गरेका हुन । प्रदर्शनको क्रममा उनीहरुलाई  आइतबार प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा नवराज त्रिपाठी, मनिष सिंखडा, दिपक ओझा, सरोज थापा, सन्तोष पाण्डे र दिपेश ओलि रहेका छन । उनीहरुले 

नेत्रविक्रम चन्दका दुई कार्यकर्ता पक्राउ

१ मंसिर, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव  समुहका दुई कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा बबइ पाँच बस्ने ३२ वर्षीय निमबहादुर डागी र शान्तिनगर गाउपालिका १ पोखरीया निवासी ३० वर्षीय प्रकाश बूढामगर रहेका छन । टाङखोला प्रदेश ३ मा ०२००७ प १२०४ नम्बरको जिक्सर मोटर साइकलमा लुकीछिपि हिडिरहेको अवस्थामा बबइ पाँच बस्ने ३२ वर्षीय निमबहादुर डागीलाई पक्राउ गरीएको हो भने बुढा मगरलाई शुक्रबार बेलुकी एक्लै हिडिरहेको अवस्थामा फेला पारी प्रहरीले नियन्त्रणमा लिएको छ । 

बाँके र बर्दियाका ७२९ उम्मेदवारले बुझाएनन् निर्वाचन खर्च विवरण

 ३० कात्तिक, बाँके । संघ, प्रदेश र स्थानीय तहको निर्वाचन दुई वर्षअघि भयो । मुलुक सङ्घीयतामा गएपछिको पहिलो निर्वाचनमा दलहरु निकै उत्साहका साथ सहभागी भए । विभिन्न कारणले केही निर्वाचन क्षेत्र अझै खाली छन् । ती क्षेत्रमा आगामी मङ्सिर १४ गते उपनिर्वाचन हुँदैछ । बाँकेमा कोहलपुर नगरपालिका–६ मा वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुँदैछ । दलहरुले उपनिर्वाचनको प्रचारप्रसार तीव्र बनाएका छन् । निर्वाचन लक्षित गतिविधिसँगै दलहरुले विभिन्न तयारी गरिरहेका छन् । विसं २०७५ मङ्सिर ९ गते वडाध्यक्ष रामसोहन थारूको निधनपछि रिक्त पदका लागि सो वडामा उपनिर्वाचन हुनेछ । 

अन्तर्राष्ट्रिय

ट्रम्पले कुटनीतिज्ञलाई धम्क्याएको आरोप, आलोचनात्मक ट्वीटले तरंग

३० कात्तिक, काठमाडौं  । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई महाअभियोग लगाउने सम्बन्धमा भइरहेको अनुसन्धानको क्रममा सार्वजनिक रुपमा सुनुवाई गरिएको छ । आफूविरुद्ध सार्वजनिक सुनुवाइमा बयान दिने उच्च कूटनीतिक अधिकारीलाई लक्षित गरेर राष्ट्रपति ट्रम्पले गम्भीर आलोचनात्मक ट्वीट गरिरहेका छन् । राष्ट्रपति ट्रम्पले सार्वजनिक सुनुवाइमा उपस्थित भएकी युक्रेनका लागि अमेरिकी पूर्व राजदूत मरी योवानाविचको आलोचना गरेर ट्वीट गरेका हुन् । महाअभियोग अनुसन्धानको क्रममा मरी योवानाविचको सुनुवाइ भइरहेका बेला ट्रम्पले ट्वीट गरेका हुन । 

हङकङ आन्दोलन : शान्तिको कामना गर्दै मुस्लिम समुदायले गरे विशेष प्रार्थना

३० कात्तिक, काठमाडौं । हङकङमा चलिरहेको हिंसात्मक आन्दोलनले जनजीवन अस्तव्यस्त भइरहेको अवस्थामा यहाँका मुस्लिम समुदायले शुक्रबार शान्तिको कामना गर्दै ‘विशेष प्रार्थना ’ गरेका छन् । चिम सा चुई नाथन रोडस्थित काउलुन मस्जिदमा मुसलमानहरुले भेला भएर शान्ति, सामाजिक सद्भाव र मेलमिलापको कामना गर्दै प्रार्थना गरे । आयोजक ईन्कर्पोरेट ट्रष्टी ईस्लामिक कम्युनिटीका अनुसार उक्त प्रार्थनामा ४ हजार भन्दा बढी मुसलमान समुदायका मानिसहरु सहभागी थिए । कम्युनिटिका अध्यक्ष जोहेर तेबखानले भने,‘हङकङ सँधै शान्तिपूर्ण स्थान हो । हामी सोही शान्ति कायम रहिरहोस् भन्ने कामना गर्दछांै, मलाई लाग्छ हङकङबासी सबैले शान्ति चाहन्छन् ।’

​श्रीलंकामा राष्ट्रपति निर्वाचन : पूर्वराष्ट्रपति राजपाक्षेका भाइ पनि उम्मेदवार

३० कात्तिक, काठमाडौं । श्रीलंकामा आज राष्ट्रपति निर्वाचन हुँदैछ। राष्ट्रपति बन्ने होडमा ३५ जनाले उम्मेदवारी दिएका छन्।  यसपटको निर्वाचनमा पूर्व राष्ट्रपति महिन्दा राजपाक्षेका भाइ गोताबाया राजपाक्षे र साजिस प्रेमदासबीच मुख्य प्रतिस्पर्धा हुने अनुमान गरिएको छ। वर्तमान राष्ट्रपति मैत्रीपाला सिरिसेनाले फेरि राष्ट्रपति निर्वाचनमा प्रतिस्पर्धा नगर्ने घोषणा गरेका थिए।

विचार / ब्लग

सी चिनफिङ भन्छन् -हिमालय वारिपारिको मैत्रीलाई नयाँ उचाइमा पुर्याऔँ

सी चिनफिङ
राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको निमन्त्रणामा म छिटै चीनको मैत्रीपूर्ण छिमेकी देश नेपालको राजकीय भ्रमण गर्दैछु । मैले नेपालको भ्रमण गर्न लागेको यो पहिलोपटक हो, तथापि मलाई नेपाल अपरिचित भने लाग्दैन । नेपालमा शानदार पहाड र नदीहरू छन्, विशिष्ट संस्कृति पनि छ । त्यसैले म नेपालको भ्रमण गर्न धेरै पहिलेदेखि लालायित थिएँ । मैले चीनको भ्रमण गर्नुभएका धेरै नेपाली नेताहरूसँग धेरैपटक भेटवार्ता गरेको छु र उहाँहरूसँग गहिरो मित्रता पनि गाँसेको छु ।

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 
Top