syangyong

​किन लाग्छ हाँसो ? दिमागमा पनि लाग्छ काउकुती !


Saturday, 14 Jul, 2018 10:51 AM
‘एउटा बूढो मान्छे बच्चैमा मरेछ ।’ यो एउटा सरल वाक्य हो तर यो वाक्य पहिलोचोटि सुन्ने प्रायः सबैलाई हाँसो लाग्छ । हाँसो कुनै मानिसको दैनिक जीवनको एक अभिन्न पाटो हो । हाँसो एक प्रकारको औषधि हो भन्ने कुरा त हामी सबैले सुन्दै आइरहेकै हौँ । तर चुट्किला सुन्दा वा कुनै अनौठो कुरा देख्दा वा आफैंले भोग्दा हाँसो किन लाग्छ ? हाँसो लाग्नुको वैज्ञानिक कारण, अझ भनौँ मनोवैज्ञानिक कारण के हो त ?
हाँसो किन लाग्छ भन्ने विषयमा थुप्रै अनुसन्धानहरू भएका छन् र ती अनुसन्धानहरूले थुप्रै सिद्धान्तहरू प्रतिपादन गरेका छन् । तीमध्ये तीनवटा सिद्धान्तहरू वैज्ञानिक जगतमा सर्वमान्य छन् । ती हुन्  बेमेलको सिद्धान्त (Incongruity theory) श्रेष्ठताको सिद्धान्त, (Superiority theory) र राहतको सिद्धान्त (Relief theory) ।

बेमेलको सिद्धान्त

माथि दिइएको चुट्किला सुनेर हाँसो लाग्ने प्रक्रिया बेमेलको सिद्धान्तसँग सम्बन्धित छ । वैज्ञानिक तथा दार्शनिकहरुका अनुसार कुनै अप्रत्याशित कुरा वा दैनिक जीवनसँग मेल नखाने कुरा देख्दा वा सुन्दा हामीलाई हाँसो लाग्छ ।
माथिको चुट्किलामा वाक्यको सुरुको अंश भनिरहँदा सुन्ने व्यक्तिको मस्तिष्कमा एक बूढो मानिसको तस्बिर बनिसकेको हुन्छ । तर, चुट्किलाको बाँकी भागमा बूढो मान्छे बच्चैमा मर्छ भनिएको छ जुन आफैंमा नमिल्दो कुरा हो । चुट्किला सुन्ने व्यक्तिको मस्तिष्कले त्यो अपेक्षा गरेकै हुँदैन । जब मस्तिष्कले अपेक्षा नगरिएको कुरा सुन्छ वा देख्छ, त्यसले मस्तिष्कलाई एउटै कुरालाई दुई भागबाट विश्लेषण गर्न बाध्य गराउँछ । यो भनेको मस्तिष्कलाई एक प्रकारको काउकुती लगाउनुजस्तै हो, जसको कारणले हामीलाई हाँसो उठ्छ । यो सिद्धान्तलाई बेमेलको सिद्धान्त भनिन्छ ।

श्रेष्ठताको सिद्धान्त
श्रेष्ठताको सिद्धान्तका अनुसार कसैलाई खासै ठूलो हानि नहुने कसैको अप्रत्यासित दुःखमा हामीलाई हाँसो लाग्छ । उदाहरणको लागि यदि कोही वयस्क मानिस बाटोमा लड्यो तर उसलाई खासै ठूलो चोटपटक लागेको छैन भने हामीलाई हाँसो लाग्छ । तर सो व्यक्तिलाई ठूलै चोट लागेको छ भने चाहिँ हामीलाई हाँसोको सट्टा दुःख र सहानुभूति लाग्छ । त्यस्तै, वयस्क व्यक्तिको साटो सानो बच्चा लडेको छ भने पनि हामीलाई हाँसो लाग्दैन किनकि बच्चा लड्ने भनेको अप्रत्याशित घटना होइन ।

राहतको सिद्धान्त
राहतको सिद्धान्तका अनुसार कुनै दुःखद् घटना घट्न लागेको भान हुँदाको समयमा यदि सो घटना अब नघट्ने भन्ने कुरा थाहा भयो भने र उक्त घटनाको साटो अर्कै घटना घट्यो भने हामीलाई हाँसो लाग्छ । उदाहरणको लागि अँध्यारो कोठामा खासखुस आवाज आउँदा डर हुन्छ । तर बत्ती बालेर हेर्दा हावाको कारण प्लास्टिकको झोला हल्लिरहेको देख्दा हामीलाई हाँसो लाग्छ ।
अन्य थुप्रै मानवीय व्यवहारजस्तै हाँसोको बारेमा पनि वैज्ञानिकहरूले पूरा तथ्य पत्ता लगाउन सकेका छैनन् । यस्ता विभिन्न सिद्धान्तहरूको प्रतिपादन भए पनि मूर्त उत्तर अझै आएको छैन । तर जे भए पनि हाँसो एक प्राकृतिक औषधि हो भन्ने कुरामा भने कसैको दुईमत छैन ।


Ruslan

Grand acadamy

acme college

bussewa

राजनीति

​सार्वजनिक पदधारीको सम्पत्ति सार्वजनिक गर्न माग

४ भदौ, काठमाडौँ । देशव्यापी रुपमा भ्रष्टाचार तथा अनियमितता बढेको भए पनि त्यसलाई नियन्त्रण गर्न सरकारी निकायले ध्यान नदिएको भनी सांसदले गुनासो गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा विशेष समयमा सांसदले जनता र राज्यप्रति जवाफदेही हुन नसक्दा धेरैजसो निकायले जनपक्षीय काम गर्न नसकेकाले गर्दा समृद्धिको यात्रासमेत प्रभावित भएको टिप्पणी गरेका हुन्। सांसद शेरबहादुर तामाङले हरेक निकायका पदाधिकारी जिम्मेवार

​सांसदको गुनासो : बाढीपीडितले राहत पाएनन्

४ भदौ, काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले बाढीपहिरो, बाली लगाउने समयमा रासायनिक मलको अभाव तथा व्यापार घाटाले मुलुकको आर्थिक अवस्थामा नकारात्मक प्रभाव परेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ । सरकारले बाढी र पहिरोपीडितको राहत तथा उद्धारमा खासै चासो नदेखाएको आरोप लगाएका छन् ।सांसद बद्रीप्रसाद पाण्डेले अविरल वर्षाका कारण गत शनिबार बाजुरा जिल्लामा गएको पहिरोमा परी एक जनाको

​नेपाल र चीनबीचको ऊर्जा समझदारी कार्यान्वयन शुरु

४ भदौ, काठमाडौँ । सरकारले मित्रराष्ट्र चीनसँग भएको ऊर्जा आदानप्रदान तथा द्विपक्षीय सम्झौता कार्यान्वयन प्रक्रिया शुरु गरेको छ । नेपालको ऊर्जा क्षेत्रमा विदेशी लगानी भित्र्याउने लक्ष्यसाथ सरकारले चीन, भारत र पछिल्लो पटक बङ्गलादेशसँग त्यस्तो सम्झौता गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको क्रममा भएको सहमति तथा सम्झौताका आधारमा सरकारले सम्झौता कार्यान्वयनको प्रक्रिया शुरु गरेको हो।प्रधानमन्त्री ओलीले गत 

अन्तर्राष्ट्रिय

​चीनमा नेपालमाभन्दा कडा कर : बच्चा नजन्माए कर तिर्नुपर्ने भनेपछि हंगामा !

२ भदौ, बेइजिङ । चीनका दुईजना विज्ञले चिनियाँ नागरिकलाई जवरजस्ती बच्चा जन्माउने गराउन एउटा विवादास्पद उपाय सुझाएका छन् । उनीहरूले बच्चा जन्माउन बाध्य पार्न बच्चा नजन्माउनेलाई कर तिराउने व्यवस्था गर्न सुझाव दिएका हुन् । जनसङ्ख्या घट्दै गएको समस्याबाट ग्रसित चीनमा जनसङ्ख्या न्युनिकरण घटाउन दुईभन्दा कम 

​एक कप कफीको मूल्य २० लाख !

२ भदौ, काठमाडौं । लगभग बुझ्न नसकिने स्तरको मुद्रास्फीति भोगिरहेको भेनेजुयलाले बुधबार ३२,७१४ प्रतिशतको मुद्रास्फीति भोग्यो । भेनेजुयलाका अधिकारीहरुले यस विकराल समस्या समाधानको लागि एक प्रस्ताव अघि सारेका छन् । अधिकारीहरुले देशको मुद्राको रङ्ग र तिनको मूल्याङ्कन बढाएर समाधानको आस गरेका छन् । 

विचार / ब्लग

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 

अनशनको शक्ति जुटाउने सन्त चिकित्सक

► अतृप्त
प्राध्यापक डाक्टर गोबिन्द के.सी. को पन्ध्रौँ अनशन शृंखला भर्खरै अन्त्य भएको छ । जोरजुलूम गर्दा पनि पार नलागेपछि देशकै कार्यकारी प्रमुखको प्रत्यक्ष निगरानीमा पछिल्लो अनशन शृंखला सताइसौं दिनमा आएर टुङ्गोमा पुग्यो । बितेका ६ बर्षमा सन्त चिकित्सकका अनशन शृंखलाले राजधानी काठमाडौंदेखि मोफसलमा अवस्थित जुम्लासम्मको अविस्मरणीय यात्रा तय गरेका छन् । डा. के.सी. को निराहार यात्रा भोग्नेलाईभन्दा देख्नेलाई पट्यारलाग्दो प्रतित हुन्छ । 

लालबाबु पण्डितको ‘सेलिब्रेटी’ मोह, आफ्नै कर्मचारीलाई पागल भन्न मिल्छ ?

कर्मचारी समायोजन अन्र्तगतको स्वेच्छिक अवकाशको विषयलाई लिएर यतिबेला प्रधानमन्त्री, मन्त्री र कर्मचारीबीच जुहारी चलिरहेको छ । अवकाशको विषयलाई लिएर दुवै पक्ष एकअर्काप्रति तिखो टिप्पणीमा उत्रिएका छन् । उनीहरुबीचको आरोप–प्रत्यारोपलाई सुन्दा दुवै पक्ष एकअर्काप्रति पूर्णरुपमा सशंकित् र अविश्वस्त देखिएका छन् ।
Top