siddhartha
gharjaggakosathi

लौकाको जुसले ठिक हुन्छ पिसाबको संक्रमण


Wednesday, 10 Jan, 2018 5:16 PM
मानिसहरू सामान्यतया बिहान उठ्नेबित्तिकै कफी या चिया पिउन रूचाउँछन् । तर, खाली पेटमा यसरी चिया वा कफी पिउने बानी गलत भएको बताउँछन चिकित्सकहरू । चिया वा कफीको साटो हरेक बिहान उठेर लौकाको जुस पिउनु निकै राम्रो हुने चिकित्सकहरूको सुझाब छ ।  उसो त लौकाको जुस कफी र चियाको जस्तो स्वादिलो हुँदैन । तर लौकाको जुस पिउनुको फाइदा बारे थाहा पाउँदा अधिकांश मानिस आश्चर्यमा पर्छन ।  


शरीरमा शक्तिका लागि 


 बिहान उठेर व्यायाम गर्नेहरूका लागि लौकाको जुस पिउनु धेरै फाइदाजनक हुन्छ । लौकाको जुसमा पाइने प्राकृतिक चिनीले ग्लाइकोजीनको मात्रालाई बनाइ राख्नमा मद्दत गर्छ । साथै कार्बोहाइड्रेटको कमीलाई पनि पुरा गर्छ । लौकाको जूसले मांसपेशीको क्षमतामा वृद्धि गर्छ । 

पिसाबको संक्रमणका बिरामीलाई फाइदाजनक

  पिसाबको संक्रमणका बिरामीले लौकाको जुस पिउनु उत्तम हुन्छ । यूरिनमा एसिडको मात्रा बढी भएपछि पिसाब गर्दा पोल्ने र दुख्ने समस्या हुन्छ । लौकाको जुस पिउनाले शरीरमा भएको अम्लिय पदार्थलाई कम गर्छ र पोल्ने तथा दुखाईमा आराम हुन्छ ।

 आन्तरिक विकार सफा गर्छ 

 खाली पेट एक गिलास लौकाको जुस पिउनाले ताजापन र शक्ति प्राप्त हुन्छ । लौकाको जूसमा ९८ प्रतिशत पानी र एन्टी–अक्सीडेंन्ट्स हुन्छ । जसले शरीरबाट टक्सिन्स बाहिर निकाल्ने काम गर्छ । लौकाको जुस पिउनाले शरीरलाई शितलता प्राप्त हुन्छ र शरीरमा भएको आन्तरिक विकार पनि सफा गर्छ । 

तौल घटाउन मद्दत गर्छ 

 लौकाको जुसमा क्यालोरी र चिल्लो पदार्थ नगन्य मात्रामा हुन्छ । यदि तौल घटाउने सोचमा काही व्यक्ति छन् भने उनीहरूका लागि जूस उत्तम उपाय सावित हुनेछ । यसमा पाइने फाइबरले भोक कम लाग्छ र शरीरको चिल्लो पदार्थ पनि काट्छ । 

 कब्जियत हटाउँछ 

कब्जीयतको समस्या हुनेहरूका लागि पनि लौकाको जुस निकै लाभप्रद हुन्छ । प्रत्येक बिहान लौकाको जुस पिउन सके कब्जियतको समस्या टाढा भाग्छ । लौकाको जूसमा पाइने फाइबरले पाचन प्रक्रियालाई स्वस्थ र सक्रिय राख्छ । एजेन्सीको सहयोगमा


Ruslan

paicho

bussewa

राजनीति

एमालेसँग चाँडो एकता हुन्छः प्रवक्ता भुसाल

४ माघ, काठमाडौ । नेकपा माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले नेकपा (एमाले)संगको एकतापछि मात्र नयाँ सरकार गठन हुने सम्भावना बढ्दै गएको बताएकी छिन् । रिपोर्टर्स क्लबले आज यहाँ आयोजना गरेको कार्यक्रममा एमालेसँग चाँडो एकता हुने तयारी भइरहेको बताइन् । दुवै पार्टीबीच एकता भएपछि दुवै दलका नेताहरु एउटै पार्टीको हुने भएकाले पार्टी

​संविधान कार्यान्वयनको महत्वपूर्ण चरण पूरा भएको छ : प्रधानमन्त्री देउवा

४ माघ, काठमाडौ । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काँग्रेसको नेतृत्वमा निर्माण भएको संविधान कार्यान्वयनको एउटा महत्वपूर्ण चरण काँग्रेसकै नेतृत्वमा पूरा भएको बताएका छन् । आज बिहानदेखि प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको पार्टी केन्द्रीय कार्यसमिति बैठकको प्रारम्भमा उनले संविधान निर्माणपछि तराई 

जनकपुरको विरोधमा वीरगन्जमा प्रदर्शन

४ माघ, वीरगन्ज । सरकारले प्रदेश नं. २ को अस्थायी राजधानी जनकपुरलाई तोकेपछि वीरगन्जमा विरोध सुरु भएको छ । वीरगन्जलाई प्रदेशको राजधानी बनाउनुपर्ने माग राख्दै वीरगन्जबासीले बिहानैदेखि वन्दको आह्वान गर्दै प्रदर्शन गरका छन् ।

अन्तर्राष्ट्रिय

अब दुई कोरियाको साझा झण्डा हुने, मिल्ने भए छुट्टिएका दुई मुलुक

४ माघ । आउँदो फेब्रुअरीमा हुने विन्टर शीतकालीन ओलम्पिकमा आपसमा दुश्मनजस्तै रहेका दुई कोरिया उत्तर र दक्षिणले साझा झण्डा लिएर मार्च गर्ने भएका छन् । सीमावर्ती गाउँ पान्मुन्जोममा भएको दुई कोरियाका उच्च नेताको वार्तामा आउँदो फेब्रुअरी ९ देखि दक्षिण कोरियाको प्योङच्याङमा हुने विन्टर 

​क्यालिफोर्नियामा १३ बालबालिकालाई बन्धक बनाउने एक दम्पत्ति पक्राउ

२ माघ, काठमाडौं ।  अमेरिकाको क्यानिफोर्नियामा आफ्नै १३ जना बालबालिकालाई बन्धक बनाउने एक दम्पत्तिलाई प्रहरीले पक्रेको छ । अमेरिकी नागरिक डेभिड ऐलेन र लोइसे आन्ना तर्पिनलाई बालबालिकालाई बन्धक बनाएको आरोपमा घरबाटै पक्राउ गरिएको हो ।क्यालिफोर्नियाको प्यारिसस्थित घरमा उनीहरुले बालबालिकालाई साङ्लाले बाँधेर राखेका थिए । 

प्लेग रोगको महामारीबारे नयाँ तथ्य , जुम्रा र उपियाँबाट पनि संक्रमण !

२ माघ । मानव इतिहासकै भयानक महामारीको रुपमा रहेको प्लेग अर्थात ब्ल्याक डेथका लागि मुसा मात्रै दोषी नरहेको अनुसन्धानकर्ताले दाबी गरेका छन् । चौधौं शताब्दीमा युरोप र एसियामा फैलिएको प्लेग महामारीका कारण २ करोड ५० लाख मानिसको ज्यान गएको अनुमान गरिन्छ ।
प्लेगको संक्रणले 

विचार / ब्लग

​नेपाल नीतिमा ‘फ्लेग्जिवल’ मोदी, ‘विन ओभर नेपाल’ नयाँ एजेण्डा !

नयाँ दिल्लीमा शुक्रवार सम्पन्न नेपाल भारत प्रबुद्व समुह ‘इपीजी’को छैठौं बैठकमा भारतले देखाएको लचकताले भारतले आफ्नो नेपाल नीतिमा केही परिवर्तन ल्याउन खोजेको संकेत गरेको छ । नेपालमा नयाँ राजनीतिक परिवर्तनपछि बसेको इपीजीको यो पहिलो बैठक हो । नेपाल र भारतबीच भएका सन्धि र सम्झौताको पुनरावलोकन गरी सम्बन्धको नयाँ आयाम खोज्ने कार्यादेश पाएको ‘इपीजी’ समुहले कुनै ठोस सहमति गर्न नसक्ने भएपनि उसको निष्कर्ष दुवै देशका लागि नैतिक बन्धनयुक्त  भने अवश्य छ :

डाक्टर केसी र अदालतको अबहेलना !

डा. गोबिन्द केसीले १४औं पटक चिकित्सा क्षेत्रसँगै अनियमितता र बेथिति मौलाएको न्यायक्षेत्रको समेत सुधारको न्यायोचित माग राखेर सत्याग्रहको सुरुवात गरेका थिए । उनी अनशन बसेको केही घन्टा नबित्दै अभियुक्त जसरी पक्राउ परे । समाजको एउटा प्रतिष्ठित नागरिक अभियान्तलाई कुन कानूनको कुन दफाको गम्भीर उल्लंघन गरेको हो ? र के कति कारणले पक्राउ गर्नु परेको हो ? कुनै सत्यतथ्य एवं स्पष्ट आधार र कारण सहितको पक्राउ पुर्जी थमाइएन ।

​मन रोगको मुख्य स्थान, मनमै छ रोग हटाउने शक्ति : खप्तड बाबा

जब शरीर अस्वस्थ हुन्छ, तब मन पनि विकल अशान्त हुन्छ । कुनै शारीरिक व्यथा उत्पन्न हुने वित्तिकै मानसिक व्यथा पनि साथै उत्पन्न हुन्छ । यो कुरा सबैलाई विदित छ । 
Top