siddhartha
gharjaggakosathi

साउदी अरब र ईरानबीच ‘प्रोक्सी वार’को केन्द्र बन्दै निरिह लेबनान


Monday, 13 Nov, 2017 12:33 PM
पश्चिमा मुलुकहरुले भन्ने गरेको मध्यपूर्व (नेपालबाट पश्चिम एशिया)का मुस्मिम समुदायको जीवन आक्रमण र प्रत्याक्रमण गर्दै बित्ने देखिएको छ । अमेरिकी खुफिया एजेन्सी सीआईएको योजनामा जन्माइएको तथाकथित स्लामिक स्टेट (आईएस) इराक र सिरियाबाट कमजोर बन्दैछ । तर, सुन्नी र सिया मुस्लिम समुदायको मारकाट भने यो जुनिमा सकिएला भनेर कल्पना पनि गर्न नसकिने भएको छ । यी मुस्मिल समुदाय आफैमा मारकाट गर्छन्, पश्चिमा शक्ति राष्ट्रहरु र रसियाले उनीहरुलाई उपयोग गर्छन् । हतियारको बेचविखनदेखि पश्चिम एशियामा रहेको समृद्ध तेल खानीमाथिको प्रभुत्व जमाइराख्न मुस्लिम मुस्लिम भाइभाइ लडाउने योजना निरन्तर सफल भैरहेको छ । पश्चिम एशियाका दुई शक्तिशाली मुलुक साउदी अरब र इरानको तनाबले सिंगो क्षेत्रलाई नै अस्थिर बनाइराखेको छ । यी दुबै मुलुकले छिमेकी साना देशको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने गर्छन् । केहीसमय अघि कतारमाथि साउदी अरबले नाकावन्दी लगायो । साउदीलाई साथ दिए सुन्नी मुस्लिम देशहरुले । तर, इरानले सिया मुलुक भएर पनि कतारको समर्थन गर्यो । त्यसबाट चिढिएको साउदीले इरान समर्थक लेवनानको आन्तरिक मामिलामा हस्तक्षेप गरेको छ यतिबेला । दुई वर्षदेखि छिमेकी यमनका जनतामाथि सिया विद्रोहीमाथि आक्रमणको नाममा बम बर्साइरहेको साउदी अरबले लेवनानमा संकट बढाइदिएको छ । विश्लेषकहरु भन्छन्, लेवनानको राजनीतिक संकटले यस क्षेत्रमै भयानक अस्थिरता ल्याउन सक्छ । बीबीसीले साउदी र इरानले लेवनानमाथि गरेको ‘प्रोक्सी वार’को अवस्थाबारे रिपोर्ट तयार पारेको छ ।

मध्यपूर्वी क्षेत्र यतिबेला निकै नै ठूलो संकटको बाटोमा अघि बढ्न थालेको देखिएको छ । विश्लेषकहरुका अनुसार यस क्षेत्रमा संभावित खतराका संकेतहरु देखिन थालेका छन् ।

तथाकथित इस्लामिक स्टेटको शक्ति क्रमश क्षयीकरण हुँदै जाँदा साउदी अरब र इरान आमनेसामने हुन थालेका छन् । जसले सिंगो पश्चिम एशिया क्षेत्रमा तनावको वतावरण सिर्जना गरेको छ । साउदी र ईरान बीचको संघर्षको केन्द्र बिन्दु यतिबेला लेबनान भएको छ ।

लेबनानका प्रधानमन्त्री साद हरीरीले साउदी अरब भ्रमणमा गए लगत्तै अप्रत्याशित रुपमा राजीनामा दिए । तर, उनको राजीनामाको असर पुरै क्षेत्रमा देखिएको छ ।  बेरुतमा रहेका बीबीसी संवाद्दाता मार्टिन पेसन्ेसका अनुसार लेवनानका जनताले साउदी अरबको दबाबमा आफ्नो देशका प्रधानमन्त्रीले राजीनामा दिएको आरोप लगाएका छन् ।

साउदी र इरान बीचको संघर्ष
अहिले त यो भन्न समेत मुस्किल छ कि लेबनानका प्रधानमनत्री हरीरी कहिले देश फर्कन्छन् ? यद्यपी लेवनानका राष्ट्रपति र अन्य वरिष्ठ राजनेताहरु उनलाई छिट्टै देश फर्किनको लागि अपिल समेत गरेका छन् । लेबनानी सरकारले हरीरीलाई साउदीमा नजरबन्द गरिएको आशंका गरेको छ । साथै उनलाई जबरजस्ती राजीनामा दिन लगाइएको पनि लेबनान सरकारले अड्कल लगाएको छ ।

लेबनानका राष्ट्रपति आउनले अहिलेसम्म हरीरीको राजिनामालाई स्वीकृत गरेका छैनन् । हरीरीले टेलिभिजनबाट सार्वजनिक रुपमा राजीनामाको घोषणा गरेयता केही पनि बोलेका छैनन् । यो पूरै घटनालाई सुन्नी मुस्लिम नेतृत्वको साउदी र शिया मुस्लिम नेतृत्वको इरानबीच चलिरहेको संघर्षको रुपमा देखिएको छ ।

शक्तिशाली हेजबुल्लाह शिया आन्दोलनलाई इरानले पूर्ण समर्थन गरिरहेको छ तर लेबनान र यस क्षेत्रमा तनाव बढ्नुको कारण भने साउदी अरब बताइएको छ । लेबनानका पूर्व प्रधानमन्त्री र हरीरीका पिता रफीक अल–हरीरीको सन् २००५ मा भएको एक कार बम विस्फोटमा मृत्यु भएको थियो र त्यसको जिम्मेदार हेजबुल्लाह रहेको बताइएको छ ।

हेजबुल्लाहको शक्ति
शिया समुदायको प्रमुख नेता हसन नसरल्लाहले  गत शुक्रबार साउदी अरबले लेबनानको विरुद्ध युद्धको घोषणा गरेको बताएका थिए । साथै हेजबुल्लाहमाथि लेबनानभित्र आफ्नो छुट्टै राज्य बनाएको आरोप पनि लाग्नेगरेको छ । हेजबुल्लाह सेनाहरु लेबनानी सेनाभन्दा धेरै शक्तिशाली भएको र लेबनानी क्याबिनेटमा उनीहरुको धेरै नै प्रभाव रहेको छ । आइतबार साउदी अरब र यसको सहयोगी खाडी देशहरुले लेबनानका नागरिकहरुलाई आफ्नो ठाउँ छाडेर जान निर्देश गरेपछि लेबनानसहित पूरै क्षेत्रमा तनाव बढेको छ ।

हेजबुल्लाहको समाचारपत्र अल अखबारका सम्पादक हसन इलिकले अमेरिका, इजराइल र साउदी अरबले हेजबुल्लाहलाई इराक र सिरियाको फाइदा उठाउनबाट रोकिरहेको आरोप लगाएका छन् । भनिन्छ सिरियामा बसर अल–असदको सत्ता टिकाई राख्नको लागि इरान र हेजबुल्लाहको सर्मथन  चाहिन्छ ।

सिरियामा लडाईं
सम्पादक इलिक भन्छन्, ‘यमनको जस्तो अवस्था छ, छिट्टै लेबनानको पनि त्यस्तै छ हेजबुल्लाह र उसको  सहयोयीलाई सफलता त अवश्य मिल्छ नै, तर अब उनीहरु केही दवावको स्थितिमा पुगेका छन् ।’

बासिन शाद लेबनानको एक राजनीतिक पार्टीसँग आबद्ध रहेका छ्न । बासिन भन्छन्, ‘सिरियामा लडाईं अन्तिम चरणमा पुगेको छ । त्यहाँ सरकारको बलियो अवस्थामा छ । यस्तो अवस्थामा लेवनानका केही मानिसहरु आफुले गरेको सहयोगको बदलामा केही मिलोस भन्ने चाहन्छन् ।’ गत हप्ता यमनबाट प्रहार गरिएको इरानमा निर्मित मिसाइल रियाद विमानस्थल नजिकै आइपुगेपछि साउदी अरबले हेजबुल्लाहलाई जिम्मेवार ठहराएको थियो ।

लेबनानमा ठूला देशको हस्तक्षेप कुनै नौलो कुरा होइन । तर कुनै पनि गलत कदमले त्यहाँको अवस्था निकै नै गम्भीर बनाउँछ । मध्य पूर्वमा कार्नेगी सेन्टरका थिंक ट्यांकका निर्देशक माहा याह्या भन्छिन्, ‘पछिल्ला केही दशकदेखि यस्तो खाले गम्भीर अवस्था देखिएको थिएन । तर, साँच्चै क्षेत्रीय लडाईंको खतर बढेर गएको छ ।’ जहाँ कैयौं देश सामेल हुनसक्छन् ।

लेबनान वर्षौदेखि एक शान्त देश थियो । तर अहिले यो तनावको भूमरीमा घेरिएको छ । त्यसैले गर्दा पनि सबै राष्ट्रहरुको निशानामा परिरहेको छ यो मुलुक । यो मध्य पूर्वको लागि निकै महत्वपूर्ण बनेको छ ।

साउदी अरब र इरान बीचको घम्साघम्सी यतिबेला पूरै मध्य पूर्वी क्षेत्रको लागि खतरा बनेको छ र यो खतरा इस्लामिक स्टेट भन्दा पनि निकै ठूलो हुन सक्छ ।     

-बीबीसी हिन्दी

 


Ruslan

paicho

bussewa

राजनीति

​राष्ट्रियसभाका लागि एमालेबाट ५५ जना सिफारिश

६ माघ, सिरहा । नेकपा एमाले २ नं प्रदेश संगठन समितिले राष्ट्रियसभाका लागि सो प्रदेशबाट ५५ जनाको नाम सिफारिश गरेको छ । एमाले प्रदेश संगठन समितिको राजविराजमा शुक्रबार सम्पन्न बैठकले प्रदेश नं २ बाट निर्वाचित हुने आठ राष्ट्रियसभा सदस्यका लागि ती नाम सिफारिश गर्ने निर्णय गरेको एमाले २ नं प्रदेश संयोजक एवं स्थायी कमिटी सदस्य सत्यनारायण मण्डलले जानकारी दिए ।

देउवालाई रामचन्द्र पौडेलको चुनौती : ‘दम भए कारबाही गरेर देखाउनुहोस् ’

६ माघ,काठमाडौँ । कांग्रेस सभापति शेरबहादुर देउवाको पार्टी सञ्चालन कार्यशैलीलाई लिएर पूर्वमहामन्त्री प्रकाशमान सिंह शुक्रबार केन्द्रीय कार्यसमिति समिति बैठकमा आक्रामक रूपमा प्रस्तुत भएका छन् ।

काँग्रेस बैठक आज पनि जारी

५ माघ, काठमाडौं । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा केन्द्रीय सदस्यले बोल्ने क्रम नसकिएकाले बैठक आज पनि जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबारदेखि शुरु भएको बैठकमा राष्ट्रियसभा सदस्य निर्वाचनमा पार्टीको तयारी, उम्मेदवार चयन प्रक्रिया, अन्य दलसँगको सहकार्य,

अन्तर्राष्ट्रिय

भारतको नयाँ दिल्लीमा ​सडक दुर्घटनामा परी सातको मृत्यु

६ माघ, एजेन्सी । पूर्वी भारतीय राज्य पश्चिम बङ्गालमा भएको एक बस दुर्घटनामा परी कम्तीमा सात जनाको मृत्यु भएको छ । शनिबार बिहान भएको घटनामा अरु कैयौं घाइते भएका प्रहरी अधिकारीहरुले जानकारी दिएका छन् । यस घटनामा परी के कति घाइते भएका यसको एकिन सङ्ख्या भने प्राप्त भएको छैन् । 

सुरक्षा रणनीति परिवर्तन गर्ने अमेरिकी ,रुस र चीन जस्ता प्रतिस्पर्धीमा केन्द्रित

६ माघ । अमेरिकाले आफ्नो रक्षा रणनीति परिवर्तन गर्ने संकेत गरेको छ ।अमेरिकी रक्षामन्त्री जेम्स म्याटिसले अमेरिकी सेनाले अब आफ्नो ध्यान चरमपन्थीविरुद्ध लड्नुको सट्टा रुस र चीन जस्ता प्रतिस्पर्धी मुलुकसँग लड्ने क्षमता विकास गर्ने बताएका हुन । राजधानी वासिङ्टनमा गरिएको एक कार्यक्रममा रक्षामन्त्री 

उत्तर कोरियाली महिलालाई दक्षिणको भ्रमण खुला

६ माघ,सोल  । चार वर्षपछि पहिलोपटक उत्तर कोरियाली महिला अधिकारीलाई दक्षिण कोरियाको भ्रमण खुला गरिएको छ । केही उत्तर कोरियाली महिलाले शनिबार दक्षिण कोरिया जाने अनुमति पाएका छन् । उनीहरु आगामी फेब्रुअरीमा दक्षिण कोरियामा हुन लागेको शीतकालीन ओलम्पिक खेलको तयारीका लागि त्यहाँ जान लागेका हुन् ।

विचार / ब्लग

​नेपाल नीतिमा ‘फ्लेग्जिवल’ मोदी, ‘विन ओभर नेपाल’ नयाँ एजेण्डा !

नयाँ दिल्लीमा शुक्रवार सम्पन्न नेपाल भारत प्रबुद्व समुह ‘इपीजी’को छैठौं बैठकमा भारतले देखाएको लचकताले भारतले आफ्नो नेपाल नीतिमा केही परिवर्तन ल्याउन खोजेको संकेत गरेको छ । नेपालमा नयाँ राजनीतिक परिवर्तनपछि बसेको इपीजीको यो पहिलो बैठक हो । नेपाल र भारतबीच भएका सन्धि र सम्झौताको पुनरावलोकन गरी सम्बन्धको नयाँ आयाम खोज्ने कार्यादेश पाएको ‘इपीजी’ समुहले कुनै ठोस सहमति गर्न नसक्ने भएपनि उसको निष्कर्ष दुवै देशका लागि नैतिक बन्धनयुक्त  भने अवश्य छ :

डाक्टर केसी र अदालतको अबहेलना !

डा. गोबिन्द केसीले १४औं पटक चिकित्सा क्षेत्रसँगै अनियमितता र बेथिति मौलाएको न्यायक्षेत्रको समेत सुधारको न्यायोचित माग राखेर सत्याग्रहको सुरुवात गरेका थिए । उनी अनशन बसेको केही घन्टा नबित्दै अभियुक्त जसरी पक्राउ परे । समाजको एउटा प्रतिष्ठित नागरिक अभियान्तलाई कुन कानूनको कुन दफाको गम्भीर उल्लंघन गरेको हो ? र के कति कारणले पक्राउ गर्नु परेको हो ? कुनै सत्यतथ्य एवं स्पष्ट आधार र कारण सहितको पक्राउ पुर्जी थमाइएन ।

​मन रोगको मुख्य स्थान, मनमै छ रोग हटाउने शक्ति : खप्तड बाबा

जब शरीर अस्वस्थ हुन्छ, तब मन पनि विकल अशान्त हुन्छ । कुनै शारीरिक व्यथा उत्पन्न हुने वित्तिकै मानसिक व्यथा पनि साथै उत्पन्न हुन्छ । यो कुरा सबैलाई विदित छ । 
Top