cg electronics
nlic

के हाम्रो बुद्धि घुच्चुकमै छ ?

लीना खड्का


Tuesday, 22 Aug, 2017 2:21 PM
झण्डै २० वर्षअघि एउटा ‘कर्कश ध्वनी’ ठोक्किएको थियो मेरा कलिला कानमा । हजुरबा मुर्मुर्रिएर भन्दै हुनुहुन्थ्यो, ‘यही भएर हो, तिमी आइमाईहरुको बुद्धि घुच्चुकमा छ भनेको ।’ हजुरबाको त्यो बोलीमा हजुरआमा चुप बस्नु भएको थियो । 

म राम्ररी बुझ्दिनथेँ, के भन्न खोजेको ? जे होस्, हजुरआमाले केही गल्ती गर्नुभयो र हजुरबा रिसाउनु भयो भन्नेसम्म अनुमान लगाएको थिएँ । 

आज म त्यस्ता कुरा बुझ्ने भएकी छु । हरेक क्षेत्रमा महिलाले भोग्नु परेको पीडा महसुस गरेकी छु । तर, के हाम्रा पीडा सबै पुरुषले थुपारिदिएका छन् त ? मलाई आजकाल यो प्रश्नले हरबार सताउँछ । म पुरुषहरुमाथि मात्रै होइन, मैमाथि (अर्थात् महिलामाथि) प्रश्न गर्छु आजकाल । म मान्दछु, पुरुषप्रधान देशमा महिलामाथि ‘कथित पुरुषत्व’ लादिएको छ । तर म मान्दिन, एउटी महिलाले अर्की महिलामाथि ‘कथित नारित्व’ लादेकी छैन । 

आज म केही थान उदाहरणसहित उपस्थित भएकी छु । मैले भोगेका या देखेका सबै उदाहरण देशकै ‘एडभान्स शहर’ भनिने काठमाडौं भित्रैका छन् । एलिट महिलाहरु बस्ने यो शहरको यथार्थ कथा कोर्दै गर्दा सबैभन्दा पहिले म आफैँप्रति धिक्कार मान्छु र तपाईं जो–जोसँग कथा मेल खान्छ ‘म–म’ भनिदिए आभारी हुनेछु । 

०००
ललितपुरको इमाडोल मेरो घर । काखे छोरी घरमै आमाको जिम्मामा छाडेर हरेक दिन अफिस धाउनु मेरो बाध्यता । इमाडोलबाट लगनखेल र लगनखेलबाट कोटेश्वर मेरो यात्राको दैनिक रुट । अघिल्लो मंगलबार बिहान ८ः३० बजेतिर इमाडोलबाट गाडी चढेँ । अफिस समय भएकाले बस खचाखच थियो । भीड छिचोल्दै केही पछाडितिर गएर ‘चमेरे’ सिटमा झुण्डिएँ । 

गाडी दुई सय मिटर पुगेपछि एउटी महिला चढिन्, काखमा थियो ३–४ महिनाको बच्चा । उनलाई पक्कै गाह्रो थियो । कसैले सहयोग गर्छ कि भनेर यताउता हेरिन् । तर, कसैको मन पग्लिएन । महिलाका लागि तोकिएका अगाडिका चार सिटमा जवान केटीहरु बसेका थिए । उनीहरुले बच्चाकी आमाको पीडा देखे, तर तत्काल देखेको नदेखेझैं गरेर अर्कोतिर मुन्टो बटारे । थुक्क ! मनमनै मैले ती केटीहरुलाई धिक्कारेँ । केहीबेरपछि तीन सिट पछाडि बसेका एकजना दाईले ती महिलालाई बोलाएर सिट छाडिदिए । अब, मलाई झन् ग्लानी भयो, महिलाको पीडाले नपोल्ने महिलाकै मन देखेर । 

दिनभर मेरो मनमा त्यही कुरा खेलिरह्यो । हामी महिलाले संवेदनशिल प्राणीको नाममा विशेष आरक्षण सिट खोज्यौं । राज्यले  दियो । तर, हामीले संवेदनशिलता बुझ्न सकेनौं । हामी महिलामध्ये पनि को बढी संवेदनशिल भन्ने सोच्न सकेको खै ? बच्चा बोकेकी आमाको लागि सिट छाडिदिएर जवान युवतीहरु उभिँदा के गुम्छ ? हामी संवेदनशिलताको नाममा आरक्षण खोज्ने अनि फेरि महिला भित्रैको संवेदनशिलता नबुझ्ने ?     

०००
अर्को घटना– अघिल्लो शनिबार स्वयम्भू घुम्न जाने योजनासहित सातदोबाटोबाट गाडी चढियो । म परिवारसँग थिएँ । पाँच सिट पछाडि हामी बसेका थियौं । सानेपाबाट बुढी आमै हातमा डो¥याउँदै एउटी जवान केटी चढिन् । सिट सबै प्याक थियो । जेष्ठ नागरिकका लागि छुट्याइएका दुवै सिटमा एक जोडी बुढाबुढी पहिल्यै बसिसकेका थिए । महिला सिटमा केही अधबैंशे र केही युवती थिए । ती आमैका लागि सिट कसैले छाडेनन् । देब्रेपट्टिको दोस्रो सिटमा दुई जना केटाहरु थिए । छेउको सिटमा बसेका भाइले आमैलाई ठाउँ छाडिदिए । आमैको मन फुरुङ्ग भयो । ती भाई थोरै पछाडि उभिए । आमैसँगै रहेकी युवती सिटको आडैमा ढेसिएर बसिन् । 

बल्खु पुगेपछि झ्यालपट्टि सिटमा रहका अर्का व्यक्ति झरे । अनि, आमासँगै आएकी युवतीले त्यो सिट ओगटिन् । त्यो दृश्यले मेरो मनमा बेचैन भयो । ती जवान युवतीको ‘मोटा बुद्धि’प्रति घृणा पैदा भयो ।

आखिर तिनै भाइले उसकी बुढी आमैलाई सिट छाडिदिए । पछाडि उनी उभिरहेका छन् । तर, अर्को सिट खाली भएपछि युवतीले उनलाई ‘तपाईं बस्नुस्’ भन्नु पर्दैन ? एउटा जवान पुरुषले राखेजस्तै मन एउटी जवान युवतीले किन राख्न सक्दिन ? दुःखमा दिएको सहयोगको तत्काल अपमान गर्ने ती युवतीको दिमाग देख्दा महिलाको नाममा मलाई ग्लानी भयो । 

०००
हिजोमात्रै लगनखेलबाट कोटेश्वरको यात्रामा थिएँ । अगाडिको महिला सिटमा एउटी बुढी आमै र बुढा बा थिए । सायद, लोग्ने–स्वास्नी थिए होलान् । म दोस्रो खाली सिटमा गएर बसेँ । केहीबेरमै एउटी ३०–३२ वर्षकी ढोकाबाट उक्लिइन् । रंगिन कपालमाथि टाउकोमा अडिएको रेबन गगल, सितारा भरिएको टफसँग चुज जिन्स, पेन्सिल हिल, गेटअपले उनको ‘हाईप्रोफाइल’ दर्शाइरहेको थियो । तर, सिट नियाल्दै ढोकाबाट उक्लिएकी उनको मुखबाट कर्कश ध्वानी निस्कियो,  ‘यो महिला सिट हो भन्ने थाहा छैन ?’

बिचरा बा, सकिनसकि उठे । मैले तुरुन्तै हात समाएर मेरो सिटतिर डोहो¥याएँ र बसाएँ । ती छुद्र महिलाको व्यवहारप्रति गाडीमा कसैले आवाज निकालेन । मैले पनि त्यो भिडमा बोल्न निको मानिन । तर, मेरो मन निकै निराश भयो । 

एउटा वृद्ध व्यक्ति जो अक्षर चिन्दैनन्, उनी महिला सिटमा बसेर के गल्ती गरे ? फेरि, असक्तताको हिसाबले पनि ती महिलाभन्दा त बृद्ध नै असक्त थिए । तर, ‘हाईप्रोफाइल’ महिलाको ‘लोप्रोफाइल बिहेव’ले वृद्धको पीडा बुझ्न सकेन । आरक्षणको नाममा तोकिएको ‘महिला सिट’ छापमा एउटी महिलाले प्रस्तुत गरेको दम्भ देख्दा महिला हुनुमा मलाई ग्लानी भयो । 

०००
के मान्छे यन्त्रिक साधन हो ? स्वीच दबाएको भरमा चल्ने र बन्द हुने हाम्रो दिमाग हो ? मलाई लाग्छ, मान्छे हृदयले चल्नुपर्छ । सार्वजनिक यातायातमा नेपाली महिलाको ब्यबहार देख्दा लाग्छ, साच्चै हाम्रो हृदय नै कहाँ छ ? होइन भने हामी आरक्षणको नाममा किन दम्भ देखाउँदैछौं ? एउटा जवान पुरुषले बुढी आमालाई सिट छाडिदिन सक्छ भने एउटी जवान महिलाले बुढा बालाई सिट छाड्न किन सक्दिन ? एउटी शक्त महिलाले अर्की अशक्त या गर्भवती महिलालाई हृदयदेखि आफ्नो सिटमा स्वागत गर्न किन सक्दिन ? संवेदनशिलताका नाममा प्राप्त गरेको आरक्षणमा संवेदनशिल पाटोलाई नै किन तिरस्कार गरिरहेका छौं हामी ? करुणा, मायाकी खानी, ममतामयी जस्ता नामले पूजित हामी नारी के यस्तै व्यवहारका कारण पुजिन लायक छौं ? आफैँले आफैँलाई आत्ममुल्यांकन गरौं । मलाई त हरबार एउटै प्रश्नले हिर्काइरहेछ, के हाम्रो बुद्धि घुच्चुकमै छ ? 
 


Ruslan

sponserworldcup

राजनीति

डा देवकोटाप्रति राष्ट्र सँधै ऋणी : नेकपा

५ असार काठमाडौँ, ।  नेपाल कम्युनिष्ट पार्टीले न्युरो साइन्सका विख्यात चिकित्सक प्रा।डा। उपेन्द्र देवकोटाको निधनबाट पार्टी स्तब्ध भएको जनाएको छ । डा. देवकोटाले न्युरो सर्जरीका क्षेत्रमा प्राप्त गरेको उचाइँ कुनै एक व्यक्तिका लागि नभएर सिंगो नेपाल र नेपालीले गर्व गर्न लायक रहेको सो पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । “स्रोत, साधन र प्रविधिको सीमितता भएको बेलामा खुल्ला प्रतिस्पर्धामार्फत योग्यताका

​पार्टीको विधान पालना गरे गुटउपगुटको अन्त्य : नेता सिंह

४ असार, चितवन । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले पार्टीले विधानमा उल्लेखित कुरा अक्षरशः पालना गरे पार्टीभित्रको गुट उपगुट अन्त्य हुने बताएका छन् । प्रजातन्त्रवादी प्राध्यापक संघ नेपालको प्रदेश नं ३को प्रदेशस्तरीय भेलालाई  सम्बोधन गर्दै उनले पार्टीको वास्तविकतालाई आधार मानेर कमीकमजोरी सुधार्नुपर्ने आवश्यकता औल्याएका हुन् । प्रजातन्त्रिक पद्धति पार्टीभित्रबाट थाल्नुपर्नेमा जोड दिँदै उनले भने, “यो अवस्थामा पार्टी 

​काँग्रेस तत्काल महाधिवेशनमा जानुपर्नेमा नेत्री कोइरालाको जोड

४ असार, काठमाडौँ । नेपाली काँग्रेस नेत्री सुजाता कोइरालाले महासमिति बैठक बोलाएर काँग्रेस तत्काल महाधिवेशनमा जानुपर्ने बताएकी छिन्। 
रिपोर्टर्स क्लब नेपालले आज आयोजना गरेको साक्षात्कारमा उनले महासमिति बैठकमा आएका राय सुझावलाई समेटेर काँग्रेस चाँडो महाधिवेशनमा जानुपर्नेमा जोड दिएकी हन् ।“काँग्रेसभित्र हारको जिम्मा लिनेसम्म व्यक्ति नहुँदा समस्या परेको छ”, नेत्री कोइरालाले भनिन्, “संसद्मा बोल्ने विषयमा

अन्तर्राष्ट्रिय

युद्ध अन्त्यको घोषणागर्दै दुई कोरिया

४ असार सोल  । उत्तर र दक्षिण कोरियाले बिगत लामो समयदेखि उनीहरुबीच जारी घोषित युद्ध अन्त्यको घोषणा गर्ने भएका छन् । यसै वर्षको अन्त्यतिर उसले युद्ध अन्त्यको घोषणा गर्ने भएको दक्षिण कोरियाली विदेशमन्त्रीले जानकारी दिनुभएको छ । उत्तर कोरियासँगको युद्ध अन्त्यको घोषणा गर्ने तयारी दक्षिणले गरेको जनाएको हो । दक्षिण कोरियाली विदेशमन्त्री काङ कियाङ् ह्वाले सोमबार सोलमा आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिएका हुन् । उनले उक्त 

ग्वाटेमालामा फेरि अर्को ज्वालामुखी विस्फोट, मृत्युहुनेको संख्या ७५ नाघ्यो, १७ लाख मानिस प्रभाव

२३ जेठ काठमाडौ । ग्वाटेमालामा फेरि ज्वालामुखी विस्फोट हुन थालेपछि आपत्‌कालीन सेवाका अधिकारीहरूले वरपरका मानिसहरूलाई सुरक्षित स्थानमा सारिरहेका छन्। फोएगो नामक ज्वालामुखीबाट ताजा लाभा निस्केर दक्षिणतिर खसिरहेको छ। आइतवार ज्वालामुखी विस्फोट भएयता कम्तीमा ७२ जनाको ज्यान गएको छ भने अन्य कैयौँ

अमेरिकी विदेशमन्त्री मनुसीनमाथि जवाफी हमला, व्यापार युद्धका लागि तयार रहन चेतावनी

अमेरिकी विदेशमन्त्री स्टिभ मनुसीनले स्टील र एलुमिनियममा कर लगाउने आफ्नो सरकारको निर्णयलाई लिएर क्रुद्ध बनेका औद्योगिक राष्ट्रहरूको समूह जी सेभेनका अर्थमन्त्रीहरूबाट कडा आलोचनाको सामना गरेका छन्। जी सेभेनमा आबद्ध सात देशका अर्थमन्त्रीहरूको बैठक संयुक्त राज्य अमेरिकासँग व्यापार युद्ध रोक्न केही दिन मात्रै बाँकी रहेको चेतावनी दिँदै सकिएको थियो। क्यानडाको विस्लरमा भएको बैठकमा इयु र क्यानडाले प्रतिकार गर्ने चेतावनी दिए भने 

विचार / ब्लग

लालबाबु पण्डितको ‘सेलिब्रेटी’ मोह, आफ्नै कर्मचारीलाई पागल भन्न मिल्छ ?

कर्मचारी समायोजन अन्र्तगतको स्वेच्छिक अवकाशको विषयलाई लिएर यतिबेला प्रधानमन्त्री, मन्त्री र कर्मचारीबीच जुहारी चलिरहेको छ । अवकाशको विषयलाई लिएर दुवै पक्ष एकअर्काप्रति तिखो टिप्पणीमा उत्रिएका छन् । उनीहरुबीचको आरोप–प्रत्यारोपलाई सुन्दा दुवै पक्ष एकअर्काप्रति पूर्णरुपमा सशंकित् र अविश्वस्त देखिएका छन् ।

माइत जाने चेलीलाई ५ सय ८० शब्दको सुझाव

माइत भन्ने बित्तिकै हरेक महिलाको अनुहारमा रौनक आउँछ । माइतको मोह महिलाले जीवनभर भुल्दैनन् । पतिले घरमा जतिसुकै सुख दिएको होस्, माइतमा पाइने सुखका अगाडि ती सबै कम लाग्छन् । माइतबाट सानो बोलावट मात्रै आउनुपर्छ, जानका लागि तुरुन्त तयार नहुने को नै होला र ? माइत जानु नराम्रो होइन । तर, प्रायः के पनि देखिन्छ भने जुन खुसी र उत्साहले महिलाहरु माइत जान्छन्, त्यति नै खुसी लिएर भने फर्कदैनन् ।

अध्यक्ष पद नै एमाले–माओवादी एकताको बाधक ! ओली र दाहालको आ–आफ्नै रणनीति

निर्वाचनलगत्तै पार्टी एकीकरण गर्ने बताएका दुई नेताले एकता प्रयास ठोस रुपमा अघि नबढेको बेला यस्तो कुरा बताउँदा दुबै पार्टीको एकता चाहनेलाई हौसला मिलेको थियो । आशा जागेको थियो । तर, एतिका दिन बितिसक्दा पनि पार्टी एकताले गति लिन सकेको छैन । 
Top