यस्ता थिए सिक्किम भारतमा विलय गर्ने गद्दार लेण्डुप दोर्जे ! सिक्किम विलयको कारुणिक तथ्य

गद्दार लेण्डुपलाई प्रयोग गरेर अन्त्यमा सिद्ध्यायो भारतले


Monday, 5 Dec, 2016 10:43 AM
२०,मंसिर,काठमाण्डौं ।  खासगरी नेपाल र नेपाली राजनीतिमा चर्चित नाम हो,लेण्डुप दोर्जे । जबजब नेपालमा छिमेकीको हस्तक्षेप वढ्दै जान्छ र नेपाली शासक विदेशीसामु लम्पसार पर्न खोज्छन तबतब नेपालमा लेण्डुप दोर्जेसंगै दाजीन्छ । तर दोर्जे नेपाली थिएनन् । उनी स्वतन्त्र राष्ट्र सिक्किमका वासिन्दा थिए । सिक्किम आफ्नो छुट्टै अस्तीत्व भएको नेपाली मुलका नागरिकको बसोबास रहेको राष्ट्र थियो ।

जसको नेपालसंगको सम्बन्ध प्रगाढ थियो । तर कुनै समयको स्वतन्त्र राष्ट्र सिक्कम लोण्डुप दोर्जेकै गद्दारीका कारण भारतमा विलायो । अर्थात स्वतन्त्र सिक्कम भारतको कब्जामा गयो । त्यसैले पनि लेण्डुप दक्षिण एसियाकै राजनीतिमा इतिहासकै लाल गद्दारको रुपमा चिनिन्छन् । आफ्नै माटोप्रति गद्दारी गर्ने लेण्डुप देशद्रोह र गद्दारीको पर्याय थिए । को हुन त लेण्डुप,यस्तो छ लेण्डुपको गद्दारीको कथा । 

धर्मगुरु थिए लेण्डुप
काजी लेण्डुप दोर्जेको जन्म सन् १९०४ मा पूर्वी सिक्किमको पाक्योङमा भयो ।  ६ वर्षको उमेरमा उनी अध्ययनका लागि सिक्किमको चर्चित रुम्टेक गुम्बामा भर्ना भए । उनका आफ्नै सानोबुवा गुम्बाका प्रमुख थिए । त्यसबेला सिक्किमका राजा थिए टुल्कु नाम्ग्याल । उनी एकदिन रुम्टेक गुम्बा पुगे । त्यहाँ लेण्डुपलाई देखेर उनी प्रभावित भए । त्यसपछि राजाले लेण्डुपलाई आफ्नो दरबार गान्तोक ल्याएर तिब्बती लामा स्कूलमा भर्ना गरिदिए ।

१६ वर्षको उमेरमा लेण्डुपलाई पुन रुम्टेक गुम्बा पठाएर दुई वर्ष अत्यन्त कठोर अध्ययनमा लगाइयो । अध्ययनपछि लेण्डुपलाई नै गुम्बाको प्रमुख लामा पदमा नियुक्त गरियो । जुन पद उनले आठ वर्ष सम्हाले । लेण्डुपका दाजु फाग छिरिङले दार्जलिङमा युवा वौद्ध एसोसिएसन खोलेका थिए । त्यसपछि  रुम्टेक गुम्बाको प्रमुख लामा पद छाडेर सो एसोसिएसन सम्हाल्न लेण्डुप दार्जलिङ गए । दुवै दाजुभाइले मिलेर पूर्वी सिक्किममा स्कूल खोले, सामाजिक सुधारका काम थाले । जसबाट लेण्डुपको लोकप्रियता चुलिदै गयो । 


धर्मगुरु हुदै नेता कसरी बने लेण्डुप
राजाले लेण्डुपलाई सजिलै चिन्थे र माया गर्थे । राजाकै माया पाएर होला उनी एकपछि अर्को काममा हौसिदै गए ।  स्वतन्त्र राष्ट्र सिक्किममा सन् १९४५ मा सिक्किम प्रजा मण्डल पार्टी खोले, अध्यक्ष बने । १९५३ मा उनी सिक्किम स्टेट कांग्रेसमा मिसिए, अध्यक्ष बने । लगत्तै उनी भारतको राजधानी नयाँ दिल्ली गएर तत्कालीन प्रधानमन्त्री जवाहरलाल नेहरुसँग भेट गरे । त्यहाँबाट फर्किएर उनी राजतन्त्र विरोधी अभियान सुरु गर्न थाले । जुन राजाले उनको जीवन र परिचय बनाए, काजी पदवी दिलाए उनै राजालाई हटाउन लागि परे ।  त्यस अघि नै सिक्किमलाई भारतले आफ्नो सुरक्षा छाताभित्र लिइसकेको थियो तर विलय गर्न सकेको थिएन । विलय गर्न भारतलाई सिक्किममै देशद्रोही नेता चाहिएको थियो । जसको काम गरे लेण्डुप दोर्जेले । 

१९६० मा सिक्किममा भएको आम चुनावमा लेण्डुपको पार्टीले १८ मध्ये आठ सिट जित्यो । उनलाई भारतले सहयोग गरिरहेको थियो । भारतले सिक्किममा लेप्चा, भोटे र नेपाली भाषीलाई बेग्लाबेग्लै रुपमा उकासेर साम्प्रदायिक विभाजन गराइसकेको थियो । सिक्किममा जातीय द्वन्द्व र अस्थिरता बढाउन भारतले पुरै अस्त्र प्रयोग गर्र्यो । 

सन् १९७३ को चुनावमा लेण्डुपको सिक्किम राष्ट्रिय कांग्रेसले ३२ मा मात्र सिट जित्यो । तर धाँधली भएको भन्दै भारतीय हस्तक्षेपमा पुन चुनाव गराएर लेण्डुपको पाटीलाई ३२ मध्ये ३१ सिटमा विजयी गराइयो । त्यसपछि उनी सिक्किमका प्रधानमन्त्री भए । बहुमत भएपछि संसदले सिक्किमलाई भारतलाई विलय गर्ने निर्णय गर्यो । यो निर्णयसँगै सिक्किमलाई भारतले आफ्नो पुर्ण अधिनमा लियो । देशका प्रधानमन्त्री लेण्डुप भारतको प्रदेशका मुख्यमन्त्री बने ।

विदेशी पत्नीको चलखेल र टक्कर
त्यसबेला सिक्किमका राजा चोग्याल पाल्देन थिए । उनकी पत्नी थिइन् होप कुक । उनी अमेरिकी  नागरिक थिइन् । उता लेण्डुपले चाहिँ स्कटिश पत्रकार तथा साहित्यकार एलिसा मारियासँग बिबाह गरेका थिए । होप कुक सिक्किमको स्वतन्त्रता रक्षाका लागि चिन्तित थिइन् भने एलिसा मारिया भारतमा विलय गराउने पक्षमा लाग्दै आएकी थिइन् । सिक्किमको त्यसबेलाको राजनीतिलाई यी दुई महिलाको टक्कर पनि मानिदै आएको छ ।

लेण्डुपभन्दा पहिले एलिसा मारियाले दुई जनासँग बिहे गरिसकेकी थिइन् । लेण्डुप र एलिसा मारियाले सिक्किमका आप्रवासी नेपाली भाषीहरुलाई साथ लिएका थिए । नेपाली भाषी आप्रवासीलाई साथ लिएर भारतसँग मिलेर पार्टी बनाए । त्यसपछि दुई तिहाईभन्दा धेरै सिट संसदमा जिते अनि भारतमा विलय गराए । भारतमा विलयपछि भारतले लेण्डुपलाई ज्वाईं सरह सम्मान दियो, आर्थिक सहयोग दियो । उनको पार्टी पनि भारतीय राष्ट्रिय कांग्रेसमा विलय भयो ।

विलयपछि सिक्किममा लेण्डुपले पूरै दमनको शासन चलाएर विद्रोहीहरुलाई निमिट्यान्न पार्न खोजे ।  विद्रोह पुर्ण रुपमा दबाएपछी लेण्डुप पनि त्यत्ती चर्चामा आएनन् । त्यत्तीबेला त्यहाका राजालाई जेल हालियो । 

यसरी पतन भयो गद्दार लेण्डुप दोर्जेको
१९७९ मा भारतको प्रान्तको हैसियतमा भएको आमचुनावमा लेण्डुपको पार्टीलाई अस्तीत्व नै नरहने गरि भारतीय केन्द्र सरकारको योजनामा हराइयो । उनलाई सिध्याउन भारत सरकार नै लागेको थियो । जब चुनाव सकियो त्यत्तीबेला लेण्डुपले आफुमाथी गद्दारी भएको थाहा पाए तर त्यत्तीबेला ढिलो भइसकेको थियो । त्यसपछि उनी विक्षिप्त जस्तै बने । सिक्किमलाई भारतमा विलय गरकोमा पछुतो माने ।

जनताले घृणा गर्ने, भारत सरकार र भारतीय नेताहरुले जहाँ जे पनि गद्दारी गर्न सक्ने मान्छे भन्दै आलोचना गर्न थालेपछि उनी सिक्किम छाडे । पश्चिम बंगालको कालिङपोङमा उनलाई एउटा पूरानो र थोत्रो घर बस्नका लागि भारत सरकारले दियो । सत्तामा पुग्न नपाएर विजोग भएपछि विदेशी पत्नी पनि उनलाई छाडेर हिँडिन् ।

सन् २००७ मा कालिङपोङमा एकसय दुई वर्षको उमेरमा उनको निधन भयो । मरेपछि तत्कालीन भारतीय प्रधानमन्त्री मनमोहन सिंहले उनलाई महान भारतभक्त भन्दै पद्मभूषण पदक दिने घोषणा गरे । सिक्किमलाई भारतमा विलय गराउन लेण्डुपले गरेको योगदानको प्रशंसा गरे । देश बेचेर सत्ताको शिखरमा आजन्म बस्छु भन्ने लेण्डुपको सपना कहिल्यै पुरा भएन् । के नेपालमा पनि यस्ता लेण्डुपहरु त छैनन्,समयमै चिनौं । 


global ime

runner bike

https://esewa.com.np/#/home

राजनीति

लकडाउनको पालना गर्न र गम्भीर हुन भारतीय प्रधानमन्त्रीको आग्रह

१० चैत, काठमाडौँ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफ्ना नागरिकलाई लकडाउनको पालना गर्न आग्रह गरेका छन् ।  मोदीले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘लकडाउनलाई कतिले अझै पनि गम्भीरतापूर्वक लिइरहेका छैनन् । कृपा गरेर आफूले आफैलाई बचाउनुस्, आफ्नो परिवारलाई बचाउनुस् र निर्देशनलाई

गगन थापाको प्रस्ताव सांसदको १ महिनाको तलब जम्मा गरौं

१० चैत, काठमाडौँ ।
नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले सरकारको कोरोना कोषमा  प्रत्येक सांसदको १ महिनाको तलब जम्मा गर्ने प्रस्ताव गरेका छन् । सामाजिक सञ्जाल मार्फत उनले भनेका छन्   "जसले जहाँबाट जति सक्छौं यो कोषमा सहयोग गरौं र विपदमा श्रोत जुटाउन साथमा छौं भनेर सरकारलाई

देशलाई तुरुन्त लकडाउन गर्न काँग्रेस नेताको माग

१० चैत, काठमाडौँ ।
नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले मुलुकमा तुरुन्त लकडाउन गर्न सरकारसँग माग गरेका छन् । सामाजिक सञ्जाल मार्फत डा कोइरालाले भारतबाट आउने मानिसको लर्कोले कोरोना पनि सँगसँगैं ल्याउन सक्ने भन्दै तुरुन्त लकडाउन गर्नुपर्ने बताएका हुन् । नेता शेखरले विस्वव्यापी रुपमा

अन्तर्राष्ट्रिय

चीनमा २ हजार ४ सय मात्र कोरोना संक्रमित, ७६ हजार २ सय निको भए, जनजीवन सामान्य बन्दै

एजेन्सी । चीनमा कोरोना भाइरसका संक्रमित जम्मा २ हजार ४ मात्र रहेका छन् । ७६ हजार २ सय ३८ जना उपचारपछि घर फर्किएका छन् । ४ सय ६६ जना संक्रमित गम्भीर अवस्थामा रहेका छन् । चीनमा ८१ हजार ५ सय ५४ जना संक्रमित भएकामा ३ हजार ३ सय १२ जनाले ज्यान गुमाएका छन् ।यी बिरामी पनि धेरै विदेशमा संक्रमित भएका वा विदेशबाट आएर चीनमा नयाँ संक्रमण देखिएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् । चीनमा नयाँ बिरामी नदेखिए पनि विदेशमा 

कोरोनाका कारण युरोपकै सबैभन्दा कम उमेरका किशोरको पोर्चुगलमा निधन

१७ चैत काठमाडौ । कोरोना भाइरसका कारण युरोपमै सबैभन्दा कम उमेरका १४ वर्षीय एक किशोर भिक्टर राफेल बास्टोस गोडिन्होको पोर्चुगलमा ज्यान गएको छ।  दक्षिणी पोर्टोको ओभर शहरका यी किशोरको  सान्टा मारिया डे फेइरास्थित साओ सेबास्टिओ अस्पतालमा निधन भएको स्थानीय पत्रपत्रिकाले जनाएका छन्। उनको निधन आइतबार भएको थियो। उनी फुटसलका उदयमान खेलाडी भएको बताइन्छ। पोर्चुगाली फुटबल संघले पनि उनको निधनमा संवेदना जनाएको छ। 

देशबासीलाई बेलायती प्रधानमन्त्रीको पत्र– कोरानाका कारण अवस्था थप खराब बन्न सक्छ

१६ चैत, काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण उत्पन्न पस्थिति सुधार हुनुको साटो झन खराब बन्दै जाने जोखिम रहेको बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले बताएका छन् । सेल्फ आइसोलेसनमा रहेका प्रधानमन्त्री जोन्सनले बेलायती नागरिकको नाममा जारी गरेको पत्रमा आउँदा दिनमा अवस्था थप भयावह बन्न सक्ने चेतावनी दिइएको हो । प्रधानमन्त्री जोन्सनको पत्र हरेक बेलायतीको घरमा पठाईँदै छ ।

विचार / ब्लग

महान क्रान्तिकारी आमा र सासुआमा

- सुदिप रेग्मी
दुई दशकलाई नियाल्दा नेपाली समाजमा धेरै परिवर्तन आए ।विश्वव्यापीकरणको प्रभाव र बढ्दो आधुनिकिकरणले नेपाली जनजीवन परिवर्तन भयो । खासगरी नेपाली युवाहरूको बढ्दो वैदेशिक यात्राले नेपालीहरूको जनजीवन परिवर्तन गर्न उल्लेख्य भूमिका निर्वाह गर्‍यो । स्वदेशमै रहेका युवाहरू शहर केन्द्रित भए ।

सी चिनफिङ भन्छन् -हिमालय वारिपारिको मैत्रीलाई नयाँ उचाइमा पुर्याऔँ

सी चिनफिङ
राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको निमन्त्रणामा म छिटै चीनको मैत्रीपूर्ण छिमेकी देश नेपालको राजकीय भ्रमण गर्दैछु । मैले नेपालको भ्रमण गर्न लागेको यो पहिलोपटक हो, तथापि मलाई नेपाल अपरिचित भने लाग्दैन । नेपालमा शानदार पहाड र नदीहरू छन्, विशिष्ट संस्कृति पनि छ । त्यसैले म नेपालको भ्रमण गर्न धेरै पहिलेदेखि लालायित थिएँ । मैले चीनको भ्रमण गर्नुभएका धेरै नेपाली नेताहरूसँग धेरैपटक भेटवार्ता गरेको छु र उहाँहरूसँग गहिरो मित्रता पनि गाँसेको छु ।

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 
Top