kantipur mall

श्रीमानलाई मन नपर्ने श्रीमतीका ७ बानीहरु


Saturday, 31 Aug, 2019 1:48 PM
श्रीमान–श्रीमतीबीचको सम्बन्ध निकै नै महत्वपूर्ण हुन्छ । जब दुई फरक विचार भएका व्यक्तिहरुसँगै बस्न थाल्छन, दुवैमा मायाप्रेम बढ्दै जानु स्वाभाविक नै हो । तर त्यसरीसँगै बस्दा दुवैलाई एक–अर्काको कतिपय बानीहरु मन पर्दैन । जसका कारण दाम्पत्य जीवनमा बहस, मनमुटाव र झगडा समेत हुने गर्छ । श्रीमान–श्रीमती दुवैलाई एक–अर्काको नराम्रो बानीका कारण सँगै बस्न, केही कुरा भन्न मन नलाग्ने हुन सक्छ । त्यसैले श्रीमान–श्रीमती दुवैले एक–अर्कालाई मन नपर्ने बानीमा सुधार गर्नु पर्छ । जसका कारण तपाईंको वैवाहिक सम्बन्ध सुमधुर बनिरहन सहयोग पुग्छ । आज हामी श्रीमतीका केही त्यस्ता बानीहरुको बारेमा बताउँदै छौं, जुन प्रायः श्रीमानहरुलाई मन पर्दैन ।

अरुको प्रशंसा

प्रायः श्रीमतीहरु आफ्नो श्रीमानको मुखबाट अन्य महिलाको प्रशंसा सुन्न चाहँदैनन् । श्रीमान् अन्य कुनै महिलाको प्रशंसा गरेमा श्रीमतीको मनमा इष्र्या उत्पन्न हुन थाल्छ । मनमा शंकाको बढ्छ । आफ्नो श्रीमान् ती महिलाप्रति आकर्षि भएको त होइन, भनेर सोच्न थाल्छन् । केही महिलाहरु त भावुक भएर श्रीमानलाई व्यंग्य गर्दै ठुस्स परिदिन्छन् । कतिपय महिलाहरु त ‘तपाईंलाई मेरो कुनै कुरा मन पर्दैन’ भन्न पनि पछि पर्दैनन् । कतिले त ठट्टै ठट्टामा आफ्नो श्रीमानलाई ‘त्यही महिलाकहाँ जानू न’ समेत भनिदिन्छन् । श्रीमानलाई श्रीमतीको यस्तो बानी पटक्कै मन पर्दैन ।

यौन सम्बन्धलाई हतियार बनाउनु

यौन सम्बन्ध श्रीमान् तथा श्रीमतीको नैसर्गिक आवश्यकताको कुरा हो । तर श्रीमतीहरु कहिलेकाहीँ प्राकृतिक आवश्यकताको यो कुरालाई आफ्नो हतियार बनाउने गर्छन् । उनीहरु श्रीमानसँग कुनै कुरामा मनमुटाव भयो भने अथवा कुनै कुराको लागि दबाव दिनुर्पयो भने सबैभन्दा पहिलो काम श्रीमानलाई यौन सम्बन्धबाट वन्चित गर्छन् । एउटै ओछ्यानमा सुते पनि उनी श्रीमानको विपरित दिशातिर मुख फर्काएर सुत्छन् । श्रीमानलाई श्रीमतीको यो कुरा पनि मन पर्दैन ।

घुमाउरो पाराले कुरा गर्ने

कतिपय श्रीमतीहरु कुनै पनि कुरालाई स्पष्ट रुपले व्यक्त गर्दैनन् । उनीहरु सधैं घुमाइ–फिराइ गरेर कुनै कुराको संकेत दिने प्रयास गर्छन् । त्यस्तो बेला जब श्रीमानले उनको कुरा बुझ्दैनन, तब उनी उल्टै व्यंग्य गर्न थाल्छन् । त्यति गर्दा पनि श्रीमानले उनको कुरा बुझेनन् भने श्रीमतीहरु चिडचिडाउन थाल्छन् । त्यसैले श्रीमानहरु श्रीमतीले कुनै पनि कुरा स्पष्ट रुपमा व्यक्त गरुन् भन्ने चाहन्छन् ।

व्यक्तिगत चिजहरुलाई घोचपेच

अपनत्व तथा एकाधिकार जनाउनका लागि जब श्रीमतीहरु श्रीमान् अफिसबाट घर फर्किएपछि उनीहरुको अफिस ब्याग, पाइन्टको खल्ती, पर्स, मोबाइल, ल्यापटप जस्ता चिजहरुमा घोचपेच गर्न थाल्छन् अथवा ती चिजहरुको बारेमा चासो व्यक्ति गर्दै खोजीनीति गर्न थाल्छन, यो कुराबाट श्रीमानहरु मनमनै निकै रिसाइसकेका हुन्छन् । धेरै चिन्ता त त्यो बेला महसुस हुन्छ, जब उनीहरुले आफ्ना श्रीमानसँग कुनै महिला, चाहे ती कुनै क्लाइन्ट नै किन नहुन्, उनको फोन, एसएमएस, फोटो अथवा कुनै कागजात देखेपछि त्यसका बारेमा विस्तृत रुपले जान्ने कोसिस गर्न थाल्छन् । पर्समा धेरै पैसा देखिन् भने त्यो पैसा कहाँबाट आएको, कसले दिएको जस्ता जिज्ञासा राख्न थाल्छन् ।

लगातार बोलिरहनु

कतिपय श्रीमतीहरु एकपटक बोल्न थालेपछि लगातार बोलिरहन्छन् । उनीहरुमा त्यति धेरै कुराहरु कहाँबाट आउँछ, श्रीमानहरुले थाहै पाउँदैनन् । साथीको विवाह गएर फर्किएपछि, डाक्टरलाई जचाएर आएपछि, छिमेकीको घरमा नयाँ वासिङ मेसिन अथवा अन्य कुनै विद्युतीय उपकरण आयो भने अथवा विषय जे भए पनि उनीहरु त्यसको ननस्टप कमेन्ट्री नै गर्न थाल्छन् । एक–एक मिनेटको अपडेट बिस्तारपूर्वक बताउँछन् । जबकी उनीहरुकै श्रीमान ती कुराहरु छोटकरीमा सुन्न चाहन्छन् ।

सधैंको शंका

केही श्रीमतीहरु रहेक समय श्रीमानलाई विभिन्न प्रकारका आरोपहरु लगाइरहन्छन् । मानौं, उनीहरुले आफ्नो श्रीमानको हरेक गतिविधि अथवा बानीमा आपत्ति छ । जस्तैः आज यो डे्रस किन लगाएको ? आज किन चाँडै अफिस जान लागेको ? आज किन ढिला घर आएको ? यति धेरै फोनहरु किन गरिरहेको ? २–२ वटा मोबाइल फोन किन राखेको ? आदि जिज्ञासाहरुको लिस्ट निकै लामो हुने गर्छ । यस्ता प्रश्नहरु सोधेकोसोधै गरेर श्रीमतीहरुले श्रीमानहरुलाई सताइरहेका हुन्छन् । यो बानी पनि श्रीमानहरुलाई खासै मन पर्दैन ।

सपिङको लत

सपिङ गर्नु श्रीमतीहरुको ठूलो कमजोरी हो । कैयौ पटक त उनीहरु टाइमपास अथवा मन बहलाउन समेत सपिङ गरिदिन्छन् । उनीहरुको सपिङ निकै बोरिङ हुन्छ । एक–एक चिजहरुलाई ध्यान दिएर हेर्नु र तिनीहरुको मूल्य सोध्नु, कपडाहरुलाई शरीरमै लगाएर हेर्नु, आवश्यकता नभए पनि धेरैभन्दा धेरै खाने कुराहरु किन्नु, डिस्काउन्टको लोभमा धेरैभन्दा धेरै सामानहरु किन्नु र प्रयोग नै नगरी फ्याँकिदिनु वास्तवमै इरिटेटिङ बानी हो । श्रीमानहरुलाई श्रीमतीहरुको यो बानी त झन् पटक्कै मनपर्दैन ।


global ime

Ruslan

runner bike

bhatbhateni

राजनीति

अहिलेको उपनिर्वाचनले हाम्रो जनमतको नमूना देखाउँछ : रामचन्द्र पौडेल

२७ कात्तिक, निजगढ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्थिर सरकार भएको बेलामा प्रतिपक्षको समेत साथ पाएको दुईतिहाइको बलियो कम्युनिस्ट सरकारलाई सीमा सम्बन्धी सबै समस्या समाधान गर्न उत्तम समय भएको बताएका छन् । बारा जिल्लाको निजगढमा बुधबार आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा पौडेलले सीमा समस्या विगतदेखि कै भएपनि बर्तमानमा जस्तो स्थिर सरकार र सबै राजनीति शक्तिको साथ कहिल्यै नपाएको बताए । पौडेलले भने– ‘सीमाको समस्या धेरै पहिले देखि हो । यो पटक हामी चुक्न हुँदैन । हामीले प्रधानमन्त्रीलाई भनेका छौँ । तपाईले कुटनीतिक पहल गरेर समाधान गर्नु जरुरी छ ।’

मोरङको स्थानीयत तहको उपचुनावमा कांग्रेस र समावजादीबीच तालमेल

२७कात्तिक, विराटनगर ।  मोरङको धनपालथान गाउँपालिकाको उपचुनावमा नेपाली कांगेस र समाजवादी पार्टीले तालमेल गरेका छन् ।  धनपालथान वडा नम्बर २ को वडाध्यक्षमा कांग्रेसले नारायणप्रसाद साहलाई उमेदवार बनाएको छ ।  समाजवादी पार्टीले साहलाई समर्थन गर्दै आफ्ना उमेदवारी नहुने कांग्रेससंग सहमति गरेको छ । समाजवादीले डम्बरलाल मण्डलले वडाअध्यक्षमा उमेदवार बनाउने निर्णय गरेको थियो । दुबै पार्टीले आज बिहान विराटनगरमा पत्रकार सम्मेलन आयोजना गरी चुनावमा तालमेल गरिएको जनाएका छन् ।

सिके राउतको पार्टीले पनि उपनिर्वाचनमा उम्मेदवारी दिँदै

२७ कात्तिक, काठमाडौं । मंसीर १४ मा हुन लागेको उपनिर्वाचनमा सिके राउत नेतृत्वको जनमत पार्टी पनि सहभागी हुने भएको छ । गएको फागुनमा प्रधानमन्त्रीसँग सहमति गरेर मूलधारको राजनीतिमा आएका राउतले वैशाखमा आफ्नो नेतृत्वमा जनमत पार्टी निर्वाचन आयोगमा दर्ता गराएका थिए । त्यसअघि उनले स्वतन्त्र मधेस गठबन्धनको नाममा छुट्टै मधेस राष्ट्रको अभियान चलाउँदै आएका थिए । जनमत पार्टीका नेता चन्दन सिंहका अनुसार उपनिर्वाचनका लागि २७ गतेको स्थानीय तहको उम्मेदवारी दर्तामा पार्टीले तराई मधेसमा उम्मेदवारी दिन लागेको छ ।

अन्तर्राष्ट्रिय

​किन रक्ताम्य भयो दक्षिण कोरियाको नदी ?

२७ कात्तिक, काठमाडौं । उत्तर कोरिया तथा दक्षिण कोरियाको सीमा नजिकै रहेको एक नदी सुँगुरको रगतका कारण पूर्ण रुपमा रातो भएको छ ।
देशमा अफ्रिकन स्वाइन फिवर फैलिने जोखिम बढेपछि दक्षिण कोरिया प्रशासनले सावधानीका लागि ४७ हजार सुँगुर मार्न आदेश दिएको थियो ।मारिएका सुँगुरलाई सीमा नजिकैको डम्पिङ्ग साइडमा गाडिएको थियो । तर पानी परेकाले त्यहाँबाट रगत बगेर नजिकै रहेको सानो नदी इमजिनमा मिसियो । त्यसपछि नदीको पानी पूर्ण रुपमा रातो भएको हो । अफ्रिकन स्वाइन फिवर अति संक्रामक र उपचार सम्भव नभएको रोग हो । 

बोलिभियामा राजनीतिक युटर्न : राष्ट्रपतिमा निर्वाचित भएको दुई सातामै इभोले दिए राजीनामा

२५ कात्तिक, काठमाडौं । बोलिभियामा १४ वर्षदेखि सत्तामा रहँदै आएका राष्ट्रपति इभो मोरालेसले पदबाट राजीनामा दिएका छन् । अघिल्लो महिना भएको निर्वाचनबाट उनी पुनः राष्ट्रपतिमा निर्वाचित भएपनि धाँधली भएको प्रमाण फेला पारेको अन्तर्राष्ट्रिय पर्यवेक्षकहरुले दाबी गरेपछि उनले पदबाट राजीनामा दिएका हुन् 

कोरियामा जीवनबारे पाठ सिक्न नक्कली दाह संस्कार !

२४ कात्तिक, काठमाडौं  । दक्षिण कोरियामा एउटा कम्पनीले निःशुल्क दाह संस्कारको सेवा प्रदान गरिरहेको छ । तर आश्चर्यजनक सो सेवा मृतका लागि नभएर जिवित मानिसहरुलाई जीवनबारे पाठ सिकाउनका निम्ति रहेको बताइएको छ । मृत्युलाई नजिकबाट अनुभूति गर्नुले व्यक्तिलाई धेरै कुरा सिकाउने विश्वास सहित यस्तो सेवा प्रदान गरिँदै आएको छ । हालसम्म यस जिवित दाहसंस्कार कार्यक्रममा २५ हजार भन्दा धेरैले सहभागिता जनाइसकेका छन् ।  हालै मात्र कार्यक्रममा सहभागी भएकी ७५ वर्षीया छो जे ही भन्छिन,‘मृत्युका बारेमा हामी सचेत हुन थालेपछि जीवनप्रतिको हाम्रो धारणा बदलिन्छ र हामीले यो संसारलाई नयाँ दृष्टिले हेर्न सुरु गर्छौँ ।’  

विचार / ब्लग

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 
Top