siddhartha

मैले आफैँ बलात्कार भएको मोबाइलमा रेकर्ड गरेँ


Monday, 11 Sep, 2017 4:04 PM
२६ भदौ, काठमाडौं । १८ वर्षीया लिलियन कान्स्टेन्टिन अहिले विश्वभर चर्चामा छिन् । अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले उनको एउटा निर्मम अनुभव​ समेटेर समाचार प्रकाशन गरिरहेका छन् । एक वर्षअघि आफू बलात्कृत हुँदाको घटना मोबाइलमा रेकर्ड गरेकी लिलियनको अनुभव यतिखेर भाइरल भइरहेको छ । इंगल्याण्डको केन्स सिटीकी उनले आफू बलात्कृत हुँदाको घटना रेकर्ड गरेपछि प्रहरीले त्यसैको आधारमा अनुसन्धान चलायो । र, दोषिलाई कैद पनि गरिसकेको छ । त्यो रेकर्ड टेप २ मिनेट ४७ सकेण्डको थियो । डेली मेललाई उनले सुनाएको अनुभव यस्तो छ :
एक वर्ष अघि मलाई एक अन्जान व्यक्तिले बलात्कार गर्यो । त्यतिबेला म १८ बर्षकी थिएँ । म घरबाट केलब ६० सकेण्डको दुरीमा थिएँ । त्यतिबेला घोर अन्धकार थियो । घटनाको बेला मैले आफ्नो मोबाइल फोनको रेकर्ड बटन दबाइदिएँ । 

मैले यो सोँचेकी थिएँ, त्यो लाइटलाई नोटिस गरेपछि ऊ रोकिन्छ । जोडले चिच्याइरहेकी पनि थिएँ । म जोरसँग भनिरहेकी थिएँ कि सबै रेकर्ड गरीरहेकी छु । तिमी चुपचाप निस्किन सक्दैनौ । 

तर, उसले केही पनि सुनेन । मलाई जमिनमा पछार्यो । अनि, बलात्कार गर्यो । घटना भएको लामो समय भएको छैन । तर, लाग्छ, सबैकुरा अन्त्य भइसकेको छ । 

म बलात्कृत हुँदा घरको नजिकै थिएँ । दौडिँदै घरमा गएँ । अनि, परिवारलाई सब कुरा बताएँ । घरपरिवारले पुलिस बोलाए । प्रहरीले मलाई नुहाउन र ब्रश गर्नबाट रोके । फोहोर महशुस भइरहेको अवस्थामा नुहाउन नदिँदा मलाई अचम्म लागिरहेको थियो । 

त्यसपछि मलाई नजिकैको यौन शोषण रेफरल सेन्टरमा लगियो । त्यो, मेरो घरबाट ४५ मिनेटको दुरीमा थियो । त्यहाँ पुगेपछि मलाई केही पूर्व जानकारी गराईयो, ‘यहाँ तपाईंको शरीरको फोरेसिक जाँच हुन्छ । जाँच हुँदा तपाईं कपडाबिना हुनुपर्छ । तपाईंलाई मेटल बेडमा सुताइन्छ र कुनै लौरोजस्तो बस्तु तपाईंकौ योनीमा राखिन्छ । यो जाँचबाट चोट पत्ता लगाउन सकिन्छ ।’

सेन्टरमा रहेकी महिला धेरै मायालु थिइन् । उनी मेरो ट्याटुलाई लिएर कुरा गरिरहन्थिन् । उनीले मलाई पूर्ण रुपमा सुरक्षित भएको अनुभुति गराइन् । 
 
त्यहाँ मेरो एक एसटीआई, एक एआईवी अनि एक प्रेग्नेन्सी परीक्षण गरियो । त्यसपछि केही ट्याबलेट दिइयो । य औषधीहरु एचआइभीबाट बँच्नका लागि थियो । यी सबै औषधीहरु एक महिनासम्म दिनमा तीनपटक लिनुपर्ने थियो । 

यी औषधीहरु खाँदा मलाई बोमिटका साथै रिँगटा पनि लाग्थ्यो । म डाक्टरसँग चेक गर्नका लागि जान्थेँ । यस्तो अवस्थामा पूरै महिना नरमाइलो भयो । अनि, भारी मन । म एक सामान्य महिलाजस्तै पुलिस स्टेसन जान्थेँ । 

यो समयमा यस्तो लाग्थ्यो कि म एक ल्याबका लागि प्रयोग हुने मुसा हुँ । म गन्न सक्दिन, कतिपटक मैले डाक्टरलाई बलात्कारको कुरा भनेँ । एक पटक उनले बलात्कारको अन्तरंग विवरण नै मागे । उनले सोधे, ‘उसले तिम्रो स्कर्ट माथि सार्यो वा तल तान्यो । उसले यो साइडमा घोच्यो वा त्यो साइडमा ? मलाई यी प्रश्नहरुको आशा थिएन । म पागलजस्तै रोएकी थिएँ । 

मलाई लाग्यो, मैले आफुसँग यस्तो गर्न सक्दिनँ । एक समय त मैले मुद्धा नै फिर्ता लिने निर्णय पनि गरेकी थिएँ । 

म एक्लै छैन जसलाई यी कुराहरुको सामना गर्न परिरहेको छ । यस्ता मानिसहरु धेरै छन्, जोमाथि दुव्र्यवहार हुन्छ, तर उनीहरु केही पनि बोल्दैनन् । केबल १५ प्रतिशत बलात्कारपीडित मात्रै प्रहरीमा उजुरी गर्छन् । यसमा ५ दशमलब ७ प्रतिशत मानिसहरुले मात्रै न्याय पाउँछन् । मैले सोचेँ कि म ती व्यक्तिहरुमा एक बन्न सक्दिन ? मैले अहिलेसम्म यति किन गरेँ ?
 
जुन भिडियो मैले रेकर्ड गरेकी थिएँ, त्योबिन अपराधिलाई सायद कहिँ पनि खोज्न सकिँदैनथ्यो । यही भिडियोलाई सबुतको रुपमा प्रयोग गरियो । उसलाई दोषि ठहर गरियो र १३ वर्ष कैद भयो । 

म अदालतमा आफ्नो आमाको साथमा थिएँ । मेरो मुद्धा लड्नेहरु र अन्यले मेरो सहयोग गरे । म उनीहरुको अनुहारमा आनन्द देख्न सक्थेँ । महिनौको तनाव उनीहरुको अनुहारबाट अन्त्य भयो । हामी सबैलाई राम्रो लाग्यो । अब म आफ्नो जिन्दगीलाई यसबाट निकालेर अगाडी बढाउन सक्छु । 
केहि महिनापछि मैले युटुबमा एक भिडियो बनाएँ । त्यसको नाम हो, ‘ह्वाट यु डु नट टेल एबउट सेक्सुअल एजल्ट ?’ यो भिडियोमा यौन हिंसाको सामाना कसरी गर्ने भन्ने कुरा बताइएको छ । के गर्ने भन्ने कुरा पनि बताइएको छ । 

यसमा यो पनि जरुरी छ कि तपाईले के गर्नु पर्छ ? सबैभन्दा जरुरी कुरा तपाईं यस्तो समस्यबाटा कसरी उम्किन सक्नुहुन्छ । 

 


Ruslan

jagadamba srawan 18

paicho

bussewa

राजनीति

​रसुवामा विप्लव समूहका कार्यकर्ता पक्राउ

६ मंसिर, रसुवा । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको रसुवा जिल्ला कार्यवाहक इञ्चार्ज लेखनाथ लामिछानेलाई आज प्रहरीले पक्राउ गरेको छ । कालिका गाउँपालिका– ३ धारापानीका लामिछानेलाई सोही क्षेत्रबाट पक्राउ गरिएको हो । लामिछानेमाथि सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा चलाइने प्रहरी नायब उपरीक्षक सरत्कुमार थापा क्षेत्रीले जानकारी दिए । 

​बारामा प्रतिनिधिसभातर्फ महिला उम्मेदवार शुन्य

५ मंसिर, बारा । प्रतिनिधिसभा सदस्य निर्वाचनमा दलहरुको प्राथमिकतामा एउटा महिला नपरेपछि बारा जिल्लामा राजनीतिक गर्ने महिला सकसमा परेका छन् । समानुपातिक समावेशिताको नारा दलहरुले जतिसुकै दिए पनि प्रतिनिधिसभा सदस्य निर्वाचनमा दलहरुले बाराबाट कुनै पनि महिला उम्मेदवार नदिनुलाई महिलाप्रति विभेद् भएको बारावासीको गुणासो छ । 

​गुल्मी १ का उम्मेद्धार ज्ञवालीको प्रतिबद्धता, गाउँमा बोका–राँगादेखि विमानस्थलसम्म

हुमाकान्त पोखरेल
६ मंसिर, गुल्मी
 । गुल्मी क्षेत्र नम्बर १ बाट बाम गठबन्धनको तर्फबाट उम्मेद्धार बनेका नेकपा एमालेका प्रदिप ज्ञवालीले आफ्ना चुनावी एजेण्डाहरु सार्वजनिक गरेका छन् । मंगलबार साँझ पत्रकार सम्मेलनको आयोजना गरी उनले आफ्ना प्रतिवद्धताहरु सार्वजनिक गरेका हुन् । ज्ञवालीले स्थानिय स्तरदेखि राष्ट्रिय स्तरसम्मका आयोजनाहरु समयमै सम्पन्न 

अन्तर्राष्ट्रिय

जिम्बाबेका राष्ट्रपति मुगाबेले दिए राजीनामा

६ मंसिर ।  जिम्बाबेका राष्ट्रपति रोबर्ट मुगावेले राजीनामा दिएका छन् । ३७ वर्षदेखि सत्तामा रहेका मुगावेले मंगलबार राजीनामा दिएका हुन । उनको राजीनामासँगै देशका सडक तथा संसदमा खुशीयाली मनाइएको बिबिसीले जनाएको छ । मुगावेको राजीनामा सम्बन्धी पत्र संसदमा सभामुखले पढेर 

​जर्मनीको राजनीतिक संकट : गठबन्धन सरकार बनाउने वार्ता भङ्ग

५ मंसिर, काठमाडौं । जर्मन चान्सलर एंगेला मर्केलले अल्पसंख्यकको सरकार गठन गर्नुभन्दा आफूले ताजा चुनावको विकल्प रोज्ने बताएकी छन् । गठबन्धन सरकार बनाउने वार्ता भङ्ग भएपछि जर्मन राजनीतिक संकटमा फसेको छ । चान्सलर मर्केलले वार्ताहरु विफल भए पनि आफूले पदबाट राजीनामा दिनुपर्ने कुनै कारण नदेखेको बताइन् ।

अमेरिकाले उत्तर कोरियालाई फेरि चरमपन्थीको समर्थन गर्ने देशको सूचीमा राख्ने

५ मंसिर । अमेरिकाले उत्तर कोरियालाई पुनः चरमपन्थीको समर्थन गर्ने देशको सूचीमा राख्ने भएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले मन्त्रिपरिषद्को बैठकमा उत्तर कोरियालाई चरमपन्थीहरुलाई समर्थन गर्ने देशको सूचीमा राख्ने प्रस्ताव गरेका छन्। यसअघि पनि अमेरिकाले उत्तर कोरियालाई 

विचार / ब्लग

विप्लवको अराजनीतिक हर्कत, हिम्मत भए घोषणा गरेर युद्धमा जाउ, कायरता देखाएर आतंकित नपार

विष्णु पोखरेल
पछिल्लो समय निर्वाचनको माहोल नजिकिँदै जाँदा उमेद्वारहरूमाथि एकपछि अर्को गर्दै आक्रमण भइरहेका छन् । दैनिक तीनचारवटासम्म माइन विस्फोट भइरहेका छन् । हालसम्म कसैको मृत्यु भइनसकेको भएपनि आक्रमणको शैली कसैलाई तर्साउने हैन, घात लगाएर मार्ने उद्देश्यले नै आक्रमण गर्न खोजिएको देखिएको छ । पश्चिम रुकुममा माओवादी केन्द्रका उमेद्वार जनार्दन शर्मामाथि गरिएको बम आक्रमणबाट सुरु भएको यो सिलसिला रोल्पामा बर्षमान पुन,

‘जन्मभूमी’मा देउवाका पाँच गल्तीहरु : महाकाली सन्धिदेखि बस्ती विस्थापितसम्म !

प्रधानमन्त्री शेरबहादुर देउवा नेपाली कांग्रेसका सभापति हुन । २०४८ सालदेखि हालसम्म उनले सुदुरपश्चिमबाट मात्रै चुनाव लडे । उनी कहिल्यै पराजित भएनन् । घाम पनि अस्तान मात्रै पश्चिम आउछ भन्ने नेपाली समाजका लागि डडेल्धुराजस्तो विकट पहाडी जिल्लाको व्याक्ति पटक–पटक प्रधानमन्त्री बन्नु सुदुरवासीका लागि गौरवकै विषय हो । 

​युवाले हाँक्दै गरेको विश्व र हाम्रो युवा नेतृत्व

ओम प्रकाश घिमिरे 
नेपालीहरुले बहुदलीय राजनीतिक प्रणालीको अभ्यासमा निर्वाचन मार्फत जनप्रतिनिधि चयन गर्न थालेको इतिहास झण्डै ६ दशक लामो  छ । यस अवधिमा ४ वटा प्रतिनिधिति सभाको निर्वाचन, २ वटा संविधान सभाको निर्वाचन र तीनवटा स्थानीय निर्वाचन मार्फत नेपाली नागरिकहरुले जनप्रतिनिधि चयन गरेका छन् । तर निर्वाचनहरुमा नियमितता हुन नसकेका कारण यो ६ दशकको अवधिमा थोरै निर्वाचनहरु मात्र भएका हुन् । वि.स.२०७४ साल 
Top