siddhartha

सरकारले लुकायो लिपुलेक, कालापानी र सुस्ता मिचिएको सूचना ! बेचिएकै हो त नेपाली भूमि ?


Thursday, 12 Jan, 2017 2:24 PM

२८ पुस, काठमाडौं । नेपाल सरकारले भारत तथा चीनसँग जोडिएको दार्चुलाको लिपुलेक, भारतसँग जोडिएको दार्चुलाकै कालापानी र नवलपरासीको सुस्तामा नेपाली सीमा मिचिएको बारे सूचना लुकाएको छ ।

भारत र चीनबीच १५ जुलाई सन् २०१५ (१ जेठ २०७२) मा भएको ४१ बुँदे सम्झौतामा सीमा व्यापार बढाउन लिपुलेक प्रयोग गर्ने विषय समावेश भए पछि तत्कालिन सुशील कोइराला नेतृत्वको सरकारले लिपुलेक, कालापानी र सुस्तामा नेपाली भूमि मिचिएकोबारे छानविन गर्न ५ सदस्यीय टोली गठन गरेको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त सुर्यनाथ उपाध्याय नेतृत्वमा गठित टोलीले सीमा क्षेत्रको अध्ययन गरी ३ महिनाभित्र सरकारलाई प्रतिवेदन बुझाएको थियो । तर, सरकारले उक्त प्रतिवेदनमा उल्लेखित विषय अहिलेसम्म पनि सार्वजनिक गरेको छैन ।  
न्यूजसेवाका सह–सम्पादक समेत रहेका पत्रकार केशव जोशीले कालापानी, लिपुलेक र सुस्ताबारे सरकारको आधिकारिक धारणा माग गर्दै सूचनाको हक अन्तर्गत परराष्ट्र मन्त्रालयमा निवेदन दर्ता दर्ता गरेका थिए । तर, मन्त्रालयले उक्त विषय राष्ट्रिय हित र छिमेकी राष्ट्रहरुसँगको सम्बन्धका हिसावले संवेदनशील रहेको भन्दै सूचना दिएन । २०७२ भदौमा गठन भएको उक्त टोलीले प्रतिवेदन बुझाएको १ वर्ष भन्दा बढी भइसकेको छ । तर, समितिले बुझाएको प्रतिवेदन अध्ययन एवं अनुसन्धाकै क्रममा रहेको र त्यस सम्बन्धमा नेपाल सरकारबाट कुनै निर्णय नभएको परराष्ट्र मन्त्रालयको भनाइ छ । 

सूचना सार्वजनिक नगर्नु ‘सरकारको लाचारीपन’ 
परराष्ट्र मामिला सम्बन्धी विज्ञ हिरण्यलाल श्रेष्ठले आफ्नो भूमि मिचिएको सम्बन्धमा भएको अध्ययनबारे सूचना लुकाउनु सरकारको लाचारीपन भएको बताए । न्यूजसेवासँगको फोनवार्तामा श्रेष्ठले भने, ‘नेपाली जनताले आफ्नो सीमानाबारे अनिश्चित कालसम्म अनिश्चियमा रहनु हुँदैन । सूर्यनाथ उपाध्याय नेतृत्वको टोलीले बुझाएको प्रतिवेदनबारे आवश्यक निर्णय गरी सार्वजनिक गर्नु पर्छ ।’ राष्ट्रिय अखण्डाताको रक्षा गर्ने जिम्मेवारी सरकारको भएकाले सरकारले आफ्नो देशको सीमा क्षेत्रबारे जनतलाई अपडेट गराउनु पर्ने उनको भनाइ छ । 

यस्तै पूर्वसचिव तथा सीमा क्षेत्रको अनुसन्धानकर्ता डा. द्वारिकानाथ ढुङ्गेलले पनि सीमा क्षेत्रबारे गरिएको अध्ययनको सूचना लुकाउन नहुने बताए । ‘राष्ट्रिय सुरक्षाका हिसावले विषय संवेदनशील भए पनि सीमा क्षेत्रबारे सरकारले जनतालाई सूचित गराउनु पर्छ,’ ढुङ्गेलले भने, ‘सीमा क्षेत्र सम्बन्धी अध्ययन गरिएको विषयलाई अल्झ्याइ राख्नु हुँदैन ।’ ढुङ्गेल पञ्चायत कालमा दार्चुलाको प्रमुख जिल्ला अधिकारी रही सकेका व्यक्ति हुन् । उनले  दार्चुलाको कालापानी र लिपुलेकमा भारतीय पक्षबाट सीमा अतिक्रमण भएको सम्बन्धमा पहिलोपटक २०३७ सालमा सरकारको ध्यानाकर्षण गराएका थिए । 

यसअघिको अध्ययन पनि लुकाइयो  
भारतले दार्चुलाको कालापानी र लिपुलेकमा सन् १९५२ देखि अतिक्रमण गर्न थालेको देखिन्छ । प्रधानमन्त्री मातृकाप्रसाद कोइरालाका पालमा नेपालमा भारतीय मिलिटरी मिशन भित्रिएको थियो । उनले भारतलाई नेपालको सत्तरी सीमामा १७ ओटा सैन्य चेकपोष्ट राख्न अनुमति दिएका थिए । जसमध्येको एउटा चेकपोष्ट दार्चुलाको कालापानीमा पनि थियो । मातृकाले राख्न दिएका भारतीय सैन्य चेकपोष्ट पछि किर्तिनिधि विष्टले हटाउन लगाएका थिए । तर, कालापानीको चेकपोष्ट भने भारतीय सैनिकले हटाउन मानेन् । अहिले पनि त्यहाँ भारतीय सैन्य चेकपोष्ट छ । 

भारतीय सैनिकको चेक पोष्ट तथा भारतले सीमा मिचेको विषयमा धेरै पटक विवाद उठ्ने गरेको छ । विभिन्न राजनीतिक दलले पनि सीमा अतिक्रमणको विषयलाई आफ्नो स्वार्थअनुकुल चर्काउने गरेका छन् । नेपाल सरकारले  यसअघि पनि विभिन्न समयमा सीमा अतिक्रमणबारे स्थानीय अधिकारीसँग सत्यतथ्य बुझी प्रतिवेदन माग गरेको थियो । तर, ती प्रतिवेदनहरु अहिलेसम्म पनि सार्वजनिक भएका छैनन् ।  

सुस्ताबारे सरकारको मौनता 
वि.सं. १९०२ मा नारायणी नदीमा आएको बाढीले नवलपरासी जिल्लाको नेपाल–भारत सीमा क्षेत्रमा सुस्तामा नेपालतर्फको ठूलो भूभाग (झण्डै १३ हजार हजार हेक्टर जमिन) कटान गरेको थियो । त्यस पछि पनि उक्त नदीले २०११, २०१९ र २०३७ सालमा पनि नेपाल तर्फको उल्लेख्य भूमि कटान गरेको सीमा क्षेत्रका स्थानीय नेपालीहरु बताउँछन् । 

विभिन्न समयमा आएका बाढीहरुले नारायणी नदीको बहाव नै परिवर्तन गरिदिएर नेपालतर्फको नारायणी नदी किनारामा बस्ने नेपालीहरुको बस्ती नै उजाडियो । नदीले  कटान गर्दै जाँदा नवलपरासी जिल्लाको सुस्ता गाउँ पञ्चायत २०३४ सालमा आइपुग्दा नारायणी नदीको बगरका रूपमा परिणत भएको थियो । र, त्यहाँका बासिन्दालाई त्रिवेणी पञ्चायतमा पुनःस्थापना गरियो । 

तर नारायणीको बहाव नेपालतर्फ आउने क्रम नटुट्दा विस्तारै विगतको सुस्ता अहिले नदीपारिको खेतीयोग्य जमिनको रुपमा परिणत भयो । र, त्यहाँ अहिले पनि नेपालीको बसोबास छ । तर, भारतीय पक्षले पनि उक्त जमिन आफ्नो भन्दै दावी गर्ने गरेकाले उक्त विवाद अलिहेसम्म पनि कायम छ । खासगरी खेतीको समयमा  हरेक वर्ष जस्तो सुस्ताको विवाद बल्झिन्छ । तर, त्यसबारे सरकारले अहिलेसम्म पनि आधिकारिक धारणा सार्वजनिक गरेको छैन । 
परराष्ट्र मन्त्रालयले सुर्यनाथ उपाध्यायको प्रतिवेदन दिन अस्वीकार गर्दै पठाएको जवाफ



paicho

nepal life

bussewa

राजनीति

​पार्टीका कार्यकर्ताबीच झडप हुँदा विभिन्न ठाँउमा मतदान स्थगित

१४ असार, काठमाडौं । बझाङ जिल्ला सदरमुकाम जयपृथ्वी नगरपालिका–३ को पाण्डु मावि मतदान केन्द्रमा मतदानका क्रममा दुई पक्षबीच झडप भएको छ । झडपसँगै स्थिति तनावपूर्ण बनेपछि सो मतदान केन्द्रमा अहिले मतदान स्थगन गरिएको सुदूरपश्चिम क्षेत्रीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक रोमेन्द्र देउजाले बताए । झडप किन भएको भन्ने जानकारी हुन सकेको छैन । 

उदयपुरमा बमसहित नेकपाका कार्यकर्ता पक्राउ

१४ असार, उदयपुर । गए राति रौतमाई गाउँपालिका– ७ मा नेकपाका तीन कार्यकर्तालाई प्रहरीले बमसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका– १४ बस्ने ४० वर्षीय भरत बस्नेत, रौता– ७ बस्ने ३० वर्षीय तिलक तामाङ र ४६ वर्षीय ध्रुव खड्का रहेको जिल्ला प्रहरी कार्यालयले बताएको छ ।

​वरिष्ठ नेता पौडेलले लिए पूर्वमन्त्री जोशीको स्वास्थ्यबारे जानकारी

१३ असार, काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काँग्रेसका पुराना नेता एवम् पूर्वमन्त्री रामहरि जोशीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । वरिष्ठ नेता पौडेलले आज दिउँसो ललितपुरको जावलाखेलस्थित अल्का अस्पतालमा उपचार गराइरहेका नेता जोशीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् । 

अन्तर्राष्ट्रिय

​दक्षिण कोरियाली राष्ट्रपति मुन अमेरिका प्रस्थान

१४ असार, सोल । दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इन संयुक्त राज्य अमेरिकाको भ्रमणका लागि बुधबार त्यसतर्फ प्रस्थान गरेका छन् ।राष्ट्रपति मुनको यो पहिलो विदेश भ्रमण हो । उनी महिना दिन अघि मात्र दक्षिण कोरियाको राष्ट्रपतिमा स्पष्ट बहुमतका साथ निर्वाचित भएका थिए । उनी यसै हप्ता अमेरिका जान लागेको र त्यहाँ उनले अमेरिकी राष्ट्रपति

​आतंक मच्चिएपछि बेलायतका विद्यालयमा चक्कु निषेध

१४ असार, बेलायत । बेलायतका प्रत्येक विद्यालयमा विशेष सुरक्षा मापदण्ड लागू गरिने भएको छ । यसका लागि पहिलो चरणमा विद्यालय छिर्नुअघि उनीहरुले चक्कु बोके नबोकेको पत्ता लगाउने उपकरण जडान गरिने भएको छ । विद्यालय छिर्ने द्धारमा विद्यार्थीले हतियार वा चक्कु बोके नबोेकेको बारेमा पत्ता लगाउनका लागि यस्तो उपकरण

​चीनद्धारा सिक्किम क्षेत्रमा भारतीय सेनाले सीमा अतिक्रमण गरेको आरोप

१४ असार, चीन । भारतीय सेनाले चीन–भारत सीमाअन्तर्गत सिक्किम क्षेत्रमा ‘सीमा पार’ गरेको भनी उनीहरुलाई यहाँबाट फिर्ता गर्न सोमबार आग्रह गरेको छ । साथै चीनले सीमा क्षेत्रमा देखिएको समस्यालाई देखाउँदै कैलाश मानसरोबर यात्रामा जाने भारतीय तीर्थयात्रीका लागि समेत ‘नाथुला’ प्रवेशद्धारलाई बन्द गरेको छ । 

विचार / ब्लग

​राजपाको आन्दोलन : बहिस्कार गरेर बैद्य माओवादी बन्ने या तराईको पहिलो शक्ति ?

राष्ट्रिय जनता पार्टी राजपाले आइतबार निर्बाचनमा भाग नलिने भन्दै आन्दोलनका कार्यक्रम घोषणा गर्यो । राजपाको आन्दोलनका कार्यक्रम यस्ता छन् कि आफुले बहिस्कार मात्र होइन, जनताले भोट हाल्न पनि नपाउन् भन्ने उद्देश्यले गरिएको आमहड्तालसहित । सरकारले पटक पटक लचिलो ढंगले प्रस्तुत भएर निर्वाचनको मिति सार्दा पनि राजपा सहमत हुन सकेन ।

सुदुरपश्चिमले कर्तव्यको भारी मात्रै कहिलेसम्म बोकिरहने ? सुदुरका समस्या,सम्भावना र सपनाहरु

अभाव, अशिक्षा, गरिबी, बेरोजगारी, जातीय छुवाछुत, महिला हिंसा, छाउपडी, देउकी प्रथा, कमलहरी, हलिया, कमैया, सुकुम्बासी लगायतका शब्दले दिइने सुदूरपश्चिमको परिचय फेरिदै गएको छ । ‘सुदूरपश्चिम’ को सट्टा अब ‘सुन्दर सुदूरपश्चिम’ भन्न थालिएको छ । सुदूरपश्चिम बाहिरबाट आउनेहरुका आँखामा अभावै अभाव र समस्यै समस्याको सुदूरपश्चिम भएपनि सुदूरपश्चिमेली भने ‘सुन्दर सुदूरपश्चिम’ देख्न थालेका छन् । 
Top