म्याच फिक्सिङका अभियुक्तलाई जोगाउन प्रहरीको यस्तो फिक्सिङ


Thursday, 5 Nov, 2015 12:43 PM
१९, कात्तिक काठमाडौँ । 
नेपाल प्रहरीको इतिहासमै महानगरीय अपराध महाशाखाले म्याच फिक्सिङ जस्तो संगठित अपराधको पहिलो पटक पर्दाफास गरेको छ । नेपाली फुटबलले सधैं किन अन्तराष्ट्रिय खेलहरु हार्छ भन्ने कुरा महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालले बाहिर ल्याएका छन्।  नेपाल प्रहरीको यो ऐतिहासिक कामको सर्वत्र प्रशंसा भइरहेको छ ।

तर म्याच फिक्सिङमा पक्राउ परेका खेलाडीहरुलाई छुटाउनका देशका केही ठूला व्यक्तिहरु समेत लागेका छन् । सरकारी वकिल र अदालतमा दबाब दिएर उक्त मुद्दा नै दर्ता नगर्नेसम्मको खेल सुरु भइसकेको छ । बरिष्ठ अधिवक्ताद्धय शम्भु थापा र प्रेम बहादुर खड्का अभियुक्तविरुद्ध मुद्दै दर्ता नगर्न चलखेलमा लागेका छन् । उनीहरु अभियुक्तका वकिलका रुपमा अदालतमा गएर उनीहरुको पक्षमा बोल्नु त पेशा नै भयो तर उनीहरु मुद्दा दर्ता नगर्न राजनीतिक लबिङमा समेत लागेका छन् । त्यस्तै कांग्रेस तथा एमालेका केही नेताहरु समेत अभियुक्त खेलाडीको पक्षमा लागेका छन् । मुद्दा दर्ता नगराउन बरिष्ठ अधिवक्ता थापाले महान्यायधिवक्ता हरिकृष्ण कार्कीलाई दबाब दिएको स्रोत बताउँछ ।

                      

थापा र कार्की दुवै एमाले निकटमा नभई साथी पनि भएकाले सरकारी वकिल कार्यालयबाट नै मुद्दा दर्ता नगराउने र मुद्दा दर्ता गरेपछि राज्यविरुद्धको अपराधको दफा ४ अनुसार चलाउने र सामान्य धरौटीमा नै उनीहरुलाई छुटाउने खेल भइरहेको यूनाइटेड पोष्ट साप्ताहिकले छापेको छ  । त्यस्तै आफुसमेत तानिन सक्ने भएकाले एन्फा अध्यक्ष गणेश थापा पनि अनुसन्धान प्रभावित बनाउन सक्रिय छन् । कतिपय खेलमा फिक्सिङकै लागि तय भएको समेत खुलेको छ ।

त्यसरी अन्तर्राष्ट्रिय प्रतियोगिताहरु राख्दा एन्फाको प्रत्यक्ष संलग्नता हुन्छ । त्यसकारण यो प्रकरणमा थापा पनि मुछिने भएकाले उनी यसविरुद्ध लागेका हुन् ।म्याच फिक्सिङको आरोपमा पक्राउ परेका चार खेलाडी र एक प्रशिक्षकलाई प्रहरीले राज्यविरुद्धको अपराध मुद्दामा मुद्दा दायरको अन्तिम तयारी गरेको छ । पक्राउ परेको २४ दिनभित्र मुद्दा दायर गर्नुपर्छ ।उनीहरु पक्राउ परेको २१ दिन भइसकेको छ । राष्ट्रिय टोलीका कप्ता सागर थापासहित राष्ट्रिय टोलीका गोलरक्षक रितेश थापा, राष्टिय्र खेलाडी सन्दीप राई, पूर्व राष्ट्रिय खेलाडी विकाससिंह क्षेत्री र प्रशिक्षक अन्जन केसीलाई प्रहरीले पक्राउ गरी अनुसन्धान प्रक्रिया अघि बढाएको हो ।

प्रहरीसँग बलियो प्रमाण
छोटो अवधिमा भएपनि प्रहरी अभियुक्तहरुविरुद्ध बलियो प्रमाण जम्मा गरिसकेको छ । म्याच फिक्सिङ प्रकरणमा प्रहरीको बलियो प्रमाण भनेको खेलाडीको म्याच फिक्सरहरुबाट लिएको पैसा नै हो ।खेलाडीको नाममा बिदेशबाट पटक पटक पैसा आएको छ । वेष्टन यूनियन मनि ट्रान्सफरबाट अञ्जन केसी, रितेश थापा तथा हाल फरार रहेका तत्कालिन फिजियो डेजिब थापाको नाममा पैसा आएको छ ।सिंगापु्रका चर्चित म्याच फिक्सर विल्सनराज पेरुमलले आफ्नो पुस्तक ‘किलोङ किङस्’ मा कसरी नेपाली खेलाडी किन्न सफल भए भन्ने कुरा उल्लेख गरेका छन् । उनकै समूहबाट खेलाडीले पैसा लिएका छन् ।

  बयानको क्रममा पैसा लिएको उनीहरुले स्वीकार गरेका छन्, तर म्याच फिक्सिङ गरेको भने अस्वीकार गरेका छन् । तर, पक्राउ परेलगत्तैको बयानमा उनीहरुले म्याच फिक्सिङकै पैसा लिएको स्वीकारेका थिए ।जसको भिडियो रेकर्ड प्रहरीसँग छ । हालसम्मको अनुसन्धानमा ६ वटा अन्तराष्ट्रिय खेलमा उनीहरुले म्याच फिक्सिङ गरेको प्रहरी दाबी छ ।

  जसमा खेलाडीले एउटा खेलबाट ५ हजार अमेरिकन डलरसम्म लिएका थिए ।सन् २००८ देखि गत वर्ष सम्मका खेलमा म्याच फिक्सिङ भएको अपराध महाशाखाले जनाएको छ ।सन् २००८ मा मोर्डेका कपमा अफगानिस्तानसँग म्याच फिक्सरको निर्देशनअनुसार २–२ को बराबरी खेलेको प्रहरी दाबी छ ।त्यस्तै २००९ को साग च्यामपियनसीप, सन् २०११ म मलेसियासँगको मैत्रीपूर्ण खेल, फिलिपिन्ससँगको मैत्रीपूर्ण खेल, सन् २०१२ मा भारतसँग भएको नेहरु कप र सन् २०१४ मा कोरियामा भएको साफ गेमको फुटबलमा म्याच फिक्सिङ गरेको प्रहरीले जनाएको छ ।जसमा अन्य खेलाडी र एन्फा पदाधिकारीहरु समेत संलग्न भएपनि अरु भने पक्राउ परेका छैनन् । सबै खेलमा थ्रिस्टार क्लबका पूर्वप्रशिक्षक रहेका अन्जन केसीले नै पैसाको डिल गर्दै आएको प्रहरी अधिकारीहरु बताउँछन् ।


global ime

runner bike

https://esewa.com.np/#/home

राजनीति

सञ्चारमन्त्रीलाई तत्काल बर्खास्त गरी अनुसन्धान गर्न कांग्रेसको माग

८ फागुन, काठमाडौं । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रसंगमा सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले ७० करोड कमिनस मागेको अडियो सार्वजनिक भएको सम्बन्धमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कडा प्रतिक्रिया दिएको छ। बिहीबार बिहान प्रेस वक्तव्य जारी गर्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सञ्चारमन्त्री बाँस्कोटालाई तत्काल बर्खास्त गरी प्रकरणको अनुसन्धान अघि बढाउन माग गरेका हुन्।

७० करोड कमिसन अडियोबारे बोले मन्त्री बाँस्कोटा

८ फागुन, काठमाडौं । सेक्युरिटी प्रेस खरिद सम्बन्धमा सार्वजनिक अडियो टेपबारे सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले प्रारम्भिक प्रतिक्रिया दिएका छन्। स्विस कम्पनीका नेपाल प्रतिनिधिसँग आफूले गरेको कुराकानीको अडियो टेप  भाइरल भइरहँदा कञ्चनपुरमा रहेका सञ्चारमन्त्री बाँस्काटोले यस विषयमा आफू काठमाडौं पुगेपछि विस्तृतमा बताउने जानकारी दिएका हुन्।

राष्ट्रिय हितमा एमसीसी पास हुन्छ : प्रचण्ड

७ फागुन काठमाडौं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संसदबाट पास हुने बताएका छन्। नेपाल विश्वमै कम्युनिष्ट शासन भएको देश भएको चर्चा गर्दै उनले कूटनीति पक्षलाई जोगाउँदै राष्ट्रिय हितमा एमसीसी पास हुने बताए।

अन्तर्राष्ट्रिय

जर्मनीमा बन्दुक हमला : ८ जनाको ज्यान गयो

८ फागुन, काठमाडौं । पश्चिम जर्मन शहर हानाउमा भएको दुई भिन्दाभिन्दै बन्दुक हमलामा ८ जनाको ज्यान गएको छ। अज्ञात व्यक्तिले गराएको घटना त्यहाँको दुई सिसा बारमा भएको हो । घटनामा ५ जना घाइते भएको जनाइएको छ।

चक्कु देखाएर सुपरमार्केटबाट ट्वाइलेट पेपर लुटपाट

६ फागुन, काठमाडौं । हङकङमा हतियारधारी समूहले ट्वाइलेट पेपर लुटेको छ । कोरोनाभाइरसको सन्त्रास फैलिएको बेला मानिसहरूले ट्वाइलेट पेपर किनेर घरमा भण्डारण गर्दा अहिले चरम अभाव छ । मोङकक क्षेत्रको एकटा सुपरमार्केटअगाडि चक्कु बोकेका मानिहरूले एक कर्मचारीबाट ती ट्वाइलेट पेपर लुटेर लगेका हुन् ।

उत्तर कोरियाली शासक किम जोङ उनले रुसबाट किने एक दर्जन सेता घोडा

६ फागुन, काठमाडौं । उत्तर कोरियाका सवोच्च नेता किम जोङ उनले रुसबाट एक दर्जन सेता घोडा किनेका छन्। सन् २०१९ उत्तर कोरियाले ७५ हजार ५ सय ९ डलर मूल्यमा ती घोडा किनेको रुसी भन्सारको तथ्यांकमा उल्लेख छ। ​यसअघि सन् २०१५ मा उत्तर कोरियाले रुसबाट झण्डै २ लाख डलरमा ६१ वटा घोडा किनेको थियो। 

विचार / ब्लग

सी चिनफिङ भन्छन् -हिमालय वारिपारिको मैत्रीलाई नयाँ उचाइमा पुर्याऔँ

सी चिनफिङ
राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको निमन्त्रणामा म छिटै चीनको मैत्रीपूर्ण छिमेकी देश नेपालको राजकीय भ्रमण गर्दैछु । मैले नेपालको भ्रमण गर्न लागेको यो पहिलोपटक हो, तथापि मलाई नेपाल अपरिचित भने लाग्दैन । नेपालमा शानदार पहाड र नदीहरू छन्, विशिष्ट संस्कृति पनि छ । त्यसैले म नेपालको भ्रमण गर्न धेरै पहिलेदेखि लालायित थिएँ । मैले चीनको भ्रमण गर्नुभएका धेरै नेपाली नेताहरूसँग धेरैपटक भेटवार्ता गरेको छु र उहाँहरूसँग गहिरो मित्रता पनि गाँसेको छु ।

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 
Top