cg electronics
nlic

भू–उपयोग नीति बनाउने पहिलो मेयर भन्छन्– काम गर्न भाषण दिएजस्तो सजिलो छैन

आफ्नो क्षेत्रका सम्भावना र समस्या जानकारी नहुँदा काम गर्न समस्या पर्छ


Thursday, 29 Mar, 2018 2:17 PM

मुलुक संघीयतामा गइसकेपछि अहिले जनप्रतिनिधिले स्थानीय तह हाँकिरहेका छन् । सुरूवाती चरणमा भएर हुनसक्छ धेरै जनप्रतिनिधिमा काम कसरी सुरू गर्ने भन्ने अन्योल देखिन्छ । कतिपय स्थानीय तहमा सुरूमै ह्वारह्वार बजेट सक्ने त कतिपय तहमा बजेट नै खर्च गर्न नसक्नेजस्ता समस्या देखिएका छन् । कतिपय जनप्रतिनिधि भने कुन काम, कसरी गर्ने भन्ने अन्यौलमा छन् । नयाँ जनप्रतिनिधिले पुराना जनप्रतिनिधिबाट केही अनुभव लिनसक्दा पनि काम गर्न धेरै नै सहज हुन सक्छ । ०५४ मा भक्तपुरको मध्यपुर थिमीको मेयर बनेका मदनकृष्ण श्रेष्ठले स्थानीय जनप्रतिनिधिलाई केही सुझाव दिएका छन् । मुलुकमै पहिलोपटक भू–उपयोग नीति लागु गर्ने उक्त नगरपालिकाले बुधबार २२औँ वर्षगाठ मनाएको छ । त्यतिबेला काम सुरू गर्दाको अवस्था, अहिलेका जनप्रतिनिधिले लिनुपर्ने कदमबारे न्यूजसेवाले सोधेका प्रश्नमा पूर्वमेयर श्रेष्ठको जवाफ :

–अहिलेका जनप्रतिनिधि काम कसरी सुरु गर्ने भन्नेमै अलमलमा परेजस्ता देखिन्छन् । तपाई त ०५४ मा मेयर बन्नुभएको मान्छे, त्यतिखेर कसरी काम सुरु गर्नुभएको थियो ?

१४ चैत ०५३ मा पाँचवटा गाविस मिलेर मध्यपुर थिमी नगरपालिका घोषणा भएको हो । म ०५४ मा मेयरमा निर्वाचित भएँ । तपाईंले भनेजस्तै हामीले शुन्य अवस्थामा काम सुरू गरेका हौँ । सुरूमा त्यहाँ केही डाटा थिएन । कहाँ के छ, कस्तो छ भन्ने कुनै सूचना पनि थिएन । नगरपालिकाकै कस्तो संरचना थियो भन्ने जानकारी थिएन । त्यस्तो अवस्थामा हामी कहाँ छौँ, हाम्रो नगरपालिका कस्तो छ, हाम्रा समस्या के हुन् भन्ने जानकारी नहुँदा काम गर्न सहज भएन । अझ त्यतिबेला बजेट पनि थिएन । सरकारको अनुदान निकै न्यून थियो । हामीले सुरूमा नगरपालिकाको नक्साङ्कन गर्ने कार्य गर्यौँ । युएसएड, नास्ट लगायतका संस्थाबाट विभिन्न नक्साङ्कन गरिसकेपछि हामीले त्यस नगरपालिकाभित्र रहेका समस्यालाई सूचिकरण गर्यौँ । यति गरेपछि त्यहाँका सवल पक्ष र कमजोर पक्ष सबै जानकारीमा आइसकेपछि १० वर्षको योजना बनायौँ र काम अगाडी बढायौँ ।
हाम्रा ३८ वटा नक्सामध्ये एउटा नक्सा भू–उपयोग नक्सा थियो । त्यसमा मध्यपुरको जमिन कसरी प्रयोग भइरहेको छ भन्ने चित्रण गरिएको थियो । त्यसै आधारमा हामीले नेपालमै पहिलोपटक भू–उपयोग नीति बनायौँ । जुन कार्यले सबैतिरबाट वाहवाही पनि पायो । हामीले आर्थिक, सामाजिक, प्रशासनिकजस्ता पाँचवटा आधार बनाएर बोर्डबाट निर्णय गर्दै अगाडी बढ्यौँ । भू–उपयोग नीति अन्तरगत यस नगरपालिकालाई तिब्र शहरीकरणबाट कसरी बचाउने भन्ने विषयमा धेरै छलफल गर्यौँ । हामीले अग्लो स्थानमा बस्ती बसालेर होँचो भागमा सिमसार क्षेत्र घोषणा गर्यौँ र त्यसमा खेती वालीलाई जोड गर्यौँ । यसको रिजल्ट निकै राम्रो आयो । जस्तो सानोठिमीलाई प्रशासनिक क्षेत्रका रूपमा विकास गर्यौँ । अहिले पनि त्यहाँ शिक्षा सम्बन्धि ठूल्ठूला कार्यालय रहेका छन् । ओपन स्पेस छ । काठमाडौं शहरीकरणले कुरूप भइरहँदा मध्यपुर ठिमी नगरपालिका नमुनाका रूपमा अगाडी आयो । तर, अहिले भने शहरीकरणको समस्या त्यहाँ पनि बढ्दै गएको छ ।

–तपाईंले जिरोबाट सुरु गर्नुभएको थियो, तपाईको कार्यकाल सकिएपछि विकास निर्माणका काम कुन गतिमा अगाडि बढ्यो ?

हामीले त्यतिबेला बोर्डबाट निर्णय गथ्र्यौँ, हरेक कुरा । हरेक कुरालाई निकै धेरै छलफल र होमवर्क गरेर कार्यान्वयन गथ्र्यौँ । जसले गर्दा रिजल्ट पनि राम्रै आइरहेका थिए । अहिले पनि त्यसमा केही सानातिना सुधार त भएको छ । तर, काम गर्दा जनप्रतिनिधिले सम्बन्धित निकाय, पूर्वज जनप्रतिनिधिहरूसँग राय सल्लाह लिएर गर्नु आवश्यक छ । मध्यपुरमा अहिले शहरीकरण बढेको छ । यसमा सुधार आवश्यक छ । सरोकारवाला सबैसँग सल्लाह लिएर अगाडी बढ्नुपर्ने आवश्यकता देख्छु म ।
 

–संघीयताको ‘फेम’मा जनप्रतिनिधिहरु अन्योलग्रस्त देखिन्छन्, जनप्रतिनिधि भइसकेपछि आफ्नो क्षेत्रको विकासका लागि ध्यान दिनुपर्ने कुरा के–के रहेछन् ?

मुख्य कुरा त आफू जनप्रतिनिधि भइसेकपछि त्यहाँका सम्भावना के–के हुन् र समस्या के–के हुन् भन्ने पत्ता लगाउनुपर्यो । आफ्नो क्षेत्रका यी विषयमा जानकारी भएन भने न नीति बनाउन सकिन्छ, न त काम नै गर्न । यति जानकारी भएपछि विकास गर्ने मोडल र सेड्युल बनाएर अगाडी बढ्नुपर्छ । अर्को कुरा भू–उपयोग नीति बनाएर काम गर्नुपर्ने देखिन्छ । यसले विकासमा एउटा नयाँ धार देखा पर्छ । अहिलेका अर्थमन्त्री युवराज खतिवडाजी र प्रदेश ३ का मुख्यमन्त्री डोरमणी पौडेलले पनि भू–उपयोग नीति बनाउनुपर्छ भन्नुभएको छ । चुनावमा भाषण दिएर मात्र भएन, काम गर्न गाह्रो छ । विकास निर्माणका नीति नियमहरु बनाउन अत्यन्तै गाह्रो छ । सबैलाई मिलाउनुपर्ने, सबैको कुरा सुन्नुपर्ने हुन्छ । सबैभन्दा पहिलो त हाम्रो नगरपालिकाको के कस्तो अवस्था छ भनेर थाहा हुनुपर्यो । हाम्रो शरीरको अवस्था थाहा पाएपछि मात्रै त डाक्टरले औषधी दिन्छ । स्थानीय निकायको पनि त्यो हरेक अवस्था थाहा हुनुपर्छ । त्यहाँको बलियो तथा कमजोर पक्ष के–के छ छुट्याउनुपर्छ । यदि त्यो थाहा नभए हामी कसरी अगाडी बढ्ने भन्ने पत्तो नै हुँदैन ।
 

–तपाईंले त्यो समयमा गरेका त्यस्ता केही उदाहरणीय काम के–के हुन् ?

हमीले नीतिगत रूपमा नमुनाकै रूपमा अगाडी लगेका थियौँ । नक्साङ्कनदेखि भू–उपयोग नीति बनाउनाले काम गर्न सजिलो भयो । शहरी विकास विभाग, नगरपालिका र जर्मन सरकारको सहयोगले त्यो काम भयो । त्यसबेला हाम्रो बजेट १८ लाख थियो । त्यति बजेटले कुनै विकास निर्माणका कार्यहरु गर्न पुग्ने थिएन । हामीले योजनाबद्ध रूपमा काम गर्यौँ । हामीले प्रोजेक्ट बनायौँ । ६–७ वटा एनजीओ–आइएनजीओहरु आए । मध्यपुरमा थुप्रै ढलहरु बने । त्यहाँका सामुदायिक स्कुलका शौचालयहरु फोहोर थिए, ती सफा गर्न सहयोग पुग्यो । बगैँचा बने, पार्कहरुसमेत बने ।  बाटोघाटो फराकिलो बनाउने काम भए । कतिपय क्षेत्रमा हामीले बनाएका ती सडक अहिले पनि उदाहरणीय नै मानिन्छ । अर्को कुरा, खानेपानीको स्थिती नाजुक थियो । ६ लाख लिटर मात्र पानी थियो । पानीमा आइरनको मात्रा बढी थियो । हामीले खानेपानी बोर्डमा पहल गरेर ४ वटा कुवा विश्वबैंकको सहयोगमा सफा गर्यौँ । यसका साथै १ करोड ६५ लाख लिटर पानीका लागि  जाइकाको प्रोजेक्ट पनि ल्यायौँ । यसले खानेपानीको क्षेत्रमा पनि ठूलो सहयोग पुग्यो । नेपाल कोरिया अस्पताल पनि हाम्रै पहलमा ल्याइएको हो । यसले मध्यपुरका मात्र नभएर मुलुकभरका जनताको स्वास्थ्यका लागि ठूलो सहयोग पुग्यो । त्यतिबेला शिक्षा, स्वास्थ्य, खानेपानी तथा पूर्वाधारमा हामीले धेरै काम गर्न सफल भयौँ ।
 

–आफ्नो कार्यकाल कत्तिको सफल भएजस्तो लाग्छ ?

विकास निर्माणका काम त मैले भनिहालेँ । म सफल कि असफल भन्दा पनि म कुनै कार्यलयमा जाँदा, मन्त्रालयमा जाँदा सबै पदाधिकारीहरुले तपाईंले मध्यपुर थिमी नगरपालीकालाई राम्रो गर्नुभएको हो भन्नुहुन्छ । हामीले महोत्सव पनि गर्यौँ । कम खर्चमा धेरै राम्रो कामहरु पनि गरेका छौँ । पहिले जता गएपनि खुला शौचालय थियो, तर अहिले सबै सफा बनाएका छौँ । मेरो कार्यकालमा मठमन्दिर बनाउने, पाटीपौवा बनाउने, ढुङ्गा इटा छाप्ने लगायतका कामहरु भएका छन् । मेरो कामप्रति नगरबासी सबै सुखी र सन्तुष्ट छन् ।
 

–तपाईंले थुप्रै काम गरेको बताउनुभयो । अहिले पनि त जनप्रतिनिधि आएका छन्, उनीहरूको कार्यशैली तपाईंलाई कस्तो लाग्दैछ, चित्त बुझेको छ कि छैन ?

चुनावमा बोलेजस्तो गर्न जनप्रतिनिधिलाई सजिलो छैन । १० महिना भैसक्यो अहिलेका जनप्रतिनिधिले केहि काम देखाउन सकेका छैनन् । सक्षम छ भनेर सबै नगरबासीले भोट दिएका थिए, तर अहिलेसम्म काम गर्न सकेको मैले पाएको छैन । अहिलेका मेयरले गर्न नहुने धेरै काम गर्नुभएको छ । मापदण्डविपरित प्लटिङ गरिएकोे छ । ८ मिटर बाटो राख्नुपर्ने ठाँउमा ६ मिटर राखिएको छ । ६ मिटर राख्नुपर्ने ठाँउमा ४ मिटर राखिएको छ । ३ प्रतिशत ओपन स्पेस राख्नुपर्ने नियम छ । त्यो पनि राखिएको छैन । अहिले भू–उपयोग नीति पनि लत्याइएको छ । तिब्र रूपमा बढेको शहरीकरण र खेतियोग्य जमिन मास्दा पनि आफ्नो स्वार्थ मात्र हेर्ने काम भएको छ । यसो गर्दा भोलि नगरपालीकामा भद्रगोल हुने खतरा  देख्छु । त्यसैले अहिलेको कार्यशैलीमा म खुसी छैन ।

–पूर्वजनप्रतिनिधिको हैसियतले  तपाईसँग अहिलेका मेयरले कुनै समन्वय गर्नुभएको छ ?

मसँग मात्र होइन उहाँले कसैसँग पनि समन्वय र सल्लाह गर्नुभएको छैन । म मेयर हुँदा सबैसँग सल्लाह गरेर काम गर्थेँ । मैले हरेक पार्टीमा सल्लाह गर्थैँ, ताकि भोलि काम गर्न सहज होस् र कुनै विवाद नआओस् भन्ने उदेश्यले । अहिले उहाँले पार्टीभित्र वा अन्य कसैसँग सल्लाह नै गर्नुहुन्न । बिहीबारमात्र नगरपालिकाले २२औँ स्थापना दिवस मनाएको छ । तर, त्यो विषयमा कुनै मिटिङ राखिएन । कसैसँग सल्लाह नै नगरी मध्यपुरमा १७ जनालाई सम्मान गरिएकोे छ । सम्मान गर्नु राम्रो हो । तर, कसलाई गर्ने भनेर निर्णय गरेर गर्नुपर्छ । उहाँले आफुखुशी गर्नुभयो । आज मध्यपुरमा २ ठाँउमा स्थापना दिवस भइरहेको छ । त्यो दुर्भाग्य हो । यो नेतृत्वको कमजोरीले गर्दा हो । उहाँले अन्य थुप्रै कामहरु नीति नियम विपरित गर्नुभएको छ । मापदण्ड विपरित नक्सा पास भएका हुन् । हचुवाका भरमा निर्माण सम्पन्न गर्न दिइएका छन् । आफुसँग नभएको अधिकारलाई पनि मेयरबाट दुरूपयोग हुनु भनेको दुर्भाग्य हो ।

–अहिलेका नगर प्रमुखलाई तपाईंका सुझाव के के छन् ?

सबैभन्दा ठुलो त सरसल्लाह र छलफल नै हो । समन्वयमै चल्नुपर्छ । कुनै काम गर्दा मेयरले पुराना जनप्रतिनिधि लगायत सबैसँग सल्लाह गरेर निर्णय लिनुपर्छ । यदि यसो गरियो भने नराम्रो कुरालाई पनि राम्रो बनाउन सकिन्छ । तर, तानाशाही शासन ल्याउन खोज्यो भने राम्रो कुरा पनि नराम्रो भएर जान्छ । मेरो सुझाव भनेको सरोकारवाला निकाय, स्थानीय राजनीतिक दल, संस्था, पुराना जनप्रतिनिधि सबैसँग सल्लाह गरेर काम अगाडी बढाउँदा उहाँलाई नै काम गर्न सहज हुन्छ ।
 

–नगरपालीकाले अहिले तत्काल गर्नुपर्ने कामहरु के–के होलान् ?

तत्काल गर्नुपर्ने सरसफाइ हो ।  त्यसपछि ढलको मास्टरप्लानमा सुधार गर्नुपर्यो । सडकको मापदण्ड पनि तोक्नुपर्ने छ । भइरहेको सडकको स्थिती हेरेर सुधार गर्नुपर्यो । मेलम्चीको पाइपलाइनलाई छिटोभन्दा छिटो विस्तार गर्नुपर्यो । जथाभावी बस्ती बसाउनु भएन । व्यवस्थित शहर कसरी बनाउने भनेर सोँच्नुपर्ने छ, साथै खानेपानीको समस्यालाई पनि समाधान गर्नुपर्ने छ ।


 


Ruslan

paicho

bussewa

राजनीति

काँग्रेस बैठक स्थगित, अर्को बैठक वैशाख ९ गते

७ बैशाख, काठमाडौ । नेपाली काँग्रेसको आजका लागि तोकिएको केन्द्रीय कार्य समितिको बैठक बस्दै नबसी स्थगित भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बस्ने भनिएको बैठक अधिकांश नेताहरु केन्द्रीय राजधानी बाहिर भएकाले स्थगित गरिएको पार्टी कार्यालयका मुख्य सचिव कृष्ष्णप्रसाद पौडेलले जानकारी दिए । 

​बालुवाटारमा ओली–दाहालबीच निर्णायक वार्ता

७ बैशाख, काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच प्रधानमन्त्री निवास बालुवाटारमा वार्ता सुरु भएको छ । ९ बैशाखमा हुने भनिएको एकता तत्कालका टरेपनि आजको वार्ता सकरात्मक भयो भने सोही मितिमा एकता घोषणा हुने सम्भावना अझै पनि बाँकी छ । आजको वार्तालाई विहीबार विहानकै वार्ताको निरन्तरता मानिएको छ । ओली–प्रचण्डबीच विहीबार ३ घण्टा एक्लाएक्लै 

काँग्रेस केन्द्रीय समिति बैठक सुरु, पदाधिकारी मनोनयनको प्रस्ताव लैजाने सभापति देउवाको तयारी

७ बैशाख, काठमाडौ । चुनावी पराजयको समीक्षालगायत विषयमा छलफल गर्न नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक सुरु भएको छ । केन्द्रीय सदस्य खुमबहादुर खड्काको निधन भएपछि चैत १६ गतेदेखि बैठक स्थगित भएको थियो । बैठकमा पार्टीले तीन वटै तहको निर्वाचनमा पराजय भोग्नु पर्नाका कारणको खोजी भइरहेको नेताहरुले जनाएका छन् । 

अन्तर्राष्ट्रिय

भारतमा नोटको अभाव, नेपालमा कस्तो असर पर्ला ?

६ बैशाख काठमाडौ । यसै हप्ता भारतको मध्यप्रदेशका एक किसानले आफ्नी छोरीको बिहेका लागि श्रीमतीको गहना धितोमा राखे। साहुबाट लिएको ऋण रकम संकलन गर्न दुई दिनदेखि उनी बैंक धाइरहेका छन्। तर उनलाई नगद अभावको कारण देखाउँदै बैंकले रित्तो हात फर्कारहेको छ। एटिएममामानिसहरू लामबद्ध भएको विगतको जस्तो निराशावादी अवस्था कम्तीमा पाँचवटा प्रदेशमा देखिएको छ। यो समस्या आन्ध्रप्रदेश, तेलंगना, कर्नाटका

प्राचीन भारतमा इन्टर्नेट आविष्कार भएको दाबी

भारतको उत्तरपूर्वी राज्य त्रिपुराका मुख्यमन्त्री विप्लवकुमार देवले प्राचीन कालमा भारतीयहरूले इन्टर्नेटको आविष्कार भएको दाबी गरेका छन्। 
महाभारतकालमा कौरव र पाण्डवका सेनाबीच कुरुक्षेत्रमा भएको महायुद्धको प्रसङ्ग उद्‌धृत गर्दै उनले त्यति बेला इन्टर्नेटको मात्रै नभई भूउपग्रहको समेत प्रयोग हुने गरेका टिप्पणी गरेका हुन्। त्रिपुरामा आयोजित एउटा कार्यशालालाई सम्बोधन गर्दै मुख्यमन्त्री देवले भने,‘यो यस्तो देश हो जहाँ महाभारतमा सञ्जयले 

​अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप

३ बैशाख, एजेन्सी । इरानका राष्ट्रपति हसन रोउहानीले अमेरिकी नेतृत्वमा सिरियामा भएको आक्रमणबाट वासिङ्टनको आतङ्ककारीसँग प्रत्यक्ष सम्बन्ध भएको प्रमाणित भएको आरोप लगाएका छन् । हसनले उक्त दाबी गरेको तास्निम समाचार समितिले सोमबार जानकारी दिएको छ । अमेरिकनले पूर्वी गुटाबाट आतङ्ककारी हटाएकोले उनीहरुको अमेरिकासँग सम्बन्ध रहेको देखिन आएको राष्ट्रपति रोउहानीले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँगको

विचार / ब्लग

लालबाबु पण्डितको ‘सेलिब्रेटी’ मोह, आफ्नै कर्मचारीलाई पागल भन्न मिल्छ ?

कर्मचारी समायोजन अन्र्तगतको स्वेच्छिक अवकाशको विषयलाई लिएर यतिबेला प्रधानमन्त्री, मन्त्री र कर्मचारीबीच जुहारी चलिरहेको छ । अवकाशको विषयलाई लिएर दुवै पक्ष एकअर्काप्रति तिखो टिप्पणीमा उत्रिएका छन् । उनीहरुबीचको आरोप–प्रत्यारोपलाई सुन्दा दुवै पक्ष एकअर्काप्रति पूर्णरुपमा सशंकित् र अविश्वस्त देखिएका छन् ।

माइत जाने चेलीलाई ५ सय ८० शब्दको सुझाव

माइत भन्ने बित्तिकै हरेक महिलाको अनुहारमा रौनक आउँछ । माइतको मोह महिलाले जीवनभर भुल्दैनन् । पतिले घरमा जतिसुकै सुख दिएको होस्, माइतमा पाइने सुखका अगाडि ती सबै कम लाग्छन् । माइतबाट सानो बोलावट मात्रै आउनुपर्छ, जानका लागि तुरुन्त तयार नहुने को नै होला र ? माइत जानु नराम्रो होइन । तर, प्रायः के पनि देखिन्छ भने जुन खुसी र उत्साहले महिलाहरु माइत जान्छन्, त्यति नै खुसी लिएर भने फर्कदैनन् ।

अध्यक्ष पद नै एमाले–माओवादी एकताको बाधक ! ओली र दाहालको आ–आफ्नै रणनीति

निर्वाचनलगत्तै पार्टी एकीकरण गर्ने बताएका दुई नेताले एकता प्रयास ठोस रुपमा अघि नबढेको बेला यस्तो कुरा बताउँदा दुबै पार्टीको एकता चाहनेलाई हौसला मिलेको थियो । आशा जागेको थियो । तर, एतिका दिन बितिसक्दा पनि पार्टी एकताले गति लिन सकेको छैन । 
Top