esewa
kantipur mall

किन बढ्दैछ मधेशमा तनाव ? छिमेकीको मधेश मोह र बढ्दो संक्रमण

अझै ढिला भए आन्दोलन नियन्त्रण बाहिर जान सक्छ


Friday, 25 Sep, 2015 8:08 PM
समाचार टिप्पणी । 
संविधासभाबाट संविधान जारी गर्नु अगाडि देखिनै सुरु भएको मधेश आन्दोलन अहिले पनि जारि छ । संविधान आएसंगै देश विकास निर्माण तर्फ उन्मुख हुनेमा आम जनताको आशा छ । तर देशको एक भागमा भइरहेको आन्दोलनलाई छाडेर देश अन्य मुद्धामा प्रवेश गर्ने अवस्थामा छैन । संविधान जारि भएपछि नयाँ सरकार गठन गर्ने सम्झौता छ दलहरु विचमा, तर प्रधानमन्त्री सयुक्त राष्ट्रसंघको महासभामा भाग लिन जाने कार्यक्रम रहेकाले यसलाई केहि पछि धकेल्ने प्रयास भएको थियो । आन्तरिक परिस्थिति विसम भएको भन्दै प्रधानमन्त्रीले आफ्नो भ्रमणलाई रद्द गर्दै, सभामा भाग  नलिइ उप्रधानमन्त्री प्रकाशमान सिंहलाई अमेरिका पठाएका छन । यता आन्दोलनरत दल अहिले पनि वार्ताका लागि तयार भएका छैनन् । प्रधानमन्त्री लगायत प्रमुख दलका शिर्ष नेताहरुले उनीहरुको ढोकामै पुगेर गरेको आह्वानलाई समेत मधेश केन्द्रीत दलले वास्ता गरेको देखिदैन । 

प्रधानमन्त्री र शिर्ष दलको पछिल्लो आह्वान पछि बसेको संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले आफ्नो आन्दोलनका थप कार्यक्रम घोषणा गरेको छ । मोर्चाले सिमावर्ती क्षेत्रमा आन्दोलनलाई केन्द्रीत गर्दै नाकावन्दीको रणनीति लिएको छ । कसैले स्वीकार गरे पनि नगरे पनि मोर्चाको आन्दोलनमा भारतको सदिक्षा रहेकै छ । यसको अर्थ यो होइन की मधेशमा समस्या छैन । वारी बस्ने र पारीको आर्शिवाद थाप्ने प्रचलन अहिले मात्रै होइन र मधेशी नेताहरुले मात्र होइन केन्द्रमा रजाई गर्नेहरुले पनि वर्षाैंदेखि गरिरहेका छन् ।  सरकार गठनमा भारतको समर्थन जुटाउने प्रयास सधै गर्ने नै गरिन्छ । जे भए पनि तराईमा भएको आन्दोलन मिलाउने जिम्मा नेपाल सरकारकै हो, नेपालकै दलको हो । आन्दोलनकारी राखेका मागलाई सक्ने जति पुरागर्ने पनि नेपालले नै हो त्यो आन्दोलनकारीले पनि बुझन जरुरी छ । संविधान जारि गर्नु भन्दा अगाडि सहमति गर्दा भन्दा अहिले समस्या अझै जटिल भएको छ । आन्दोलनकारी आन्दोलन रोकेर टेक्ने स्थान संविधानसभा अहिले छैन, संविधान जारि गर्नु पहले भएको भए त्यो स्थान सुरक्षित थियो । अव अवतरण गराउदा टेक्ने ठाँउ समेत तयार पार्नु पर्ने हुन्छ । आन्दोलनकारीका माग थप जटिल बन्दै छन उनीहरुले सहमतिका लागि आफ्ना थप एजेण्डा राख्ने तर्फ केन्द्रीत भएको देखिन्छ । मधेश समस्या जति ढिला गरयो, त्यति जटिल बन्दै छ । 

मधेश आन्दोलनमा देखिएको छिमेकी मोह 

संविधान जारी भएपछि खुलेर स्वागत नगरेको भारतले मधेशको समस्या सुल्झाउन पटक पटक दवाव दिदै आएको छ । संविधान जारी गर्ने अन्तिम समय सम्म भारतले आफ्नो दवावलाई जारी राखेको थियो तर संविधान निर्माणको प्रक्रियालाई रोक्न भने सफल भएन । यसमा भारतका दुई थरी महत्व देखिन्छ । एक त भारतले मधेश क्षेत्र अशान्त हुँदा आफ्नो सिमावर्ती क्षेत्रमा पनि समस्या हुने भएकोले त्यसलाई  ध्यान दिइरहेको हुन सक्छ ।  यो सारै थोरै मात्रै सत्यको नजिक देखिन्छ ।
अर्को महत्वपुर्ण कुरा यो संविधानमा भारतले आफ्नो स्वामित्व खोजेको छ । शान्तिप्रक्रियाका केहि महत्वपुर्ण पाटोमा आफ्नो भुमिका निर्वाह गरेको भारतले संविधान निर्माणको पुर्णतामा पनि आफ्नो भुमिका देखाउन खोजेको हुन सक्छ । जे भए पनि संविधान जारि गर्ने अन्तिम चरणमा भारतिय पक्षले सोचे भन्दा परिस्थिति बेग्लै बन्यो । अझै सत्यको नजिक गएर भन्ने हो भने भारतीय पक्षको चाहनालाई नेपाली नेताहरुले अस्वीकार गरिदिए । अहिले भारत त्यो कुराको नजानिदो पाराले बदला लिन चाहिरहेको छ, त्यसमा उसले देखेको मधेशी शक्ति नै हो । मधेशलाई प्रयोग गरेर राजनीतिक नेतृत्वलाई झुकाउने दाउमा अहिले भारत देखिएको छ ।  

भारत विरुद्धका अभिव्यत्तिको असर  

भारतीय पक्षबाट नेपालमा हस्तक्षेप बढाएको भन्दै नेपालको ब्यापक विरोध सुरु भयो । भारतले नाकावन्दी लगाएको भन्दै अनेक खालका अभिव्यक्ति आउन थाले पछि भारतीय पक्षबाट यसलाई खण्डन गरियो । तर धेरै वर्ष पछि उच्च स्तरिय भ्रमण गरेका भारतिय प्रधानमन्त्री नरेन्द्र मादीले भारत प्रति नेपालीको दृष्टि परिवर्तन गराउन सफल भएका थिए । मोदीले जसरी भारत र नेपालको सम्बन्धलाई नजिक बनाएका थिए त्यो पछिल्लो समय देखाएको गतिविधिले पुरै नकारात्मक भएको छ । नेपाल आउँदा वाह वाह कमाएका मोदि प्रतिको अहिले सकारात्मक सोच राख्नेको संख्या घट्दै गएको छ । भारतले यो विषयलाई नियालीरहेको त छ, तर अझै पनि संविधान निर्माणलाई पुर्णता दिने विषयमा आफ्नो भुमिकालाई घटाइएको चित्त बुझाइ रहको देखिदैन । 

कसरी हुन्छ त समस्याको समाधान ?

मधेश आन्दोलन नेपालको समस्या हो । सरकार राजनीतिक नेतृत्व कसैको हस्तक्षेप देखाएर समस्याबाट पन्छिन पाउदैन । जसले जस्ता अभिव्यत्ति दिए पनि वा हस्तक्षेप गर्न खोजे पनि आफ्नो समस्या समाधानमा राजनीतिक नेतृत्वले गम्भिरता देखाउनु पर्छ र त्यो प्रयास सुरु पनि भएको छ । यसमा दुवै तर्फका अग्रसरता जरुरी छ । सरकारी तर्फबाट गरिएको आवहानलाई अस्वीकार गरेका दलले प्रधानमन्त्री देखि शिर्ष नेताले ढोकामा नै पुगेर गरेको आग्रहलाई स्वीकार गर्नु पर्ने हुन्छ । समास्याको समाधान वार्ता बाहेक अन्य विकल्प छैन । सरकारि तवरबाट धेरै मुद्धा सम्बोधन भइसकेको र केहि समस्या भए समाधान गर्न तयार भएका अभिव्यक्ति त आएका छन तर त्यसलाई मधेशका जनता सम्म पुराउने संयन्त्र तयार भएको छैन त्यो तयार गरिनु पर्छ । अर्को समस्या सधै सम्झौता गर्ने र कार्यान्वयनमा ध्यान नदिइनु पनि हो । राज्यले आन्दोलनकारीसँग सम्झौता गर्दा आफ्नो सामाथ्र्यलाई हेर्नु पर्ने हुन्छ । आज गरौ भोलि जे होला होला भन्ने प्रवृतिको उपज हो अहिले मधेशमा देखिएको समस्या त्यसैले तत्काललाई साम्य पार्ने भन्दा पनि कार्यान्वयन गर्न सक्ने विषयमा ध्यान दिनु पर्ने हुन्छ । मधेशको समस्या तत्काल समाधान गरिएन भने त्यहाँको नेतृत्व भन्दा पनि आन्दोलन बाहिर जान सक्छ त्यो समयमा थप जटिलता आउन सक्छन । यता तर्फ आन्दोलनको नेतृत्व गर्नेहरुले पनि सोच्न जरुरी छ । वार्ता मार्फत मध्यमार्गी बाटो निकाल्नु नै अहिलेको समाधान हो । समस्या समाधान गर्न ढिला भइसकेको छ त्यस तर्फ सवै पक्षले गम्भिरता पुर्वक समिक्षा गर्न जरुरी छ ।   








 


Ruslan

runner bike

furniture expo

राजनीति

देशहरुबीच फाटो ल्याउने गतिविधि स्वीकार्य छैनः परराष्ट्रमन्त्री

२९ भदौ, ललितपुर । परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले देशहरुबीच फाटो ल्याउने कुनै पनि खालको सैन्य गतिविधि सरकारलाई स्वीकार्य नहुने बताएका छन् । नेपालले कुनै पनि देशसँग वैरभाव नराख्ने विदेश नीति लिएको पनि उनले स्पष्ट पारे।  आईतबार ललितपुरमा आयोजित ‘रोड एण्ड बेल्ट इनिसिएटिभ डाइलग’ विषयक विचार गोष्ठीमा बोल्दै उनले राष्ट्रिय हितलाई केन्द्रमा राखेर नेपालले आफ्नो विदेशी नीतिलाई अघि बढाएको उल्लेख गरे। उनले त्यसमा दायाँबायाँ हुन नदिने दृढता पनि जनाए ।
 

विमान ढिलाइ भएको विषयमा ज्ञानेन्द्र शाहीले गरेको पत्रकार सम्मेलनमा हात हालाहाल

२९ भदौ, ललितपुर । भ्रष्टाचार विरोधी अभियानमा लागेको भन्ने ज्ञानेन्द्र शाहीले आयोजना गरेको पत्रकार सम्मेलनमा हात हालाहाल भएको छ । ललितपुरको पुल्चोकमा शाहीले आयोजना गरेको पत्रकार सम्मेलनमा हात हालाहाल भएको हो । शाहीले शनिबार साँझ नेपालगञ्ज विमानस्थलमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईका कारण विमान उडान एक घण्टा ढिलो भएको भन्दै मन्त्री भट्टराईविरुद्ध प्रदर्शन गरेका थिए । सोही विषयलाई लिएर उनले आइतबार दिउँसो १ बजे पुल्चोकमा पत्रकार सम्मेलन आयोजना गरेका थिए । 

तरुण दलको विवाद उत्कर्षमा : अध्यक्ष र महासचिवले एकअर्कालाई कारबाही गरे

२९ भदौ काठमाण्डौ । नेपाल तरुण दलमा अध्यक्ष जीतजंग बस्नेत र महासचिव भुपेन्द्रजंग शाही बीचको विवाद उत्कर्षमा पुगेको छ । उनीहरुले एकअर्कालाई कारबाही गरेको दाबी गरेका छन् । दुवैले शनिबार एकअर्कालाई पदबाट बर्खास्त गरेको भन्दै छुट्टाछुट्टै विज्ञप्ति निकालेका छन् ।
अध्यक्ष बस्नेतले शाहीलाई महासचिवसहित कुनै पनि सदस्य नरहने गरी हटाएको पत्र पठाएलगत्तै शाहीले पनि महासचिवको हैसियतमा विज्ञप्ति निकालेर अध्यक्ष बस्नेतलाई नै तरुण 

अन्तर्राष्ट्रिय

अमेरिकी राष्ट्रपति ट्रमले गरे राष्ट्रिय सुरक्षा सल्लाहाकार बोल्नटलाई बर्खास्त

२५ भदौ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनलाई आफूले पदमुक्त गरेको घोषणा गरेका छन् । उनले आफू बोल्टनसँग असहमत रहेका कारण राजीनामा माग गरेको ट्वीटमार्फत् बताएका हुन् । बोल्टनले भने आफूले नै राजीनामा गरेको बताउँदै उचित समयमा आफ्नो भनाइ सार्वजनिक गर्ने प्रतिक्रिया दिएका छन् । उनले अफगानिस्तानदेखि इरानसम्मका विभिन्न विषयका चुनौतीबारे राष्ट्रपति ट्रम्पसँग फरक मत राखेका थिए ।
 

चन्द्रयान–२ को ल्याण्डर विक्रमसँग सम्पर्कको आशा सकिएको छैन : इसरो प्रमुख सिवन

२२ भदौ, काठमाडौं । भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) प्रमुख डाक्टर कैलासावडिवू सिवनले चन्द्रयान–२ को ल्याण्डर विक्रमसँगको सम्पर्कको आश अझै समाप्त नभएको बताएका छन् ।  डा. सिवनका अनुसार वैज्ञानिकहरु अझै पनि विक्रमसँग सम्पर्क जोड्ने कोसिस गरिरहेका छन, जसको जीवन पृथ्वीको १४ दिनको बराबर छ ।  डा. सिवनले सञ्चारमाध्यमसँग भने, ‘हामी चन्द्रायान–२ को विक्रमसँग सम्पर्क जोड्ने कोसिस गरिरहेका छौँ । हामी बाँकी १४ दिनसम्म कोसिस जारी राख्नेछौँ ।’ 
 

विचार / ब्लग

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 

अनशनको शक्ति जुटाउने सन्त चिकित्सक

► अतृप्त
प्राध्यापक डाक्टर गोबिन्द के.सी. को पन्ध्रौँ अनशन शृंखला भर्खरै अन्त्य भएको छ । जोरजुलूम गर्दा पनि पार नलागेपछि देशकै कार्यकारी प्रमुखको प्रत्यक्ष निगरानीमा पछिल्लो अनशन शृंखला सताइसौं दिनमा आएर टुङ्गोमा पुग्यो । बितेका ६ बर्षमा सन्त चिकित्सकका अनशन शृंखलाले राजधानी काठमाडौंदेखि मोफसलमा अवस्थित जुम्लासम्मको अविस्मरणीय यात्रा तय गरेका छन् । डा. के.सी. को निराहार यात्रा भोग्नेलाईभन्दा देख्नेलाई पट्यारलाग्दो प्रतित हुन्छ । 
Top