syangyong
nlic

१०२ मेगावाटको मध्यभोटेकोसी जलविद्युत दुई वर्षभित्र सक्न निर्देशन


Sunday, 14 Jan, 2018 2:16 PM
३० पुस, काठमाडौं । ऊर्जा मन्त्रालय र नेपाल विद्युत प्राधिकरणले सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाटको मध्यभोटेकोसी जलविद्युत आयोजनाको काम जसरी पनि दुई वर्षभित्रमा सक्न निर्देशन दिएका छन् ।

ऊर्जा सचिव अनुपकुमार उपाध्याय र प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले दुई वर्षभित्र निर्माण सक्ने सुनिश्चित हुने एकीकृत समय तालिका तयार गरी सोही अनुसार सबै काम समानान्तरुपमा अगाडि बढाउन निर्देशन दिएका हुन् । सचिव उपाध्याय र कार्यकारी निर्देशक घिसिङले शनिवार आयोजनाको स्थगलत निरीक्षण गरी आयोजना व्यवस्थापन, परामर्शदाता लाहमेयर र ठेकेदार कम्पनीहरु क्वाङसी हाइड्रो एण्ड इलेक्ट्रिकल कन्ट्रक्सन तथा एन्ड्रिज हाइड्रोसँग छलफल गरेका थिए ।

सन् २०१७ जुनमा निर्माण सक्ने गरी सुरु गरिएको आयोजनाको काम अहिलेसम्म ४० प्रतिशत मात्रै भएको छ । जुरे पहिरो, भूकम्प, बाढीपहिरो, बाँध स्थलको जग्गा समयमा उपलब्ध गराउन नसक्नु, ठेकेदारले अपेक्षाकृतरुपमा काम गर्न नसक्दा लगायतका कारणबाट आयोजनाको काममा ढिलाई भएको हो । आयोजनाको निर्माण सन् २०१९को जुनमा सक्ने लक्ष्य राखिएको छ । निर्माण तालिकाले भने अझै अन्तिमरुप पाएको छैन ।

प्राधिकरण सञ्चालक समितिका अध्यक्ष समेत रहेका ऊर्जा सचिव उपाध्यायले स्थलगत निरीक्षणबाट आयोजनाको काम ठेक्का सम्झौता अनुसार हुन नसकेको देखिएको बताए । ‘कामलाई तिब्रता दिन जलशक्ति बढाउनु पर्ने देखिन्छ, ठेकेदारले व्यहोर्दे आएको नगद प्रवाहको समस्यालाई समाधान गरिदिन प्राधिकरण र आयोजनालाई पटक–पटक निर्देशन दिंदै आएका छौं’, उनले भने,‘सम्झौताअनुसार काम गरिनु पर्छ, कुनै पनि हालतमा आयोजना ढिला हुनुहुँदैन ।’

आयोजनाको बाँधस्थल, सुरुङ, विद्युत गृह लगायत सबैतिर काम भइरहेको छ । बाँधस्थल खन्न सुरु भएको छ भने विद्युत गृह रहने ठाउँ खन्ने काम सकिएको छ । ७.१ किलोमिटर मुख्य सुरुङमध्ये करिव तीन किलोमिटर खनिएको छ । विद्युत गृहमा रहने केही इलेक्ट्रोमेकानिकल उपकरण आयोजना स्थलमा ल्याइसकिएको छ ।

कार्यकारी निर्देशक घिसिङले आयोजनाको काम अपेक्षा अनुसार अगाडि बढ्न नसकेको बताए । उनले आयोजनाको काम अहिले सबैतर्फबाट भइरहेता पनि प्रगति सन्तोषजनक नरहेको उल्लेख गरे । ‘आयोजनाको चार वर्ष बितिसकेको छ, अव दुई वर्षभित्रमा जसरी पनि सक्नु पर्छ’,उनले भने,‘एकीकृत तालिका बनाएर सोहीअनुसार हरेक काम समानान्तररुपमा अगाढी बढाउनु होस्, अब आयोजना ढिलाई गर्नेलाई छुट दिन सकिँदैन ।’

दुई वर्षभित्र निर्माण सक्ने गरी कामदार थपि निर्माणलाई तिब्रता दिन, बाँधस्थलको काममा विशेष ध्यान दिन, निर्माण सामाग्रीको पर्याप्त व्यवस्था गर्न, ठेकेदारले व्यहोरिहेको नगद प्रवाहको समस्यालाई तत्काल समाधान गर्न निर्देशन दिए । घिसिङ चिलिमे कम्पनीको प्रवन्ध सञ्चालक रहेकावेला आयोजना अगाडि बढाइएको थियो ।

आयोजनाको लागत बढ्न नदिन सिभिल तथा हाइड्रोमेकानिकलको काम इन्जिनियरिङ, खरिद र निर्माण (इपीसी) मोडेलमा चिनियाँ कम्पनी क्वाङसीले ठेक्का लिएको छ । इलेक्ट्रिमेकानिकलतर्फको काम भने एन्ड्रिजले गरिरहेको छ ।

१२ अर्ब २८ करोड अनुमानित लागत रहेको आयोजनामा कर्मचारी सञ्चय कोषले ऋण प्रवाह गरेको छ । चिलिमे कम्पनीको अगुवाईमा निर्माण भइरहेको आयोजनामा प्राधिकरण,सिन्धुपाल्चोका चार इन्भेष्टमेन्ट कम्पनीहरु, कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता,सिन्धुपाल्चोकबासी, सर्वसाधारण लगायतको लगानी रहने छ ।

आयोजनाबाट वार्षिक वार्षिकरुपमा ५४ करोड २० लाख युनिट विद्युत उत्पादन हुने छ । आयोजनाले विद्युत बिक्रीबाट वार्षिकरुपमा दुई अर्ब ९० करोड ४३ लाख रुपैयाँ आम्दानी गर्ने छ ।


 


MEGA COLLEGE

ime

bussewa

राजनीति

​महिला हिंसा नियन्त्रण गर्न पहल गर्न सरकारलाई सांसदको आग्रह

२ असोज, काठमाडौ । प्रतिनिधिसभाका सांसदहरुले पछिल्लो समय बढ्दै गएको महिला हिंसा नियन्त्रणका लागि सार्थक पहल गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरुले  पछिल्लो समयमा महिलामाथि बलात्कार, हत्या र हिंसाका घटना बढ्दै गएको भन्दै त्यस्ता घटना नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गराएका हुन् । 

राजपा सरकारमा जान राजेन्द्र महतोको बटमलाइन : रेशम चौधरी छुट्नुपर्यो

२ असोज, नेपालगञ्ज । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले राजपाको मुख्य कार्यसूची संविधान संशोधन नै भएको बताएका छन् । मंगलबार यहाँ सञ्चारकर्मीसँगको कुराकानीमा उनले संविधान अधुरो, अपुरो रहेकाले मधेशी, दलित र जनजातिका अधिकारलाई सम्बोधन गर्न नसकेको बताए । 

​दलहरू विषयगत समिति सभापतिका लागि मापदण्ड बनाउँदै

२ असोज, काठमाडौ ।  प्रतिनिधिसभाको विषयगत समितिको सभापतिको निर्वाचन असोज ५ गते हुने भएपछि नेकपालगायत दलभित्र उम्मेदवारको बारेमा छलफल सुरु भएको छ । विषयगत समिति सभापतिका लागि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीले अधिकांश समितिमा सभापतिका सम्भावित उम्मेदवार टुङ्गो लगाएको छ । 

अन्तर्राष्ट्रिय

​सिरियाबाट उडेको रुसी सैनिक विमान बेपत्ता

२ असोज, काठमाडौं । रुसको एक सैनिक विमान बेपत्ता भएको छ । सिरियाको हवाई क्षेत्रमा उडान भरेपछि १४ जना रहेको सैनिक विमान राडारबाट हराएको रुसको रक्षा मन्त्रालयले जनाएको छ । भूमध्य सागरको माथि उडिरहेका बेला रुसी आइआइ–ट्वेन्टी विमानसँगको सम्पर्क टुटेको हो । नेपाली समय अनुसार मंगलबार बिहान पौने २

२०० अर्ब डलरको चिनियाँ सामानमा अमेरिकी कर

​अमेरिकाले चीनसँगको व्यापार युद्धलाई झनै चर्काउने संकेत दिँदै २०० अर्ब अमेरिकी डलर बराबरको चिनियाँ सामानमा कर लगाउने घोषणा गरेको छ। अहिले सम्मकै सबैभन्दा धेरै भनिएको अमेरिकी कर करिब ५ हजार सामानमा लागु हुने बताइएको छ। यसअघि चीनले अमेरिकी करको बदला लिने चेतावनी दिँदै आएको थियो। चीनमा उत्पादित हाते झोला, कपडा लगायतका सामानमा अमेरिकाले कर लगाउने घोषणा गरेको छ।
तर स्मार्ट वाच र अग्ला कुर्सी जस्ता समानमा कर लगाइएको छैन।

​शक्तिशाली आँधीका कारण कम्तिमा १४ जनाको मृत्यु

फिलिपिन्स । फिलिपिन्समा आएको म्याङ्खुट नामक शक्तिशाली आँधीका कारण कम्तिमा १४ जनाको मृत्यु भएको छ ।  आँधीले फिलिपिन्सको उत्तरी क्षेत्रमा विध्वंश मच्चाएको छ । 

विचार / ब्लग

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 

अनशनको शक्ति जुटाउने सन्त चिकित्सक

► अतृप्त
प्राध्यापक डाक्टर गोबिन्द के.सी. को पन्ध्रौँ अनशन शृंखला भर्खरै अन्त्य भएको छ । जोरजुलूम गर्दा पनि पार नलागेपछि देशकै कार्यकारी प्रमुखको प्रत्यक्ष निगरानीमा पछिल्लो अनशन शृंखला सताइसौं दिनमा आएर टुङ्गोमा पुग्यो । बितेका ६ बर्षमा सन्त चिकित्सकका अनशन शृंखलाले राजधानी काठमाडौंदेखि मोफसलमा अवस्थित जुम्लासम्मको अविस्मरणीय यात्रा तय गरेका छन् । डा. के.सी. को निराहार यात्रा भोग्नेलाईभन्दा देख्नेलाई पट्यारलाग्दो प्रतित हुन्छ । 

लालबाबु पण्डितको ‘सेलिब्रेटी’ मोह, आफ्नै कर्मचारीलाई पागल भन्न मिल्छ ?

कर्मचारी समायोजन अन्र्तगतको स्वेच्छिक अवकाशको विषयलाई लिएर यतिबेला प्रधानमन्त्री, मन्त्री र कर्मचारीबीच जुहारी चलिरहेको छ । अवकाशको विषयलाई लिएर दुवै पक्ष एकअर्काप्रति तिखो टिप्पणीमा उत्रिएका छन् । उनीहरुबीचको आरोप–प्रत्यारोपलाई सुन्दा दुवै पक्ष एकअर्काप्रति पूर्णरुपमा सशंकित् र अविश्वस्त देखिएका छन् ।
Top