siddhartha
chunaav bises

ओली कमरेड!संघीयता र गणतन्त्र एमालकोे एजेण्डा होइन भने माओवादीसंग माफि माग्नुस्


Tuesday, 20 Dec, 2016 9:40 AM


केशबराज जोशी ।
आज मुलुक जहाँ छ,यहाँसम्म आइपुग्न झण्डै १७ हजार योद्धाहरुले आफ्ना सुन्दर गुमाएका छन् । कयौं अङ्गभङ्ग भएका छन् । हजारौं अझै वेपत्ता छन्,उनीहरुको सास र लाशको अत्तोपत्तो छैन् । नेपालका कुनै त्यस्ता गाउँहरु छैनन्,जहाँ गणतन्त्र,संघियता,धर्मनिरपेक्षा र सम्मुनत नेपालका लागि आफ्ना छोराछोरीको ज्यान नगएको होस् । 

राजतन्त्रले हाम्रा ओठमा लगाएका ताल्चाहरु त्यसै फुटालिएका होइनन,त्यसका पछाडी जसले जे भनेपनि माओवादी जनयुद्धको ठुलो,त्याग,संघर्ष र बलिदान छ । १० वर्षको भिषण युद्ध र १९ दिनको जनआन्दोलनपछि मुलुकले गणतन्त्र पायो जो नेपालको जनताको सयौं वर्षदेखिको उत्कट चाहना थियो । 

इतिहास सबैको छ,कोही राजाको खुट्टामा दाम राखेर प्रधानमन्त्रीका लागि विन्तीपत्र हाल्नेहरु छन्,कोही संकटकाल लगाएर देश ठिक पार्नेहरु पनि छन्,कोहि नेपालका नदीनाला भारतलाई सुम्पीएर राष्ट्रवादको वासुरी बजाउनेहरु छन,तर उनीहरुले इतिहासको गल्तीलाई स्वीकारे र परिवर्तन आयो ।

पहिलो संविधानसभाको निर्वाचन भयो । माओवादी पहिलो दल बन्यो,सबैलाई यो पाच्य भएन् । त्यत्तीबेला एमालेका तत्कालीन वरिष्ठ नेता केपी शर्मा ओलीलाई माओवादीलाई नागरिक पार्टी देखेनन् । उनले माओवादीलाई आतंककारी,गुरील्ला,जंगली यस्तै–यस्तै अशिष्ट शब्दहरु प्रयोग गरिरहे । जनताको बलबाट पहिलो पार्टी बनिसक्दा पनि उनले माओवादीलाई पहिलो पार्टी देखेनन् । 

सबैतीरबाट माओवादीलाई एक्ल्याएपछि माओवादी सरकारमा सडकमा आयो । हजारौं मानिसहरु सडकमा आए,ओलीले त्यसलाई २÷४ हजार कार्यकर्ताको संज्ञा दिए । उनले संविधानसभाभित्रै फैसला हुनुपर्ने माग गरे । माओवादीलाई एमालेले सार्वभौम संविधासभाको मतपरिणाम स्वीकार आग्रह गर्दथे । तर जेहोस पहिलो संविधानसभाको अवसान हुनपुग्यो । विडम्बना यहि थियो । पहिलो संविधानसभाले मुलुकलाई संविधान दिन सकेन । 

दोश्रो संविधान सभाको निर्वाचन भयो । मतपरिणाम उल्टीयो । काँग्रेस पहिलो,एमाले दोश्रो र माओवादी तेश्रो भयो । त्यत्तीबेला माओवादी चिरा–चिरा पनि परिसकेको थियो । त्यत्तीबेला एमाले–काँग्रेस–माओवादी सबैले आ–आफ्नो घोषणापत्र जनतामा लगे,जहाँ मुलुकमा संघियता लागु गर्ने,धर्मनिरपेक्षता स्वीकार गर्ने,पछाडी पारिएका वर्ग समुदायलाई राज्यको मुलधारमा ल्याउने उल्लेख थिए । जनताले माओवादी बिग्रीएको ठाने पुरानै एमाले–काँग्रेसलाई विश्वास गरे । उनिहरुले सोचे काँग्रेस–एमालेले संघियता लागु गर्नेछन्,काठमाण्डौं केन्द्रित शासनको अन्त्य हुनेछ । तर त्यसो भएन् । 

खासमा भन्ने हो भने संघियता एमाले एजेण्डा कहिल्यै थिएन,उसले माओवादीको एजेण्डा चोरेर चुनावी घोषणापत्र लेखेको थियो । जतिबेला चुनाव सकियो त्यत्तीबेलै एमालेले त्यो घोषणापत्र रद्दीको टोकरीमा मिल्काइसकेको थियो । तर मुखले एमालेका नेताहरु संघीयता,संघीयता अलापिरहे । जनता भ्रममा परिरहे । एमाले नेताहरु भन्थे,संघीयता एमालेले जन्माएको एजेण्डा,भलै त्यो हास्यापद थियो । तरपनि एउटा चोर साधु बन्ने प्रयत्न गर्छ भने त्यसलाई सकारात्मक नै मानन सकिन्छ ।

तर एमाले त्यस्तो कुकुरको पुच्छर हो,जसको पुच्छर १२ वर्ष ढुङ्गा्रोमा राखेपनि कहिले पनि सिधा हुनसक्दैन् । उसले आफ्नो असली रुप देखायो । केपी ओलीले संघीयता मनै परेको छैन् भन्न थाले । बामदेव गौतम संघियता लागु हुदैन भन्न थाले । परिणाम संघियता नै धरापमा पर्ने खतरा छ ।  यतिबेला नेकपा एमाले संघीयताको विरुद्धमा उत्रिएको छ । नेपाली कांग्रेसका अधिकांश नेता कार्यकर्ता समेत संघीयताकै विरुद्धमा रहेका छन् । पछिल्लो समय संघीयताकै कारण मुलुकमा नयाँ संविधान कार्यान्वयनको क्रममा समस्या देखिएपछि एमाले संघीयताबाट पछाडि हट्ने संकेत गरिसकेको छ ।

नेपाली कांग्रेसका बरिष्ठ नेता खुम बहादुर खड्का खुलेरै संघीयता र धर्मनिरपेक्षताको विरोध गर्न थालेका छन् । आफैले हस्तक्षर गरेको सहमतीलाई एमालेले गल्ती भनिरहेको छ । यदि त्यसो हो भने एमालेले चित्रबहादुर केसी र कमल थापासंग पार्टी एकता किन नगर्ने ? होइन भने इतिहाससंग गद्दारी गर्ने अधिकार एमालेलाई छैन् । अहिले ओलीले आफैलाई स्वघोषित राष्ट्रवादी दावी गरिरहेका छन् । ओलीको राष्ट्रवाद दुनियाले बुझेको छ । महसुस पनि गरेको छ । 

धरापमा गणतन्त्र,संकटमा देश
पछिल्लो समय नेपालका राजनीतिक परिदृष्यमा छाएका नयाँ बहसहरुले संघीयता संकटमा फस्दै गएको देखिन आएको छ । पछिल्लो पटक संसदवादी धार मध्ये एमालेले समेत संघीयताको बारेमा पुनर्विचार गर्नुपर्ने तर्क अघि सारेपछि शिशु संघीय गणतन्त्र संकटका भुमरीमा फस्न पुगेको छ । आइतबार नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले संघीयता स्वीकार गरेर एमालेले गल्ती गरेको बताएपछि संघीयताको बारेमा एमालेको धारणा परिवर्तनको संकेत मिलेको छ ।  गौतमले त्यसबेला संघीयताका विषयमा पार्टीमा समेत कुनै बहस र छलफल नभएको खुलासा गरे । यी भनाईलाई आधार मान्ने हो भने मुलुकमा आएको प।िवर्तन संकटमा फस्ने खतरा बढ्ेको छ । राजनीतिक दलहरुले विवेकपुर्ण निर्णय नगर्ने हो भने मुलुकले अर्को दुर्घटनाको खाल्डोमा भासिन्छ,भासिन्छ  । 


Ruslan

paicho

bussewa

राजनीति

​सरकार गठन र पार्टी एकता सँगसँगै : महासचिव पोखरेल

२९ मंसिर, काठमाडौ । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले नयाँ सरकार गठन र नेकपा माओवादी केन्द्रसँगको पार्टी एकता प्रक्रिया सँगसँगै अघि बढ्ने बताएका छन् । रिपोर्टर्स क्लब नेपालले आज आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता पोखरेलले ताजा जनादेशका आधारमा प्राप्त दलीय हैसियतअनुसार सरकार गठन गर्न कुनै समस्या नरहेको पनि स्पष्ट गरे । 

निर्वाचनसँगै शहीदका सपना पूरा हुँदै : रक्षामन्त्री प्रधान

२९ मंसिर, काठमाडौ । रक्षामन्त्री भीमसेनदास प्रधानले संविधान कार्यान्वयनका लागि भएको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनसँगै शहीदका सपना पूरा हुँदै गएको बताएका छन् । शहीद शुक्रराज शास्त्रीको १२४औँ जन्मजयन्तीका अवसरमा शहीद शुक्र माध्यमिक विद्यालयले आज यहाँ आयोजना गरेको ‘भवन उद्घाटन तथा शृंखला साहित्यिक मासिक

​तराई मधेसमा भएका विभिन्न आन्दोलनबारे गठित छानविन समितिले बुझायो प्रतिवेदन

२९ मंसिर, काठमाडौं ।  तराई, मधेश र थरुहटलगायतका क्षेत्रमा विभिन्न राजनीतिक दलले गरेको आन्दोलनको क्रममा भएका हिंसा, हत्या र तोडफोडसम्बन्धि घटना छानविन गर्न गठित आयोगले आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको छ । सर्वोच्च अदालतका पूर्व न्यायाधीश गिरीशचन्द्र लालको संयोजकत्वमा गठित ६ सदस्यीय आयोगले प्रधानमन्त्री

अन्तर्राष्ट्रिय

​वर्षेनी स्वासप्रस्वासजन्य रोगबाट साढे छ लाखको मृत्यु : विश्व स्वास्थ्य संगठन

२९ मंसिर, काठमाडौं ।  विश्व स्वास्थ्य संगठन, डब्लुएचओले बिहीबार सार्वजनिक गरेको एक प्रतिवेदनमा विश्वमा हरेक वर्ष साढे छ लाख नागरिकको स्वासप्रस्वासजन्य रोगबाट ज्यान जाने गरेको तथ्य सार्वजनिक गरेको छ । विश्व स्वास्थ्य संगठनले बिहीबार जेनेभामा सार्वजनिक गरेको एक प्रतिवेदनमा विश्वमा हरेक वर्ष कम्तीमा पनि साढे छ लाख नागरिकको ज्यान जाने गरेको जनाइएको छ । 

​अष्ट्रेलियामा बाल यौन दुव्र्यवहारको कहालिलाग्दो अवस्था, सेना देखि धार्मिक संस्थासम्म बने अखड

२९ मंसिर, एजेन्सी । अष्ट्रेलियामा बाल यौन दुर्व्यवहार सम्बन्धी एउटा जाँचबुझ संयन्त्रले पाँच वर्ष लगाएर आफ्नो अन्तिम प्रतिवेदन सरकारलाई बुझाएको छ । उक्त प्रतिवेदनमा बालबालिकको सुरक्षाका लागि एउटा अलग्गै राष्ट्रिय निकाय गठन गर्ने सहितका चारसयवटा सुझावहरु समेटिएका छन् । उक्त शाही जाँच आयोगको प्रतिवेदन १७ वटा खण्डमा बाँडिएको थियो ।

भारतको गुजरातमा फेरि भाजपाकै सरकार बन्ने सम्भावना : सर्वेक्षणहरु

२९ मंसिर,गुजरात । भारत गुजरातमा भएको निर्वाचनमा फेरि पनि प्रधानमन्त्री नरेन्द्र मोदीकै पार्टी भारतीय जनता पार्टी भाजपाको विजय हुने प्रारम्भीक चुनावी सर्वेक्षणहरुले देखाएको छ । २२ वर्षदेखि गुजरातको सत्तामा रहेको भाजपालाई सत्ताच्यूत गर्न कंग्रेस आईले यसपटक निकै शक्ति 

विचार / ब्लग

यसकारण खेर जान्छ विकाउ नारा दिएर भोट माग्ने साना दललाई दिएको भोट

नेपाल मजदुर किसान पार्टीका नेता नारायणमान विजुक्छे सधै  सांसद बने तर कहिल्यै सरकारमा गएनन् । उनको दलले सधैं सरकारका खराब काममा खबरदारी गरी रह्यो । संसदमा सधैं निष्ठाको राजनीति गर्ने अर्का पात्र चित्र बहादुर के.सी. पनि जनताले भरोसा गर्न लायक नेता हुन् । एकपटक उपप्रधानमन्त्री भएका यी नेताले देशलाई बेथितिबाट मुक्त गर्न नखोजेका कहाँ हुन र ? स्वच्छ छविका, केही गरौं भन्ने भावना भएका एकदुई सिटे दलले संसदमा

कर्मकाण्डी चुनावी घोषणा पत्रमा भरिएका झुटा आश्वासन

नोपलमा आम मतदातामध्ये कतिले राजनीतिक दलका  चुनावी घोषणा पत्रलाई  आधार मानेर दल वा उमेद्वारलाई मत दिन्छन् होला ? यसको अनुमान सायद राजनीतिक दल र तिनका उमेरद्वारलाई पनि हेक्का छैन  होला । तर यो कुरा सबैलाई थाहा छ कि यदि मतदाताले स्वतन्त्र रुपमा मताधिकारको प्रयोग गर्न पाउँने हो भने उनिहरुको घोषणापत्र होइन उमेद्वारको इमान्दारिता, उसले विकासमा गरेको योगदान, समाज ससंगको घुलमेल

​लोग्ने मान्छे भएर रुनु हुँदैन ?

आइतबार प्रचण्डको मनमा पनि पक्कै पीडा उर्लिएको थियो, धर्ती छाडेर गएको छोरोको शवलाई अंगालो हालेर ग्वाँ–ग्वाँ रोऊँ । तर, उनी सम्हालिए । 
Top