siddhartha

चर्चित हाँस्यकलाकार मदनकृष्णको आत्मकथा ‘महको म’ सार्वजनिक


Tuesday, 5 Sep, 2017 5:43 PM

२० भदौ, काठमाडौ
। चर्चित कलाकार मदनकृष्ण श्रेष्ठको आत्मकथा ‘महको म’ मंगलबार एक समोरोहबीच विमोचन भएको छ। अभिनयका जोडी हरिवंश आचार्यले उनको पुस्तक विमोचन गरेका हुन् ।

मदन दाइको जस्तो ओझपूर्ण जीवनको भएको मानिसको आत्मकथा त नहुने हुनै भएन । दाइको आत्मकथा संसारले पढ्ने खालको छ भन्नेमा ढुक्क छु।’  हाँस्यव्यंग्य यात्राका आफ्ना सहकर्मी श्रेष्ठलाई शुभकामना दिँदै कार्यक्रमा आचार्यले भने, ‘धेरै पहिले मैले एउटा सुरिलो रुखको आत्मकथा पढेको थिएँ। त्यो पढेपछि सबै चीजको आत्मकथा हुन्छ भन्ने लाग्न थालेको हो। मदन दाइको जस्तो ओझपूर्ण जीवनको भएको मानिसको आत्मकथा त नहुने हुनै भएन। आत्मकथा संसारले पढ्ने खालको छ भन्नेमा ढुक्क छु।’ कार्यक्रममा श्रेष्ठले लेखेका गीतहरु उनका छोराछोरी यमन र सराना श्रेष्ठले गाएका थिए। श्रेष्ठ आफैँले पनि आफ्ना केही गीत गाएका थिए । 

असाधारण र बहुमुखी व्यक्तित्व मदनकृष्ण श्रेष्ठको ‘रोलर कोस्टर’ जीवनको कथा हो, महको म। पुस्तकले श्रेष्ठको बाल्यकाल, प्रारम्भिक सङ्घर्ष, रुमानी प्रेम र विवाहदेखि कलाकारितामा सफल हुँदासम्मका उहापोह, श्रीमतीको क्यान्सरसँग लडाइँ र आफ्नै स्वास्थ्यसँगको पौठेजोरीसम्मको यात्रामा पाठकलाई डोर्‍याउँछ ।

पुस्तक फाइनप्रिन्टले प्रकाशन गरेको हो । पुस्तकको हार्डकभर मुल्य ८७६ रुपैयाँ र पेपरब्याक मुल्य रु ५७६ रहेको छ ।
 


Ruslan

jagadamba srawan 18

paicho

bussewa

राजनीति

​चौतर्फी घेराबन्दीमा पनि एमालेको नतिजा सन्तोषजनकः नेता खनाल

८ असोज, भक्तपुर । नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले एमालेलाई चौतर्फी घेराबन्दीमा पारे पनि २ नं प्रदेशको स्थानीय तहको निर्वाचनमा एमालेले सन्तोषजनक नतिजा हासिल गरेको बताए । 

​महोत्तरीमा मतगणना सकियो, राजपा पहिलो

८ असोज, महोत्तरी । महोत्तरी जिल्लाको १५ वटै स्थानीय तहको मतगणना सकिएको छ । यस जिल्लामा स्थानीय तह निर्वाचनमा राजपा नेपालले सात स्थान हासिल गर्दै पहिलो भएको मुख्य निर्वाचन अधिकृत किरणकुमार पोखरेलले बताए । 

राजपा सहमहामन्त्री मिर्जा एमाले प्रवेश, मधेसमा जनमत बढेको ओलीको दावी

८ असोज, काठमाडौं । २ नम्बर प्रदेशको स्थानीय तह चुनावमा दोस्रो पार्टी बन्न प्रयासरत राजपाका सहमहामन्त्री मिर्जा अल्साद बेग एमालेमा प्रवेश गरेका छन् । एमाले केन्द्रीय कमिटी बैठक चलिरहेका बेला आइबार केन्द्रीय कार्यालय धुम्बाराहीमै बेग आफ्ना सहयोगी सहित एमाले प्रवेश गरेका हुन् ।

अन्तर्राष्ट्रिय

रहिनन् संसारकै धनी महिला

सौन्दर्य प्रसाधन बनाउने कम्पनी फ्रान्सीसी कम्पनी लरियलकी उत्तराधिकारी ललियन बेटनकोर्टको ९४ वर्षको उमेरमा निधन भएको छ । बेटनकोर्टको परिवारले यसको पुष्टि गरेको छ। लिलियन बेटनकोर्ट संसारको सबैभन्दा धनी महिला हुन् । सन् २०१७ मा उनको कुल सम्पत्ति ३३ बिलियन युरो आँकलन गरिएको थियो ।

मेक्सिकोमा भूकम्पमा परेर मर्नेको संख्या २ सय ४८ पुग्यो

मेक्सिको । मेक्सिकोमा मङ्गलबार राति गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या २४८ पुगेको समाचार छ । भूकम्पको मापन ७.१ म्याग्निच्युडको गरिएको अमेरिकी भौगार्भिक संस्थाले जनाएको छ । य

प्युर्टो रिकोमा ३५ लाख नागरिक बिजुली र पानीबिना अन्धकारमा

चक्रवातीय आँधी मारियाले क्यारेवयन टापु प्यूर्टो रिकोमा गम्भीर असर पारेको छ। आपतकालीन सेवासँग सम्बन्धित अधिकारीहरुले टापुमा बिजुली आपुर्तिसमेत बन्द भएको बताएका छन् ।

विचार / ब्लग

पूर्वनिर्वाचन आयुक्त गुरुङ भन्छन् – मधेशमा उमेद्वारले फकाउँछन्, धक्याउँछन, नमाने दन्काउँछन्

पहिले उनीहरुले फकाउँछन्, बोलाउँछन्, धम्क्याउँछन्, अनि तर्साउँछन्, भएन भने दन्काउँछन् । संविधानसभा निर्वाचनमा पनि जनकपुरमा ठूला–ठूला गेटहरु बनाए । त्यतिबेला आयोगले सारा गेटहरु भत्काइ दियो ।  दण्ड–जरिवाना गरियो । मोटरहरु ‘सिज’ गर्ने काम भयो । अब उनीहरुले खुल्लमखुल्ला आचारसंहिताको उल्लंघन गरिसकेका छन् । सबैको अगाडि, आफ्नै नाकमुनि त्यस्तो हर्कत हुँदा पनि मुख्य निर्वाचन अधिकृतले के ग-यो ? 

मैले आफैँ बलात्कार भएको मोबाइलमा रेकर्ड गरेँ

यो समयमा यस्तो लाग्थ्यो कि म एक ल्याबका लागि प्रयोग हुने मुसा हुँ । म गन्न सक्दिन, कतिपटक मैले डाक्टरलाई बलात्कारको कुरा भनेँ । एक पटक उनले बलात्कारको अन्तरंग विवरण नै मागे । उनले सोधे, ‘उसले तिम्रो स्कर्ट माथि सार्यो वा तल तान्यो । उसले यो साइडमा घोच्यो वा त्यो साइडमा ? मलाई यी प्रश्नहरुको आशा थिएन । म पागलजस्तै रोएकी थिएँ । 

के हाम्रो बुद्धि घुच्चुकमै छ ?

म पुरुषहरुमाथि मात्रै होइन, मैमाथि (अर्थात् महिलामाथि) प्रश्न गर्छु आजकाल । म मान्दछु, पुरुषप्रधान देशमा महिलामाथि ‘कथित पुरुषत्व’ लादिएको छ । तर म मान्दिन, एउटी महिलाले अर्की महिलामाथि ‘कथित नारित्व’ लादेकी छैन । 
Top