​महरा पुत्रको आक्रोश नेम्वाङमाथि, अन्तर्राष्ट्रिय मिडियामा महराको चर्चा


Wednesday, 2 Oct, 2019 10:02 AM
१५ असोज, काठमाडौं । यौन दुव्र्यवहारको आरोप लागेपछि मंगलबार पदबाट राजीनामा दिएका निवर्तमान सभामुख कृष्णबहादुर महराले सांसद पदबाट राजीनामा दिन्छन् कि दिँदैनन् भन्ने प्रश्न उठेको छ । मंगलबार बिहानसम्म एक हिसाबले अघि बढेको घटनाक्रम साँझ आरोप लगाउने महिलाले आफ्नो भनाइ फेरेपछि महराले केही सहज महसुस गरेको बताइएको छ । 

पीडित महिलाका पति काठमाडौं बाहिरबाट राजधानी फर्किएपछि नयाँ वातावरण बनाइएको हो । महरा निकट स्रोतका अनुसार सांसद पदबाट राजीनामा दिनु नपरोस् र महिलाले प्रहरीमा उजुरी  नदिउन् भन्ने उद्देश्यबाट नै पछिल्ला गतिविधिहरु केन्द्रित थिए । महिलाले उजुरी हालेको अवस्थामा महरा पक्राउ नै पर्न सक्ने अवस्था समेत थियो । 

त्यसैले साँझ पीडित महिलाको भनाइ फेरिएको भिडियो सार्वजनिक भएको थियो ।  महराले राजीनामापछि भने सो प्रकरणका बारेमा मुख खोलेका छैनन् उता महरा पुत्र निर्मल महराले भने सामाजिक सञ्जालमा लगातार विभिन्न स्ट्याटस लेखेका छन् । उनले पूर्वसभामुख नेम्वाङ्गले भनेको ‘महरालाई अब नेकपाले सांसदका रुपमा चिन्दैन’ भनेको समाचारबारेमा टिप्पणी गर्दै भनेका छन,‘महरा पदको भोगी होइनन् । आरोपित घटनाक्रम पुष्टि गर्न नैतिकताका आधारमा राजीनामा लेखेका हुन् । कति छिटो आँ गरेर बसेको ? कमरेडहरु नै आफ्ना कमरेडको अस्तित्व छिटो समाप्त होस् भन्ने कामना गर्न लागेपछि षडयन्त्र केलाई बुझ्ने ? धैर्य गर्नुस् ।’

उनले महरालाई आरोप लगाउने महिलाले सच्याएको भनाइ पनि फेसबुकमा सेयर गरेका छन् । पीडित महिलाले फेसबुकबाट महरालाई गाली गरेका सामग्रीहरु हटाएकी छन् । 

महरापुत्रको अर्को स्ट्याटसमा भनिएको छ,‘समीकरण नयाँ बनाउ, सभामुख नयाँ बनाउ, बाँडीचुँडी खाने प्रधानमन्त्रीको नयाँ भाग लगाउ, षडयन्त्रको शिकार इमान्दारलाई बनाएका छौ, तिम्रो फट्याईँ टिक्ने समय पनि लामो मैले देखेको छैन ।’

कसरी दिनुपर्यो राजीनामा ?

प्रधानमन्त्री निवास बालुवाटार स्रोतले बताएअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार बिहान महरालाई फोन गरेर घटनाको बारेमा जिज्ञासा राख्दा महराले त्यस्तो केही नभएको बताएका थिए । त्यतिबेला प्रधानमन्त्रीले प्रहरीसँगबाट सूचना लिइसकेका थिए । त्यसकारण ढाँटेको बुझेर उनले महरालाई राजीनामाको निर्देशन दिएपछि महरा दिउँसो राजीनामा दिन बाध्य भएका हुन् । 

अन्तर्राष्ट्रिय चर्चा 

यौन दुव्र्यवहारकोे आरोपमा नेपालका सभामुखले राजीनामा दिएको प्रसंगले  आजका अन्तर्राष्ट्रिय मिडियामा पनि निकै चर्चा पाएको छ ।
न्यूयोर्क टाइम्सले बलात्कारको आरोपमा नेपालका सभामुखले पदबाट राजीनामा दिएको जनाएको छ ।

त्यस्तै अल जजिरा, मियामी हेराल्डलगायतका दर्जनौं मिडियामा समाचार प्रकाशन गरेका छन् । समाचारहरुमा उनी प्रभावशाली कम्युनिस्ट नेता भएको समेत जनाइएको छ । एशोसिएट प्रेस (एपी)ले समाचार बनाएकोले सो समाचार विश्वका विभिन्न मिडियाले सोही एजेन्सीबाट लिएर समाचार बनाएको पाइएको छ । 

न्यूयोर्क टाइम्समा प्रहरी अधिकारी उत्तमराज सुवेदीलाई उद्धृत गर्दै बनाइएको समाचारमा महरा निगरानीमा भएको र घटना भएको अपार्टमेन्टबाट केही सामान लिइएको समेत जनाएका छन् । त्यसैगरी राष्ट्रिय मानवअधिकार आयोगका सदस्य मोहना अन्सारीलाई उद्धृत गर्दै सोही समाचारमा घटनापछि महराले राजीनामा गर्नुलाई सकारात्मक रुपमा टिप्पणी गरिएको छ ।  


global ime

runner bike

https://www.ctznbank.com/

राजनीति

लकडाउनको पालना गर्न र गम्भीर हुन भारतीय प्रधानमन्त्रीको आग्रह

१० चैत, काठमाडौँ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफ्ना नागरिकलाई लकडाउनको पालना गर्न आग्रह गरेका छन् ।  मोदीले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘लकडाउनलाई कतिले अझै पनि गम्भीरतापूर्वक लिइरहेका छैनन् । कृपा गरेर आफूले आफैलाई बचाउनुस्, आफ्नो परिवारलाई बचाउनुस् र निर्देशनलाई

गगन थापाको प्रस्ताव सांसदको १ महिनाको तलब जम्मा गरौं

१० चैत, काठमाडौँ ।
नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले सरकारको कोरोना कोषमा  प्रत्येक सांसदको १ महिनाको तलब जम्मा गर्ने प्रस्ताव गरेका छन् । सामाजिक सञ्जाल मार्फत उनले भनेका छन्   "जसले जहाँबाट जति सक्छौं यो कोषमा सहयोग गरौं र विपदमा श्रोत जुटाउन साथमा छौं भनेर सरकारलाई

देशलाई तुरुन्त लकडाउन गर्न काँग्रेस नेताको माग

१० चैत, काठमाडौँ ।
नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले मुलुकमा तुरुन्त लकडाउन गर्न सरकारसँग माग गरेका छन् । सामाजिक सञ्जाल मार्फत डा कोइरालाले भारतबाट आउने मानिसको लर्कोले कोरोना पनि सँगसँगैं ल्याउन सक्ने भन्दै तुरुन्त लकडाउन गर्नुपर्ने बताएका हुन् । नेता शेखरले विस्वव्यापी रुपमा

अन्तर्राष्ट्रिय

लद्दाखमा चिनियाँ र भारतीय सेना फेरि आमनसामने : दुबै देशले बढाए सैन्य शक्ति र हतियार

१९ जेठ, काठमाडौं । २५ दिनदेखि चीन र भारत सीमा लद्दाखमा दुबैदेशबीच तनाव झन बढ्दै गएको छ। तनाव बढ्दै गएपछि दुबै देशले त्यहाँ ठूला सैन्य हतियार र सैनिक बढाएको टाइम्स अफ इण्डियाले जनाएको छ। पूर्वी लद्दाखमा पर्ने सीमाक्षेत्र विवादलाई लिएर दुबै देशका सैनिकहरू हाल आमनेसामने भएपछि त्यहाँ तनाव बढ्दै गएको हो।

डब्ल्यूएचओसँग सबै किसिमका सम्बन्ध तोडेको ट्रम्पको घोषणा

१७ जेठ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)सँग अमेरिकाले सबै सम्बन्ध तोडेको घोषणा गरेका छन् ।कोरोना भाइरस संक्रमण फैलिनबाट रोक्न डब्ल्यूएचओ असफल भएको आरोप लगाउँदै ट्रम्पले यसअघि नै अमेरिकाले दिँदै आएको आर्थिक सहयोग बन्द गराएका थिए ।शुक्रबार ह्वाइटहाउसमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले भने, ‘हामीले डब्ल्यूएचओलाई ब्यापक सुधार गर्न अनुरोध गरेका थियौं । तर ऊ असफल भयो । 

१० लाख मान्छे बस्ने विश्वकै ठूलो शरणार्थी शिविरमा कोरोना संक्रमण, झन् भयावह बन्ने खतरा

२ जेठ, काठमाडौं ।  बांग्लादेशमा रहेको विश्वकै सबैभन्दा ठूलो शरणार्थी शिविरमा कोरोना भाइरसको संक्रमण देखिएको छ। सानो क्षेत्रमा १० लाख जनसंख्याको सघन बसोबास भएको यो शिविरमा संक्रमण फैलियो भने रोक्न गाह्रो हुने विशेषज्ञहरुले बताएका छन्। बर्माबाट विस्थापित रोहिंग्या शरणार्थी रहेको यो शिविरमा अहिले दुई जनामा संक्रमण पुष्टि भएको छ।

विचार / ब्लग

कोरानाको चेपुवामा नेपालको अर्थतन्त्र : चाल्नुपर्ने कदम

आज विश्व जगत नोवल कोरोना नामक भाइरसबाट आक्रान्त बन्दै गएको छ ।यसको फैलदों गतिलाई दृष्टिगत गर्दा समयमा नियन्त्रणको प्रभावकारी उपाय पत्ता लगाउन नसकेमा विश्वव्यापी रुपमा एक करोडको हाराहारीमा  मानिसहरु यसबाट सङ्क्रमित हुने र  नियन्त्रणको प्रयास गर्दा गर्दै पनि ५ लाखको संख्यामा व्यक्तिले ज्यान गुमाउन सक्ने सम्भावना देखिन्छ । विश्वका शक्तिशाली देशहरु समेत यस भाइरसका सामु आत्मसमर्पण गर्न वाध्य भएका घटनाले गर्दा नेपाल जस्ता सानो अर्थतन्त्र र अल्पविकसित

महान क्रान्तिकारी आमा र सासुआमा

- सुदिप रेग्मी
दुई दशकलाई नियाल्दा नेपाली समाजमा धेरै परिवर्तन आए ।विश्वव्यापीकरणको प्रभाव र बढ्दो आधुनिकिकरणले नेपाली जनजीवन परिवर्तन भयो । खासगरी नेपाली युवाहरूको बढ्दो वैदेशिक यात्राले नेपालीहरूको जनजीवन परिवर्तन गर्न उल्लेख्य भूमिका निर्वाह गर्‍यो । स्वदेशमै रहेका युवाहरू शहर केन्द्रित भए ।

सी चिनफिङ भन्छन् -हिमालय वारिपारिको मैत्रीलाई नयाँ उचाइमा पुर्याऔँ

सी चिनफिङ
राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको निमन्त्रणामा म छिटै चीनको मैत्रीपूर्ण छिमेकी देश नेपालको राजकीय भ्रमण गर्दैछु । मैले नेपालको भ्रमण गर्न लागेको यो पहिलोपटक हो, तथापि मलाई नेपाल अपरिचित भने लाग्दैन । नेपालमा शानदार पहाड र नदीहरू छन्, विशिष्ट संस्कृति पनि छ । त्यसैले म नेपालको भ्रमण गर्न धेरै पहिलेदेखि लालायित थिएँ । मैले चीनको भ्रमण गर्नुभएका धेरै नेपाली नेताहरूसँग धेरैपटक भेटवार्ता गरेको छु र उहाँहरूसँग गहिरो मित्रता पनि गाँसेको छु ।
Top