म्यानमार सुकी राष्ट्रपति बन्न पाउने विषयमा वार्ता सुरु


Saturday, 13 Feb, 2016 3:54 PM

१,फागुन,काठमाण्डौं । म्यानमारमा गएको नोभेम्बर ८ मा सम्पन्न भएको आमनिर्वाचनबाट आएको संसदको बैठक सुरु भएको छ। सो संसदमा त्यहाँकी प्रजातन्त्रवादी नेत्री आङ सान सुकीले राष्ट्रपति पदमा उम्मेदवार बन्न पाउने अधिकार हाल छैन।  
त्यस बारेमा छलफल सुरु भएको छ। म्यानमारको सो निर्वाचनमा सुकीको दलले प्रचण्ड बहुमत हात पारेको छ। सोही बमोजिम सभामुख र अन्य पदहरुमा भने सो दलले छान्ने नै छ। 
 तर पनि जनताले गरेको प्रजातन्त्रको सङ्घर्षसँगै सो प्रजातन्त्रको लागि कठिन युद्धमा होमिएकी त्यहाँका प्रख्यात नेत्री साङ् सान सुकीलाई राष्ट्रपतिको रुपमा हेर्ने चाहना जनताको हुदा हुदै पनि आजका मितिसम्म भने सो सम्भव देखिएको छैन।  
विदेशीसँग विवाह गरेको व्यक्तिले कार्यकारी पद सम्हाल्न नपाउने संविधानमा प्रावधान राखेर उनलाई बञ्चित गराइएको थियो। त्यहाँको सैनिक सरकारले यसअघि राखेको प्रावधान अहिले पनि जारी नै छ र सोही कानुनी प्रावधानबाट नै उनी राष्ट्रपतिको उम्मेदवार हुनबाट रोक लगाइएको कानुन विद्यमान नै छ।  
सुकीलाई राष्ट्रपतिको उम्मेदवार हुन रोक लगाउने संविधानको प्रावधान खारेज गर्ने विषयमा म्यानमारमा हालै वार्ता सुरु भएको छ। 
 सो वार्ता सकारात्मक रुपमा अघि बढेको बताइएकोले सुकीलाई म्यानमारको राष्ट्रपति देख्न पाउने जनताको आशा पूरा हुन पनि सक्ने अनुमान सर्वत्र गरिएको छ।  
करिब साढे दुई दशकपछि भएको प्रजातान्त्रिक तवरको आमनिर्वाचनपछि निर्माण भएको संसदको पहिलो संयुक्त अधिवेशन केही दिनअगाडि नै सुरु भएको छ।  
सो संयुक्त अधिवेशनकै क्रममा आगामी राष्ट्रपतिको निर्वाचनका लागि आगामी मार्च महिनामा निर्वाचन गर्ने तय भएको छ।  
आगामी मार्च महिनाको १७ तारिखमा नयाँ राष्ट्रपतिका लागि उम्मेदवारी दर्ता गरिने कार्यक्रम तय गरिएको म्यानमारको संयुक्त संसद बैठकका सभामुखले जानकारी दिएका छन्। 
 गत आमनिर्वाचनमा सुकीको दल नेसनल लिग फर डेमोक्रेसीले अत्यधिक बहुमत हासिल गरेको छ। यस अघि पनि सन् १९९० मा सैनिक शासनले गराएको निर्वाचनमा सुकीले विजय हासिल गरी प्रधानमन्त्रीको पदका लागि निर्वाचन नै तोकिएको थियो। 
 तर पनि षड्यन्त्रपूर्वक रूपमा उनलाई सैनिकको थुनामा बस्नुपरेको थियो। उनले त्यसपछिको दुई दशक जेल र नजरबन्दमा व्यतीत गर्नुपर्यो र हाल आएर भने उहाँको दलले नै आम निर्वाचनमा बहुमत हासिल गरेका सेना समर्थक सरकारले स्विकार गरेको हो। 
संसदको बैठक सुरु भइसकेको छ र राष्ट्रपतिको निर्वाचनको मिति पनि तय भई नै सकेको छ। तर पनि सधैँजसो विश्वको ध्यान तानिरहेको म्यानमारमा यतिखेर पनि राष्ट्रपति को होला भन्ने विषयले प्राथमिकता पाएको बताइएको छ। 
 तर यसैबीच सुकीलाई ज्यान मार्ने धम्की आएको बताइएको छ। सुकी राष्ट्रपति बन्ने गरी सबिधान परिवर्तन हुन सक्ने सम्भावना रहेपछि उनीमाथि खतरा बढेको बताइएको छ। 
प्रजातन्त्रवादी नेतृ आङ सान सुकीलजाई ज्यान मार्ने धम्की आएपति म्यानमार प्रहरीले पहिलो पटक सुरक्षा दिने निर्णय गरेको छ।


global ime

runner bike

https://www.ctznbank.com/

राजनीति

लकडाउनको पालना गर्न र गम्भीर हुन भारतीय प्रधानमन्त्रीको आग्रह

१० चैत, काठमाडौँ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफ्ना नागरिकलाई लकडाउनको पालना गर्न आग्रह गरेका छन् ।  मोदीले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘लकडाउनलाई कतिले अझै पनि गम्भीरतापूर्वक लिइरहेका छैनन् । कृपा गरेर आफूले आफैलाई बचाउनुस्, आफ्नो परिवारलाई बचाउनुस् र निर्देशनलाई

गगन थापाको प्रस्ताव सांसदको १ महिनाको तलब जम्मा गरौं

१० चैत, काठमाडौँ ।
नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले सरकारको कोरोना कोषमा  प्रत्येक सांसदको १ महिनाको तलब जम्मा गर्ने प्रस्ताव गरेका छन् । सामाजिक सञ्जाल मार्फत उनले भनेका छन्   "जसले जहाँबाट जति सक्छौं यो कोषमा सहयोग गरौं र विपदमा श्रोत जुटाउन साथमा छौं भनेर सरकारलाई

देशलाई तुरुन्त लकडाउन गर्न काँग्रेस नेताको माग

१० चैत, काठमाडौँ ।
नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले मुलुकमा तुरुन्त लकडाउन गर्न सरकारसँग माग गरेका छन् । सामाजिक सञ्जाल मार्फत डा कोइरालाले भारतबाट आउने मानिसको लर्कोले कोरोना पनि सँगसँगैं ल्याउन सक्ने भन्दै तुरुन्त लकडाउन गर्नुपर्ने बताएका हुन् । नेता शेखरले विस्वव्यापी रुपमा

अन्तर्राष्ट्रिय

१० लाख मान्छे बस्ने विश्वकै ठूलो शरणार्थी शिविरमा कोरोना संक्रमण, झन् भयावह बन्ने खतरा

२ जेठ, काठमाडौं ।  बांग्लादेशमा रहेको विश्वकै सबैभन्दा ठूलो शरणार्थी शिविरमा कोरोना भाइरसको संक्रमण देखिएको छ। सानो क्षेत्रमा १० लाख जनसंख्याको सघन बसोबास भएको यो शिविरमा संक्रमण फैलियो भने रोक्न गाह्रो हुने विशेषज्ञहरुले बताएका छन्। बर्माबाट विस्थापित रोहिंग्या शरणार्थी रहेको यो शिविरमा अहिले दुई जनामा संक्रमण पुष्टि भएको छ।

प्रश्न सोध्दा पत्रकारसँग ट्रम्प सन्किएको भिडियो हेर्नुहोस्

अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसको रोज गार्डेनमा सोमबार आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले पत्रकारको अपमान गरेका हुन्। अमेरिकी टेलिभिजन नेटवर्क सीबीएस न्युजकी पत्रकारले सोधेको प्रश्नमा ट्रम्पले रुखो जवाफ दिएका हुन्। त्यसैगरी उनले सीएनएनकी पत्रकारलाई त जवाफै नदिई हकारेका हुन्।

चीनमा फर्कियो कोरोना, शुलानमा संक्रमित बढेपछि लकडाउन

२९ वैशाख, काठमाडौं । चीनको शुलान शहरमा कोरोनाभाइरस संक्रमितको संख्या बढेसँगै  लकडाउन लागू गरिएको छ । सरकारी मिडियाका अनुसार अघिल्लो दिन यहाँ ११ जना संक्रमित भेटिएका थिए । यी सबै कपडा धुने एक महिलाको सम्पर्कमा आएपछि संक्रमित भएका हुन् । ४५ वर्षीया महिलाबाट यो संक्रमण उनका श्रीमान्, बहिनी र परिवार अन्य सदस्यबीच फैलियो । महिलाको ट्राभल हिस्ट्री पनि छैन ।

विचार / ब्लग

कोरानाको चेपुवामा नेपालको अर्थतन्त्र : चाल्नुपर्ने कदम

आज विश्व जगत नोवल कोरोना नामक भाइरसबाट आक्रान्त बन्दै गएको छ ।यसको फैलदों गतिलाई दृष्टिगत गर्दा समयमा नियन्त्रणको प्रभावकारी उपाय पत्ता लगाउन नसकेमा विश्वव्यापी रुपमा एक करोडको हाराहारीमा  मानिसहरु यसबाट सङ्क्रमित हुने र  नियन्त्रणको प्रयास गर्दा गर्दै पनि ५ लाखको संख्यामा व्यक्तिले ज्यान गुमाउन सक्ने सम्भावना देखिन्छ । विश्वका शक्तिशाली देशहरु समेत यस भाइरसका सामु आत्मसमर्पण गर्न वाध्य भएका घटनाले गर्दा नेपाल जस्ता सानो अर्थतन्त्र र अल्पविकसित

महान क्रान्तिकारी आमा र सासुआमा

- सुदिप रेग्मी
दुई दशकलाई नियाल्दा नेपाली समाजमा धेरै परिवर्तन आए ।विश्वव्यापीकरणको प्रभाव र बढ्दो आधुनिकिकरणले नेपाली जनजीवन परिवर्तन भयो । खासगरी नेपाली युवाहरूको बढ्दो वैदेशिक यात्राले नेपालीहरूको जनजीवन परिवर्तन गर्न उल्लेख्य भूमिका निर्वाह गर्‍यो । स्वदेशमै रहेका युवाहरू शहर केन्द्रित भए ।

सी चिनफिङ भन्छन् -हिमालय वारिपारिको मैत्रीलाई नयाँ उचाइमा पुर्याऔँ

सी चिनफिङ
राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको निमन्त्रणामा म छिटै चीनको मैत्रीपूर्ण छिमेकी देश नेपालको राजकीय भ्रमण गर्दैछु । मैले नेपालको भ्रमण गर्न लागेको यो पहिलोपटक हो, तथापि मलाई नेपाल अपरिचित भने लाग्दैन । नेपालमा शानदार पहाड र नदीहरू छन्, विशिष्ट संस्कृति पनि छ । त्यसैले म नेपालको भ्रमण गर्न धेरै पहिलेदेखि लालायित थिएँ । मैले चीनको भ्रमण गर्नुभएका धेरै नेपाली नेताहरूसँग धेरैपटक भेटवार्ता गरेको छु र उहाँहरूसँग गहिरो मित्रता पनि गाँसेको छु ।
Top