syangyong
nlic

नफाल्नुहोस् फाटेको दूध, अनेक छन् फाइदा


Tuesday, 6 Mar, 2018 4:45 PM
दूध फटाएर हामी पनिर बनाउँछौं । अर्थात् कहिलेकाहिँ दूध आफैँ पनि फाटिदिन्छ । तर, त्यहाँ बाँकी रहेको पानी भने फालिदिन्छौं । यो तरिका सही होइन । तपाईंलाई थाहा नहुन सक्छ, यसका धेरै फाइदा छन् । यसमा पोषण हुन्छ । धेरै चिजमा यो पानी प्रयोग गर्न सक्नुहुन्छ । यसकारण पनिर बनाइसकेपछि बाँकी रहेको पानी नफाल्नुहोस् । 

यो पानीमा प्रोटिनको मात्रा अत्यधिक हुन्छ । यसको सेवनले मांसपेशीको शक्ति बढाउन, प्रतिरोधात्मक क्षमता बढाउन, क्यान्सर र एचआइभीजस्ता रोगबाट बँच्न, हृतयघातबाट बच्न, मोटोपन घटाउन तथा किड्नीलाई स्वस्थ राख्न उपयोगी हुन्छ । बिभिन्न परिकार तथा आहारमा यसको प्रयोग गर्न सकिन्छ । 

आटा मुछ्न 
आटा मुछ्न पानीको सट्टा फाटेको दूधको पानी उपयोग गर्नुहोस् । यसरी पकाएको रोटी तथा परौठा नरम बन्छन्, साथै प्रोटिन भरिपूर्ण हुन्छ । 

जुसमा मिलाउन 
फलको जुसमा पनि यसलार्य मिसाउन सकिन्छ । बिहान जुस पिउनुहुन्छ भने फाटेको दूधको पानी मिसाएर पिउनुहोस्, धरै फाइदा गर्छ । 

ग्रेवीमा मिसाउन
प्रायःजसो ग्रेवीमा अमिलो स्वाद पाइन्छ, जो धेरैजसो टमाटर, इमली वा दहीको प्रयोगले यस्तो हुन सक्छ । फाटेको दूधको पानी प्रयोग गर्नुभयो भने अमिलोपन हटाउन सक्नुहुन्छ । 

भात तथा पास्तामा 
तपाईसँग धेरै मात्रामा पानी बचेको छ भने त्यसलाई भात, पास्ता वा तरकारी पकाउनमा प्रयोग गर्न सक्नुहुन्छ ।
 
सुपमा मिसाउन राम्रो
सुपको सौखिन हुनुहुन्छ वा अलग–अलग खालका सुप पिउन मन पराउनुहुन्छ भने बनाउने बेलामा पानीको सट्टा फाटेको दूधको पानी प्रयोग गर्नुहोस् । प्रोटिन र स्वादले भरिएको सुप पिउनुहोस् । 

कण्डिसनरको काम
कपालमा स्याम्फु प्रयोग गरिसकेपछि यो पानीले नुहाउनुहोस् । फेरि १० मिनेटसम्म यसलाई छाड्नुहोस् । त्यसपछि मनतातो पानीले टाउको सफा गर्नुहोस् । जब कपाल सुख्छ, त्यसपछि कोर्नुहोस् ।
 
मुलायम अनुहारका लागि 
यो पानीले अनुहार धोए नरम र मुलायम बन्छ । यो पानीमा एन्टी माइक्रोबियल गुण हुन्छ । जसले टाउको र छालाको पीएच सन्तुलनमा राख्छ । तपाईसँग बाथटव छ भने त्यसमा १–२ कप फाटेको दूधको पानी मिसाएर २० मिनेटसम्म शरीर डुबाउनुहोस्, पूरै शरीरको छाला नरम बन्छ । 

बिरुवामा राख्नुहोस् 
यो पानीलाई सादा पानीमा लिाएर बिरुवामा राख्दा पनि राम्रो हुन्छ । यो पानीमात्रै भने हाल्नु हुँदैन । भिनभने, फाटेको दूधनको पानीमा धेरै एसिडिक हुन्छ, जसले बिरुवा जल्न सक्छ ।

 


Ruslan

machha bank

ime

samajik surachhya

राजनीति

युवाको जीवन धरापमा राख्ने अवस्थाले अब निरन्तरता पाउँदैनः श्रममन्त्री विष्ट

३ पुस, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले वैदेशिक रोजगारीमा रहेका लाखौँ युवाको जीवन ‘धराप’मा राख्ने अवस्थाले अब निरन्तरता नपाउने बताएका छन् । अन्तर्राष्ट्रिय आप्रवासन दिवस २०१८ का अवसरमा आज वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको सचिवालयले आयोजना गरेको ‘वैदेशिक रोजगारीः अबको बाटो’ विषयक अन्तक्र्रिया कार्यक्रममा उनले भने, ‘अझै पनि वैदेशिक रोजगारीका क्षेत्रमा विकृति, विसङ्गति र अपारदर्शीता छन्, अब यस्तो 

नेकपाः राजनीतिक प्रतिवेदनमा छलफल

३ पुस, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटीको तेस्रो बैठकमा आज पनि राजनीतिक प्रतिवेदनमथिको छलफल भएको छ । पार्टी केन्द्रीय कार्यालयमा धूम्रबाराहीमा भएको बैठकमा केशवप्रसाद बडाल, टोपबहादुर रायमाझी, भीमबहादुर रावल, योगेश भट्टराई, शङ्कर पोखरेल, सत्यनारायण मण्डल, सोमनाथ प्यासी र पृथ्वीसुब्बा गुरुङले राजनीतिक प्रतिवेदनका सम्बन्धमा आआफ्नो विचार व्यक्त गरे । सोमबारको बैठकमा १० सदस्यले धारणा राख्दै सरकार र 

संसदीय दलको नेतामा मुख्यमन्त्री शाही

३ पुस, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेश संसदीय दलको नेतामा कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाही चयन भएका छन् । सोमबार प्रदेश राजधानी सुर्खेतमा बसेको नेकपा संसदीय दलको बैठकबाट मुख्यमन्त्री शाही संसदीय दलको नेतामा सर्वसम्मत चयन भएका हुन् । नेकपा कर्णाली प्रदेश सह इञ्चार्ज तथा प्रदेशसभा सदस्य यामलाल कँडेल, अध्यक्ष गोरखबहादुर बोगटी र सचिव मायाप्रसाद आचार्यसहित बसेको बैठकले शाहीलाई 

अन्तर्राष्ट्रिय

तालिबानसँग वार्ता गर्न अफगान टोली युएई पुग्यो

३ पुस, काठमाडौं । अफगानिस्तानमा युद्धरत तालिबानसँग शान्तिवार्ता गर्न अफगान शान्ति मध्यस्थकर्ता टोली युएईको अबुधाबी पुगेको एक सरकारी अधिकारीले बताएका छन् । करिब १७ वर्षदेखि जारी सशस्त्र द्वन्द्वको शान्तिपूर्ण समाधानका लागि अमेरिकी र तालिबान प्रतिनिधिहरुबीच सोमबार पनि वार्ता भएको छ । प्रमुख मध्यस्थकर्ता अब्दुल सलाम राहिमीको नेतृत्वमा रहेको टोली तालिबानसँग वार्ता गर्न अबुधाबी आइपुगेको र दुई पक्षबीच धेरै समयपछि आमनेसामने वार्ता हुन लागेको 

चीनको विकासको मार्गलाई कसैले होच्याउन सक्दैन– चिनीया राष्ट्रपति

३ पुस, बेइजिङ । चिनीया राष्ट्रपति सी जिनपिङले चीनको आर्थिक विकासको मार्गका बारेमा कुनैपनि मुलुकले हस्तक्षेप गर्न नसक्ने बताएका छन् । 
चिनीया कम्युनिष्ट पार्टीले अबलम्बन गरेको ऐतिहासिक ‘सुधार एवं खुला नीति’को ४०औं वर्षका अवसरमा बेइजिङमा आयोजित विशेष समारोहमा सम्बोधन गर्दै राष्ट्रपति सीले चीनको विकास र प्रगति त्यही नीतिका आधारमा निरन्तर अगाडि बढेको र त्यसलाई छाड्न नसकिने बताए । चिनीया ग्रेट हल अफ द पिपुलमा आयोजित भव्य समारोहमा 

मेक्सिको सीमामा अमेरिकी सैनिक कटौती

३ पुस, वासिङ्टन । संयुक्तराज्य अमेरिकाले मेक्सिको सीमामा तैनाथ अमेरिकी सेनाको संख्या कटौती गरेको छ । अमेरिका प्रवेश गर्न चाहने आप्रवासीको ठूलो जत्थालाई सीमामै रोक्ने उद्देश्यले यसअघि करिब ६ हजार सेना तैनाथ गरिएकामा त्यसमा कटौती गरी हाल करिब तीन हजारमा सीमित गरिएको अमेरिकी रक्षा मन्त्रालयले जनाएको छ । मध्ये अमेरिकी देशहरु खासगरी होन्डुरसबाट ठूलो संख्यामा आप्रवासीहरु अमेरिका प्रवेशका लागि अघि बढेको भन्दै भन्सार तथा सीमा 

विचार / ब्लग

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 

अनशनको शक्ति जुटाउने सन्त चिकित्सक

► अतृप्त
प्राध्यापक डाक्टर गोबिन्द के.सी. को पन्ध्रौँ अनशन शृंखला भर्खरै अन्त्य भएको छ । जोरजुलूम गर्दा पनि पार नलागेपछि देशकै कार्यकारी प्रमुखको प्रत्यक्ष निगरानीमा पछिल्लो अनशन शृंखला सताइसौं दिनमा आएर टुङ्गोमा पुग्यो । बितेका ६ बर्षमा सन्त चिकित्सकका अनशन शृंखलाले राजधानी काठमाडौंदेखि मोफसलमा अवस्थित जुम्लासम्मको अविस्मरणीय यात्रा तय गरेका छन् । डा. के.सी. को निराहार यात्रा भोग्नेलाईभन्दा देख्नेलाई पट्यारलाग्दो प्रतित हुन्छ । 

लालबाबु पण्डितको ‘सेलिब्रेटी’ मोह, आफ्नै कर्मचारीलाई पागल भन्न मिल्छ ?

कर्मचारी समायोजन अन्र्तगतको स्वेच्छिक अवकाशको विषयलाई लिएर यतिबेला प्रधानमन्त्री, मन्त्री र कर्मचारीबीच जुहारी चलिरहेको छ । अवकाशको विषयलाई लिएर दुवै पक्ष एकअर्काप्रति तिखो टिप्पणीमा उत्रिएका छन् । उनीहरुबीचको आरोप–प्रत्यारोपलाई सुन्दा दुवै पक्ष एकअर्काप्रति पूर्णरुपमा सशंकित् र अविश्वस्त देखिएका छन् ।
Top