syangyong
nlic

मेयर ममताप्रसादलाई तीन जनाले गोली र खुकुरी हाने, प्रहरीले तीनै जना समात्यो


Tuesday, 13 Mar, 2018 5:45 PM
२९ फागुन, धनगढी । कैलालीको मध्यक्षेत्रमा रहेको घोडाघोडी नगरपालिकाका प्रमुख ममताप्रसाद चौधरीमाथि सोमबार गोली र खुकुरी प्रहार भयो ।

घोडाघोडी नगरपालिकाको सुखड बजारको आफ्नै घरमा रहेका प्रमुख चौधरीलाई मोटरसाइकलमा आएका अज्ञात तीन व्यक्तिले गएराति टाउकामा खुकुरी र पेट र खुट्टामा गोली प्रहार गरी फरार भएका थिए ।

घटनालगत्तै आक्रमणकारीको खोजतलासमा खटिएका प्रहरीले घटनामा संलग्न रहेको आशंकामा तीन जना पक्राउ गरेको छ ।

प्रदेश नं ७ का प्रहरी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक माधव नेपालले पक्राउ परेका शंकास्पद तीन जनामाथि अनुसन्धान थालिएको बताए । तर, पक्राउ परेकाहरुको नाम अहिले खोल्न नमिल्ने उनले बताए । तर, स्रोतका अनुसार पक्राउ परका व्यक्ति नै आक्रमणमा संलग्न रहेकोमा प्रहरी लगभग विश्वस्त छ ।

 ‘पक्राउ परेकाहरुको नाम दिन अहिल्यै मिल्दैन,’ नेपालले भने, ‘आक्रमणकारी आज बेलुका वा भोलिसम्ममा पहिचान भइसक्छन् ।’ घटनास्थलबाट प्रहरीले से २ प ३६७१ नं को मोटरसाइकल बरामद गरेको छ ।

आक्रमणबाट घाइते भएका मेयर चौधरीलाई तत्काल घोडाघोडी अस्पतालमा लगिएकामा थप उपचारका लागि गएराति नै नेपालगञ्ज लगिएको थियो । नेपालगञ्जबाट हेलिकप्टरमार्फत मंगलबार काठमाडौं लगिएको छ ।  

उनको खुट्टा र कम्मरमा गोली लागेको थियो भने टाउकोमा खुकुरी प्रहार भएको थियो । नेत्रविक्रम चन्द विप्लब नेतृत्वको नेकपाका कार्यकर्ताले नगर प्रमुख चौधरीलाई राजीनामा दिन दबाब दिएको बताइएको छ । तर, नेकपाले घटना आफ्ना कार्यकर्ताबाट नभएको बताइसकेको छ ।

केही दिनअघि ममताप्रसादलाई सोही नगरपालिकाको देउकलियामा बोक्सीको आरोपमा स्थानीय युवती राधा चौधरीमाथि भएको कुटपिटको घटना गाउँमै मिलाउन दबाब दिई प्रहरी कार्यालयमा उजुरी गर्न नदिएको आरोप लागेको थियो । नेकपा (एमाले)का तर्फबाट उनी नगरपालिकाको प्रमुखमा विजयी भएका हुन् ।

 


Ruslan

MEGA COLLEGE

ime

bussewa

राजनीति

​प्रेस सङ्कुचन हुने कानूनी प्रावधान संशोधन हुने

४ असोज, काठमाडौँ । सभामुख कृष्णबहादुर महराले प्रेस स्वतन्त्रतालाई सङकुचन गर्ने कानूनका प्रावधानमा आवश्यक संशोधन हुने बताएका छन् ।​नेपाल पत्रकार महासङ्घ र नेपाल अमेरिका पत्रकार सङ्घ (नेजा) द्वारा आज आयोजित ‘संविधान र पूर्ण प्रेस स्वतन्त्रा’ विषयक विचार गोष्ठीमा उनले गत भदौ १ गतेदेखि लागू भएको मुलुकी संहितामा स्वतन्त्र प्रेसमाथि बाधा पुग्नसक्ने प्रावधान संशोधन गरिने उल्लेख गरे। विगतमा सूचनाको हकसम्बन्धी कानूनमा पनि सरोकार 

​निजगढ विमानस्थलः रुख कटान नगर्न र स्रोत सुनिश्चित गर्न माग

४ असोज, काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसद हृदयेश त्रिपाठीले बाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) नबनाई रुख कटानको काम शुरु नगर्न सरकारको ध्यानाकर्षण गराएका छन् । उनले नेपाली सेनालाई थप व्यावसायिक बनाउँदै उच्च मनोबलयुक्त बनाउन र चाडबाडका समयमा चिनीलगायत खाद्यान्नको सर्वसुलभ व्यवस्था मिलाउन आग्रह गरे। सांसद उमाकान्त चौधरीले निजगढ विमानस्थलको 

​विकास निर्माणमा सरकारको ध्यानाकर्षण

४ असोज, काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा सांसदले विकास निर्माणका काममा ढिलासुस्ती भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्। बैठकको शून्य समयमा बोल्दै सांसद अनिता देवकोटाले वर्षाका कारण दाङ घोराइ–रुकुम रोल्पा सडक जीर्ण बनेको तथा निर्माणाधीन पुल पुलेसा चाँडो सम्पन्न नहुँदा स्थानीय जनजीवन कष्टकर बनेको भन्दै चाँडो निर्माण सम्पन्न गर्न सम्बन्धित निकायलाई आग्रह गरेकी हुन्। सांसद कमलाकुमारी वलीले प्रदेश 

अन्तर्राष्ट्रिय

महान्यायाधिवक्ता विरुद्ध खनिए ट्रम्प

४ असोज, न्युयोर्क। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले महान्यायाधिवक्ता जेफ सेसन्सप्रति तिखो प्रहार गर्दै आफ्नो कोही पनि महान्यायाधिवक्ता नरहेको बताउनुभएको छ । अमेरिकाको हिल टिभीलाई दिएको अन्तर्वार्तामा राष्ट्रपति ट्रम्पले सन् २०१६ मा भएको अमेरिकी चुनावमा रुसी हस्तक्षेपको छानबिनबाट अलग बस्ने महान्यायाधिवक्ता सेसन्सको निर्णयको आलोचना गर्नुभयो ।

​सिरियाबाट उडेको रुसी सैनिक विमान बेपत्ता

२ असोज, काठमाडौं । रुसको एक सैनिक विमान बेपत्ता भएको छ । सिरियाको हवाई क्षेत्रमा उडान भरेपछि १४ जना रहेको सैनिक विमान राडारबाट हराएको रुसको रक्षा मन्त्रालयले जनाएको छ । भूमध्य सागरको माथि उडिरहेका बेला रुसी आइआइ–ट्वेन्टी विमानसँगको सम्पर्क टुटेको हो । नेपाली समय अनुसार मंगलबार बिहान पौने २

२०० अर्ब डलरको चिनियाँ सामानमा अमेरिकी कर

​अमेरिकाले चीनसँगको व्यापार युद्धलाई झनै चर्काउने संकेत दिँदै २०० अर्ब अमेरिकी डलर बराबरको चिनियाँ सामानमा कर लगाउने घोषणा गरेको छ। अहिले सम्मकै सबैभन्दा धेरै भनिएको अमेरिकी कर करिब ५ हजार सामानमा लागु हुने बताइएको छ। यसअघि चीनले अमेरिकी करको बदला लिने चेतावनी दिँदै आएको थियो। चीनमा उत्पादित हाते झोला, कपडा लगायतका सामानमा अमेरिकाले कर लगाउने घोषणा गरेको छ।
तर स्मार्ट वाच र अग्ला कुर्सी जस्ता समानमा कर लगाइएको छैन।

विचार / ब्लग

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 

अनशनको शक्ति जुटाउने सन्त चिकित्सक

► अतृप्त
प्राध्यापक डाक्टर गोबिन्द के.सी. को पन्ध्रौँ अनशन शृंखला भर्खरै अन्त्य भएको छ । जोरजुलूम गर्दा पनि पार नलागेपछि देशकै कार्यकारी प्रमुखको प्रत्यक्ष निगरानीमा पछिल्लो अनशन शृंखला सताइसौं दिनमा आएर टुङ्गोमा पुग्यो । बितेका ६ बर्षमा सन्त चिकित्सकका अनशन शृंखलाले राजधानी काठमाडौंदेखि मोफसलमा अवस्थित जुम्लासम्मको अविस्मरणीय यात्रा तय गरेका छन् । डा. के.सी. को निराहार यात्रा भोग्नेलाईभन्दा देख्नेलाई पट्यारलाग्दो प्रतित हुन्छ । 

लालबाबु पण्डितको ‘सेलिब्रेटी’ मोह, आफ्नै कर्मचारीलाई पागल भन्न मिल्छ ?

कर्मचारी समायोजन अन्र्तगतको स्वेच्छिक अवकाशको विषयलाई लिएर यतिबेला प्रधानमन्त्री, मन्त्री र कर्मचारीबीच जुहारी चलिरहेको छ । अवकाशको विषयलाई लिएर दुवै पक्ष एकअर्काप्रति तिखो टिप्पणीमा उत्रिएका छन् । उनीहरुबीचको आरोप–प्रत्यारोपलाई सुन्दा दुवै पक्ष एकअर्काप्रति पूर्णरुपमा सशंकित् र अविश्वस्त देखिएका छन् ।
Top