HIMALAYAN HYDRO
nlic

​माओका आनिबानी : विदेश भ्रमण गर्दा पनि आफ्नै खाट लैजाने, महिनौं ननुहाउने !


Saturday, 12 Jan, 2019 1:15 PM
२८ पुस, काठमाडौं । माओत्सेतुङलाई आधुनिक चीनले क्रान्ति नायक मान्छ । माओकै कारण चीनले कम्युनिष्ट क्रान्तिमा सफलतामात्रै प्राप्त गरेन, आर्थिक क्रान्तिको जग पनि बस्यो । चिनियाँ क्रान्तिका महान् नेता माओको जीवनशैली कस्तो थियो होला ? 

रातलाई पनि माओ दिनको रुपमा लिन्थे । उनी पूरै रात लगभग काममै व्यस्त हुन्थे । बिहान भएपछि मात्रै सुत्थे । रोचक पाटो त के भने उनी आफ्नो समयलाई ओछ्यानमा सिमित राख्थे । यतिसम्म कि उनी खाना पनि ओछ्यानमै खान्थे । उनका लागि आफ्नो खाट कति प्यारो भने जहाँ जाँदा पनि लिएरै जानुपर्ने । ट्रेन यात्रामा पनि उनका लागि खाट त्यही खाट पुर्याइएको हुन्थ्यो । आफ्नोबाहेक अरु खाटमा नसुत्ने उनको बानी थियो । त्यसैले त १९५७ मा मस्को जाँदा पनि उनको खाट जहाजमै राखेर त्यहाँ पुर्याइएको थियो । घरमा रहँदा नुहाउने गाउनमात्रै लगाएर बस्थे । खाली खुट्टा हिँड्थे । 

माओ दिनमाभन्दा रातमा धेरै काम गर्थे भन्ने पुष्टी चीनस्थित भारतीय दूतावासका तत्कालीन जुनियर अफिसर नटवर सिंहले खुलाएका छन् । सन् १९५६ मा लोकसभा अध्यक्ष आयंगरको नेतृत्वमा चीन गएका भारतीय संसदयी प्रतिनिधिभण्डल राति १० बजे माओवादी भेट्न पुग्दा, उनले मध्यरात १२ बजेमात्रै भेट्न आउन सन्देश पठाएका थिए । 

त्यो भेटमा माओले एक–एक गर्दै सबै सांसदहरुसँग हात मिलाएका थिए । सुरुमा आयंगरको प्रश्नको उत्तर एक–दुई शब्दमा मात्रै दिएका माओले पछि खुलेरै जवाफ फर्काएका थिए । स्वतन्त्रतापछि भारत एउटा मादलजस्तै भएको र उसलाई एकापट्टिबाट अमेरिका र अर्कापट्टिबाट रुसले बजाइरहेको यथार्थ माओलाई आयंगरले बताएका थिए । नटवरका अनुसार उनको कुरा सुनेर माओ स्तब्ध भएका थिए । 

पूरा बैठकमा माओले एकपछि अर्को चुरोट सल्काइरहेका थिए । जब त्यहाँ उपस्थित भारतीय राजदूत आरके नेहरुले आफ्नो मुखमा चुरोट राखे तब माओले नै चुरोट सल्काइदिएका थिए । उनको यो तरिका देखेर त्यहाँ उपस्थित सबै भारतीय सांसदहरु हैरान भएका थिए ।

१९५७ मा जब भारतका उप–राष्ट्रपति सर्वपल्ली राधाकृष्णन चीन गए, तब उनलाई माओले आफ्नै निवासमा बोलाएर स्वागत गरेका थिए । स्वागतको क्रममा अंकमाल गर्दै राधाकृष्णनले माओको गाला थपथपाएका थिए । भोजमा माओले निकै नै नम्र भएर चपस्टिकले आफ्नो प्लेटको मासु राधाकृष्णनको पेल्टामा राखिदिएका थिए । तर, उनलाई राधाकृष्णन साकाहारी भएको कुनै जानकारी थिएन । साथै राधाकृष्णनले पनि माओलाई यसको कुनै आभास हुन दिएनन् । खाना खाने क्रममा माओले राधाकृष्णनको हातको औंलामा चोट लागेको देख्नेबित्तिकै आफ्नो डाक्टरलाई बोलाएर उपचारसमेत गराइ दिएका थिए । कंबोडिया यात्राका समयमा एडीसीको गल्तीका कारण उनको हातमा चोट लागेको थियो । उनले चीनभन्दा पहिला कंबोडियाको यात्रा गरेका थिए ।

कुनै पनि विदेशी राष्ट्राध्यक्षले चीनको भ्रमण गर्दा उनीहरुले माओसँग सिधै भेट्न पाउँदैनथे । माओलाई जतिबेला मन लाग्थ्यो त्यतिबेला उनीहरुलाई बोलाउँथे । अमेरिकाका पूर्वबिदेशमन्त्री हेनरी किसिंजरले आफ्नो आत्मकथामा लेखेका छन् कि उनी चिनिया प्रधानमन्त्री चू एन लाईसँग गफ गरिरहेका बेला माओले अचानक भेट्न चाहेको कुरा चूले बताएको लेखेका छन् । भेटमा कोही पनि अमेरिकी सुरक्षाकर्मी साथमा लान नदिएको र भेटपछि मिडियालाई जानकारी गराएको पनि उनले आत्मकथामा लेखेका छन् । 

आफूलाई सिधै माओको स्टडी रुममा लगिएको जहाँ सबैतिर किताब छरिएको अवस्थामा रहेको पाटो पनि आत्मकथामा उतारेका छन् । विश्वको सबैभन्दा धेरै जनसंख्या भएको राष्ट्रका सबैभन्दा शक्तिशाली शासकको स्टडीमा आफूले कुनै विलासिता र बाशाहको प्रतिकको एउटा पनि झलक नदेखेको पनि उनको आत्मकथामा लेखिएको छ । 

कोठाको बीचमा भएको एउटा कुर्सीबाट उठेर उनलाई माओले स्वागत गरेका थिए । जहाँ, उनको मद्दतका लागि दुई महिला पनि उभिएका थिए । ती महिलाहरुको नजर आफूमा नै अडिएको र उनीहरुले आफूलाई एकटकले हेर्दै माओजस्तो छलकपटको च्याम्पियनलाई मुर्ख बनाउन सक्दैनौ भनी खबरदारी गरिरहेकोजस्तो भान भएको आत्मकथामा लेखेका छन् ।

१९७१ मा जब राष्ट्रपति निक्सनले माओसँग विश्वका केही घटनाबारे कुरा गर्न चाहेको बताएका मात्र के थिए माओले उनलाई आफूसँग दार्शनिक मुद्दामा मात्र कुरा गर्नु, अरु कुराको लागि प्रधानमन्त्रीलाई भेट्नुसमेत भनेका थिए ।

माओका डाक्टरसमेत रहेका जी शी लीले ‘द प्राइभेट लाईफ अफ चेयरम्यान माओ’ नामक  किताब नै लेखेका थिए । किताबमा उनले माओको निजी जीवनबारे मात्रै चर्चा गरेका थिए । माओले आफ्नो जीवनमा कहिल्यै पनि दाँत ब्रस नगरेको, बरु दाँत सफा गर्न बिहान उठेर चियाले कुल्ला गर्ने गरेको कुरा लेखेका छन् । साथै एक समयमा त माओको दाँतमा हरियो रंग लगाएजस्तो देखिएको पनि किताबमा समेटेका छन् । 

माओलाई नुहाउनु पर्दा पनि उत्तिकै रिस उठ्थ्यो । त्यसैले उनी आफुलाई ताजा राख्नका लागि तातो तौलियाले स्पंज गर्थे । निक्सनसँगको भेटमा माओ निकै नै मोटाएका र उनका लागि नयाँ सुट नै बनाउनु परेको थियो । माओकी नर्स फ्यू मिंगले दारी मिलाइदिने तथा कपाल काटिदिने गर्थिन् । निक्सनसँग त्यो भेटका लागि मात्र १५ मिनेट छुट्याइएको थियो, तर कुराकानी ६५ मिनेटसम्म चलेको थियो । निक्सन कोठाबाट बाहिर जाने बित्तिकै माओले उक्त सुट फुकालेर पूरानो बाथ रोब लगाएका थिए भन्ने कुरा पनि ली ले आफ्नो किताबमा लेखेका थिए ।

माओले प्रायः कहिल्यै पनि जुत्ता लगाउँदैनथे । लगाए नै पनि कपडाको जुत्तामात्र लगाउँथे । तर, औपचारिक कार्यक्रममा छालाको जुत्ता लगाउनु पर्ने भएकाले पहिला उक्त जुत्ता खुकुलो बनाउन सुरक्षा गार्डलाई लगाउन दिन्थे । 

माओको जीवनबारे लेख्ने जग्र च्याङले माओको स्मरणशक्ति निमै राम्रो भएको आफ्नो किताबमा लेखेकी छिन् । माओ पढाई र खेलाईमा निकै सौखिन थिए । उनको सुत्ने कोठाको खाटको आधा भागमा करिब एक फिटको उचाइसम्म चिनियाँ साहित्यका किताबहरु थिए । उनी आफ्नो भाषण र लेखमा तीनै कताबहरुबाट लिएका उदाहरणहरु प्रयोग गर्थे । उनी प्रायः फाटेर सिलाएको लुगा लगाउने गर्थे भने मोजा जहिल्यै प्वाल परेकै लगाएको देखिन्थ्यो ।

 


Ruslan

machha bank

ime

राजनीति

भूकम्पीय जोखिमबाट बच्न सुरक्षित संरचनाको व्यवस्था गर्नुपर्छ : गृहमन्त्री थापा

२ माघ, काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले भूकम्पीय जोखिमबाट बच्न सुरक्षित संरचनाको व्यवस्था गर्नुपर्ने बताउँदै त्यसको लागि सबै सचेत हुनुपर्छ भनेका छन् । विसं १९९० माघ २ गते गएको भूकम्पमा परी दिवङ्गतहरुको सम्झनामा आज काठमाडौंमा आयोजित २१औँ स्मृति सभामा गृहमन्त्री थापाले अप्रत्याशित जोखिमबाट बच्ने र बचाउने उत्तम उपाय भनेकै सुरक्षित भवन र यसप्रतिको साझा प्रतिबद्धता हो भने । सभामा महानगरका प्रमुख विद्यासुन्दर शाक्यले भवन संहिताको । 

समृद्ध नेपालको प्रमुख आधार पर्यटन : उपराष्ट्रपति

२ माघ, कास्की । उपराष्ट्रपति नन्दबहादुर पुनले समृद्ध नेपाल निर्माणको प्रमुख आधार पर्यटन क्षेत्र भएको बताएका छन् । पोखरा बुद्धचोकमा खुलेको होटल टास्क इन्टरनेशनलको आज उद्घाटन गर्दै उपराष्ट्रपति पुनले सरकारले पर्यटन, कृषि, जलविद्युत् ९ऊर्जा० र जडीबुटीलाई समृद्धिको आधारका रुपमा लिनुपर्ने बताए । ‘नेपालमा पर्यटनका लागि भौतिक पूर्वाधार कम छन्, पूर्वाधार स्थापना गरेर गुणस्तरीय पर्यटक भित्र्याउनु अहिलेको आवश्यकता हो ।’ उनले भने । पर्यटकको सुविधाका लागि 

संस्कृतिको संरक्षणबाट सभ्य समाज निर्माण– मुख्यमन्त्री गुरुङ

१ माघ, काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संस्कृतिको संरक्षण संवर्द्धनबाट मात्रै सभ्य समाजको निर्माण गर्न सकिने बताएका छन् । माघे सङ्क्रान्ति (मकर सङ्क्रान्ति) पर्वको अवसरमा पोखरा–१७ ढुङ्गेसाँघु मेलास्थलमा सदा शिवजी हरिहर मन्दिर सिद्धगुफा वेदविद्याश्रम गुठी व्यवस्थापन समितिद्वारा आज आयोजित भजन प्रतियोगिता, सम्मान तथा वेदपाठ कार्यक्रममा उनले चार्डपर्व, जात्रा, मठमन्दिरसँग जोडिएका सभ्यतालाई समृद्धिसँग जोडनुपर्ने बताए

अन्तर्राष्ट्रिय

काबुलमा भिषण हमला, चारको मृत्यु, ९० जना घाइते

१ माघ, काबुल । अफगानिस्तानको राजधानी काबुलमा सोमबार साँझ भएको शक्तिशाली ट्रक बम बिस्फोटमा परी चार व्यक्तिको मृत्यु हुनुका साथै अन्य ९० जना घाइते भएका छन् । घाइते भएकामा २३ जना बालबालिका पनि छन् । गृह मन्त्रालयका प्रवक्ता नाजिब दानिसले बिस्फोटमा भएको क्षतिको विवरण सङ्कलन भइरहेको बताएका छन्  । विस्फोटबाट मारिएकाहरुमा तीन जना सैनिक र एक जना सर्वसाधारण छन् । घाइते भएकामा १२ जना महिला पनि छन् । उक्त बिस्फोट निकै

राष्ट्रसङ्घीय प्रतिबन्धका कारण चीन–उत्तर कोरिया व्यापारमा मन्दी

३० पुस, बेइजिङ । संयुक्त राष्ट्रसङ्घको नाकाबन्दीका कारण उत्तर कोरियासँग चीनको व्यापारमा गत वर्ष ठूलो कमी आएको छ ।उत्तर कोरियासँग चीनको घनिष्ठ सम्बन्ध रहिआएको छ र चीन नै उत्तर कोरियाको व्यापार एवं सहायताको मुख्य स्रोत हो । तर, सन् २०१७ मा उत्तर कोरियाको आणविक तथा ब्यालिस्टिक क्षेप्यास्त्र कार्यक्रम पश्चात चीनले पनि राष्ट्रसङ्घीय प्रतिबन्धलाई आत्मसात गरेको थियो । व्यापारमा प्रतिबन्धहरु लागेसँगै सन् २०१७ को तुलनामा गत 

इरानमा कार्गो विमान दुर्घटना, १५ जनाको मृत्यु भएको आशंका

३० पुस, तेहरान । इरानको राजधानी शहर तेहरान नजिकै सेनाको एक कार्गो विमान दुर्घटनाग्रस्त भएको स्थानीय सञ्चार माध्यमले जानकारी दिएका छन् । उक्त विमान कार्गो विमान रहेको भए पनि त्यस विमानमा १६ जना व्यक्ति रहेको आशंका गरिएको छ । तर त्यस विमानमा १० व्यक्तिमात्र सवार रहेका अर्को एक समाचारमा जनाइएको छ । तर इरानी सेनाले दिएको जानकारीअनुसार सो विमानमा १६ व्यक्ति सवार रहेका थिए र तीमध्ये त्यस उडानका एकजना उडान

विचार / ब्लग

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 

अनशनको शक्ति जुटाउने सन्त चिकित्सक

► अतृप्त
प्राध्यापक डाक्टर गोबिन्द के.सी. को पन्ध्रौँ अनशन शृंखला भर्खरै अन्त्य भएको छ । जोरजुलूम गर्दा पनि पार नलागेपछि देशकै कार्यकारी प्रमुखको प्रत्यक्ष निगरानीमा पछिल्लो अनशन शृंखला सताइसौं दिनमा आएर टुङ्गोमा पुग्यो । बितेका ६ बर्षमा सन्त चिकित्सकका अनशन शृंखलाले राजधानी काठमाडौंदेखि मोफसलमा अवस्थित जुम्लासम्मको अविस्मरणीय यात्रा तय गरेका छन् । डा. के.सी. को निराहार यात्रा भोग्नेलाईभन्दा देख्नेलाई पट्यारलाग्दो प्रतित हुन्छ । 
Top