​माओवादीभित्र चरम असन्तुष्टि, प्रभावशाली आठ जना पार्टी छाड्ने तयारीमा


Sunday, 4 Sep, 2016 1:37 PM

१९ भदौ काठमाडौ । सत्तासिन दल माओवादी केन्द्रभित्र चरम असन्तुष्टि बढेको छ । प्रचण्ड प्रधानमन्त्रीमा चुनिएपछि पार्टीका गतिविधि प्राय ठप्प बनेका छन् भने नेता कार्यकर्तामा असन्तुष्टि बढेको छ । पार्टी सरकारमा भएपनि नेता कार्यकर्ता बेरोजगार हुँदा असन्तुष्टि बढेको छ भने गुट, उपगुटको लडाइले पार्टीभित्र भद्रगोल भएको छ । मन्त्री हुन नपाएका, पीए हुन नपाएका र सरकारी निकायमा भर्ती हुन नपाएकाहरू खुलेआम पार्टी नेतृत्वलाई सत्तोसराप गर्दै हिडेका छन् । माओवादीका एक नेताले न्यूजसेवा डटकमलाई भने “ पार्टी यसरी भद्रगोल होला भनेर कसैले सोचेका थिएनन्, यस्तै पारा हो भने  यो पार्टीको साइज घट्ने मात्र होइन भवियष्यमा पार्टी नै के हुने हो भन्ने अन्यौल बढ्यो ” ।

पार्टी छाड्ने तयारीमा केही नेता 
माओवादीमा बढेको तिब्र असन्तुष्टिसँगै केही नेताहरू पार्टी नै छाड्ने तयारीमा लागेको स्रोतको दाबी छ । स्रोतका अनुसार कोहि नेता मन्त्री हुन नपाएर त कोही पार्टीमा भुमिका नपाएर पार्टी छाड्ने मनस्थितीमा पुगेका हुन् । कानुन मन्त्री हुन अस्विकार गर्दा अर्को मन्त्रालय नपाएका प्रभु शाह पार्टी छाड्ने तयारीमा रहेको बताइएको छ । यस्तै सुदुरपश्चिमका प्रभावशाली नेता खगराज भट्ट समेत पार्टी छाड्ने मनस्थितीमा रहेको स्रोतको दाबी छ । पार्टीभित्र उचित मुल्यांकन नभएको, इमानदारहरूले अवशर नपाएको, चाकडी गर्ने मन्त्री हुने, पार्टीको उच्च पदमा पुगेपनि इमानदारहरूको वास्ता नै नभएको भन्दै पार्टी त्याग्ने तयारीमा लागेको स्रोतको दाबी छ । यस्तै अमिक शेरचन,  टेकबहादुर बस्नेत, लिलामणी पोखरेल लगायतका नेता पनि पार्टीले वेवास्ता गरेको भन्दै पार्टी छाड्ने मनस्थितीमा पुगेको स्रोतको दाबी छ । पार्टीभित्र चलखेल गर्ने, चाकडी गर्नेहरूको मात्र बोलवाला भएको, इमानदार भएर बस्दा पार्टीभित्रै सौतेनी व्यवहार भएपछि पार्टी नै छाडेर समाजसेवामा लाग्ने तयारी गरेको बताइएको छ । स्रोत भन्छ पार्टी छाडेर अर्को पार्टीमा जाने अवस्था नभएको भन्दै यी नेता अन्य ढंगबाट समाजसेवा गर्ने तयारीमा रहेका छन् । हामीले यी मध्ये केही नेतालाई यसबारे बुझ्दा सन्तुष्ट नै नभएपनि पार्टी छाड्ने भन्ने कुरामा कुनै सत्यता नभएको प्रतिक्रिया दिए । 

एकता पछि झनै भद्रगोल
पार्टी एकता गरेको केही समयपछि प्रचण्ड बालुवाटार छिरेपछि माओवादी केन्द्रमा झनै भद्रगोल भएको छ । पार्टी एकताबाट आएकाहरूले कुनै महत्व नपाएको, पछि आएका भन्दै अर्कै व्यवहार हुने गरेको भन्दै कार्यकर्ताहरू असन्तुष्ट छन् । प्रचण्ड बालुवाटार पुगेपछि बादल समुहले छुट्टै भेला समेत गर्न थालेका छन् । बादलका पछिल्ला अभिव्यक्तिले पनि पार्टी भित्रका असन्तुष्टीको कुरालाई पुष्टि गर्छ । माओवादी कि जुर्मुराउँछ कि सकिन्छ भन्ने वादल पार्टी अब माथि उठ्न नसक्ने गरि धस्कीएको निचोडमा पुगिसकेका छन् । यता नारायाणकाजी श्रेष्ठ समुह त पछिल्लो समय झनै असन्तुष्ट बनेको छ । नारायणकाजी श्रेष्ठ लगायतका नेता पार्टी नछाडेपछि पार्टीमा भएको अनुभव नभएको भन्दै असन्तुष्टि पोख्दै हिडिरहेका छन् । प्रचण्डले सरकारमा बस्दा केही काम गरेर जनताको मन जित्ने प्रयास गरेपनि कर्मचारीतन्त्रको असहयोग, कडा प्रतिपक्ष, गठबन्धन सरकार लगायतका कारण कारण सफल नहुने र पार्टी भित्र पनि कार्यकर्तामा समेत चरम असन्तुष्टि बढेपछि पार्टीको अवस्था झनै दयनिय बनेको स्रोतको दाबि छ । 



Nmc

bijuli

paicho

bussewa

राजनीति

प्रधानमन्त्री प्रचण्डले पूर्व प्रधानमन्त्री तथा विज्ञसँग भेट, चिन भ्रमणको बारेमा छलफल

१० चैत, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले चीनको भ्रमण थाल्नुअघि पूर्व प्रधानमन्त्री तथा विज्ञसँग छलफल गरेका छन । प्रधानमन्त्री दाहालले सरकारी

चुनावबारे निर्णय लिन वैद्य माओवादीद्धारा केन्द्रीय समितिको बैठक आव्हान

१०,चैत,काठमाडौं ।  मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले स्थानीय निकायको चुनावसम्बन्धी निर्णय लिनका लागि केन्द्रीय समितिको विस्तारित बैठक आव्हान गरेको छ । बुधबार पार्टी कार्यालय बुद्धनगरमा बसेको

​डडेल्धुुराको निर्वाचन कार्यालयमा चुनावको तिव्र तयारी

१० चैत, डडेल्धुरा । वैशाख ३१ गते हुन गइरहेकोे स्थानीय तहको निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालय, डडेल्धुराले सबै किसिमका तयारी तीव्र पारेको छ । डडेल्धुरा निर्वाचन कार्यालयले मतदाता नामावली अध्यावधिक गर्ने, दल दर्तासहित मतदानस्थल निर्धारण कार्य 

प्रवास/अन्तर्राष्ट्रिय

​लण्डन हमलामा संलग्न रहेको आशंकामा ८ जना पक्राउ

१० चैत । लण्डन हमलाको अनुसन्धानका क्रममा वरिष्ठ प्रतिआतंकवादी अधिकारीहरुले ६ घरमा छापा मारी आठ जनालाई पक्रन सफल भएको छन् । पक्राउ पर्नेहरू लण्डनमा गरिएको आतंकवादी हमलामा संलग्न भएको अनुमान गरी अनुसन्धान भइरहेको छ ।

बेलायती प्रधानमन्त्री टेरेसा मेद्वारा लन्डन आक्रमणको कडा शव्दमा निन्दा

१० चैत्र, लन्डन । बेलायती प्रधानमन्त्री टेरेसा मेले गतः बुधबार राति राजधानी लन्डनको संसद् भवनबाहिर एक जना आतङ्ककारीले सर्वसाधारण उपर जथाभाबी छुरा प्रहारद्वारा गरेको आक्रमणको घोर निन्दा गरेका छन । उक्त आक्रमण, लन्डनको इतिहासमा सन् २००५ 

सात वर्षीय ‘आत्मघाती’ लडाकु ! चेल्सी फुटबल क्लवको जर्सीभित्र आत्मघाती बम

१०,चैत,बग्दाद । अन्तर्राष्ट्रिय आतंकवादी संगठन इस्लामिक स्टेट आइएस विरुद्ध इराकमा सुरक्षा फौजले निर्णायक कारवाही गरिरहेकै समयमा बालबालिकालाई समेत आइएसले आत्मघाती बनाउन थालेको रहस्य सार्वजनिक भएको छ । हालै इराकी सेनाले एक सात वर्षीय बालकलाई 

बिचार

ओली र नेपालले यसरी गराएका थिए राष्ट्रघाती महाकाली सन्धि : एमालेकै नेताको बयान

केपीले असहमति जनाएका हुन्थे भने माधवले मात्र राष्ट्रघाती कदम अनुमोदनको हिम्मत गर्ने थिएनन् । पछि झलनाथ खनाललगायत अन्य नेताहरुलाई पनि माधव–केपीहरुले मनाए । मनमोहन अधिकारी अन्तिम समयसम्मै सम्झौताको विरोधमा थिए । पार्टीभित्र विवाद चुलिएपछि एमाले केन्द्रीय कमिटी बैठकमा पक्षरविपक्षमा भोटिङ गर्नुपर्ने अवस्था आयो । २०५२ साल माघ पहिलो हप्ता महाकाली सन्धिबारे एमालेमा अग्निपरीक्षा भयो । 

​स्मरण रहोस क्याम्पस युद्ध अभ्यास गर्ने अखडा होइन

एलिजा उप्रेती
विचार/टिप्पणी ।
 स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को चुनाव नजिकिदै गर्दा विभिन्न क्याम्पसहरुमा झडप, आगलागी जस्ता घटना हुनु समान्य जस्तै भइसकेको छ । एकअ हिसवाले क्याम्पसहरुमा आगो लगाउनु र विद्यार्थी संगठनका कार्यकर्ताहरुले एकआपसमा भिडन्त गर्नु 

​अडिग र निडर सद्दाम हुसेनः छोरीहरुको कुरा गर्दा उनको आँखा आँशुमा भिज्यो र उनको स्वर काँप्यो

काठमाडौं । इराकी शासक सद्दाम हुसेन मारिएकै दश वर्ष पुगिसक्यो। अझै पनि उनको बारेमा धेरै तत्थ्यहरु बहिर आइरहेका छन, यसै बारेमा डेली मेलले एउटा इन्टरभियु सार्वजनिक गरेका थियो । उनलाई सन् २००६ को डिसेम्बर ३० का दिन मृत्युदण्ड दिइएको थियो। सद्दाम हुसेनको जन्म 

Top