माओवादी हविगत र कुकुरको पुच्छर !


Monday, 12 Dec, 2016 10:00 AM
प्रशान्त ओझा
‘कुकुरको पुच्छर बाह्र वर्षसम्म ढुंग्रोमा राख्यो बाङ्गोको बाङ्गै,’ नेपाली समाजमा चल्तीको यो टुक्कासँग अहिले ठ्याक्कै मिल्ने गरी माओवादीको तुलना गर्न मिल्छ । माओवादीका पुच्छरहरु धेरै पुगेका छन् । तर, ढुंग्रोमा राखेर हेर्दा एउटा पनि सिधा हुन सकेको छैन । माओवादी शान्ति प्रक्रियामा आएको १० वर्ष पुगिसकेको छ । यो बीचमा उनीहरु धेरै बदलिए । तर, त्यो परिवर्तनलाई कुकुरको पुच्छर सिधा भएको मान्न सकिन्न् । माओवादीहरु कुकुरको पुच्छरभन्दा पनि झन बाङ्गो हुँदै गएका छन् । सायद माओवादीले ढुंग्रोको प्रयोग पुच्छर सिधा बनाउन भन्दा पनि झन बाँगो बनाउन गरिरहेका छन् ।
 


संसार परिवर्तन गर्न भनेर सिकाइने कामरेडी अभिवादन अहिले ढुंग्रोमै हराएका छन् । त्यसैले त धेरैजसो माओवादीका कार्यकर्ताले अहिले ‘कोशी किनारमा बालुवा चाल्न’ पनि डराउनु पर्ने अवस्था छ । धेरैले माओवादीलाई टोलको भुस्याहा कुकुरसँग तुलना गर्छन् । उनीहरुको भाषामा ‘माओवादीहरु निद्रा विथोल्न मात्रै भुक्छन्, चोरका अगाडि लुसुक्क हुन्छन् ।’ माओवादीहरुले त यसलाई १० वर्षे उपलब्धिको रुपमा पनि हेर्छन होला  । हुन पनि उनीहरु अहिले भुक्न सक्ने अवस्थामा मात्रै छन् । टोक्न चाहिने दाह्रा त छिया छिया भइसके । पहिलो गणतन्त्र सरकारको नेतृत्व गरेका प्रचण्ड र अहिलेका प्रधानमन्त्रीबीच तुलना गर्दा दारा हराएको प्रस्ट देखिन्छ । अचेल प्रचण्ड कार्यकर्तालाई चुप लाग्ने कला सिकाउँदै छन् । सायद उनी सोच्दा हुन््, ‘हर कुत्तेका दिन आता हे, फेरि हाम्रो पनि कसो नआउला ।’ 

भारतविरुद्ध सुरुङ युद्ध गर्नेहरु अहिले सिरानीमा नरेन्द्र मोदीको फोटो राखेर सुत्ने गर्छन् । उनीहरु कांग्रेसका बिमलेन्द्र निधिभन्दा पनि अगाडि उभिएर भारतभक्ति देखाउँदै छन् । त्यसैले त केपी ओलीहरुलाई राष्ट्रवादको गीत गाउनु पर्ने बाध्यता आइलागेको छ । माओवादीहरुले दलित, जनजाती, अल्पसंख्यकलगायत हेपिएका र दवाइएकाहरुका भावना भुलिसकेका छन् । त्यसैले त राजेन्द्र महतोहरु खाटी क्रान्तिकारी कहलिएका छन् ।

सुनिन्छ अहिले एकथरी माओवादी फेरि नयाँ विश्व रेकर्ड कायम गर्ने अभियानमा छन् । ४ हजारभन्दा १ कम केन्द्रीय सदस्य बनाउने सायद माओवादी पहिलो ऐतिहासिक पार्टी होला । अरुको त हिम्मत पनि हुनु पर्यो ! उहिले जनयुद्ध लडेको शक्तिको अहिले नयाँ प्रयोग गरिरहेका छन्, विभिन्न पुच्छरमा विभाजित माओवादीहरुले । एकथरि माओवादीहरु पुरानो सीपलाई प्रयोग गरेर नयाँ तरिकाबाट आम्दानी गर्ने ध्याउन्नमा छन् । उनीहरु टावर ताक्दै डुङ्गा वार्साउँछन्, अनि फोन गरेर रकम तोक्छन् । धम्की दिने नयाँ फर्मूलाहरुको विकास गर्ने कोर्श अध्ययन पनि जारी छ ।  

चियापसलका बुद्धिजीविहरु माओवादी त अब तेस्रो पार्टी पनि  बन्न मुश्किल छ भन्ने विश्लेषण सुनाउँछन् । तर, उनीहरुलाई के थाहा, जावो चुनावमा तेस्रो हुँदैमा के भयो र ! माओवादीका कमरेडहरु धेरै कुरामा प्रथम भइसकेका छन् ।  १० वर्षमा कसैबाट हुन नसक्ने काम माओवादीबाट भएका छन् । जनयुद्धका बेला उठाइने पहिचानका कुरा कागजमा सुकाइएका छन् । त्यसैले त लेखराज र टोपबहादुरहरु क्षेत्रीयताका पक्षमा छाती फुलाएर बोल्छन् । उनीहरुलाई देश हैन आफ्नो क्षेत्र अखण्ड चाहिन्छ ।  अनी प्रचण्डहरुलाई अरुको बाल मतलव छैन, आफू र आफ्नो परिवार सुखी र खुशी बनाउनु छ । पैतृक सम्पत्ति बेचेर पार्टीलाई चन्दा दिएका धेरै माओवादीहरु अहिले संसारमा छैनन् । भएकाहरु पनि काली, कर्णालीका किनारमा गिट्टी कुटदैछन् । तर, चैते घाममा पलाएका माओवादीहरु प्लेन चार्टर गरेर घर जाने भएका छन् । उनीहरुका भुँडी फुलेका छन् । चिया पसलका बुद्धिजीविहरुलाई के थाहा माओवादीले धेरै प्रगति गरिसक्यो । उनीहरुलाई चुनावी मतपरिणामले कुनै असर गर्दैन । 

बाबुरामहरुको नजरमा त माओवादी भन्ने घर गतवर्षको भूकम्पमा परेर ध्वस्त भइसक्यो । बाँकी रहेको अवशेष दुईचार वर्षातपछि बगेर जानेछ । उनले बबरमहलतिर नयाँ जग हालेका छन् । पेरिसडाँडा हल्लाउने भूकम्पले बबरमहलको घर सुरक्षित राख्ला भन्ने के ग्यारेन्टी ? किनकी इँटा र प्रविधि त पुरानै घरको छ । ‘किरण’हरुमा न त ज्योती छ, न प्रकाश नै । विप्लवहरुको सपना मुडा खोज्ने छेपाराको जस्तै छ । चिसो रातमा भोली मुडा ल्याइन्छ भन्छन्, घामको तात्न थालेपछि निदाएर दिन कटाउँछन् । त्यसैले माओवादीलाई अहिले सकेजति छुट्टिनु छ, टुक्रिनु छ । एकहिसावले माओवादीहरुबीच अहिले डेरा सर्ने प्रतिस्पर्धा चलेको छ । थाहा छैन कुन दिन काठमाडौंका घरपेटीले ‘भाडा नदिएको’ भन्दै लेखेट्छन् । 

शान्ति प्रत्रियामा आएको १२ वर्षपछि माओवादीको पुच्छर सिधा होला ? माओवादीप्रति आशावादीहरुमा एकप्रकारको जिज्ञासा छ । तर, प्रचण्ड, बाबुराम, किरण र विप्लवहरुले त्यो आवश्यकता बोध गरेका छैनन । माओवादी ढुंग्रोमा हालेर सिधा हुने पुच्छर हैन । बरु ढुंग्रोलाई नै बाङ्गो बनाउने क्षमता देखाउँछ । जतिसुकै बाङ्गो भएपनि आवश्यक परे कुकुरले आफ्नो पुच्छर लुकाउन सक्छ, माओवादीमा पनि त्यो कला छ । त्यसैले माओवादीको हविगत कुकुरको पुच्छरसँग तुलना गरिएको हो । 


global ime

runner bike

https://esewa.com.np/#/home

राजनीति

लकडाउनको पालना गर्न र गम्भीर हुन भारतीय प्रधानमन्त्रीको आग्रह

१० चैत, काठमाडौँ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफ्ना नागरिकलाई लकडाउनको पालना गर्न आग्रह गरेका छन् ।  मोदीले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘लकडाउनलाई कतिले अझै पनि गम्भीरतापूर्वक लिइरहेका छैनन् । कृपा गरेर आफूले आफैलाई बचाउनुस्, आफ्नो परिवारलाई बचाउनुस् र निर्देशनलाई

गगन थापाको प्रस्ताव सांसदको १ महिनाको तलब जम्मा गरौं

१० चैत, काठमाडौँ ।
नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले सरकारको कोरोना कोषमा  प्रत्येक सांसदको १ महिनाको तलब जम्मा गर्ने प्रस्ताव गरेका छन् । सामाजिक सञ्जाल मार्फत उनले भनेका छन्   "जसले जहाँबाट जति सक्छौं यो कोषमा सहयोग गरौं र विपदमा श्रोत जुटाउन साथमा छौं भनेर सरकारलाई

देशलाई तुरुन्त लकडाउन गर्न काँग्रेस नेताको माग

१० चैत, काठमाडौँ ।
नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले मुलुकमा तुरुन्त लकडाउन गर्न सरकारसँग माग गरेका छन् । सामाजिक सञ्जाल मार्फत डा कोइरालाले भारतबाट आउने मानिसको लर्कोले कोरोना पनि सँगसँगैं ल्याउन सक्ने भन्दै तुरुन्त लकडाउन गर्नुपर्ने बताएका हुन् । नेता शेखरले विस्वव्यापी रुपमा

अन्तर्राष्ट्रिय

देशबासीलाई बेलायती प्रधानमन्त्रीको पत्र– कोरानाका कारण अवस्था थप खराब बन्न सक्छ

१६ चैत, काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण उत्पन्न पस्थिति सुधार हुनुको साटो झन खराब बन्दै जाने जोखिम रहेको बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले बताएका छन् । सेल्फ आइसोलेसनमा रहेका प्रधानमन्त्री जोन्सनले बेलायती नागरिकको नाममा जारी गरेको पत्रमा आउँदा दिनमा अवस्था थप भयावह बन्न सक्ने चेतावनी दिइएको हो । प्रधानमन्त्री जोन्सनको पत्र हरेक बेलायतीको घरमा पठाईँदै छ ।

दिल्ली छोडेर गाउँ फर्किरहेकाहरुलाई मुख्यमन्त्री केजरीवालले गरे यस्तो आग्रह

१६ चैत, काठमाडौं । भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले लकडाउनका बेला लामो दूरी यात्रा गरेर गाउँ फर्किरहेकाहरुलाई यथास्थानमा बस्न आग्रह गरेका छन् । भारत सरकारले देशभर कोरोना भाइरसको संक्रमण फैलिन भन्दै तीन हप्ते लकडाउन लागु गरेपछि दिल्लीमा काम गर्दै आएका मजदूर तथा दैनिक काम गरेर जीविका चलाउँदै आएकाहरु हिँडेर गाउँ फर्किरहेका छन् । गाउँ फर्किनेको भिड अत्याधिक र लामो रहेको छ ।

इटलीमा एकैदिन ९१९ र स्पेनमा ७७७ जनाको मृत्यु, हालसम्म दुई देशमा मात्र करिब १५ हजारको गयो ज्यान

१५ चैत, काठमाडौं । पछिल्लो समय कोरोना महामारीको केन्द्रविन्दु बनेको इटालीमा शुक्रबारमात्रै ९१९ जनाको मृत्यु भएको छ । यो दैनिक मृत्यु हुने संख्यामा अहिलेसम्मकै उच्च हो । मृतकमध्ये ६ सयजना बढी लोम्बार्डी क्षेत्रका हुन् । इटालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ९ हजार १ सय ३४ पुगेको छ । यसैगरी स्पेनमा एकैदिन ७७७ जनाको ज्यान जाँदा कूल मृतकको संख्या ५ हजार १ सय ३८ पुगेको छ । स्पेनमा ७ हजार ९ सय ३३ जना नयाँ संक्रमण पुष्टि भएको छ । 

विचार / ब्लग

महान क्रान्तिकारी आमा र सासुआमा

- सुदिप रेग्मी
दुई दशकलाई नियाल्दा नेपाली समाजमा धेरै परिवर्तन आए ।विश्वव्यापीकरणको प्रभाव र बढ्दो आधुनिकिकरणले नेपाली जनजीवन परिवर्तन भयो । खासगरी नेपाली युवाहरूको बढ्दो वैदेशिक यात्राले नेपालीहरूको जनजीवन परिवर्तन गर्न उल्लेख्य भूमिका निर्वाह गर्‍यो । स्वदेशमै रहेका युवाहरू शहर केन्द्रित भए ।

सी चिनफिङ भन्छन् -हिमालय वारिपारिको मैत्रीलाई नयाँ उचाइमा पुर्याऔँ

सी चिनफिङ
राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको निमन्त्रणामा म छिटै चीनको मैत्रीपूर्ण छिमेकी देश नेपालको राजकीय भ्रमण गर्दैछु । मैले नेपालको भ्रमण गर्न लागेको यो पहिलोपटक हो, तथापि मलाई नेपाल अपरिचित भने लाग्दैन । नेपालमा शानदार पहाड र नदीहरू छन्, विशिष्ट संस्कृति पनि छ । त्यसैले म नेपालको भ्रमण गर्न धेरै पहिलेदेखि लालायित थिएँ । मैले चीनको भ्रमण गर्नुभएका धेरै नेपाली नेताहरूसँग धेरैपटक भेटवार्ता गरेको छु र उहाँहरूसँग गहिरो मित्रता पनि गाँसेको छु ।

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 
Top