siddhartha
chunaav bises

​लोकदोहोरी गीत ‘मर्ने मिति’ले बनायो रेकर्ड, फरक अवार्डमा दुई दर्जन विधामा नोमिनेशनमा पर्न सफल


Saturday, 2 Dec, 2017 4:31 PM
पछिल्लो समय गीत संगीतको क्षेत्रमा सर्जकहरु बिचमा राम्रो, मौलिक तथा लोकप्रिय गीत निर्माण गर्ने होडबाजी नै चलेको छ । गीतलाई पृथक बनाएर होस् वा मौलिकता दिएर होस् सर्जकहरु आफ्नो गीतलाई उत्कृष्ट बनाउन चाहन्छन् । 

अहिलेको समयमा कुनैपनि गीत कति चल्यो भन्ने कुनै बलियो आधार नभएतापनि युटुब भ्युअर, अवार्ड नोमिनेशन लगायतका केहि कुराहरुलाई आधार मान्न सकिन्छ । नेपाली गीतसंगीतको बजारमा संगीतकर्मीहरुको हित, सम्मान तथा प्रोत्साहनका लागी धेरै विधामा अवार्डहरु दिँदै आइएको छ । 

संगीतकर्मी बिचमा अवार्ड हात पार्ने कुरालाई लिएर होडबाजी नै चल्छ । विभिन्न आधारमा गीत नोमिनेशनमा पर्ने गर्छ । अवार्ड यस्तो चिज हो जुन कुराले पुरानालाई सम्मान तथा नयाँलाई प्रोत्साहन मिल्छ । लोकप्रियताका आधारमा धेरै गीतहरु अवार्डको नोमिनेशनमा पर्ने गर्छन् । कतिपय गीत नोमिनेशनमै पर्दैनन् । कतिपय गीत थोरै मात्रामा पर्ने गर्छन् भने कतिपय गीत अत्यधिक मात्रामा नोमिनेशनमा पर्ने गर्छन् । 

धेरै अवार्डमा धेरै विधामा पटक पटक नोमिनेशनमा पर्ने मध्येको एउटा लोकप्रिय लोकदोहोरी गीत हो ‘मर्ने मिति’ । लोकदाहोरी गीत ‘मर्ने मिति’ सबैभन्दा धेरै नोमिनेशनमा पर्ने गीतमा पर्छ ।  स्रोता दर्शकबाट अत्यधिक रुचाइएको सो गीत विभिन्न अवार्डमा करिब २ दर्जन विधामा नोमिनेशनमा पर्न सफल भएको छ । पाँचौ पृथ्वी इन्टरटेनमेन राष्ट्रिय लोकदोहोरी अवार्ड, बिन्धबासिनि म्युजिक अवार्ड लगायतका अवार्डमा नोमिनेशनमा परेको छ । यसपहिले धेरै विधामा अन्य गीतहरु नोमिनेशनमा परेका छैनन् । 

लोकदोहोरी गीत ‘मर्ने मिति’ नोमिनेशनमा पर्न सफल अवार्ड तथा विधाहरु

पाँचौ पृथ्वी इन्टरटेनमेन्ट राष्ट्रिय लोकदोहोरी अवार्ड
१. संगीतकार
२. निर्देशक
३. ध्वनी मिक्सिङ
४. सम्पादक
५. रेकर्डिस्ट
६. एरेन्जर
७. नायक
८. नायिका
९. नवगायक
१०. उत्कृष्ट एल्बम
११. क्यामेरा मेन

राप्ती म्युजिक अवार्ड
१. नायक
२. नायिका
३. लय 
४.एरेन्जर
५. निर्देशक

बिन्धबासिनि म्युजिक अवार्ड
१. निर्देशक
२. लय
३. क्यामेरा मेन
४. नायक
५.नायिका 
६. सम्पादन

२०७३ सालको अन्तिममा उक्त गीत भावना म्युजिक सोलुसनबाट सार्वजनिक भएको थियो ।  मोडल बिमल अधिकारी र डम्बर चन्द बगरको शब्द रहेको उक्त गीतमा रामु खड्काको लय सिर्जना रहेको थियो । त्यसैगरी चर्चित गायिका बिष्णु माझी र मोहन खड्काले सो गीतमा श्वर दिएका थिए । कपिल लामाको निर्देशन, सुजन शाहिको सम्पादन तथा सुरेश श्रेष्ठको छायांकनमा निर्माण भएको म्युजिक भिडियोमा मोडल बिमल अधिकारी र सारिका केसीको अभिनय रहेको थियो । 

गीत निर्माण गर्दा धेरै मेहनत गर्नुपरेको उक्त गीतका संगीतकार रामु खड्काले अनुभव सुनाउँछन् । गीत निर्माण गर्ने करिब छ–सात महिना लागेको अनी भिडियो निर्माण गर्नै ५ दिन लागेको उनी बताउँछन् । साथै गीतलाई पुर्णता दिन तथा केही फरक बनाउनको लागी बजेट पनि धेरै खर्च गर्नुपरेको उनको भनाई छ । अबको केहि समयमा मर्ने मिति ‘भाग २’ पनि ल्याउन लागीपरेको संगीतकार खड्काले बताए । 

हेर्नुहोस् भिडियो


Ruslan

paicho

bussewa

राजनीति

​सरकार गठन र पार्टी एकता सँगसँगै : महासचिव पोखरेल

२९ मंसिर, काठमाडौ । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले नयाँ सरकार गठन र नेकपा माओवादी केन्द्रसँगको पार्टी एकता प्रक्रिया सँगसँगै अघि बढ्ने बताएका छन् । रिपोर्टर्स क्लब नेपालले आज आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता पोखरेलले ताजा जनादेशका आधारमा प्राप्त दलीय हैसियतअनुसार सरकार गठन गर्न कुनै समस्या नरहेको पनि स्पष्ट गरे । 

निर्वाचनसँगै शहीदका सपना पूरा हुँदै : रक्षामन्त्री प्रधान

२९ मंसिर, काठमाडौ । रक्षामन्त्री भीमसेनदास प्रधानले संविधान कार्यान्वयनका लागि भएको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनसँगै शहीदका सपना पूरा हुँदै गएको बताएका छन् । शहीद शुक्रराज शास्त्रीको १२४औँ जन्मजयन्तीका अवसरमा शहीद शुक्र माध्यमिक विद्यालयले आज यहाँ आयोजना गरेको ‘भवन उद्घाटन तथा शृंखला साहित्यिक मासिक

​तराई मधेसमा भएका विभिन्न आन्दोलनबारे गठित छानविन समितिले बुझायो प्रतिवेदन

२९ मंसिर, काठमाडौं ।  तराई, मधेश र थरुहटलगायतका क्षेत्रमा विभिन्न राजनीतिक दलले गरेको आन्दोलनको क्रममा भएका हिंसा, हत्या र तोडफोडसम्बन्धि घटना छानविन गर्न गठित आयोगले आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको छ । सर्वोच्च अदालतका पूर्व न्यायाधीश गिरीशचन्द्र लालको संयोजकत्वमा गठित ६ सदस्यीय आयोगले प्रधानमन्त्री

अन्तर्राष्ट्रिय

​वर्षेनी स्वासप्रस्वासजन्य रोगबाट साढे छ लाखको मृत्यु : विश्व स्वास्थ्य संगठन

२९ मंसिर, काठमाडौं ।  विश्व स्वास्थ्य संगठन, डब्लुएचओले बिहीबार सार्वजनिक गरेको एक प्रतिवेदनमा विश्वमा हरेक वर्ष साढे छ लाख नागरिकको स्वासप्रस्वासजन्य रोगबाट ज्यान जाने गरेको तथ्य सार्वजनिक गरेको छ । विश्व स्वास्थ्य संगठनले बिहीबार जेनेभामा सार्वजनिक गरेको एक प्रतिवेदनमा विश्वमा हरेक वर्ष कम्तीमा पनि साढे छ लाख नागरिकको ज्यान जाने गरेको जनाइएको छ । 

​अष्ट्रेलियामा बाल यौन दुव्र्यवहारको कहालिलाग्दो अवस्था, सेना देखि धार्मिक संस्थासम्म बने अखड

२९ मंसिर, एजेन्सी । अष्ट्रेलियामा बाल यौन दुर्व्यवहार सम्बन्धी एउटा जाँचबुझ संयन्त्रले पाँच वर्ष लगाएर आफ्नो अन्तिम प्रतिवेदन सरकारलाई बुझाएको छ । उक्त प्रतिवेदनमा बालबालिकको सुरक्षाका लागि एउटा अलग्गै राष्ट्रिय निकाय गठन गर्ने सहितका चारसयवटा सुझावहरु समेटिएका छन् । उक्त शाही जाँच आयोगको प्रतिवेदन १७ वटा खण्डमा बाँडिएको थियो ।

भारतको गुजरातमा फेरि भाजपाकै सरकार बन्ने सम्भावना : सर्वेक्षणहरु

२९ मंसिर,गुजरात । भारत गुजरातमा भएको निर्वाचनमा फेरि पनि प्रधानमन्त्री नरेन्द्र मोदीकै पार्टी भारतीय जनता पार्टी भाजपाको विजय हुने प्रारम्भीक चुनावी सर्वेक्षणहरुले देखाएको छ । २२ वर्षदेखि गुजरातको सत्तामा रहेको भाजपालाई सत्ताच्यूत गर्न कंग्रेस आईले यसपटक निकै शक्ति 

विचार / ब्लग

यसकारण खेर जान्छ विकाउ नारा दिएर भोट माग्ने साना दललाई दिएको भोट

नेपाल मजदुर किसान पार्टीका नेता नारायणमान विजुक्छे सधै  सांसद बने तर कहिल्यै सरकारमा गएनन् । उनको दलले सधैं सरकारका खराब काममा खबरदारी गरी रह्यो । संसदमा सधैं निष्ठाको राजनीति गर्ने अर्का पात्र चित्र बहादुर के.सी. पनि जनताले भरोसा गर्न लायक नेता हुन् । एकपटक उपप्रधानमन्त्री भएका यी नेताले देशलाई बेथितिबाट मुक्त गर्न नखोजेका कहाँ हुन र ? स्वच्छ छविका, केही गरौं भन्ने भावना भएका एकदुई सिटे दलले संसदमा

कर्मकाण्डी चुनावी घोषणा पत्रमा भरिएका झुटा आश्वासन

नोपलमा आम मतदातामध्ये कतिले राजनीतिक दलका  चुनावी घोषणा पत्रलाई  आधार मानेर दल वा उमेद्वारलाई मत दिन्छन् होला ? यसको अनुमान सायद राजनीतिक दल र तिनका उमेरद्वारलाई पनि हेक्का छैन  होला । तर यो कुरा सबैलाई थाहा छ कि यदि मतदाताले स्वतन्त्र रुपमा मताधिकारको प्रयोग गर्न पाउँने हो भने उनिहरुको घोषणापत्र होइन उमेद्वारको इमान्दारिता, उसले विकासमा गरेको योगदान, समाज ससंगको घुलमेल

​लोग्ने मान्छे भएर रुनु हुँदैन ?

आइतबार प्रचण्डको मनमा पनि पक्कै पीडा उर्लिएको थियो, धर्ती छाडेर गएको छोरोको शवलाई अंगालो हालेर ग्वाँ–ग्वाँ रोऊँ । तर, उनी सम्हालिए । 
Top