syangyong
cg

मस्तिस्कमा १५ अरव न्यूरोन ! स्मरणशक्ति कसरी बढाउने ?


Sunday, 15 Jul, 2018 11:34 AM
तपाईं आफ्नो स्मरणशक्ति देखी प्रसन्न हुनुहुन्छ ? ज्ञानगुनका धेरै कुराहरु मस्तिष्कमा टिपाउन एक दुईपटक पढेर धेरै समयसम्म सम्झिरहन सकेमा कति आनन्द हुन्थ्यो होला ! चाहे घरमा काम गर्ने गृहिणी होउन् वा कक्षा–कोठामा पढाउने शिक्षक, अथवा कार्यालयमा काम गर्ने कर्मचारी वा एक व्यापारी नै किन नहोउन, सबैलाई आफ्नो स्मरणशक्ति बढाउने तीब्र इच्छा, अभिलाषा पक्कै हुन्छ । के हामीले हाम्रो मस्तिष्कको बनावट एवं सूचना–खबर सम्पादन गर्दै जम्मा गरी राख्ने प्रक्रियाको बारेमा कहिल्यै सोचेका छौं त ? मान्छे उही हो, किन कोही गोबरगणेश हुन्छन् त, कोही अत्याधुनिक यन्त्रको निर्माण गरेर पत्याउनै नसक्ने उपलब्धि हात पार्ने क्षमताका हुन्छन ? किन कोही सबै विषयमा फेल हुन्छन् त, कोही विशिष्ट श्रेणीमा उत्तिर्ण हुन्छन् ? यी सबै जान्ने हामीमा कौतुहल हुनु स्वाभाविक छ । एकछिन यहाँ हामी स्मरणशक्तिको सञ्चयप्रक्रिया, मजबुत बनाउने तरिका एवं हाम्रो मस्तिष्कको संरचनामाथि केही प्रकाश पार्ने कोशिश गरौं । 

संरचना 
जन्मेदेखि नै हाम्रो मस्तिष्कको बढ्ने क्रम जारी हुन्छ । बच्चाबच्चीको एकवर्षे कालसम्म छातीको परिधिभन्दा टाउकाको परिधि तीन सेन्टिमिटरले ज्यादा हुन्छ । बच्चाबच्ची जन्मिँदा टाउकाको परिधि ३५ से.मी., तीन महिनामा ४० से.मी., सात वर्षमा ५० से.मी. एवं १२ वर्षमा ५२ से.मी. हुन्छ । टाउकाको परिधि बढ्नु भनेको मस्तिष्कको कोषको संख्यामा पनि बृद्धि हुनु हो । गर्भावस्थाको अन्तिम महिनाहरु एवं जन्मेको शुरुका महिनाहरुमा बच्चाबच्चीको मस्तिष्क द्रूत गतिमा वृद्धि हुन्छ । बच्चाबच्ची जन्मँदा उसको मस्तिष्कको तौल एक वयस्ककोभन्दा जम्मा ७० प्रतिशत जति मात्र रहेको हुन्छ । तर दुई वर्षमा नै त्यो झण्डै ९० प्रतिशत पुगिहाल्छ ।

मस्तिष्कमा सबैभन्दा बाहिरको भाग सेरिब्रम कोर्टेक्स खाल्डा–खुल्डी परेको हुन्छ । सेरिब्रम कोर्टेक्सको ग्रे म्याटर(Grey Matter) अर्थात् खैरो भागले नै हाम्रो बुद्धिमताको पहिचान दिन्छ ।

मस्तिष्कका कोषहरुलाई न्यूरोन भनिन्छ । एक मध्यम दिमागमा झण्डै १५ सय करोड अर्थात् १५ अरव न्यूरोन हुन्छन् । न्यूरोनको बीचमा न्यूक्लियस हुन्छ भने वरिपरि हाँगारुपी डेन्ड्राइटहरु हुन्छन् । डेन्ड्राइटहरुले  एक न्यूरोनलाई अन्य न्यूरोनसँग मेल गराएको हुन्छ र अध्ययनले के प्रमाणित गरेको छ भने यही पारस्परिक मिलाप नै मानिसको सिक्ने प्रक्रिया एवं स्मरणको आधार हो । टेलिफोनको तारभन्दा हजारौं गुणा बढी यी न्यूरोन एक अर्कामा जोडिएका हुन्छन् । मस्तिष्कभित्रका यस्ता कैयौं प्रक्रियाहरुको खोज एवं अनुसन्धान जारी नै छ । 

मस्तिष्कका देब्रे एवं दाहिने भागका काम फरक–फरक छन् । सन् १९६० मा एक चिकित्सकले छिनछिनमा बेहोश हुने व्यक्तिको ‘कर्पोस क्यालोजम’ निकालिदिए । डाक्टर रोजर स्पेरी नामक अर्का चिकित्सकले ती व्यक्तिको अध्ययन गर्दा उनका देब्रे एवं दाहिने दिमागले सोच्ने र गर्ने काम फरक पाए । यस कार्यको निम्ति डा. रोजर स्पेरी संसारकै सम्मानित नोबेल पुरस्कारबाट पुरस्कृत भए । यस्ता अध्ययन कार्यहरु आज पनि जारी छन् । किनकि मस्तिष्कले गर्दा नै मानिस सर्वश्रेष्ठ प्राणी भएको छ र ऊ सिक्न सदा भोको भइरहेको हुन्छ । यो नै उसको सफलताको गोप्य सूत्र हो । 
मानिसको देब्रे भाग तर्कशील (logical) हुन्छ । यसले बोली, शब्द र भाषा नियन्त्रण गर्छ । त्यस्तैगरी यसले क्रमसँगै एकएक गरी सोच्न सक्छ । दायाँ भाग भने सृजनशील (creative) भाग हो । यसले रङ्ग चिन्छ एवं चित्रबारे सोच्न सक्छ, सुमधुर संगीत सञ्चित गर्न सक्छ । देब्रे मस्तिष्कले शरीरको दाहिने भागलाई नियन्त्रण गर्छ भने दाहिने भागले देब्रे भागलाई । वैज्ञानिकहरुका अनुसार बच्चाकालमा हामीले मस्तिष्कको दुवै भागको प्रयोग गरेका हुन्छौं । तर युवावस्थातिर हामीले दायाँ भागको कम प्रयोग गरेका हुन्छौं, किनकि सबै मान्छे चित्र बनाउने वा संगीत सुन्ने प्रवृत्तिका हुँदैनन् । चित्र बेगर टिपोट टिप्ने हाम्रो बानी एवं सिधा रेखामा किताबी शैलीले लेख्ने बानी बोदो दिमाग हुने एक प्रमुख कारण हो भनी वैज्ञानिकहरुले प्रमाणित गरिसकेका छन् । त्यस्तै जान्दै नजानी, बुझ्दै नबुझी ‘सुगा रटन्ते’ पढाइले जाँचमा सफल (पास) गराए पनि अन्तत्वगत्वा अभिशाप नै हुने कुरा सबैले जानिसकेका छौं ।

अब पढेका कुरा कसरी बुझ्ने एवं सम्झना गर्ने भन्नेबारे केही कुरा गरौं ।
स्मरणक्रिया न्यूरोनको ‘सिनाप्टिक’ सञ्चार माध्यमबाट हुन्छ । न्यूरोनको कार्य सूचना सञ्चार गर्ने हो । मस्तिष्कमा एक कोषबाट अर्को कोषमा निरन्तर सूचना प्रवाह भइरहेको हुन्छ । त्यहाँ नयाँ बाटाहरुबाट सूचना लेनदेन भइरहेको हुन्छ । एकपटक प्रवाह भएको बाटोलाई बारम्बार सोचेर, प्रयोग गरेर मजबुत बनाउनुपर्छ र अनि मात्र उक्त बाटोमा प्रवाह भएको कुरा सदा सम्झना भइरहन सक्छ । त्यसैले कुनै पनि कुरा जतिपटक सोच्यो, उति सम्झना हुन्छ ।

स्मरणशक्ति कति किसिमका हुन्छन् ? 
१. छोटो अवधिको स्मरणशक्ति (Short-term memory)
यो स्मरण प्रक्रिया केवल केही सेकेन्ड वा मिनेटसम्म मात्र हुन्छ, अनि भुलिन्छ । जस्तै कुनै गाडीको नम्बर, भीडमा देखिएका मान्छे, कसैको फोन नम्बर आदि देखिन्जेल मात्र थाहा हुन्छ । एकछिन पछाडि ती सबै भुलिन्छन् । 

२. मध्यम अवधिको स्मरणशक्ति (Intermediate-term memory)
कुनै कुराको सम्झना केही दिन वा हप्तासम्म हुनसक्छ तर पुनः नदोहोराएमा बिर्सिन्छ । हामीले पत्रिका पढ्दा वा समाचार सुन्दा कतिपय कुरा भुलिसकेका हुन्छौं । यो यस अन्तर्गत पर्छ । 

३. उच्च स्तरको स्मरणशक्ति (Long-term memory)
मान्छेले खूब इख लिएर गरेका कुरा एवं दत्तचित्त दिएर गरेका कामहरु वर्षाैंसम्म पनि ताजा नै रहन सक्छन् । वास्तवमा भन्ने हो भने विभिन्न प्रक्रियाबाट स्मरणशक्ति सञ्चित हुन्छन् । सेरोटोनिन, याडेनाइलसाइक्लेज, साइक्लिक याडेनोसाइड मोनोफोस्फेट, प्रोटिन काइनेज, पोटासियम, क्याल्सियम जस्ता तत्वहरु स्मरणशक्ति बढाउन नभई हुँदैन । वैज्ञानिक वाइर्न एवं उनका साथीहरुले प्रयोगशालामा शंखेकीरामाथि गरेको अध्ययनले पनि स्मरण हुने प्रक्रियामा एक नयाँ उचाइ थपेको छ । 

छोटो स्मरणशक्ति बढाउने तरिका
छोटो अवधिको स्मरणशक्तिलाई लामो समयसम्म सञ्चित गर्न न्यूरोनको सिन्याप्स प्रक्रियामा परिवर्तन ल्याइनुपर्छ । रासायनिक एवं भौतिक संरचनामा फरकपन ल्याइनुपर्छ । न्यूरोन एक अर्कामा सम्पर्क हुदाँ सिन्याप्स बन्दछ । सूचनालाई मध्यमस्तरीय स्मरण गर्न कम्तीमा ५–१० मिनेटसम्म त्यो कुरालाई विभिन्न रुपबाट मनन गर्नैपर्छ । कहिले चित्र कोरेर, कहिले सूत्र बनाएर वा कहिले नौलो काल्पनिक वस्तु रचेर उक्त कुरालाई मनभित्र खेलाउँदै मत्थर बनाउनुपर्छ । हामीमा कुनै नयाँ सम्झनालाई दिमागमा त्यसै जथाभावी नराखी पहिलेका सम्झनाहरुसँग सम्बन्धित गराएर सञ्चित भएको हुन्छ । 

स्मरण गर्ने भाग
मस्तिष्कको हिप्पोक्याम्पस भागले स्मरण बढाउन वा सूचना सञ्चित गर्न सहयोग गर्छ । वैज्ञानिकहरु भन्छन्, हिप्पोक्याम्पस र यसको डाएन्सिफेलोनसँग जोडिएको भागको साथै कर्पोस स्ट्राएटम भाग स्मरण संचय गर्ने प्रमुख भाग हुन् । एमिग्डला एवं अन्य भागको भूमिका पनि अपरिहार्य छ । प्रोटिनबाट बन्ने डिएनए ले सम्झना बढाउन सहयोग गर्छन् । 

स्मरण कम हुने रोग 

‘अल्जिमर’ रोगमा सम्झना शक्तिको प्रचुर ह्रास भएको हुन्छ । यस्तो हुनुको कारण यसमा कोलिनर्जिक न्यूरोनको ह्रास हुनु हो । बुढेसकालमा पहिलेका कुराहरु सम्झना हुन्छन् । तर तत्कालिन नयाँ कुरा चाहिँ चाँडै नै भुलिन्छ, यसलाई ‘रेट्रोग्रेड याम्नेसिया’ भनिन्छ । कुनै पनि औषधि हालसम्म स्मरण बढाउनको लागि सक्षम छैनन् । मान्छे जब बुढो हुन्छ, उसको सम्झना केवल उसको क्षेत्रका कुराहरुसँग मात्र हुन्छ । नयाँ कुराहरु एकदमै कम मात्र सम्झन सक्छ । जस्तै एउटा प्राध्यापकले आफ्नो पढाइका कुराहरु बिर्सेका हुँदैनन् । तर नयाँ मान्छेको नाम, टेलिफोन नम्बर एवं दैनिक कार्य सबै बिर्सन सक्छन् । 

विद्यार्थीहरुले स्मरण शक्ति बढाउने तरिका 
आफूले गरेको काममा प्रथम भई नाम, दाम कमाउन कसलाई रहर हुँदैन र ? स्मरण शक्ति एकैछिन, एकै दिनमा कहिल्यै बढाउन सकिन्न । यसको लागि निरन्तर मिहिनेत एवं परिश्रम गरिराख्नु पर्छ । काम गर्ने शैली परिवर्तन गर्नुपर्छ एवं कुनै पनि काम भित्री मनबाट नै इख लिएर गर्नुपर्छ । भनिन्छ विष नभएको सर्प र इख नभएको मान्छेको काम छैन रे ! विद्यार्थी वर्गलाई त स्मरण शक्तिमा कमी हुदाँ आपत पर्न सक्छ, परिक्षामा असफल हुने डर हुन्छ । आउनुहोस् हामी यहाँ स्मरणशक्ति बढाउने केही तरीकाहरुका बारे चर्चा चलाऔं । 

१. स्मरणशक्ति बढाउन निकै छिटो मनमनै पढ्नुपर्छ । छिटो पढ्नु एवं पुरै वाक्य नपढी महत्वपूर्ण शब्द छान्दै पढ्नु निकै महत्वपूर्ण कुरा हो । छिटो पढ्दा थोरै समयमा धेरै पढ्न सकिन्छ । छिटो पढ्ने व्यक्ति छरिता र चलाख हुन्छन् । 

२. पढ्दा कुनै पनि पढिसकेका कुरालाई जीवनमा घटेका रमाइला, निराशा वा मनछुने घटनासँग दाँज्दै, सम्बन्ध गाँस्दै पढ्नुपर्छ । 

३. सम्झना दह्रो पार्न बारम्बार पढेका कुराहरु दोहोर्याउनुपर्छ । अध्ययनले देखाएको छ– एकपटक पढेका कुरा एक दिनपछि जम्मा अठार प्रतिशत मात्र सम्झिन्छ, एक महिनापछि जम्मा पाँच प्रतिशत मात्र याद हुन्छ, त्यसैले दैनिक दोहोर्याउनु उत्तम हो । 

४. दैनिक कसरत गरी स्वस्थ रहनु एवं सन्तुलित भोजन– विशेषतः प्रोटिन, भिटामिन आदि खानुले पनि स्मरणशक्ति बढाउन भिटामिन ‘सी’ पनि यसको लागि लाभदायक हुने विज्ञहरु बताउँछन् । 

५. चित्र वा शब्दचित्र बनाएर पढ्नु निकै उत्तम मानिन्छ । परम्परागत लामा रेखाका नोट बनाउने तरीकाले समय नोक्सान हुने भएकोले त्यसलाई त्यति राम्रो तरीका मानिन्न । किताबमा वा नोटमा पनि धेरै र कम महत्वपूर्ण कुरालाई चिन्ह लगाएर पढ्नुपर्छ । पढेका कुरालाई किताबै नहेरी चित्र (mind map) बनाउँदै नोट तयार गर्नु राम्रो हो । 

६. विद्यार्थीहरुले जाँचको बेलामा पढाइबाहेक अन्य अनावश्यक कुरामा ध्यान दिनैहुन्न । त्यस समयमा आफूलाई काम नलाग्ने कुराहरुबाट पर राखेर पढाइका टिपोटहरु पटकपटक दोहोर्याइरहनु पर्छ । पहिलेका प्रश्नपत्रलाई सीमित समयावधिभित्र हल गर्नुपर्छ र आफ्ना गल्ती दक्ष व्यक्तिबाट पत्ता लगाइनुपर्छ । 

७. आफूमा सदा ‘मैले स्मरण गर्न सक्छु’ भन्ने आत्मविश्वास राखिराख्नुपर्छ । 

८. कल्पना गरेर सोच्ने शक्तिमा विकास गर्नुपर्छ । सूत्र बनाई पढ्नुपर्छ । रङ, चित्र एवं इन्द्रीय शक्ति, संख्या दैनिक कुरासँग कुनै कुरा जोड्दा कतिपयमा लाभदायक पनि हुनसक्छ । जे होस्, दत्तचित्त दिएर बारम्बार पढेमा वा तार्किक, भई अध्ययन गरे सबैलाई फाइदा नै हुन्छ । स्मरण शक्ति बढ्न सक्छ ।


Ruslan

MEGA COLLEGE

ime

bussewa

राजनीति

​धार्मिक सहिष्णुतामा नेपाल संसारकै नमूना :तिमिल्सिना

२८ असोज, बागलुङ । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले धार्मिक सहिष्णुतामा नेपाल संसारकै नमूना देश भएको बताएका छन् । महान् पर्व बडादशैँको अवसरमा बागलुङ नगरपालिकाले आज आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा बोल्दै अध्यक्ष तिमिल्सिनाले नेपालमा अनेक धर्म मान्ने सम्प्रदाय भए पनि धार्मिक सद्भाव रहेको बताए। उनले नेपाल प्राकृतिक तथा धार्मिक हिसाबले धनी हुदाँहुदै पनि उचित व्यवस्थापनको अभावमा

​प्रदेशलाई भ्रष्टाचारमुक्त सुशासनयुक्त बनाउछौँ – मुख्यमन्त्री राई

२६ असोज, विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारले भौतिक पूर्वाधार निर्माणमा यसवर्ष रु छ अर्ब खर्च गर्ने बताएका छन् । प्रदेशको यातायात पूर्वाधार विकास मन्त्रालयअन्तर्गत यातायात पूर्वाधार विकास निर्देशनालय कार्यालयको सुनसरीको इटहरी–४ हलगाँडामा नव स्थापित कार्यालयको आज उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन्। मुख्यमन्त्री राईले प्रदेश सरकारले आफ्नो बजेटको ४० प्रतिशत रकम प्रदेशको पूर्वाधार निर्माणमा खर्च 

​हाम्रो कर्णाली हामी बनाउँछौ : इन्चार्ज शर्मा

२६ असोज, सुर्खेत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कर्णाली प्रदेश इन्चार्ज जनार्दन शर्माले कर्णाली प्रदेशको विकासका लागि डटेर लाग्ने बताएका छन् । प्रदेश सरकार र विज्ञ समूहबीचको चौथो बैठकका लागि सुर्खेत आएका इन्चार्ज शर्माले विजयादशमीको अवसरमा प्रदेश राजधानी सुर्खेत, वीरेन्द्रनगरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा क्षमता र अधिकार प्रयोग गरेर उत्कृष्ट कर्णाली प्रदेश बनाउने बताए। “हाम्रो कर्णाली हामी आफैँ 

अन्तर्राष्ट्रिय

भुटानको अन्तिम चरणको निर्वाचनका लागि आज मतदान हुँदै

थिम्पु । भुटानको अन्तिम चरणको निर्वाचनका लागि आज मतदान हुँदैछ।  भदौ अन्तिम साता भएको पहिलो चरण चुनावमा पहिलो र दोस्रो भएका दुई दलबीच यो निर्णायक प्रतिस्पर्धा हुन गइरहेको हो ।यो निर्वाचनमा विजयी हुने दलले हिमाली अधिराज्य भुटानमा पाँच वर्षका लागि सरकार निर्माण गर्नेछ ।  

निजी विमान दुर्घटना हुँदा एक बालकसहित तीन जनाको मृत्यु

जर्मनी । जर्मनीमा एउटा सानो निजी विमान दुर्घटना हुँदा एक बालकसहित तीन जनाको मृत्यु भएको छ । एउटा इन्जिन मात्र भएको विमान हेसे प्रान्तको वासार्कुपे हिमाल नजिकैको फुल्दा शहरमा दुर्घटना भएको हो । मानिसको भीडभाड भएको ठाउँमा खसेको विमान दुर्घटनामा अन्य पाँच जना घाइते भएका छन् । घाइते हुनेमा चार जना यात्रु र एक पैदल यात्री रहेका छन्

फिलिपिन्सको माओवादी युद्ध : लड्दालड्दै ५० वर्ष

फिलिपिन्समा करीब ४५ हजारको ज्यान लिइसकेको माओवादी विद्रोहले ५० वर्षमा पनि गन्तव्य पहिल्याउन सकेको छैन । अमेरिकाको अन्तरिक्ष कार्यक्रम (नासा) को मानव सहितको यान चन्द्रमामा अवतरण गरेर फर्केको ५० वर्ष पूरा हुँदैछ । चन्द्रमाको सतहमा नील आर्मस्ट्रङले पहिलो मानव पाइला राख्नुभन्दा केही महीना अघि दक्षिण पूर्वी एशियाली मुलुक फिलिपिन्समा माओवादीहरूले सशस्त्र संघर्षबाट सत्ता प्राप्त गर्न ‘जनयुद्ध’ शुरू गरेका थिए । धनी र गरीबबीच अचाक्ली ठूलो खाडल रहेको टापुहरूको यो मुलुकमा निरन्तर युद्ध लडिरहेका माओवादीहरूले ५० वर्षमा न सत्ता–प्राप्तिको लक्ष्य पूरा गर्न

विचार / ब्लग

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 

अनशनको शक्ति जुटाउने सन्त चिकित्सक

► अतृप्त
प्राध्यापक डाक्टर गोबिन्द के.सी. को पन्ध्रौँ अनशन शृंखला भर्खरै अन्त्य भएको छ । जोरजुलूम गर्दा पनि पार नलागेपछि देशकै कार्यकारी प्रमुखको प्रत्यक्ष निगरानीमा पछिल्लो अनशन शृंखला सताइसौं दिनमा आएर टुङ्गोमा पुग्यो । बितेका ६ बर्षमा सन्त चिकित्सकका अनशन शृंखलाले राजधानी काठमाडौंदेखि मोफसलमा अवस्थित जुम्लासम्मको अविस्मरणीय यात्रा तय गरेका छन् । डा. के.सी. को निराहार यात्रा भोग्नेलाईभन्दा देख्नेलाई पट्यारलाग्दो प्रतित हुन्छ । 

लालबाबु पण्डितको ‘सेलिब्रेटी’ मोह, आफ्नै कर्मचारीलाई पागल भन्न मिल्छ ?

कर्मचारी समायोजन अन्र्तगतको स्वेच्छिक अवकाशको विषयलाई लिएर यतिबेला प्रधानमन्त्री, मन्त्री र कर्मचारीबीच जुहारी चलिरहेको छ । अवकाशको विषयलाई लिएर दुवै पक्ष एकअर्काप्रति तिखो टिप्पणीमा उत्रिएका छन् । उनीहरुबीचको आरोप–प्रत्यारोपलाई सुन्दा दुवै पक्ष एकअर्काप्रति पूर्णरुपमा सशंकित् र अविश्वस्त देखिएका छन् ।
Top