siddhartha
chunaav bises

बेलुका ५ बजेबाटै मतगणना सुरु हुँदै


Thursday, 7 Dec, 2017 3:36 PM
२१ मंसिर, काठमाडौं । प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचन अन्तर्गत पहिलो चरणमा भएको मतदानको मतगणना आज बेलुका ५ बजेबाटै सुरु हुँदैछ ।

मतगणनाका लागि सम्पूर्ण तयारी पुरा भैसकेको जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएका छन् । पहिलो चरणमा मतदान भएका ३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रको मतगणना दोस्रो चरणको निर्वाचन सम्पन्न भएलगत्तै हुन लागेको हो । मतगणनाका लागि बुधबारै सर्वदलीय सहमति भैसकेको छ ।

सबैभन्दा थोरै मत खसेको मनाङ र मुस्ताङको  नतिजा सबैभन्दा छिटो आउने छ । मतगणनास्थललाई सुरक्षित बनाउन तारजालीले सुरक्षित बनाइएको छ । दलका प्रतिनिधि र उमेद्वारले मतपत्र छुन समेत पाउनेछैनन् । प्रतिनिधिसभाको मतगणना सकिएलगत्तै प्रदेशसभा सदस्यको मतगणना हुने निर्वाचन आयोगले जनाएको छ ।

बिहीबार मतदान भएका निर्वाचन क्षेत्रको मतगणना समेत मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगे लगत्तै सुरु गर्ने तयारी आयोगले गरेको छ ।



 


Ruslan

paicho

bussewa

राजनीति

​सरकार गठन र पार्टी एकता सँगसँगै : महासचिव पोखरेल

२९ मंसिर, काठमाडौ । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले नयाँ सरकार गठन र नेकपा माओवादी केन्द्रसँगको पार्टी एकता प्रक्रिया सँगसँगै अघि बढ्ने बताएका छन् । रिपोर्टर्स क्लब नेपालले आज आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता पोखरेलले ताजा जनादेशका आधारमा प्राप्त दलीय हैसियतअनुसार सरकार गठन गर्न कुनै समस्या नरहेको पनि स्पष्ट गरे । 

निर्वाचनसँगै शहीदका सपना पूरा हुँदै : रक्षामन्त्री प्रधान

२९ मंसिर, काठमाडौ । रक्षामन्त्री भीमसेनदास प्रधानले संविधान कार्यान्वयनका लागि भएको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनसँगै शहीदका सपना पूरा हुँदै गएको बताएका छन् । शहीद शुक्रराज शास्त्रीको १२४औँ जन्मजयन्तीका अवसरमा शहीद शुक्र माध्यमिक विद्यालयले आज यहाँ आयोजना गरेको ‘भवन उद्घाटन तथा शृंखला साहित्यिक मासिक

​तराई मधेसमा भएका विभिन्न आन्दोलनबारे गठित छानविन समितिले बुझायो प्रतिवेदन

२९ मंसिर, काठमाडौं ।  तराई, मधेश र थरुहटलगायतका क्षेत्रमा विभिन्न राजनीतिक दलले गरेको आन्दोलनको क्रममा भएका हिंसा, हत्या र तोडफोडसम्बन्धि घटना छानविन गर्न गठित आयोगले आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको छ । सर्वोच्च अदालतका पूर्व न्यायाधीश गिरीशचन्द्र लालको संयोजकत्वमा गठित ६ सदस्यीय आयोगले प्रधानमन्त्री

अन्तर्राष्ट्रिय

​वर्षेनी स्वासप्रस्वासजन्य रोगबाट साढे छ लाखको मृत्यु : विश्व स्वास्थ्य संगठन

२९ मंसिर, काठमाडौं ।  विश्व स्वास्थ्य संगठन, डब्लुएचओले बिहीबार सार्वजनिक गरेको एक प्रतिवेदनमा विश्वमा हरेक वर्ष साढे छ लाख नागरिकको स्वासप्रस्वासजन्य रोगबाट ज्यान जाने गरेको तथ्य सार्वजनिक गरेको छ । विश्व स्वास्थ्य संगठनले बिहीबार जेनेभामा सार्वजनिक गरेको एक प्रतिवेदनमा विश्वमा हरेक वर्ष कम्तीमा पनि साढे छ लाख नागरिकको ज्यान जाने गरेको जनाइएको छ । 

​अष्ट्रेलियामा बाल यौन दुव्र्यवहारको कहालिलाग्दो अवस्था, सेना देखि धार्मिक संस्थासम्म बने अखड

२९ मंसिर, एजेन्सी । अष्ट्रेलियामा बाल यौन दुर्व्यवहार सम्बन्धी एउटा जाँचबुझ संयन्त्रले पाँच वर्ष लगाएर आफ्नो अन्तिम प्रतिवेदन सरकारलाई बुझाएको छ । उक्त प्रतिवेदनमा बालबालिकको सुरक्षाका लागि एउटा अलग्गै राष्ट्रिय निकाय गठन गर्ने सहितका चारसयवटा सुझावहरु समेटिएका छन् । उक्त शाही जाँच आयोगको प्रतिवेदन १७ वटा खण्डमा बाँडिएको थियो ।

भारतको गुजरातमा फेरि भाजपाकै सरकार बन्ने सम्भावना : सर्वेक्षणहरु

२९ मंसिर,गुजरात । भारत गुजरातमा भएको निर्वाचनमा फेरि पनि प्रधानमन्त्री नरेन्द्र मोदीकै पार्टी भारतीय जनता पार्टी भाजपाको विजय हुने प्रारम्भीक चुनावी सर्वेक्षणहरुले देखाएको छ । २२ वर्षदेखि गुजरातको सत्तामा रहेको भाजपालाई सत्ताच्यूत गर्न कंग्रेस आईले यसपटक निकै शक्ति 

विचार / ब्लग

यसकारण खेर जान्छ विकाउ नारा दिएर भोट माग्ने साना दललाई दिएको भोट

नेपाल मजदुर किसान पार्टीका नेता नारायणमान विजुक्छे सधै  सांसद बने तर कहिल्यै सरकारमा गएनन् । उनको दलले सधैं सरकारका खराब काममा खबरदारी गरी रह्यो । संसदमा सधैं निष्ठाको राजनीति गर्ने अर्का पात्र चित्र बहादुर के.सी. पनि जनताले भरोसा गर्न लायक नेता हुन् । एकपटक उपप्रधानमन्त्री भएका यी नेताले देशलाई बेथितिबाट मुक्त गर्न नखोजेका कहाँ हुन र ? स्वच्छ छविका, केही गरौं भन्ने भावना भएका एकदुई सिटे दलले संसदमा

कर्मकाण्डी चुनावी घोषणा पत्रमा भरिएका झुटा आश्वासन

नोपलमा आम मतदातामध्ये कतिले राजनीतिक दलका  चुनावी घोषणा पत्रलाई  आधार मानेर दल वा उमेद्वारलाई मत दिन्छन् होला ? यसको अनुमान सायद राजनीतिक दल र तिनका उमेरद्वारलाई पनि हेक्का छैन  होला । तर यो कुरा सबैलाई थाहा छ कि यदि मतदाताले स्वतन्त्र रुपमा मताधिकारको प्रयोग गर्न पाउँने हो भने उनिहरुको घोषणापत्र होइन उमेद्वारको इमान्दारिता, उसले विकासमा गरेको योगदान, समाज ससंगको घुलमेल

​लोग्ने मान्छे भएर रुनु हुँदैन ?

आइतबार प्रचण्डको मनमा पनि पक्कै पीडा उर्लिएको थियो, धर्ती छाडेर गएको छोरोको शवलाई अंगालो हालेर ग्वाँ–ग्वाँ रोऊँ । तर, उनी सम्हालिए । 
Top